पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

पोखरा :   पोखरा ʿसंस्कृत उच्च शिक्षामा सामयिक चुनौती विषयकʾ गोष्ठी आजदेखि पोखरामा सुरु भएको छ ।   अनुसन्धान व्यवस्थापन एकाई, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवम् विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा आयोजित दुई दिने गोष्ठीमा विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधि, संस्कृत बाङ्मयप्रेमी सहित १२५ भन्दी बढी जनाको सहभागिता रहेको छ ।   गोष्ठीको पहिलो दिन ʿसंस्कृत उच्च शिक्षामा समसामयिक चुनौतिʾ विषयक कार्यपत्र सहप्रा डा.​गुरुप्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको र त्यसको सहप्रा.डा.शान्तिकृष्ण अधिकारीले टिप्पणी गर्नुभएको विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले जानकारी दिनुभयो र  दोस्रो दिन भोलि संस्कृत उच्च शिक्षामा आकर्षण बृद्धिका आधारहरू विषयक कार्यपत्र सहप्रा.डा. नारायण चालिसेले प्रस्तुत गर्नुहुने र त्यसको टिप्पणी प्रा.डा.शालिग्राम सुवेदीले गर्नुहुने उहाँले जानकारी दिनुभयो ।    संस्कृत वाङ्मयका अभियन्ताले आँफूलाई सामुहिक रुपमा परिवर्तन गर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले संस्कृतको महत्वलाई उजागर गर्नु आवश्यक भएको बताउनुभयो । संस्कृत उच्च शिक्षामा समसामयिक चुनौतीहरू विषयक कार्यपत्र प्रस्तुत गर्दै सहप्रा.गुरुप्रसाद सुवेदीले संस्कृत शिक्षाका लागि सरकारका तर्फबाट पर्याप्त लगानी नहुनुका कारण यसलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारणको आकर्षण कम भएको बताउनुभयो ।   संस्कृत वाङ्मयको विश्वव्यापी महत्वलाई समुदायमा र विश्व सन्दर्भमा समेत प्रकाशित गर्न सके यसको औचित्य पुष्टि हुने उहाँले बताउनुभयो । कार्यपत्र माथि टिप्पणी गर्दै सहप्रा.शान्तिकृष्ण अधिकारीले संस्कृतका शास्त्रीय विधालाई बचाउन संस्कृत विश्वविद्यालयका १७ वटा विभाग प्रत्येकले वार्षिक न्युनतम दुई÷दुई जना दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विश्वविद्यालयले अनुसन्धानलाई जोड दिनुपर्ने उहाँले बताउनुभयो ।   उद्घाटन समारेहका सभापति एवम् विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले संस्कृत शिक्षा प्रतिको आकर्षण बढाउन राज्यको ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो । अनुसन्धान व्यवस्थापन एकाईका संयोजक सहप्रा चुडामणि कंडेलको अध्यक्षता एवम् सहप्रा आनन्दमणि रिजालले सहजीकरण गर्नुभएको कार्यपत्रमा आधारित अन्तरक्रियाका सहभागिले संस्कृत शिक्षाको मौलिक अध्ययन विधि तयार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।    कार्यक्रममा विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराल, पूर्व अध्यक्षहरू ऋषिराम सापकोटा, विष्णुप्रसाद बराल, पूर्व प्राचार्य अम्बिकाप्रसाद भट्टराई, महर्षि गुरुकुलका अध्यक्ष रामचन्द्र पौडेल, अनुसन्धान व्यवस्थापन एकाईका सदस्य सचिव उपप्रा प्रकाश पौडेल, विद्यापीठका पूर्व स्ववियु उपसभापति एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले संस्कृत शिक्षाको महत्वलाई उजागर गर्न नसक्दा यसतर्फको आकर्षण नबढेकोमा जोड दिएका थिए ।   उक्त अवसरमा विद्यापीठको पुस्तकालय एवम् अनुसन्धान व्यवस्थापन एकाईलाई सहयोग पु¥याएको भन्दै समाजसेवी भीमराज रेग्मीलाई सम्मान गरिएको थियो ।   

