पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

  पोखरा:  पोखरा महानगरपालिका वडा नं. १५ रामवजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लि.को न्युरोडस्थित सेवा केन्द्रको मंगलबार शुभारम्भ गरिएको छ ।   समुदायको पहिलो रोजाई संगम सहकारी उद्घोष गर्दै रामवजारमा २०६१ सालमा स्थापना भएको सहकारीले २० औं वर्ष पुगेको अवसरमा सेवाग्राहीको सुविधाको लागि महानगरपालिका कार्यलय नजिक पोखरा ९ न्युरोड स्थित हेल्लो स्टेशनरी भएको भवनमा सहकारीको सेवा केन्द्रबाट सेवा सुरु गरिएको हो ।   सेवा केन्द्रको पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गर्दै संगम सहकारी लामो समय देखि नै नितिनियम पुर्ण पालना गरी संचालन भएकोले आज समस्यामा नरहेको थाहा पाउँदा खुशी लागेको वताउँदै संगम सहकारीबाट अरु सहकारीले सिक्नु पर्ने बताए ।   संस्थाका संरक्षक निरज थापाले म र मेरो साथी संगममा संगसंगै भन्ने नाराका साथ वडा नं. ९ मा आइ पुगेका छौं यहाँका वासिन्दा तथा व्यवसायीको साथ र सहयोगको अपेक्षा रहेको वताएका थिए ।   सो कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोला, कानुनी सल्लाहकार दयाराम गौतम, वरिष्ठ व्यवस्थापक वृहस्पति अधिकारी, शेयर सदस्य दामोदर शर्मा, शोभा कुँवर, स्वास्थ्य स्वयम् सेवीका मिरा गिरी, लेखा संयोजक भविन्द्र गिरी लगाएतले बोलेका थिए ।   कार्यक्रममा दीर्घकालिन वचतकर्ता सुर्य गिरी, दैनिक वचतकर्ता समिर कुमार थापा, बाल वचतकर्ता जेसिका विक, जेष्ठ सदस्य वचतकर्ता, दिर्पा थापा, ऋण कारोवारी आशा साई, सुझावकर्ता धनप्रसाद गुरुङ, संचालक सुवास चन्द्र भण्डारी, उपसमिति सदस्य इन्द्रबहादुर गिरी र कर्मचारी गोमा गिरीलाई खादा, अविर र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।   सहकारीका अध्यक्ष नवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बुद्धिमान थापा र संचालन सचिव धनराज पुरीले गरेका थिए ।  

पोखरा:  वैशाख २९ गते काठमाडौं टोखा नगरपालिका ८ का विश्वास अर्याल साथीको बिहेमा पोखरा आए  । पोखरा पार्टी प्यालेसमा भएको बिहेमा सहभागि भएपछि उनी अचानक हराए ।   आइतबार परिवारले कास्की प्रहरीमा २८ वर्षीय अर्यालय हराएको जाहेरी दिएपछि प्रहरीले खोजी गर्याे । तर पत्तो लागेन उनले आत्मदाह गरे या कसैले हत्या ।   अहिले कास्की प्रहरीले उनी हिडडुल गरेको संभावित क्षेत्रको सिसिटिभी फुटेज संकलन गरिरहेको छ । ‘साथीको बिहेमा काठमाडौंबाट पोखरा आएका अर्याल हराएको जाहेरीपछि उनी देखिएको सिसीक्यामेराको सहयोगमा खोजी गरिरहेका छौं, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले सुनगाभा न्यजसँग भने, ‘उनी आफै हाम फाले या कसैले धकलिदिए । अझै ठोस प्रमाण भेटिएको छैन । सिसिटिभी फुटेज संकलन गरेर हेरिरहेका छौ ।’   बेपत्ता अर्यालले हाम फालेको गाइगुई कास्की प्रहरीसमक्ष पुगेपछि सोमबार नदीपुरमा रहेको सेती नदीको खोँच आसपासमा खोजी गर्याे तर केही पार लागेन । ‘शंकाको भरमा टोलीले खोँचमा खोजी गरेका थियौ तर पनि केही सुइको लागेन,’ ति प्रहरी अधिकारीले भने ।   ति प्रहरी अधिकारीका अनुसार अर्याललाई सोही पुल नजिक लुटपाट भएको सिसी क्यामेरामा देखिएको छ । ‘सिसी क्यामेरामा अर्याललाई कसैले लुटपाट गरेको देखिन्छ, लुटपाट गर्ने एकजनालाई प्रकाउ गरिसकेका छौं, अर्कोलाई खोज्दै छौं, उनले भने, ‘लुटपाटपछि उनलाई पुलबाट धकेले वा आफै हाम फालेर बेपत्ता भए भन्ने एकिन भएको छैन । यद्यपी टोलीले विभिन्न कोणबाट खोजीकार्य तिब्र पारेको छ ।’

