पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

कास्कीमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको पाइएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांकलाई आधार मान्ने हो भने यहाँ पछिल्लो ६ महिनामा ७४ जनाले मृत्यु रोजेका छन् ।    जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या ६४ रहेको छ । त्यस्तै, हामफालेर ६ जनाले आत्महत्या गरेका छन् ।    प्रहरीको सूचनाअनुसार बाँकी ४ जनाले विष सेवन गरेको पाइएको छ । आत्महत्या बढ्नुका विविध कारण रहेको मनोचिकित्सक बताउँछन् ।    यसपछि पनि पाेखराकाे मालेपाटन र गैह्रापाटनमा १–१ जनाले आत्महत्या गरिसकेका छन् ।    बिजी हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ मनोचिकित्सक निर्मल लामिछानेका अनुसार आत्महत्याका कारण विभिन्न हुन्छन् । लामिछाने भन्छन् ‘कोभिडपछि नेपाली समाज केही विचलित भएको छ, त्यसयता आत्महत्या र मानसिक बिरामी बढेका छन् ।’   यद्यपि, मानिसले मृत्यु रोज्नुमा कुनै एकमात्र कारण हुन नसक्ने उनको ठम्याई छ । ‘मुलतः बिपीएस (बायो–साइको–सोसियल) आत्महत्याको कारक बन्न सक्छ’ लामिछानेले भने ‘यससँगै बेरोजगारी, आर्थिकरुपमा सम्पन्न हुन नसक्दाको पीडालगायतले आत्महत्या निम्त्याउँदैछ ।’   उनले बिपीएसलाई कुनैपनि व्यक्तिको पारिवारिक, मानसिक र सामाजिक अवस्था भनि व्याख्या गरेका छन् ।    कतिपय आत्महत्याको पछाडि बिपिएस नै मुख्य कारण रहेको र मेडिकल साइन्समा पनि पुष्टि भएको उनले बताए ।    लामिछाने भन्छन्, ‘पोखरामै आत्महत्या गरेका व्यक्तिको हिस्ट्री केलाउँदा पनि यिनै कारणहरु बढी पाइन्छन्’ त्यस्तै, समयमै मनोचिकित्सकबाट काउन्सिलिङ् लिनसके आत्महत्या रोक्न सकिने उनको धारणा छ ।   

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संग्रहालयको प्रचारप्रसार गर्न नसकेको बताएका छन् ।   पोखरा महानगरपालिका ९ नयाँबजार स्थित प्रदेश संग्रहालयको प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् ।    ‘संग्रहालय अवलोकन गर्न आउने पर्यटक तथा दर्शकहरु समक्ष संग्रहालयको महत्वबारे प्रचारप्रसार गर्न सकेका छैनौं, मुख्यमन्त्री अधिकारीले भने, ‘ संग्रहालय भनेको विश्वविद्यालय हो, लोपउन्मुख अभिलेख, वस्तुहरु भोलिका अनुसन्धानकर्ताहरुका लागि महत्वपूर्ण साम्रागी हो त्यसैले संग्रहालय विश्वविद्यालय हो, यसको प्रचारप्रसार गर्न सरकार र नागरिकको दायित्व भित्र पर्छ ।’ उनले संग्रहालय भनेको संस्कृतिको राजधानी भएकाले लोपउन्मुख विभिन्न जातजातिको भाषाशैली जिवनशैली र लोपउन्मुख संस्कृति लगायत अन्य लोपउन्मुख वस्तुहरुको संरक्षणमा जोड दिए ।  प्रदेश संग्रहालयको प्रशासनिक भवन प्रदर्शनी केन्द्रसँगै जोदिदा कार्यालय व्यवस्थापनमा असहज भएपछि नयाँ दुईतले भवन निर्माण गरिएको प्रदेश संग्रहालयले जनाएको छ ।  गण्डकी प्रदेशको आर्थिक सहयोगमा १ करोड ८९ लाख ८६ हजार ६ सय २२ रुपैयाँको लागतमा स्लेट चन्द्रज्योति जेभीले प्रदेश संग्रहालयको प्रशासनिक भवन निर्माण गरेको हो । संग्रहालयको प्रशासनिक भवन निर्माण भएपछि पहिलेको कार्यालयलाई सूचना केन्द्रको रुपमा विस्तार गर्ने लक्ष्य संग्रहालयले लिएको छ ।  आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै २०४१ सालमा सर्वसाधारणका लागि खुल्ला गरिएको क्षेत्रीय संग्रहालयमा संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारको सामित्वमा आएको छ ।   

पोखरा:   वडा स्तरिय दलित संजाल पोखरा ९ ले आफ्नो वडामा रहेका दलित महिलाहरुलाई साबुन बनाउने तालिम दिएको छ । तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चम्रकारले तालिममा सिकेको सिपले महिला दिदीबहिनीहरु स्वरोजगार वन्नु पर्ने बताएकी थिइन् । कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्य तथा वडा सदस्य भावना श्रेष्ठ, वडा सदस्य लक्ष्मी पहारी, निवर्तमान वडा सदस्य राममाया मानन्धर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । १० दिनसम्म संचालन रहेको तालिममा २३ जनाको सहभागिता रहेको थियो भने पोखरा औद्योगिक क्षेत्रमा रहेको गण्डकी साबुन उद्योगका संचालक हरि विश्वकर्माले प्रशिक्षण दिएका थिए । तालिममा कपडा र भाडा माझ्ने साबुन, फिनेल, हर्पिक वनाउने तालिम दिईएको थियो । प्रशिक्षार्थीहरु सिम्रन सुनाम र एलिना परियारले तालिमबाट धेरै कुरा सिकेको बताउँदै आफुहरुले मिलेर साबुन उद्योग संचालन गर्ने विषयमा छलफल गर्ने बताएका थिए । संजालका अध्यक्ष रामबहादुर वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य जानकी परियार र संचालन सचिव सपना विकले गरेकी थिइन । 

बागलुङ : बागलुङको जैमिनी नगरपालिका-१ ले ज्येष्ठ नागरिकहरूलाई ब्ल्यांकेट वितरण गरेको छ।    वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै न्यानो कपडा ब्ल्यांकेट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताए।    वडाध्यक्ष आचार्यले ९० वर्ष माथिका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नका लागि र उदास हुने उमेरमा हौसला प्रदान गर्नको लागि गर्मी र जाडो दुवै समयमा ओड्न काम लाग्ने ब्ल्यांकेट प्रदान गरिएको बताए।    उनले वडामा १० जना ९० वर्ष माथिका ज्येष्ठ सदस्य रहेपनि सात जनालाई वितरण गरिएको र तीन जना बाहिर रहेकाले पछि सम्मान गरिने बताए।   ‘वृद्ध उमेरमा ज्येष्ठ नागरिकहरूलाई स्थानीय सरकार उनीहरूको साथमा रहेको अनुभूति दिलाउन सम्मान गरिएको हो, वडा अध्यक्ष आचार्यले भने,‘स्थानीय तहको विकासको लागि ज्येष्ठ नागरिकहरूबाट सल्लाह र सुझाव लिएर अगाडि बढ्ने छौं।’

गुल्मी:  गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो ।   केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् ।    लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले यहाँ भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो ।   भिडियो एक्स–रेबाट पशुहरुको बाँझोपनको समस्या र गर्भ परीक्षण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डा.भरत काफ्लेले जानकारी दिनुभयो ।    किसानका घर–घरमा पुगेर पशुहरुको भिडियो एक्सरे गर्न पालिकाका प्राविधिकमार्फत तथ्याङ्क सङ्कलन भइरहेको छ । इस्मा गाउँपालिकाको विभिन्न्न स्थानबाट यो सेवा सुरु गरिएको हो ।   किसानको मागअनुसार यो सेवालाई जिल्लाका सबै स्थानमा पु¥याइने डा. काफ्लेले बताउनुभयो ।   

