पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

धरान:  सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजीनामा मागेका छन् । बिहीबार एक विज्ञप्तिमार्फत मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।   वडाध्यक्षहरूले पटकपटक कार्यापालिका बैठक बहिष्कार गरेपछि आफू राजीनामा माग्न बाध्य भएको मेयर साम्पाङको भनाइ छ ।   "कसैले 'म बैठक बस्दिनँ' भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ," उनले भनेका छन् ।   मेयर साम्पाङले वडाध्यक्षहरूलाई आफूले गरेका काम कारबाही तुरुन्तै सार्वजनिक गर्न पनि निर्देशन दिएका छन् ।   "वडाहरूमा के कस्ता योजना तथा कार्यक्रमहरू सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहनपर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकोले वडाहरूमा के कस्ता, के कति काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्तिमार्फत निर्देशन दिन्छु," उनले भनेका छन् ।   यसअघि उनले गएको पुस १ मा पनि वडाध्यक्षहरू राजीनामा मागेका थिए ।

पोखरा:   जागृती बाल तथा युवा सरकोकार नेपाल किशोरी समुहले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।   पोखरामा सम्पन्न तीन दिने सामाजिक तथा व्यवहारिक परिवर्तन तथा नेतृत्व विकास कार्यक्रमको समापन समारोहकाबीच महिला तथा बालबालिको संरक्षण र अधिकार कार्यान्यवन गर्नुपर्ने १७ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको हो ।   बालिका सशक्तिकरणको अभियानमा रहेका किशोरीहरुको समुहको  ध्यानाकर्षणपत्र बुझ्दै कानूनमन्त्री गाहामगरले आफ्नो तर्फबाट माग सम्बोधन गर्न सक्दो पहल गर्ने बताउनुभयो ।   मन्त्री गाहामगरले बालबालिका तथा युवाहरु राष्ट्रिय गौरव रहेको उल्लेख गर्नुहुदै मन्त्री गाहामगरले किशोरीलाई सशक्तिकरण, बालमैत्री, पोषणमैत्री, युवामैत्री तथा कानूनले व्यवस्था गरेको बालअधिकारको संरक्षण गर्न आफु सधै लाग्ने बताउनुभयो ।    उहाँले किशोरी समुहले प्रदान गरेको पत्रलाई मंत्रालयमा दर्ता गराएर यथोचित सम्बोधन गर्न तदारुपताकासाथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।    सो समुहले बुझाएको ध्यानाकर्षणपत्रमा प्रदेशको बालबालिका सम्बन्धि ऐनको व्यवस्था स्वीकार्य रहेकाले कार्यान्वयनका लागि स्थानीय तहसम्म नै विभिन्न समितिहरु र संयन्त्रको व्यवस्था गर्न माग गरिएको छ ।    यस्तै बालबालिकालाई राष्ट्रिय गौरव हो भन्ने नारालाई आत्मसाथ गरी बालबालिकामा लगानीको सुनिश्चितता गर्न माग तथा विद्यालय, तथा स्वास्थ्य संस्थाहरुमा बालिका तथा किशोरी सरोकार समुहको गठनका साथै प्रत्येक विद्यालयमा स्टाफ नर्स, स्वास्थ्यकर्मी र मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने माग उल्लेख छ ।   यस्तै बाल विवाह र अन्य हानिकारक अभ्यासको अन्त्यका लागि प्रदेश सरकारको रणनैतिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने किशोरी समुहको माग छ ।    किशोरीहरुका लागि देवचुली नगरपालिका र कावासोती नगरपालिकाको समन्वयमा जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा किशोरी स्रोत तथा सिकाई केन्द्र स्थापना भएकाले यस प्रदेश भित्रका अन्य स्थानीय तहमा पनि स्थापना गर्न पहल गर्न माग राखेका छन् ।    सो कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी र समाजसेवी राम प्रसाद सुवेदीले बाल तथा महिला अधिकारका बारेमा बोल्नुभएको थियो ।   नवलपुरका करिब ३५ जना किशोरीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन तिलोत्तन पौडेले गरेका थिए ।   

  सर्लाही:   सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।    बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।   ठक्करबाट मोटरसाइकल चालक एवं पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले हो ।    सनाखत हुन नसकेको मृतक द्वय पुरुषको शव पोस्टमार्टमका लागि सदरमुकाम मलङ्गवा पठाउने तयारी भइरहेको लालबन्दीका प्रहरी नायव उपरीक्षक शान्त राम कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक लालबन्दी प्रहरीको नियन्त्रणमा छन् । 

काठमाडौं:   प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।   शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।    छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्  ।   सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन् ।     सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।   दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।

गोरखा:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर बुधबार प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गरेका हुन्।   अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री छेकम्पारमा महोत्सव आयोजना गरिएको छ। आजदेखि वैशाख ९ गतेसम्म महोत्सव चल्नेछ।   आयोजक चुम श्याग्या शताब्दी मुल समारोह समितिका संयोजकसमेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले अहिंसा क्षेत्रको विश्वमाझ चिनारी गर्ने उद्देश्यले महोत्सव गरिएको बताए।   महोत्सवको सहआयोजकमा चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, सिप्रेड, डब्लुडब्लुएफ नेपाल, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश रहेको छ।   करिब एक करोड खर्च गरेर महोत्सव आयोजना गरिएको हो।     तस्बिरहरू/ प्रदीपराज वन्त

पोखरा:    गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्ने छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वर भुमि भएको बताए । पछिल्लो समयमा भाषा, संस्कार र  संस्कृतिलाई जोगाउदै पुस्ताहस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको क्रियाशिलताको मुख्यसचिव पन्थले प्रशंसा गरें । ‘यस भुमिको भाषा, संस्कार र  संस्कृति जोगाउने मात्र नभएर पुस्ताहस्तान्तरण गर्न प्रदेश सरकारको प्रतिबिम्बको रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानले जसरी गति पैदा गरेको छ यो निकै सह्रानिय छ’ उनले भने । भाषा, संस्कार र संस्कृति हराए देश नरहने भएको सबै मिलेर यसको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । ‘हाम्रा भाषाहरु, संस्कार, संस्कृति हराए देश रहदैन तसर्थ देश जोगाउने अभियानमा तपाईको अग्रसरताप्रति आभार व्यक्त गर्दछु’ उनले थपे । तामाङ समुदायसँग भाषा र बाजा प्रशिक्षण मार्फत जोडिन पाएकोमा उनले खुशी व्यक्त समेत गरें । कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफुहरु गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा लागेको बताए । उनले रिजल्ट बेसमा काम गरिदिन प्रशिक्षार्थीसँग आग्रह गरें । ‘हामी गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा छौं । तपाईहरुसँगको सहकार्य सिङ्गो प्रज्ञा प्रतिष्ठानको लागि हौसला हो । हामी काम मार्फत रिजल्ट दिन चाहन्छौ । तपाईहरु रिजल्ट वेसमा काम गरिदिनुहोला’उनले भने । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजक दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य पवित्रा तामाङ र सञ्चालन सचिव मिनमाया तामाङले गरेका थिए । प्रशिक्षण कार्यक्रममा भाषातर्फ २८ जना र बाजा तर्फ ३३ जनाको सहभागीता रहेको छ । आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान प्रतिष्ठान आफ्नो दोस्रो स्थापना दिवस समेत भव्य रुपमा मनाउने तयारीमा समेत लागेको छ । स्थापना दिवसमा गण्डकी प्रदेशका कला साहित्य संगीत तर्फका श्रष्टाहरुलाई नगद सहित सम्मान गरिने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । 

पोखरा:    युनाइटेड क्लबले सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालबालिकालाई लक्षित गरी खाद्यान्न वितरण गरेको छ ।  मस्तिष्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको साथी संसार नेपालमा आवद्ध रहेका २० जना अभिभावकलाई युनाइटेड क्लबले खाद्यान्न वितरण गरेको हो । क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरा ३३ मा रहेको साथी संसार नेपालको कार्यलयमा पुगी उक्त संस्थामा आवद्ध रहेका २० जना मस्तिष्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।  उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाँले अपांगता भएका व्यक्तिहरुमा पनि सबैभन्दा पछाडि परेका सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालबालिकालाई लक्षित गरी उनीहरुका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लब परिवारलाई धन्यवाद ब्यक्त गरे ।  युनाइटेड क्लबले स्थापना कालदेखीनै सामाजिक काममा लागि रहदा १३ औं वार्षिकोत्सव सम्म आइपुग्दा सामाजिक काम संगै पर्यटकीय गन्तब्य निर्माण गर्न गरेको पहलकदमीको प्रशंसा गर्दै आगामी दिनमा पनि क्लव संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।  बानियाँले सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालवालिकाहरुलाई लक्षित गर्दै आफ्नो वडामा समेत उनीहरुका अभिभावकहरुलाई परामर्श दिदै आइरहेको र विभिन्न संघ संस्थाको सहयोगमा सहायता सामाग्रीहरु वितरण गर्दै आइरहेको र आगामी दिनमा बालहितकारी परियोजना अन्तर्गत उनीहरुलाई लक्षित गरी डे केयर सेन्टर स्थापना गर्ने समेत बताए । त्यसैगरी साथि संसारमा आवद्ध रहेका बालवालिकाहरुलाई समेत कार्यपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।  त्यस्तै साथि संसार नेपालका कार्यक्रम ब्यवस्थापक नारायण अधिकारीले १७ वर्षदेखि मस्तिष्क पक्षघात भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा हाल सम्म सरकारी पक्षबाट कुनैपनि सहयोग नभइरहेको र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले साथि संसार नेपालमा आवद्ध रहेका बालबालिकाहरुलाई लक्षित गरी उनीहरुका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे ।  मस्तिष्क पक्षघात भएकाहरु अपांगता भएका ब्यक्तिहरुमा पनि पछि परेको व्यक्तिहरु भएको बताउदै उनीहरुको क्षेत्रमा राज्यले केहीपनी गर्न नसक्नु दुखद पक्ष रहेको बताउदै आफुहरुले संस्था स्थापना गरी विभिन्न दाताहरुको सहयोगमा मस्तिस्कमा परेका असरका कारण बालवालिकाहरुलाई विशेष शिक्षा एवं पुनस्र्थापना केन्द्र स्थापना गरी काम गर्दै आइरहेको बताए ।  साथी संसार नेपालमा आएपछि बालबालिकाहरु कतिपय नियमित विद्यालय जान सक्ने भएको, हिडडुल गर्न सक्ने भएको वताउदै त्यस्ता बालबालिकाको घरघरमा गएर उनीहरुलाई दैनिक जीवन सहज बनाउन सीप समेत सिकाउदै आएको अधिकारीले बताए । साथी संसार नेपालमा आवद्ध ३० जना विद्यार्थीहरु विभिन्न विद्यालयमा अध्ययनरत रहेको र हालमात्रै २ जना विद्यार्थीले एसइइमा समेत सहभागीता जनाएको समेत अधिकारीले बताए ।  सो अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको र १३ औं वार्षिकोत्सवको अवसर पारी साथी संसार नेपाल संग जोडिने मौका पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि साथी संसार नेपालमा आवद्ध रहेका बालवालिकाहरुलाई सहयोग गर्ने बताए । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।    

पाेखरा:   बौद्ध​ धर्मगुरू दलाई लामाले हालै भएको एक घटनामा माफी मागेका छन्। भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।   उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर  सोध्छन्।   दलाई लामाको उक्त व्यवहारको तीव्र आलोचना भएपछि उनले सोमबार माफी मागेका हुन्।   दलाई लामाको सामाजिक सञ्जालमा राखिएको वक्तव्यमा उनले आफूले भेटेका मानिसहरूसँग  निर्दोष तरिकाले जिस्किने गरेको उल्लेख गरेका छन्। ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु,’  दलाई लामाको वक्तव्यमा भनिएको छ।    

मुस्ताङ:  हिमाल पारीको जिल्ला मुस्ताङमा सुरक्षा बैठक बसेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीको अध्यक्षतामा सुरक्षा बैठक बसको हो ।   सो बैठकमा हिमाली क्षेत्र मुस्ताङ जिल्लाको शान्ति सुरक्षा, अपराधिक त्रियाकलाप, ठगी चोरी निकासी, सेवाग्राहीको गुनासो, यातायात, कोरला नाका, सीमा स्तम्भको सुरक्षा, भ्रष्टाचार निवारण, वन्यजन्तु चोरी शिकारी, पर्यटकीय गतिविधि, धार्मिक स्थलमा आउने भक्तजनहरु, प्राकृतिक विपद् लगायत विविध विषयमा छलफल भएको थियो ।    आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापामगरले जनता र सेवाग्राहीहरुको गुनासोलाई छिटो छरितो, ढिलासुस्ती, आलटाल नगरिकन जनताका समस्यालाई सम्बन्धित कार्यालयहरुबाट समाधान गर्न र परिणाममुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।    उक्त बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल र राष्ट्रिय अनुसन्धान व्यूरोका मुस्ताङ प्रमुख मदन पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेत तथा सुचना अधिकारी शिव लम्सालको सहभागिता रहेको थियो ।   प्रमुख जिल्ला अधिकारी तथा ४ वटै सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा लगायत अन्य विविध विषयमा ब्रिफिङ गर्नुभएको थियो ।