पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

बुटवल:  रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।   दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका ६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा ३ शान्तिकुन्जमा दुर्घटना भएको हो । जिप अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका श्रेष्ठको बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी जिपमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा १७ वर्षीय सुशान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ  र ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।   घाइतेहरुको चौराहा अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनकारी दिएका छन्।

धनगढी:  कैलालीमा बुहारीको ज्यान लिएको आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् ।   कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाईं नाता पर्ने जयबिरले उनीहरुलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिएका छन् ।   प्रारम्भिक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारीक विवादका क्रममा ससुरा डिल्लीसिंहले भान्सा कोठामा रोटी पकाइरहेकी कवितालाई चिरपटले हानेर हत्या गरेको देखिएको प्रहरी निरीक्षक साउँदले जानकारी दिए । बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घरभन्दा करीब ३ किलोमिटर टाढा पर्ने गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा पुर्याएर ८ फिट गहिरो खाल्डो खनेर गाडेको आरोप छ । शव गाडिसकेपछि उनीहरुले बुहारी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि उनीहरु फरार भएको प्रहरीको भनाइ छ । २२ जेठसम्म कञ्चनपुरको बिचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरुलाई शनिबार भने घर ठेगानाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   मृतक कविताका श्रीमान भने विगत एक वर्षदेखि दोस्रो विवाह गरेर भारतमा बस्दै आएका छन् ।   

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ परेका छन्।    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंमा प्रयोगशालामा कार्यरत अधिकृत छैटौं तह लेखनाथ भट्टराईलाई शुक्रबार पक्राउ गरेको हो। उनले ५० हजार घुस लिइसकेकोऊ अवस्थामा रकमसहित पक्राउ गरेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए।   उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको आरोप छ।    घुस माग गरेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई ५० हजार घुससहित काठमाडौं महानगरपालिका(३१ शंखमुलबाट पक्राउ गरेको हो।

कास्की:   माछापुच्छ्रे गाउँपालिका निवासी एक व्यक्तिको मृत्युपछि पनि सामाजिक भत्ता बुझेको समाचार प्रकाशित भएपछि सम्बन्धित परिवारले दुख व्यक्त गरेका छन् ।    ०७८ वैशाखको १३ गते कोराना संक्रमित खर्कबहादुर गुरुङको मृत्यु भएको थियो । त्यसयता मृतकको परिवारले निरन्तर सामाजिक भत्ता बुझ्दै आएको महालेखा परीक्षकको प्रतिवेदनमा देखिएपछि समाचार प्रकाशित भएको थियो ।    सोही समाचारमार्फत जानकारी भएपछि मृतकका छोरा कर्मले आपत्ति जनाएका छन् । ‘बुवाको मृत्युपछि हामीले उहाँको नामबाट सरकारको एक पैसा लिएका छैनौं’ आश्चर्यभावमा कर्म भन्छन् ‘बैंक र सम्बन्धित निकायको लापरवाहीले परिवारजन पीडित छौं ।’   उक्त खबर आएपछि कर्मले स्वयं मुक्तिनाथ विकास बैंक, हेमजामा गई बुझ्दा ५० हजार १३० रुपैयाँ खातामा रहेको जानकारी पाएपछि तत्काल वडाध्यक्षलाई जानकारी गराएको बताए । मृतकको ठेगाना वडा नम्बर ८ हो ।  समाचारले सामाजिक प्रतिष्ठामा आघात पुगेको र परिवारको मानहानी भएको कर्मको ठम्याई छ ।    यस विषयमा वडाध्यक्ष राम गुरुङसँग सम्पर्क गर्दा उक्त रकम बैंक खातामै रहेको पाइएको र सरोकारवाला निकायलाई नै फिर्ता पठाउन प्रक्रिया सुरु गरेको जनाएका छन् ।      वडाध्यक्ष गुरुङका अनुसार त्यस समय कोभिडको चरस त्रास रहेकाले ढिलो गरेर मृत्यु दर्ता भएको र पञ्जिकरण हेर्ने सचिवले समयमै जानकारी नपाएकाले त्यस्तो भएको हुनसक्ने बताएका छन् ।    ‘मृतकको परिवारले भत्ता लिएका छैनन्’ गुरुङले भने ‘उहाँहरुमा पर्न गएको पीडाप्रति हामी पनि दुखी छौं ।’