पोखरा:    पोखरा महानगरपालिका २३ मा तेस्रो संस्करणको चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ ।  चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै मंगलबार (भोलि) देखि महोत्सव सुरु हुने जानकारी दिएको हो । फेवातालको सिरानमा रहेको वडा २३ को स्थानीय उत्पादनसँगै पर्यटन र होमस्टेलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको समितिको अध्यक्ष भीम पराजुलीले बताए ।   ‘महानगरपालिकाको पनि कर्णाली क्षेत्र रहेको उक्त वडामा महोत्सवकै कारण पछिल्लो समय कालोपत्रे सडक निमार्ण कार्य थालिएको छ,उनले भने, ‘हामीले यहाँको विकासका लागि नै यो महोत्सव आयोजना गरेर नेतृत्व तहमा पुगेका नेताहरुलाई ल्याउने जमर्को गरेका छौँ ।’ पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता र रत्यौली प्रतियोगिता मुख्य आकर्षण रहेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनका अनुसार तिनै प्रतियोगिताको पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३३ हजार ३३३, २२ हजार २२२, ११ हजार १११ र ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । महोत्सवमा यो वर्ष लप्सी, मह र दमौराको प्रदर्शनीसँगै बिक्री गर्ने गरिनेछ । महोत्सवमा महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गरेको छ । प्रतियोगिताको विजेताले पाँच हजार रुपैयाँ दोस्रोले तीन हजार, तेस्रोले दुई र सान्त्वनाले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन पुरुष तर्फ ५ र महिलातर्फ ३ सय शुल्क कायम गरेको कार्यक्रम संयोजक चेतनाथ देवकोटाले बताए ।  उनका अनुसार बाल नृत्यतर्फको विजेताले २ हजार ५ सय, दोस्रोले २ हजार, तेस्रोले १ हजार पाँच सय र सान्त्वनाले ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दुना टपरी बुन्ने प्रतियोगितामा विजेताले २ हजार, दोस्रोले १५ सय, तेस्रोले १ हजार सान्त्वनाले ५ सय र सहभागि हुन् २ सय शुल्क कायम गरेको छ । झाकी प्रदर्शनी तर्फको विजताले ५ हजार, दोस्रोले ३ हजार, सान्त्वनाले १ हजार पुरस्कार पाउनेछन् । महोत्सवमा २५ लाख खर्च हुने आयोजकले जनाएको छ भने २५ हजारले दर्शकले महोत्सव अवलोकन गर्ने बताइएको छ । सचिव घनश्याम पराजुलीले महोत्सव स्थलसम्म जानका लागि पोखराको हल्लनचोकदेखि गाडीको व्यवस्था गरिएको जानकारी दिए ।

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिवासी जनजाति आयोगले शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।   कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिमलगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।”   “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक हो । सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिन्छ” प्रधानमन्त्रीले भन्नुभयो, “राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ । यद्यपि, यो पूर्ण छैन । तर, यो निकै महत्त्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलि नै रहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ ।”     “महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ । यो अधिकार हाम्रै संघर्षको परिणाम हो । एकीकृत र केन्द्रिकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा लड्दै आएको छु । भोलि पनि लड्नेछु । कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन । जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ” प्रधानमन्त्रीले भन्नुभयो ।   “सिङ्गो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्‍यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन । तर, यसको उचित सम्मान गर्न, नेतृत्व स्थापित गर्न हामी चुकेका छौँ । त्यसलाई सम्मान गर्न सकिएन भने प्राप्त उपलब्धि पनि खोसिने खतरा रहन्छ ।”   प्रधानमन्त्री भन्नुभयो, “उत्पीडित वर्ग दिग्भ्रमितमा पर्नु हुँदैन, त्यसो हुँदा आन्दोलनका उपलब्धि खोसिन सक्छन् । यसप्रति तपाईहरु सबै गम्भीर हुनुपर्छ । यी उपलब्धि सजिलै प्राप्त गरेको होइन । धेरै ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको हो । यो कुरा एकथरि मान्छेलाई मन परेको छैन । हामीले त्यसको रक्षा र विकास गर्नुपर्छ ।”     “म आन्दोलनको नेतृत्व गर्दा सुरुदेखि नै आदिवासी जनजाति समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै आएको छु”, प्रधानमन्त्रीले भन्नुभयो, “चाहे रोल्पा, रुकुम भन्नुस्, चाहे भोजपुर, खोटाङ भन्नुस्, चाहे गोरखा, लम्जुङ, तनहुँ, मनाङ भन्नुस्, चाहे थारुका आधार क्षेत्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर भन्नुस्, चाहे मधेश भन्नुस्, म उत्पीडित वर्ग र समुदायसँग एकाकार भएर नै आन्दोलनको नेतृत्व गरेको हुँ।”   प्रधानमन्त्रीले भन्नुभयो, “केही भ्रमहरु छन् । तर, यो आन्दोलनको सच्चाइ कसैले रोकेर रोक्न सक्दैन । यो माओवादी आन्दोलनको उपलब्धि हो । हामीले विश्वभरिका आन्दोलनको कुरा गर्छौं, अधिकारको कुरा गर्छौं । तर, हाम्रै आन्दोलन र यसको नेतृत्वका बारेमा कुरा गर्न, त्यसको सम्मान गर्न हामीलाई के कुराले रोक्यो ? तसर्थ, इतिहासप्रति न्याय गर्न हामी चुक्नु हुँदैन ।”   “अर्थतन्त्रमा चुनौतीहरु छन्, त्यसलाई सही बाटोमा लैजानु छ, समतामूलक समाजको निर्माण गर्नु नै छ । राष्ट्रिय एकताको आधार पनि यही हो । उत्पीडितहरुको एकताले मात्र देशको मात्र रक्षा गर्न सकिन्छ, जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ । तसर्थ, उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी छ । राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