पोखरा:   पोखराको शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।   १६० औं विश्व रेडक्रस दिवसको अवसरमा सोमबार पोखरा–११ फुलबारीस्थित शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।    नेपाल रेडक्रस सोसाइटी जुनियर यूवा समिति संयोजक रमेशराज भण्डारीले उद्घाटन गर्दै शुरु भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।  युवा  रेडक्रस सोसाइटी सर्कलका अध्यक्ष मोनिका बम्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक बरालले गरेकी थिइन् ।    यसका साथै दिवसको अवसरमा ब्याच वितरण, विद्यालय हातासहित समुदाय वरीपरि सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ११ उपशाखाका कोषाध्यक्ष पुरुषोत्तम आचार्य प्राथमिक उपचार प्रशिक्षक गणेश भण्डारी, विद्यालयका सहायक प्रध्यानाध्यापक बालकृष्ण बास्तोला, शिक्षक प्रतिनिधि गोविन्द अधिकारी, आधारभुत तह इञ्चार्ज प्रकाश पौडेल सहित कक्षा ९ र १० का ६० बढी विद्यार्थीहरुको सहभागिता थियो । 

पोखरा:  नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम् पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।   काठमाडौंमा आज (आइतबार) आयोजित एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई उक्त पुरस्कार हस्तारण गरेका हुन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । त्यसगरी अनिता बिन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, लक्ष्मी आचार्य र वरिष्ठ पत्रकार सम्मान राजेन्द्र दहाल र बलराम थापा पनि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

स्याङ्जा:  संविधान सभा सदस्य अमृता थापाको पहलमा स्याङजाको पुतलीबजार नगरपालिकाकाे १४ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।   गाउँपालिका भित्र रहेका १४ सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्टेसनरी तथा झोला वितरण गरिएको हो ।    चाइना फाउण्डेशन फर रुलल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्टको संयोजनमा १ हजार १ सय ६३ थान स्टेसनरीका सामानसहित झोला संविधान सभा सदस्य थापामगरको हस्तान्तरण गरिन् ।   सो अवसरमा बोल्दै थापामगरले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने धारणा राखिन् । उनले बालबालिका भविष्यको कर्णधार रहेको बताउदै अध्ययनको वातावरण सिर्जना गर्नुपर्ने अवश्यकता रहेको उल्लेख गरिन् । ‘यि बालबालिका भविष्यका कर्णधार हुन्, उनले भनिन्, ‘त्यसैले नानीबाबुहरुलाई पढ्नका लागि उचित वातावरण हामीले मिलाइदिनुपर्छ ।’   उनले आगामी दिनमासमेत पुतलीबजार नगरपालिकाकाे विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सधै साथमै रहने बताएकी थिइन् ।   यस्तै पुतलीबजार नगरपालिकाको प्रमुख तुलसी रेग्मीले उक्त पहलको लागि अमृता थापामगर र चाइना फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्दै उदाहरणीय कार्य गरेको बताए  ।   प्रमुख रेग्मीले शैक्षिक क्षेत्रमा गरिएको सहयोगको कुनै मूल्य नहुनेसमेत धारणा राखेका थिए ।   सो कार्यक्रममा कावा प्र.अ. दिपक वाग्ले, शिक्षा शाखा प्रमुख जिवलाल भुषाल वडा सदस्य नारायण थापा, ग्लोबल कर्पाेरशन फर डेभलपमेन्टका उक्तम कार्की, युवा नेता तथा समाजसेवी मन बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । जनजागृति प्रा.विका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन  सहायक प्र.अ गिता गाहा मगरले गरेकी थिइन् ।

काठमाडौं:    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँधौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँधौली रहेको हो ।  वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उहाँले सुनाउनुभयो । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।  किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँधौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँधौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो ।

दार्चुला:  मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका–१ को भोलुम डाँडामा गएको हिमपहिरोमा पुरिदाँ दुई जना अझै बेपत्ता छन् ।    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेका अनुसार बेपत्ता हुनेहरुमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको रहेका छन् । उनीहरुको खोजीकार्य तिब्र पारिएको पाण्डेले जानकारी दिए ।    सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हाल बेपत्ता उनीहरुको खोजीकार्य गरिरहेको छ ।    मंगलबार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।   सो ५ जना मध्ये दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव निकाल परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पोखरा:  चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित हुनेभएका छन् ।   चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते २४औं वार्षिक उत्सवको अवसरमा उनलाई सम्मान गर्न लागेको हो । सिग्देलसँगै अन्य देश भरका अन्य ५ पत्रकार सम्मानित हुँदैछन् । संघको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष तथा चलचित्र पत्रकार रवि अधिकारी, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट श्रृष्टि पोखरेल, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट दीपज्योति थापा, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० कुबेर डंगोल, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० बाट तुलसी गिरी भावुक र राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० बाट शान्तिप्रियलाई सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकेटाले जानकारी दिए ।   बैठकले संघका पूर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका क्रियाशिल चलचित्र पत्रकारहरुलाई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताए ।   २०५४ साल देखि पोखरालाई कर्मथलो बनाई निरन्तर पत्रकारिता गर्दै आएका सिग्देलको नेतृत्वमा २०६० सालमा चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो ।