काठमाण्डौ:  काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।    महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरी आउँदो आर्थिक वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।   काठमाण्डौ महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत् सेवा प्रदान गर्ने तयारी छ ।   अहिले काठमाण्डौ महानगरलगायत देशको सबै पालिकाहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । काठमाण्डौ महानगरले आफ्नो नीति तथा कार्यक्रममा नै यो विषय समेटेर आउँदो आवदेखि  कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिनुभयो ।    वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत् प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत् महानगरले खटाएका नर्सले सेवा दिनेछन् ।   एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले यो कार्यक्रम काठमाण्डौ महानगरको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर काठमाण्डौ महानगरले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।   यो कार्यक्रमसँगै काठमाण्डौ महानगरले आउँदो आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । प्रविधि र विशेष शिक्षामा गएको वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको काठमाण्डौ महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिनुभयो ।   शिक्षाको गुणस्तर बढाउने लक्ष्यसहित काठमाण्डौ महानगरले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सिप कार्यक्रमलाई पनि थप विस्तार गरिने भएको छ । अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको यो कार्यक्रम तलका कक्षामा पनि लगिने छ ।    काठमाण्डौ महानगरमा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् । 

पोखरा:    विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पदोन्नति एवम् विद्यावारिधी गर्नुभएका प्राध्यापकहरूलाई एक कार्यक्रमका बीच आज बधाई तथा शुभकामना व्यक्त गरिएको छ । विन्दुवासिनी संस्कृत विद्यापीठ, नेपाल प्राध्यापक संघ इकाइ समितिको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको आन्तरिक तथा खुला प्रतियोगिताबाट प्राध्यापकमा पदोन्नत हुनुभएका सत्यराज सुवेदी, श्रीराम बराल, डा.जगनाथ रेग्मी एवम् हालसालै ʿसिद्धान्तकौमुदीश्लोकसिद्धान्तकौमुद्योः समीक्षणात्मकानुशीलनम्ʾ शीर्षकमा विद्यावारिधी उपाधि प्राप्त गर्नु भएका उपप्राध्यापक डा.भानुभक्त आचार्यलाई सम्मान गरिएको हो ।      कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ ,केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले एघार वर्षपछि विश्वविद्यालयमा पदोन्नतिको विज्ञापन भएको र आगामी दिनमा प्रत्येक दुई वर्षको अन्तरालमा यस्तो विज्ञापन  गर्नैपर्ने व्यवस्था गराउनुपर्नेमा जोड दिनुभयो । पदोन्नत प्राध्यापकको प्राज्ञिक क्षमता र सीपबाट विश्वविद्यालयको गरिमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      कार्यक्रममा खुला प्रतियोगिताद्वारा उप प्राध्यापकबाट प्राध्यापक बन्न सफल डा.जगन्नाथ रेग्मीसहित सम्मानित प्राध्यापकहरू एवम् प्रा.डा.शालिग्राम सुवेदी, सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराई, सह प्राध्यापक नारायणप्रसाद सापकोटा र कर्मचारी संघ एकाइ समितिका अध्यक्ष दुर्गारमण पराजुलीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।     प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाइ समितिका सभापति डा. चूडामणि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उपसभापति प्रकाश पौडेलले स्वागत  तथा सचिव डा. भोलानारायण रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो  

दाङ:  अत्यधिक गर्मीका कारण दाङमा इनार सुक्न थालेपछि पानीको समस्या भएको छ ।    जेठको पहिलो हप्तादेखि नै धाराबाट खानेपानी आउन छाडेको छु, घोराही–९ की मदा गौतमले भन्नुभयो, ुयस वर्ष खानेपानीको अभाव बढ्दो छ । गाउँमा पानी खान नपाएर काकाकूल भइएला जस्तो छ ।ु उहाँका अनुसार गाउँका धेरैजसोका इनार सुकेका छन् ।    रातभरि इनारमा जम्मा भएको चार, पाँच गाग्री पानी गाईबस्तुका साथै मानिसका लागि पुराउनुपर्ने बाध्यता रहेको गौतमको भनाइ छ । वडा नं ६, ८, ९ र १० मा पानीको मुख्य स्रोत धारा, इनार र कुवा हुन् । अहिले सबै स्रोत सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको छ, उहाँले भन्नुभयो । वैशाख मध्यपछि पानीका मुहान सुक्दै गएका भन्दै जेठ लागेपछि पानीको समस्या झन बढे्को उहाँले बताउनुभयो छ।     तराईमा वैशाख, जेठलाई अत्यधिक गर्मी हुने समयका रूपमा लिइन्छ । हरेक वर्ष यस समयमा पानीको समस्या हुने गरेको भए पनि यस वर्ष भने पानीको समस्या जटिल बन्ने सङ्केत देखिएको यहाँका स्थानीय बताउँछन् ।    तल्लो भेगका बस्तीमा खानेपानीका लागि प्रयोग हुँदै आएका पानीका स्रोत सुकेर समस्या बढेको घोराही–७ सौडियारकी सुदा शर्माले बताउनुभयो । ुयहाँ १० वर्ष पहिलेका इनार सबै सुकिसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न नसकिने अवस्थामा पुगेका छन्ु, उहाँले भन्नुभयो, ुबर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा खानेपानीको समस्या झनझन बढ्दै गएको छ ।   लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुक्न थालेपछि नगर क्षेत्रका ३० वटाभन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको शर्माले बताउनुभयो ।    खानेपानीका लागि अन्य विकल्प नभएका कारण पानीको समस्या भएको स्थानीयको भनाइ छ । सुक्खायाममा खेतीका लागि सिँचाइका साथै खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्बद्ध पक्ष सधैँ उदासिन रहेको शर्माको भनाइ छ ।    घोराही उपमहानगरपालिकामा १८ हजार ५३ परिवार अझै कुवाको भरमा छन् । तुलसीपुर उपमहानगरपालिकामा कुवा र खोलाकै पानीको भरमा १७ हजार ४ सय ५४ परिवार छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्।    बिहीबार बुटवल पुगेर प्रधानमन्त्री दाहालले केबलकार उद्घाटन गरेका हुन्।   आइएमई समूहको लगानीमा २४ गोन्डुला रहेको यो केबलकार बनाइएको हो। केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ। केबलकार आजदेखि सञ्चालनमा आएको हो।   आइएमई समूहले यसअघि नवलपुरको मौलाकालिका र काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार सञ्चालनमा ल्याएको थियो। 

‘लाहुरेको रेलिमाई फेशनै राम्रो, रातो रुमाल रेलिमाई, खुकुरी भिरेको...’    मास्टर मित्रसेन थापाको गीतबाट प्रभावित भई ‘लाहुरे’ बन्ने सपना पालेका पहाडी युवाहरुको जमातमा खेमलाल गुरुङ पनि थिए । छुट्टीमा पल्टनबाट गाउँ फर्केकाहरुको मान र शानले लोभिएपछि उनै खेमलालको सपना र गन्तव्य बन्यो ‘लाहुरे’ ।   गाउँमा प्राय सबै लाहुरे हुने तयारीमा हुन्थे । र, उनीहरुको पर्खाई हुन्थ्यो ‘गल्ला’को आगमन । यस्तैमा अर्काे चलन थियो, एकादशीको मेला भर्ने । जहाँ गल्लावाल आउँथे । यसैबीच एकादशी मेला भर्न हिँडेका गाउँले सोल्टी–सोल्टीनीहरुको हुलमा मिसिए खेमलाल ।    उनको भाग्य भनौं, एकादशीको मेलामा आएका एक गल्लावालको नजरमा परेका १७ जनामध्ये एक थिए १७ वर्षे खेमलाल । ‘गाउँ–गाउँमा गल्लाहरु भर्ती हुने केटा खोज्दै हिँड्थे’ खेमलालले अतीत सुनाए ‘स्याङजाको लाम्छाक बजारमा मेला भर्न जाँदा गल्लाको नजर म माथि प¥यो ।’ छनोटमा परेका १७ जनालाई गल्लाले ‘मंसीर १३ गते स्याङजा पुतलीखेत आउनु’ भनेर हिँडेछन् ।    वि.स. १९९६ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७​ भारकोटमा जन्मिएका खेमलाल २०१३ सालमा १७ वर्षको उमेरमा नै भारतीय सेनामा भर्ती भए । लाहुर हिँडेका खेलमलाल २३ वर्षपछि गाउँमै रिटायर्ड जीवन बाँचिरहेका छन् ।    ‘गाउँका ३ जना लाहुर हुन सकेनन्’ खेमलालले सम्झँदै भने ‘मैले बोकेको ५० मध्ये २५ रुपैयाँ र कपडा उनीहरुको हातमा घरै फिर्ता पठाइदिए ।’   लाहुरे भएको ६ वर्षपछि खेमलाल छुट्टीमा गाउँ फर्किए । सोल्टी सोल्टीनीबीच बिहे गर्ने परम्परा भएकाले उनले पनि सोल्टीनीलाई श्रीमती बनाएका रहेछन् । ‘सोल्टीनी घास दाउरा गर्न जंगल गएकी रहिछन्, उतैबाट भगाएर घर भित्र्याए’ उनी केही रसिक सुनिए ।    तुरुन्तै उनी केही भावुक पनि भए । भावुकताको कारण थियो श्रीमतीको मृत्यु । केही वर्ष पहिले श्रीमतीको मृत्यु भएको र हाल दोस्रो बिहे गरेको उनले सुनाए ।    पहिलो श्रीमतीबाट उनका ४ छोरा र ३ छोरी छन् । ‘दुइटा छोराले इन्डियन आर्मीबाटै पेन्सन पकाइसके’ खेमलाल भन्छन् ‘कोही पोखरातिर छन्, छोरी कोही यूके छ, कोही यतै छन् ।’ श्रीमतीसँग गाउँमै बस्दै आएको बताउँदै छोराहरु सबै पोखरातिरै रहेको र चाडवाडमा भेटघाट हुने गरेको उनले बताए ।     कृषि क्रान्तिमा खेमलाल   भारतीय सेनाबाट अवकाश पाएपछि प्रायः पोखरालाई कर्मथलो बनाउँछन् । तर खेमलालको योजना  गाउँमै ‘केही’ गर्ने रहेको छ ।    उमेरले ८४ वर्ष पुगेका खेमलालले केही वर्ष यता गाउँमै केरा र सुन्तला खेती सुरु गरिरहेका छन् । सेनामा हुँदा उनले कृषिको तालिम लिएको र सोही सिकाइले सुन्तला र केरा खेतीतर्फ लागेको उनले सुनाए ।    घर नजिकैको पुर्खौली जग्गामा ०५६ देखि उनले सुन्तला खेती सुरु गरेका रहेछन् । ‘खेती किसानी गर्न बुढ्यौली भन्दा पनि सिँचाई ठूलो समस्या भयो’ अनुभव सुनाउँदै उनले भने ‘कति बोट त मरिसके, बाँकी र नयाँ बिरुवा राम्रै छन् ।’ नयाँ बिरुवामा फल लागे नाती–नातीनीले हेर्लान् भन्ने उनको आशा छ ।  ‘गाउँमा खानेपानीको सुविधा छैन, सिँचाई नहुँदा सोचेजस्तो सफलता हुन सकेको छैन’ गुरुङको दुखेसो छ ।   दुई वर्षयता असिनाले क्षति पु¥याउँदा सोचे जस्तो उत्पादन हुन नसकेको उनले सुनाए । यद्यपि, केरा खेतीबाट भने मासिक आम्दानी भइरेकोमा उनी प्रसन्न देखिए ।  गुरुङ भन्छन्, ‘परम्परागत कृषिसँगै आधुनिक कृषि प्रणालीलाई भित्राउन सके मात्र हाम्रो आर्थिक अवस्था राम्रो हुन्छ, अरुको नोकरी कति दिन गर्ने ?’   देशले प्राविधिक शिक्षामा जोड नदिँदा नेपाली विद्यार्थीमा अल्छीपना बढेको बताउँदै उनले विद्यालयमा पढ्ने गरेको शिक्षाले दीगो विकासमा कुनै योगदान नगरेको तीतो पोखे ।    कृषिमै जीवन बिताउने सङकल्प लिएको छु हातखुट्टा चल्दासम्म गाउँमै बसेर कृषि खेती गर्ने खेमलालले बताए ।  ‘उमेरले ८४ पुगेको छु, हातखुट्टा चल्दासम्म कृषि खेतीमै जीवन बिताउने सङकल्प लिएको छु’, उनले भने, ‘धान फल्ने खेत बन्धकीमा दिएको छु, छोराहरु शहरतिर छन् हातखुट्टा चल्दासम्म आफै गरेर खान्छु चल्न छोडे पोखरा लैजालान् ।’     उमेर बुढ्यौलीतिर ढकेलिएकाले अहिले भैसी पाल्न छोडेको उनले बताए  । ‘पहिले झै रुखमा चड्न सकिदैन जेठ २ गतेबाट भैसी पाल्न छोडे, खर्कको घाँस मल दिने शर्तमा छिमेकीलाई दिए, घाँसको दुःख थिएन रुखमा चड्न सकिएन त्यही भएर भैसी पाल्न सकिन,’ उनले भने ।    पछिल्लो समय शहर भासिने संस्कारलाई उनले सकरात्मक पक्ष मान्दैनन् । ‘अहिलेका युवाहरु शहरमुखी भए, उनीहरु गाउँ कमै मात्र फर्किएलान, गाउँ फर्किन शहरको सुःख छोडेर गाउँमा दुःख गर्न पर्छ त्यो अब गर्न सक्दैनन्,’ गुरुङले भने,