पोखरा:   नेपाल वित्तिय संस्था कर्मचारी संघ (FIEUN) कास्की जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।   संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नविन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु कुलबहादुर तामाङ र गोपिनाथ पोखरेल रहेका छन् ।   कार्यक्रमका प्रमुअख अतिथि नेपाल ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले श्रमिकको हकहितको लागि वर्तमान सरकार गम्भिर नभएको हुँदा सबै श्रमिक एकजुट हुनपर्ने बताए ।   विशेष अतिथि नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय समिति सदस्य ओमकार गिरीले वित्तिय क्षेत्रका कर्मचारीहरुको हकहितको लागि राष्ट्रिय समितिले विविध कार्य गर्दै आएको बताए।     प्रमुख अतिथि शर्माले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।   सो अवसरमा ट्रेड युनियनका जन्मदाता पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको तस्विरमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।   संघका अध्यक्ष ज्ञाज शर्माले आफ्नो कार्यकालमा कोरोना महामारीको कारण संस्थाले सोचे जस्तो कामहरु गर्न नपाएको उल्लेख गर्दै आगामि दिनहरुमा संस्थाका गतिविधिलाई निरन्तर अगाडि वढाउनु पर्ने वताएका थिए । संघमा प्रायः बैक तथा वित्तिय संस्थाहरु, विमा कम्पनिहरु, कर्मचारी सञ्चयकोष आवद्ध रहेका बताए ।   नवनिर्वाचित अध्यक्ष यामबहादुर रानाभाटले वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरुले आफ्नो अधिकार र कर्तव्यलाई आत्मसात गर्दै संस्थाको गरिमालाई उच्च पार्ने कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।   अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुर्यरमण पराजुलीले र संचालन सचिव यामबहादुर रानाभाटले गरेका थिए ।

जनकपुरधाम: धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने योजनाकार पक्राउ परेका छन्। लागुऔषध मुद्दामा पक्राउ परेर फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ का ३५ वर्षीय विनोदकुमार शर्मा पक्राउ परेका हुन्।   उनलाई बुधबार राति १ बजे मथिला नगरपालिका १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।   पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्मा नै हिरासत फोड्ने योजनाकार हुन्। हिरासतमा सबै भन्दा बढी १८ दिनदेखि शर्मा नै थिए। उनैले फोड्ने सुरुवात गरेरपछि अन्य थुनुवाको साथ पाए र पछि फोड्न सफल भएर ६ जना एक साथ फरार भएका थिए।   शर्मासँगै फरार ६ जनामध्ये ४ जना पक्राउ परिसकेका छन्। मंगलबार राति अभद्र व्यवहार तथा शान्ति सुरक्षा विरुद्धको मुद्दाका फरार थुनुवा हरिदिप सिंह, मंगलबार दिउँसो अमित मण्डल र सोमबार हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको हो। अन्य दुई थुनुवाको खोजी पनि गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।