पोखरा:   नेपाली भाषा शिक्षक परिषद्को पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यक्रम सम्पन्न भएको छ ।  ‘भाषा सभ्यताको संवाहक हो’ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रम गर्दै आएको  नेपाली भाषा शिक्षक परिषद्,कास्की, नेपालले परिवर्तित कक्षा ५,८ र १०  को पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रहेर नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकाहरूको सहभागिता  र पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा पाठ्यक्रम तथा पाठ्यपुस्तक  प्रबोधीकरण कार्यक्रम सम्पन्न गरको हो ।  उक्त  कार्यक्रमका प्रमुख अतिथि एवंम् शिक्षा विकास तथा समन्वय इकाई ,कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले  शुभकामना मन्तव्य राख्दै  नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्वि, भाषा विकास र विद्यार्थीलक्षित कार्यक्रम गरेर पु¥याएको योगदानको प्रशंसा गर्दै  यस्ता कार्यक्रममा आफ्नो सधैं साथ रहने प्रतिबद्वता व्यक्त गरेका थिए ।  कार्यक्रममा सल्लाहकार एवंम् संस्थापक अध्यक्ष   माधवशरण उपाध्याय ,प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल ,कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक निर्देशक अशोक पालिखेलगायतले शुभकामना मन्तव्य राखनुका साथै किुमुदिनी होम्स मा. वि.को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापनरत  दुई सयभन्दा बढी शिक्षक शिक्षिकाहरूको सहभागी भई लाभान्वित भएको जानकारी संस्थाका उपाध्यक्ष बिक्रम पौडेलले दिएका हुन ।  परिषद्का अध्यक्ष  डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदीले गर्नुभएको जानकारी परिषद्का सचिव नारायणप्रसाद पराजुलीले दिएका छन ।  

पोखरा:   लेकसाईड मदिरा व्यवसायी समितिले विशेष गजल वाचन कार्यक्रमसहित नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ ।    विभिन्न श्रष्टाहरुको गजल बाचनसहित उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशी, लेकसाइड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटा लगायतले नयाँ वर्षको भित्तेपात्रो बिमोचन गरे ।     सो अवसरमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले लेकसाइड क्षेत्रमा रहेका मदिरा व्यवसायीहरुको हकहित र व्यवसायीहरुलाई कानून कार्यान्वयन सँगै व्यवसायीक आचार संहिताको बारेमा संघले सहजिकरण गर्नुपर्नेमा जोड दिए ।    त्यसैगरी संस्थाको आचार संहिता विपरित काम गर्ने व्यवसायीहरुलाई कानूनी दायरामा ल्याई सचेत गराउदै व्यवसायीलाई सुदृढ गर्नका लागि व्यवसाय कर, व्यवसायिक संस्थाको नवीकरणको बारेमा आफ्ना सदस्यहरुलाई अभिमुखीकरण गराई संस्थालाई अगाडि बढाउन आग्रह गर्दै बरालले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी काम गर्नसमेत आग्रह गरे ।    त्यस्तै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले पर्यटकीय क्षेत्र लेकसाइड संग सुरक्षाको सम्पूर्ण कुराहरु जोडिने भएकाले सम्पूर्ण व्यवसायीहरुले आ¬–आफ्नो जिम्मेवारी बहन गरी पर्यटकीय शहरलाई व्यवस्थित गराउनुपर्नेमा जोड दिए ।   सो अवसरमा वरिष्ठ संगीतकार तथा गजलकार नवराज बराल, गजलकार नवराज बराल (निशान्त), गजलकार धु्रव बराल (विपश्वी), गजलकार अमृता पोखरेल लगायतले गलज प्रस्तुत गरेका थिए ।    लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दिनदयाल पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव बालहरि बरालले गरेका थिए ।