पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

तनहुँ:  व्यास नगरपालिकाले पुस ११ देखि २० गतेसम्म एकिकृत घुम्ती सेवा मार्फत नगरबासीलाई घर आँगनमा पुगेर सेवा दिन लागेको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । योजना सम्झौता तथा किस्ता सिफारिस, बालीहरुमा देखापर्ने रोगको जैविक विषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तान क्यान्सर ,एचआइभी, टिबि, औलो रोग, मधुमेह, उच्च रक्तचाप परीक्षण हुनेछ ।  कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुई वर्ष मूनिका बालबालिकाहरूको वृद्धि अनुगमन र पोषण सम्बन्धी सेवा प्रदान गरिनेछ ।  आयुर्वेद एकाईबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ । पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । ज्येष्ठ नागरिक परिचयपत्र वितरण,अपाङ्गता भएकाको परिचयपत्र र महिला विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम रहेको छ ।  वास्तविक कृषक पहिचान गरी अनुदान  जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले वास्तविक कृषक पहिचान गरेर मात्रै अनुदान दिने व्यवस्था अघि बढाएको छ । व्यावसायिक कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम हचुवाको भरमा नभई स्थलगत अनुगमन पश्चात दिने योजना नगरपालिकाले बनाएको हो ।  अनुदानका लागि गाउँपालिकामा आवेदन दिएका कृषकको फार्ममा पुगेर अनुगमन समितिले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको छ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्र दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।  अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समिति संयोजक बालकृष्ण घिमिरे, पालिका सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेका छन् ।  कृषकले पेश गरेका कागजातको आधारमा मात्रै अनुदान नदिइने भएकोले अनुगमन समितिले प्रत्यक्ष अवलोकन गरेपछि मात्रै अनुदान दिने योजना रहेको अनुगमन समितिका संयोजक घिमिरेले जानकारी दिए ।  गाउँपालिकाले व्यावसायिक कृषकका लागि यस चालू आवमा बोका वितरणका लागि रु तीन लाख पचास हजार, औजार, च्याप कटरमा रु एक लाख, माछाको भुरा खरिद तथा गोठ, खोर निर्माणका लागि रु चार लाख र स्थानीय कुखुरामा रु एक लाख बजेट बिनियोजन गरेको छ ।  पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरेको बताए ।  अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचानका गर्न कठिनाइ भएकोले फार्म निरीक्षणमा जाने र त्यसको आधारमा अनुदान दिने व्यवस्था मिलाइएको उनले बताए ।  जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागि पनि सहज हुने भएकोले अनुगमन कार्यलाई प्राथमिकता दिइएको अनुगमनको संयोजक वालकृष्ण घिमिरेले बताए ।  उत्पादित वस्तुलाई बजारीकरण गर्दै समृद्ध म्याग्दे वनाउने सुनौलो सपना रहेको हुँदा उत्पादनमुखी कार्यक्रमलाई गाउँपालिका कार्यालयले जोड दिँदै आएको बताइएको छ ।

बाजुरा:  ए यो भुवो काँ जादोः भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे। भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन्  । बाजुराका विभिन्न ठाउँमा यसरी भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै रौनकता छाएको छ । पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको रौनक छाउन थालेको छ ।  त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाएका छन् । केही वर्षअघि कोरोनाको कहरका कारण यो पर्व मनाइएको थिएन । यो वर्ष बाजुराका विभिन्न ठाउँमा भव्य रुपमा भुवा पर्व खेल्न सुरु गरिएको छ । जिल्लाको बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, स्वामिकात्तिक, हिमाली, जगनाथलगायतका स्थानीय तहमाका विभिन्न गाउँमा आजबाट यो वर्ष भुवा पर्व विशेष रुपमा मनाउने गरिन्छ ।  भुवा पर्व सुदूरपश्चिमको एक विशेष पर्व हो । यो पर्व पुसे औंसीको दिनदेखि सुरु हुन्छ । भुवा पर्व मनाउन यहाँका विदेश गएका स्थानीय यतिबेला धमाधम गाउँ फर्किएका छन् । विगतका केही वर्ष कोरोनाको कहरमा भुवा पर्व मनाउन नपाएकाहरु यतिबेला भुवापर्व मनाउन गाउँ फर्किएका हुन् । खप्तड छेडेदह गाउँपालिका –७ का स्थानीय भीम नेपालीले धेरै वर्षसम्म जागिरको सिलसिलामा गाउँमा आउन नपाएकाहरु अहिले गाउँ फर्किएको बताउनुभयो । कोरोना कहरले दुई वर्षसम्म यो पर्व खेल्न नपाएकाहरु यतिबेला गाउँमा आएर ढाल तरवार समात्दै अहिले भुवा खेल्न थालेको उहाँको भनाइ छ ।  बाजुराका स्थानीय जोतिष कृष्णराज जोशीले, पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा यहाँका स्थानीयले मध्यरातमै राँकेजुलुस निकालेर भुवापर्व सुरु गर्नेगरेको बताउनुभयो । गोरखापत्र 

रौतहट:   रौतहटको गुजरा नगरपालिका–९ अमतवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।  मृत्यु हुनेमा मोटरसाइकल चालक गुजरा–१ मनहर्वाका ३२ वर्षीय तुफानी माझी रहेका छन्। उनको उपचारका क्रममा चन्द्रपुर अस्पताल प्रालिमा मृत्यु भएको हो।  सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २० वर्षीय सजकी माझीको सोही अस्पतालमा नै उपचार भैरहेको छ।  गएराति साढे १ बजे तुफानीले चलाएको ना ४० प ५०३० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी चौकी सिमराभवानिपुरले जानकारी दिएको छ।

लमजुङ: जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।  एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका चार आयोजनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।  दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए। उनका अनुसार दोर्दी खोलामा निर्माण सम्पन्न तीन आयोजना र चेपोखोलामा निर्माण सम्पन्न एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।  हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना र चेपोखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएका छन्।  तीमध्ये सबैभन्दा ठूलो २७ मेगावाट क्षमताको बिजुली बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक रूपमा बिजुली उत्पादन गर्दै आएको छ।   विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो।  आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए।  नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो। आयोजना निर्माणमा चार अर्ब ८३ करोड लगानी भएको छ। त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले उत्पादन गरेको विद्युत् दुई साता अघि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो  आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीका अनुसार विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ भएको थियो। तर प्रसारण लाइन बनेपछि काम छिटो सकाइएको हो।  आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो। विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालु आवमा मात्रै सम्पन्न भएको थियो। आयोजना निर्माणमा चार अर्ब ६४ करोड ६१ लाख लगानी भएको छ।  त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा सम्पन्न १२ दशमलव १ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन सुरु गरेको छ।  विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो। आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको यस आयोजनामा दुई अर्ब भन्दाबढी लगानी भएको छ।  त्यस्तै, चेपेखोला साना जलविद्युत् आयोजना एक अर्ब ५० करोडमा निर्माण सम्पन्न गरेको छ। यस दोर्दी करिडोरमै पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाको निर्माण समेत अन्तिम चरणमा पुगेको छ। यस आयोजनाको काम ९७ प्रतिशत सम्पन्न भएको आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमले बताए। केही महिनाभित्रै बिजुली उत्पादन गर्ने तयारी भइरहेको उनको भनाइ छ।  विसं २०७१ मा विद्युत् खरिद सम्झौता ९पिपिए० गरी आयोजना निर्माण विसं २०७२ असोज महिनाबाट सुरु भएको थियो। विसं २०७५ मा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिदै आएको छ।  सुरुआतमा आठ अर्ब ८० करोड लगानी हुने भनिएको आयोजनामा लागत बढेर दश अर्ब ५० करोडसम्म खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख गौतमले बताए।  आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन्। कुल  ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धन लगानीमा आयोजना निर्माण हुँदैछ। आयोजनामा प्रभावित स्थानीयवासीले २७ करोड लगानी गरेका छन्।

चितवन:  चितवनको राप्ती–२ गड्यौलीमा आज पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा भारत घर भई हाल गड्यौली बस्ने अब्दुल मसिनका ९ वर्षीय छोरा महमद एकलास रहेका छन्।  गम्भीर घाइते भएका उनको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो। प्रदेश २-०३-००१ च १७९२ नम्बरको पिकअप भ्यानले पैदलयात्री बालकलाई आज बिहान पौने ७ बजे ठक्कर दिएको हो।  सवारी साधनसहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

खोटाङ:  उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्की पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएका छन् । गाईघाट दिक्तेल सडक खण्डको उदयपुरस्थित रौमाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा बिहीबारदेखि उदयपुरको गाईघाटदेखि सिधैै खोटाङ दिक्तेल र दिक्तेलदेखि सिधैै गाईघाट सम्मका यातायातका साधनहरु सञ्चालन हुन थालेको खोटाङ खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताए । अझै सुनकोसीको पुल निर्माण सम्पन्न गर्न केही काम बाँकी रहेको भए पनि यातायात व्यवसायीको दबाब र जनताको मागअनुसार पुल निर्माणको अन्तिम केही कार्य बाँकी रहेको भए पनि बिहीबारदेखि यातायातका साधन सुचारु गरिने अनुमति प्रदान गरेको उक्त पुल हेर्ने पुल सेक्टर नम्बर १ धरानका प्रमुख प्रदीप भण्डारीले बताए । दश वर्षअघिनै सुनकोसीमा पक्की पुल निर्माण कार्य सुरु भएको थियो । माघसम्ममा पुल निर्माण सम्पन्न भइसक्ने छ । पार्वता गौरा जेभि कन्ट्रक्सन निर्माण कम्पनीले २०६९ चैतदेखि सुनकोसीमा पुल निर्माण सुरु गरेको हो । विसं २०७५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । निर्माण कम्पनीले काममा ढिलाइ गर्दा उदयपुर, खोटाङ, तराई, मधेस आवतजावतमा कठिनाइ भोग्नु परिरहेको थियो ।  पुल निर्माणका लागि रु १९ करोड ६० लाख खर्च भएको पुल निर्माण कम्पनीका कर्मचारी सुजन पाण्डेले बताए । एक सय ४२ मिटर लम्बाइ र छ दशमलव पाँच मिटर चौडाइको पुल निर्माण गरिएको छ । सुनकोसीमा पक्की पुल नहुँदा २०६९ सालदेखि गाईघाट दिक्तेल सडक खण्डको सुनकोसीमा छ महिना बेलिबृज जडान गरेर छ महिनासम्म यातायातका साधन चल्ने गरेका थिए । जेठमा सुनकोसीमा पानीको बहाव बढेपछि छ महिनासम्म वर्षा याममा बेलिबृज खोलिने गरिएको थियो । गाईघाट दिक्तेल सडक खण्डमा ६ महिना हिउँदमा यातायात सुचारु हुने र वर्षामा छ महिना यातायात सञ्चालन कार्य बन्द हुने गरेको थियो । यस पटक सुनकोसीमा पक्की पुल निर्माण भएपछि बेलिबृज पनि हटाइको छ भने अब हिउँद वर्षा दुवै याममा उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङको दिक्तेलसम्म र दिक्तेलदेखि गाईघाटसम्म सिधै यातायातका साधन चल्ने छन् । 

बागलुङः   बागलुङको ताराखोला गाउँपालिका २ अर्गलस्थित किकल्ताको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ ।  हिजो बेलुका बिरबहादर घर्तिको घरमा करिव ११ बजेको समयमा आगलागी भएको ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्तिले जानकारी दिए ।  हिजो बेलुका करिव १० देखि १२ बजेको बिचमा घटना भएको हो, वडाध्यक्ष घर्तिले भने, ‘आगलागी हुँदा दुईतलाको घर पुर्ण रुपमा क्षति भएको छ, अहिले दाजुभाईको घरमा ५ जनाको परिवारले आश्रय लिएका छन् ।’ आगलागी हुँदा ४५ हजार नगद, २ टोला सुन, १६मुरी मकै, टिभी,१ वटा भैसी र घरमा रहेका खाद्यान्न र लत्ताकपडासहित भाडाकुडामा क्षति भएको छ । आगलागीबाट करिव २५ लाखको क्षति भए पनि आगलागीबाट मानवीय क्षति भएको छैन् । 

०४४ साल जेठको २८ गते श्रीमति विष्णुदेवीसहित गिरिधारी कँडेल पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा पुगे । भारतीय सेनामा पेन्सन पकाएका गिरिधारी पेन्सन थाप्नै श्रीमतीसहित त्यहाँ पुगेका थिए ।    तर त्यस दिन पेन्सन थाप्न कँडेल दम्पत्तीसहित अन्य २ जोगी पनि थिए । जो सँगै अघिल्लो रात पोखराकै पृथ्वीचोकको एक होटलमा बसेका थिए । गिरिधारीले ६ हजार रुपैयाँ पेन्सन थापेपछि ३ हजार विष्णुदेवीलाई दिएर आफु   हरिद्वारका जोगीसँगै मानसरोवर यात्रामा निस्कने सुनाए । छुट्नेबला विष्णुले सोधिन् ‘कहिले फर्कनुहुन्छ ?’ ‘फर्कन्छु’ गिरिधारीले यति भनेर बाटो लागे । विष्णुदेवी गह्रुँगो पाइला लिएर घर फर्किइन् ।  .........................................................................................     घरको भित्तामा श्रीमान्सँगको युगल तस्बिर टाँगिएको थियो । सोही तस्बिरले उनलाई अतीतमा फर्कायो । ०२३ सालमा गिरिधारीले विष्णुलाई स्याङजाको हरिनासबाट तनहुँको भिमाद गाउँ पञ्चायत वडा नम्बर २ स्थित घरमा भित्र्याएका थिए । दुईबीच उमेरमा १४ वर्षको फरक भएपनि मायाको कुनै साँध र सिमाना थिएन । सर्लक्क मिलेको जीउडालका गिरिधारीले सँगै पल्टन पनि लगे । उता र यता गरेर ५ सन्तान भए । जसमध्ये ३ छोरा र २ छोरी हुन् ।    सेनामा हुँदा गिरिधारीको मन अध्यात्मतर्फ ढल्कँदै गयो । पछि रिटायर्ड भएर घर फर्किएपछि उनी बेलाबेला विभिन्न धाम, तीर्थस्थलमा महिनौ बिताउँथे । उनको पेन्सनबाट विष्णुले घर धान्दै, बालबच्चा हुँर्काउन थालिन् । पतिको अभावमा घर धान्न गाह्रो त थियो नै तर उनको बाटोमा तगारो बन्ने चाहना विष्णुको थिएन ।      गिरिधारी तीर्थ र धामबाट फर्किएपछि पनि फेरि उतै जाने ध्याउन्नमा हुन्थे । त्यसरी जाँदै, आउँदै गर्ने क्रममा २ जोगीसँग मानसरोवर हिँडेपछि आज ३५ वर्ष भयो विष्णुदेवीले आफ्नो सिन्दुर नभेटेको ।  ................................................................................................. श्रीमान् हिँडेको दिन, महिना हुँदै वर्ष बितेपछि विष्णुको छटपटी बढ्दै गयो । छिमेकी, आफन्त, नातागोगासँगै प्रहरी प्रशासनसमक्ष पुगिन् । सबैतिरबाट खोजी हुन थाल्यो तर गिरिधारी भेटिएनन् । भारतीय सेनामा भएका छोराहरुले भारतका विभिन्न धाम र तीर्थस्थलमा खोजी जारी राखे तैपनि गिरिधारीको पत्तो पाइएन ।      यसबीच, कसैकसैले गिरिधारी भारतको हरिद्वारमा भेटिएको बताए । कतिपयले नेपालकै देवघाट, पशुपतिनाथ, तनहुँतिर देखेको बताए । तर प्रमाण कसैसँग थिएन । यसबीच, चिना हेराउने, शान्तिस्वस्ती गर्ने, पूजापाठ लगाउनेदेखि ज्यान र परिवारले सकेसम्म गरे । श्रीमान्सँग खिचेका फोटा बोकेर चाहर्दै पनि हिँडिन् ।      उमेरले ७० वर्ष पुगेकी विष्णुदेवि अतीतको याद बोकेर चारै दिशा पुगेपनि हात नलागेपछि उनकाे अन्तिम प्रयास मिडिया हुन पुगेको छ । यसैक्रममा सुनगाभा न्यूजसँग कुरा गर्दै विष्णुदेवीले अतीत कहेकी छिन् ।    श्रीमान्सँगको तस्बिर सहित २ वर्षअघि स्याङ्जामा आफन्तले अनुमानको भरमा लुकेर खिचेको तस्बिर लिएर विष्णुमायाले अपील गरेकी छिन् ।   २ वर्ष अघि स्याङ्जाको टिकाजामा रहेका आफन्तले मोबाइलबाट लुकेर खिचेको एक सन्यासीको फोटो देखाएपछि विष्णुदेवी अब श्रीमान् पक्कै भेटिनेछन् भन्ने आशामा बुढ्यौलीले थाकेका गोडामा पुनः उर्जा थप्दैछिन् । ‘मेरा श्रीमान् जिउँदै छन्’ रसिलो आँखा लिएर उनले भनिन् ‘चिना हेराउँदा उहाँको आयू ९० वर्ष देखिएको छ, कुनैदिन भेटिनेमा विश्वस्त छु ।’   श्रीमान्को जन्म वि.सं १९९७ गते मंसिर १९ गते भएको र अहिले ८३ वर्ष पुगेको उनले जनाइन् । आफ्नो आयू पनि लामै रहेको भन्दै विष्णुदेवी जीवनको अन्तिम क्षणसम्म श्रीमान्कै प्रतीक्षामा छिन् ।    कुराकानीको अन्त्यमा विष्णुदेवीले श्रीमान्को तस्बिरहरु देखाउँदै भनिन् ‘उहाँ ८४ पुग्ने बेला हुन लाग्यो, चौरासी पूजा गरिदिने इच्छा छ, लौन कसैले भेटाइदिनु हुन्छ कि ।’    भिडियाे: -  

धादिङ: धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका–२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्। माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार ती महिलाको सनाखत भएको छैन। उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। शव केन्द्रमै राखिएको छ। यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ।