पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

पोखरा:   नेपाली भाषा शिक्षक परिषद्को पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यक्रम सम्पन्न भएको छ ।  ‘भाषा सभ्यताको संवाहक हो’ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रम गर्दै आएको  नेपाली भाषा शिक्षक परिषद्,कास्की, नेपालले परिवर्तित कक्षा ५,८ र १०  को पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रहेर नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकाहरूको सहभागिता  र पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा पाठ्यक्रम तथा पाठ्यपुस्तक  प्रबोधीकरण कार्यक्रम सम्पन्न गरको हो ।  उक्त  कार्यक्रमका प्रमुख अतिथि एवंम् शिक्षा विकास तथा समन्वय इकाई ,कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले  शुभकामना मन्तव्य राख्दै  नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्वि, भाषा विकास र विद्यार्थीलक्षित कार्यक्रम गरेर पु¥याएको योगदानको प्रशंसा गर्दै  यस्ता कार्यक्रममा आफ्नो सधैं साथ रहने प्रतिबद्वता व्यक्त गरेका थिए ।  कार्यक्रममा सल्लाहकार एवंम् संस्थापक अध्यक्ष   माधवशरण उपाध्याय ,प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल ,कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक निर्देशक अशोक पालिखेलगायतले शुभकामना मन्तव्य राखनुका साथै किुमुदिनी होम्स मा. वि.को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापनरत  दुई सयभन्दा बढी शिक्षक शिक्षिकाहरूको सहभागी भई लाभान्वित भएको जानकारी संस्थाका उपाध्यक्ष बिक्रम पौडेलले दिएका हुन ।  परिषद्का अध्यक्ष  डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदीले गर्नुभएको जानकारी परिषद्का सचिव नारायणप्रसाद पराजुलीले दिएका छन ।  

पोखरा:   लेकसाईड मदिरा व्यवसायी समितिले विशेष गजल वाचन कार्यक्रमसहित नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ ।    विभिन्न श्रष्टाहरुको गजल बाचनसहित उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशी, लेकसाइड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटा लगायतले नयाँ वर्षको भित्तेपात्रो बिमोचन गरे ।     सो अवसरमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले लेकसाइड क्षेत्रमा रहेका मदिरा व्यवसायीहरुको हकहित र व्यवसायीहरुलाई कानून कार्यान्वयन सँगै व्यवसायीक आचार संहिताको बारेमा संघले सहजिकरण गर्नुपर्नेमा जोड दिए ।    त्यसैगरी संस्थाको आचार संहिता विपरित काम गर्ने व्यवसायीहरुलाई कानूनी दायरामा ल्याई सचेत गराउदै व्यवसायीलाई सुदृढ गर्नका लागि व्यवसाय कर, व्यवसायिक संस्थाको नवीकरणको बारेमा आफ्ना सदस्यहरुलाई अभिमुखीकरण गराई संस्थालाई अगाडि बढाउन आग्रह गर्दै बरालले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी काम गर्नसमेत आग्रह गरे ।    त्यस्तै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले पर्यटकीय क्षेत्र लेकसाइड संग सुरक्षाको सम्पूर्ण कुराहरु जोडिने भएकाले सम्पूर्ण व्यवसायीहरुले आ¬–आफ्नो जिम्मेवारी बहन गरी पर्यटकीय शहरलाई व्यवस्थित गराउनुपर्नेमा जोड दिए ।   सो अवसरमा वरिष्ठ संगीतकार तथा गजलकार नवराज बराल, गजलकार नवराज बराल (निशान्त), गजलकार धु्रव बराल (विपश्वी), गजलकार अमृता पोखरेल लगायतले गलज प्रस्तुत गरेका थिए ।    लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दिनदयाल पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव बालहरि बरालले गरेका थिए ।   

गोरखा:    गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर १ मकैसिंका सुकबहादुर चेपाङले ७२ वर्षको उमेरमा नागरिकता पाएका छन् । वडा कार्यालयबाट भएको सिफारिस लगायतका कागजातका आधारमा जिल्ला प्रशासन कार्यालयले शुक्रवार उनलाई नागरिकता प्रदान गरेको हो । नागरिकतामा जन्ममिति २००८ साल असार १० गते उल्लेख गरिएको छ । ‘बल हुँदासम्म चितवनका विभिन्न ठाउँमा अरुकै घरमा काम गरेर बस्यो, अब बृद्धावस्थामा सहाराको खोजी गर्दै गाउँ फर्केपछि भत्ताको पनि कुरा आयो’ वडा सदस्य कमानसिं प्रजाले भने, ‘बुवा, आमा, श्रीमती, छोराछोरी कोही पनि छैनन् त्यही भएर पनि उतिबेला नागरिकताको चासो भएन, अहिले भत्ताकै लागि नागरिकता चाहिने भयो ।’ वंशजको आधारमा नागरिकता प्राप्त गर्नका लागि आवश्यक पर्ने बलियो कागजात जुटाउन समय लाग्दा यसअघि ३ पटकसम्म प्रशासन कार्यालय पुगेर फर्किनु परेको वडा सदस्य कमानसिंले बताए ।   ‘उनको नाताहरु पुष्टि नभएपछि वडाको सर्जमिन, प्रहरीको मुचुल्का, बुवा आमाको मृत्यु भएको पुष्टि हुने कागजात तयार गर्‍यौं’ कमानसिंले भने ‘४÷५ दिन दुःख पाइयो, सिडियो र सहायक सिडिओले धेरै सहयोग गर्नुभयो, हामीले पनि सबै यथार्थ कुरा भनिदियौं म पनि साक्षी बसें अनि नागरिकता बन्यो ।’  नागरिकता प्राप्तिका लागि भतिजा रामबहादुर चेपाङले सनाखत गरे । चेपाङ समुदायमा असाध्यै खाँचो परेपछि मात्रै सरकारी कागजातको खोजी गर्ने क्रम अझै पनि रहेको गाऊँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताए । ‘नागरिकता भएको भए २ वर्ष पहिलेदेखिनै बृद्धभत्ता पाउनुहुन्थ्यो, ढिलै भए पनि एउटा प्रक्रिया पूरा भएको छ, अब हामी भत्ताका लागि छिट्टै प्रक्रिया पूरा गर्छौं ।’ परिवार र घरबारबिहिन सुकबहादुरलाई अब आफूले पालनपोषण गर्ने भतिजा रामबहादुरले बताए । ‘दुई छाक भातको भरमा चितवनमा अरुको घरमा काम गरेर बस्यो, अहिले बुढेसकालमा न ज्यान छ न धन छ’ उनले भने, ‘महिनाको चार हजार भत्ताले उसको उपचार र दुई छाक खान पुगिहाल्ला ।’ सुकबहादुरले लामो समय अरुको घरमा काम गरेवापतको श्रमको मूल्य दिलाउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताए  ‘एउटा विपन्न वर्गको मान्छेलाई वर्षौंसम्म बिना ज्याला काम लगाए, चितवन प्रशासनको समन्वयमा उनले कहाँ कहाँ कति कति वर्ष काम गरे भन्ने पत्ता लगाएर न्यूनतम भए पनि ज्याला दिलाउन पहल गरेका छौं’ भुषालले भने । श्रमको ज्याला प्राप्त हुन सकेमा बैङ्कमा जम्मा गर्दिएर त्यसैबाट घरखर्च चलाउन सजिलो हुने उनले बताए । 

पोखरा:   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरा–२२, पुम्दीभुम्दीमा गैरसरकारी संस्था नेपाली गाउँका साथीहरुलगाएतका स्वदेशी तथा विदेशी संस्थाद्धारा नवनिर्मित आमाघर पाठशालाको बहुउद्धेश्यिय नयाँभवनको उद्घाटन गर्नुभएको छ । उहाँले भवन उद्घाटन गर्दै निजि र सरकारी विद्यालयको साथ साथै गैरसरकारी संस्थाले पनि सुलभ शुल्कमा उच्चस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यले स्थापना भएको आमाघर पाठशालाको शैक्षिक भविष्य उज्ज्वलको कामना गर्दै विद्यालय वनाउन आर्थिक सहयोग गर्ने नेदरल्याण्डका सहयोगी दाताहरुको पनि प्रशसा गर्नु भएको थियो । साथै सो अवसरमा उहाँले नेदरल्याण्डमा रहेका लाइट अफ लाइफ फाउन्डेसन तथा वाल सेवा फाउन्डेशन र नेपालमा स्थापना गरिएको नेपाली गाउँका साथीहरु र नेपाल बिकास एकेडेमीका पदाधिकारीलाई सम्मान पत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनको अवलोकन गर्नुभएको थियो । कार्यक्रममा पोखरा-२२ का वडा अध्यक्ष हिमलाल बराल वडा भित्र रहेका सबै शैक्षिक, धार्मिक, सामाजिक भवनहरुको संरक्षण तथा विकासमा अभिभावकीय भुमिका खेल्ने वताउनु भयो । नेदरल्याण्डको गैरनाफामुलक गैरसरकारी संस्था बालसेवाका मार्लिन फिसर र रोबर्ट भ्यानले पनि सहयोग लाई निरन्तरता दिने वताउँदै नेपाली गाउँका साथीहरु संस्था, शिक्षक, कर्मचारीलाई धन्यवाद दिएका थिए । संस्थाका अध्यक्ष डा. नारायण शर्माले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै प्राबिधिक शिक्षाका साथै इन्जिनियरिङ कलेज बनाउने संस्थाको उद्देश्य रहेको वताउनु भयो । नेपाली गाउँका साथीहरू संस्थाका पुर्व अध्यक्ष गोविन्द उपाध्याय, सचिव मोतीप्रसाद पौडेल, अभिभावकहरु झलक बराल, मन्दिरा बराल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति, तिलाहार आमा समुहको स्वागत गित, नेदरल्याण्डमा रहेर संस्थालाई यहाँसम्म ल्याउन योगदान दिएका शशि पौडेलको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । सो अवसरमा संस्थामा दश बर्षदेखि निरन्तर सेवा गर्नुहुने शिक्षक, कर्मचारीहरु तथा नेडरल्याण्डका दाताहरुलाई सम्मान गरिएको थियो ।

पोखरा:    देवीसरा सुनारद्वारा लिखित ‘बन्दीपुरको विशेषता’ कृतिको शुक्रवार एक समारोहबीच परिचर्चा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाले अध्ययन र लेखनलाई उमेरले कहिल्यै नछेक्ने बताए । कृतिको परिचर्चा गर्दै हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष समीक्षक बलराम पौडेलले देवीसरा सुनारको बन्दीपुरको विशेषता कृतिमा देवीसराको जीवनदर्शन अभिव्यक्त भएको बताए । कृतिकी स्रष्टा देवीसरा सुनारले हिमाल, पहाड, तराई जहाँका नेपाली रोए पनि सबैको आँसु एउटै हुने भएकाले आम नेपाली रुन नपरोस् भन्ने कामना गरेर कृति लेखेको बताइन् ।  उनले बन्दीपुर आफ्नो कर्मथलो भएकाले पुस्तक बजारमा बिके पनि नबिके पनि एउटा दस्तावेज बनाउनका लागि भावना र चिन्तानलाई समेटेर किताब निकालेको धारणासमेत राखिन् । कृतिकारकी छोरी सीता सुनारले पौढ शिक्षा आर्जन गरेकी आमाले कापीका पानामा लेखेर राखेका टुक्राटुक्रीलाई जम्मा गरेर कृति प्रकाशन गरेर सबैका माझ ल्याएको बताइन् । उनले प्रौढ शिक्षा पढ्दा आमा प्रथम भएको र घरमा बस्दा केही न केही लेखिरहने भएकाले वृद्धा अवस्थामा आफ्नो गाउँका बारेमा लेख्दै रहेकी आमाको इच्छा मर्न नदिनका लागि पहिला सानो र अहिले ठूलो आकारमा दोस्रो संस्करण कृति प्रकाशन गरेको बताइन् । कार्यक्रममा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका महासचिव मदन भण्डारीले समाजमा विकृतिको जालो मौलाएकाले त्यस्ता विकृतिलाई यस्तै सिर्जनशील कार्यले निस्तेज पार्नुपर्ने बताए । गीताञ्जली साहित्य परिवारका कार्यसमिति सदस्य नरेन्द्र रानाभाटले साहित्य साधनामा लाग्दाको यात्रा र यसबाट आउने आनन्द अन्य कुनै वस्तुसँग तुलना हुन नसक्ने धारणा राखे । कार्यक्रममा गजलकार विष्णु वास्तोला, साहित्यसेवी प्रशान्त सुनार, समाजसेवी पुनम पोखरेललगायतले कृतिको सफलता र सर्जकको सुस्वास्थ्य र सुकीर्तिको कामना गरेका थिए । सोही समारोहबीच सुनारको लेखन यात्राको प्रोत्साहनका लागि हुर्जा गण्डकीद्वारा विशेष सम्मान गरिएको थियो । साथै उनका शुभेच्छुक शुभचिन्तकले पनि देवीसरालाई सम्मान गरेका थिए । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले अध्यक्षको आसनबाट बोल्दै ७१ वर्षको उमेरमा पनि यसरी सिर्जनशील जीवन बिताएकी देवीसराको सिर्जनशीलताको योगदानको कदर शब्दमा गरेर नसकिने र व्यवहारिक जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिए । हुर्जाका उपाध्यक्ष वीरेन्द्र सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव सुशील श्रेष्ठले गरेका थिए । 

पोखरा:   गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरेको हो । सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर गुरुङ पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ छन् । उनीहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला सहित उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव हेमराज सुवेदी, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची, वरिष्ठ लोक दोहोरी गायिका हरिदेवी कोइराला, गण्डकी प्राविधिक शिक्षा तथा तालिम केन्द्रका निर्देशक डा. सोमनाथ सापकोटा लगायतले सम्मान अर्पण गरे ।    यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित भएकी छन् । उनलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरियो ।गण्डकी प्रज्ञा युवा सम्मानबाट मोती बहादुर कार्की परिवर्तन र लक्ष्मी थापा सम्मानित  भएका छन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । प्रतिष्ठानका कुलपति  विखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरुलाई छनोट गरेको हो । छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा आयोजित कार्यक्रममा सम्मानित श्रष्टाले धुनमा कविता सुनाए । यसैगरी झाँकी प्रदर्शन, नृत्य प्रस्तुती र गायन प्रस्तुती समेत कार्यक्रमको आर्कषणको रुपमा रहेका थिए  ।   प्रतिष्ठानका कुलपति विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत र सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेको प्रतिष्ठानले यो वर्ष थप केही महत्वपूर्ण कार्य गरेको छ । गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना श्रष्टाको वायोग्राफी समेत तयार पारेको छ । परम्परागत गीत संरक्षणको र श्रष्टा स्वास्थ्य विमा कार्यक्रमको समेत थालनी गरेको छ । वाजा प्रशिक्षण, भाषा प्रशिक्षण, कार्यशाला लगायतका कार्यक्रमलाई यो वर्ष समेत निरन्तरता दियो । यसका अलावा गण्डकी प्रदेशमा आयोजना हुने कला, साहित्य, संगीत लगायतका कार्यक्रममा सहकार्य गरेर आफ्नो उपस्थिती समेत देखाइरहेको छ । प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।    

काठमाडौं:   आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन ृआइएलओेको संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा मन्त्रालय र आइएलओले संयु्क्तरूपमा ‘सुरक्षित तथा स्वस्थ्य कार्य वातावरण, एक मौलिक अधिकार’ शीर्षकमा पोष्टरको सार्वजनिकीकरणसमेत गरेको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले कार्यसुरक्षा र स्वास्थ्यका लागि राज्यका सबै अङ्ग परिचालित हुनुपर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, “कानुनसँगै नीति र फ्रेमवर्कसमेत बनेको छ । सुरक्षित र स्वस्थ्य कार्यक्षेत्रको वातावरण बनाउन समग्र प्रणालीको विकास हुनुपर्छ । सोहीअनुसार विभिन्न सरोकारवाला निकायका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिँदै छ ।” आइएलओसँगको सहकार्यमा मन्त्रालयले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम बनाइरहेको उहाँले जानकारी दिनुभयो । “व्यवसायजन्य रोगको जोखिम र उपचारका लागि फ्रेमवर्क बनाइरहेका छौँ”, उहाँले भन्नुभयो । नेपालमा सरकारले २०५२ सालमा ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आयोजना’को स्थापना गरेको थियो । यस आयोजनालाई नेपाल ९मन्त्रिपरिषद्० को २०७५ सालको निर्णयानुसार व्यवसायजन्य  सुरक्षा तथा स्वास्थ्य केन्द्रको रूपमा रहने गरी २०७५ साउन १ गतेदेखि स्थायी सङ्गठन संरचना स्वीकृत भएको थियो । श्रमिकले अझै पनि कार्यस्थलमा सुरक्षित महसुस गर्न नसकेको नेपाल टे«ड युनियन महासङ्घ ९जिफन्ट० का अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । “कार्यथलो सुरक्षित महसुस गरेका छैनौँ”, उहाँले भन्नुभयो, “कार्यस्थल जति स्वच्छ, राम्रो र सुरक्षित हुन्छ त्यसले उत्पादकत्व क्षमता पनि बढाउँछ । तर रोजगारदाताले कार्यस्थलमा कामदारको सुरक्षा र स्वास्थ्यमा लगानी गर्नु भनेको खर्च र घाटामात्र ठान्नुहुन्छ ।” कार्यस्थल वरपरका समुदाय तथा वातावरणमा पर्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै कार्यस्थलभित्र वा कार्यस्थलबाट कामदारको स्वास्थ्य तथा कल्याणमा उत्पन्न हुने सक्ने जोखिमको पूर्वाअनुमान, पहिचान, मूल्याङकन तथा जोखिम नियन्त्रण गर्ने विज्ञानलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य हो । सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई बढावा दिन यो दिवस मनाइँदै आएको छ । यस वर्षको नारा ‘सकारात्मक, सुरक्षित र स्वस्थ्य संस्कार निर्माणका लागि सामूहिक पहल गरौँ’ रहेको छ । श्रम ऐन, २०७४ मा रोजगारदाताले कार्यस्थलमा श्रमिकको सुरक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाउनुपर्ने,  सुरक्षा तथा स्वास्थ्य समिति बनाउनुपर्ने व्यवस्था छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ मा रोजगारदाताले कार्यस्थलमा रासायनिक, भौतिक वा जैविक पदार्थ वा उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ । श्रमिकलाई तालिमसँगै सुरक्षा साधन उपलब्ध गराउनु रोजगारदाताको कर्तव्य हो । उक्त नीतिले  श्रमिकलाई सङ्क्रामक रोग नियन्त्रण र व्यवसायजन्य रोगको उपचारसम्बन्धी व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन ृआइएलओेको तथ्याङ्कानुसार हरेक वर्ष ३७ करोड ४० लाख श्रमिक कामसम्बन्धी दुर्घटनामा पर्छन् । विश्वमा हरेक वर्ष १६ करोड श्रमिक व्यवसायजन्य रोगबाट प्रभावित छन् । यस्तै २७ लाख ८० हजार श्रमिकको कामसम्बन्धी दुर्घटना र व्यवसायजन्य रोगका कारण मृत्यु हुने गरेको छ । विश्वमा प्रत्येक दिन सात हजार छ सयभन्दा बढी श्रमिकको कामसम्बन्धी दुर्घटनाका कारण मृत्यु हुने गरेको छ । 

पोखरा:    प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५/०७९ यहाँका पाँच पत्रकारलाई प्रदान गरिएको छ । प्रेस चौतारी कास्कीले बिहीबार दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरेको हो । समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली, चौतारी कास्कीका पूर्व अध्यक्ष तथा समाधान दैनिकका उपसम्पादक श्याम कुँवर, एभरेष्ट मिडिया हाउसका सिईओ दीपेन्द्र श्रेष्ठ, चौतारी कास्कीका सल्लाहकार केशव पाठक र चौतारीका केन्द्रीय सचिव सुष्मा पौडेललाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि जनही११ हजार १११ रूपैंया र सम्मानपत्र छ । कार्यक्रममा प्रेस चौतारी पत्रकारिता सम्मान पत्रकार राजु भण्डारी र सावित्री खनाललाई अर्पण गरिएको छ । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज, पूर्वमन्त्री पद्मा अर्याल, स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले सम्मान एवं पुरस्कार अर्पण गरे । प्रमुख अतिथि गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताए । प्रेस चौतारीका ईञ्चार्जसमेत रहेका गुरुङले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा पत्रकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । उपमहासचिव गुरुङले जसको कुनै नीति, सिद्धान्त र विकासको रोडम्याप छैन, त्यसले समाजलाई भ्रममा पारिरहेको टिप्पणी गरे । ‘जनताका समस्या हटाउन, आवश्यकता पुरा गर्न अब सबै ठूला पुराना राजनीतिक दल संगठित हुनुपर्छ,’ गुरुङले भने, एमाले र नेपाली कांग्रेसको विकल्पमा बनेको नयाँ दलहरुको भविष्य छैन, दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न सकिँदैन । उनले मूलधारका दलहरुमा पनि सुधारको खाँचो औंल्याए । गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका उनले प्रदेश सरकारहरुले संघीयताअनुरुप काम गर्नुपर्ने, समस्या कहाँ छ, पत्ता लगाउनुपर्ने सुझाव दिए । ‘मुलुकले खोजेको सुशासन र विकास हो । भिजन नयाँ हुनुपर्छ,’ उनले भने, ‘दक्षिणपन्थी अवसरवाद परास्त गर्नुपर्छ ।’ ८० वर्षको वृद्धमा पनि नयाँ भिजन छ भने उही नेतृत्वमा जान सक्ने उनको भनाइ थियो । एमालेका सचिव अर्यालले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न प्रेस जगत सधैँ सचेत हुनुपर्नेमा जोड दिइन् । प्रेसले घट्ना घटेको जानकारी मात्र होइन घट्ना घट्नुको कारण पनि खोज, अनुसन्धान गर्नुपर्ने अर्यालले सुझाव दिइन् । समाजमा अराजकता बढ्न नदिन सचेत हुनुपर्ने बताउँदै विश्वराजनीतिको केन्द्र दक्षिण एशिया किन भइरहेको छ, खोजी गर्नुपर्ने सुझाइन् । निवर्तमान मुख्यमन्त्री अधिकारीले संविधानको रक्षाका लागि पत्रकार राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए । अधिकारीले गण्डकीमा संविधानको धाराअनुसार सरकार नबनेर आफूखुसी सरकार बनाउन लागिएको टिप्पणी गरे । उनले समाजलाई सही दिशामा डो¥याउन मिडिया चनाखो हुनुपर्ने सुझाव दिए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएको उल्लेख गरे । पोखराको पत्रकारिताले प्रदेशको सिंगो पत्रकारितालाई अगुवाइ गरेको बताए । उनले विभिन्न आन्दोलन र प्रेस स्वतन्त्रताका लागि खबरदारी गर्नुपर्ने बताए । पत्रकार महासंघका नेताहरु संविधानविरोधी काममा लागेको आरोप लगाउँदै यसको खबरदारी गर्नुपर्नेमा उनको जोड छ । पुरस्कारले हौसला प्रदान गरेको पुरस्कृत व्यक्तित्वद्वय रामकृष्ण ज्ञवाली र सुस्मा पौडेले बताए । सबैभन्दा ठूलो कुरा स्वाभिमान रहेको भन्दै अबका दिनमा अझै क्रियाशिल भएर लाग्ने उनीहरुको भनाइ थियो । प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलले देशभरका १२ हजार पत्रकारमा गण्डकीमा मात्र ७ सय ८२ पत्रकार रहेको बताए । उनले संगठन सुधारमा आफूहरु अघि बढेको उल्लेख गरे । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारिता पेसालाई समाजप्रति उत्तरदायी बनाउनु अहिलेको चुनौती हो भनिन् । श्रमजीवीको हकहितका लागि सरकार जवाफदेही बन्नुपर्ने अध्यक्ष भण्डारीको धारणा छ । प्रतिभा छनोट समिति संयोजक पुण्य पौडेलले छनोटको प्रक्रियाबारे बोलेका थिए । यसअघि प्रेस चौतारी पुरस्कार पुण्यप्रसाद पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङलाई दिइएको थियो । तर विभिन्न परिस्थिति एवं कोरोना भित्रिएसँगै पुरस्कार वितरण रोकिएको थियो । प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोतीसागर अधिकारी र सञ्चालन रञ्जन अधिकारीले गरेका थिए । सो अवसरमा प्रेस चौतारी नेपाल गण्डकीको क्यालेन्डर बिमोचन गरिएको थियो ।

गुल्मी:   गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गएराती  दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।    मृत्यु हुनेमा सह-चालक बागलुङको बडिगाड गाउँपालिका -९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।   गएराती करिब ११ः४० बजे दर्लिङ्गदेखि बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।   यसैगरी सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन् ।   घाइते केसीको अवस्था मध्यम रहेकोले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।