पर्वत:  पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान रोक लगाएको छ ।    जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा जाँडरक्सी तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न तथा नगराउन अनुरोध गरेको छ । यस्तै, शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।    गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी खाने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताएका छन् । पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिएको जनाउँदै सुर्तीजन्य पदार्थको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब एक सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको उनले जानकारी दिएका छन् ।    विद्यालय वरपर खुलेआम सुर्तीजन्य र जाँडरक्सी बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले अभियानको सुरुवात गरेको हो । विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भए र नभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उनको भनाइ छ । रासस

पोखरा:       चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्रीहरुको पोखरामा प्रर्दशन हुने भएको छ ।   सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री तथा भिडियोहरु प्रर्दशन गर्ने लागिएको चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका सचिव रुद्र सन्देश मगरले जानकारी दिए  । डकुमेन्ट्री आगामी शनिवार जेठ ६ गते पोखरा थिएटर, गैह्रापाटनमा प्रदर्शन गरीने मञ्चका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए ।  मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि डकुमेन्ट्री प्रर्दशन गर्ने लागिएको  उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन  तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते  सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको  प्रर्दशनी गरेको थियो । 

महोत्तरी:  एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा  भारत सितामडी बाजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादव रहेका छन् ।   उनको साथबाट प्रहरीले पेस्तोलको गोली ५ राउण्ड बरामद गरेको हो ।   प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बि.आर ३० वाई ९१४२ नम्बरको मोटरसाइकललाई शनिबार राति जाँच गर्ने क्रममा पेस्तोल फेला पारेको थियो ।  

काठमाडौं:  बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुलाई पितृशोक परेको छ ।   तमुका पिता कास्की पोखरा महानगरपालिका( २७ रिठ्ठेपानी (दुर्गा टोल) निवासी ९१ वर्षीय शिरध्वज गुरुङको बुधबार दिउँसो साढे ३ बजे उपचारको क्रममा निधन भएको हो ।   पुरानो गाउँ माछापुच्छ्रे गाउँपालिका ५ रिभान भएका मृतक गुरुङ विगत ३–४ वर्षदेखि पेट र छातीसम्बन्धी समस्याले बिरामी थिए ।   पछिल्ला वर्षहरुमा बेलायतमा बसोबास गर्दै आएका गुरुङ उनकै चाहनामा केही महिनाअघि मात्र नेपाल ल्याइएको थियो । मृतक गुरुङ छ गोर्खा राइफल्सका अवकाश प्राप्त वफादारी सेना थिए ।   उनी वि सं १९८९ साउन ७ मा जन्मिएका थिए ।

पोखरा: जनआन्दोलन २०६२/६३ मा घाइते भएका काभ्रे बनेपाका मुकेश कायस्थको निधन भएको छ ।   ‘जिउँदा शहीद’ भनेर चिनिने बनेपा नगरपालिका–८ का कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएको हो ।   २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए ।    सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपैयाँको व्यवस्था गरेको थियो ।

पाल्पा:  पाल्पाको चिलाङ्दी –चापपानी –राम्दी सडकखण्ड अन्तरगतको गेझाठाँटी– गरन्डाँडा सडकखण्ड आगामी जेठ २० गतेसम्म बन्द हुने भएको छ ।   सडक पूर्वाधार विकास कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि आगामी जेठ २० गतेसम्म सडक बन्द हुने जनाएको हो ।   सूचनामा भनिएको छ, ‘चिलाङ्दी –चापपानी –राम्दी (गेझाठाँटीदेखि गरन्डाँडा खण्ड) मा बेस बिछ्याउने कार्य भई कालोपत्रे गर्ने तयारीमा रहेकाले मिति वैशाख २८ गतेदेखि जेठ २० गतेसम्मका लागि सडक बन्द रहने सूचना सबैमा जानकारी गराइन्छ । सो अवधिसम्म वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ ।’  

 जनकपुरधाम:   सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ ।   सर्लाहीको हरिपुर्वा नगरपालिका १ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा ९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।   बुधबार साँझ करिब ६  बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको टाउको र शरीर २० र २५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले जानकारी दएका छन् ।   घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताए ।