पोखरा : विश्व पर्यटन दिवसको अवसरमा कास्कीको पर्यटकीय स्थल घान्द्रुकको विभिन्न स्थलमा वृहत सरसफाई गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा ४२ औं विश्व पर्यटन दिवसको अवसरमा सरसफाई गरिएको हो । कास्कीको पर्यटकीय स्थल घान्द्रुुकगाउँ वरपर रहेको फोहोरहरुले पर्यटकमा राम्रो सन्देश नदिने भएकाले सरसफाई अभियान थालिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । ‘घान्द्रुक गाउँ पर्यटकको केन्द्र हो’ उनले भने ‘कास्कीको घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फोहोरमा होइन सफासुग्घर स्थलमा स्वागत गर्न चाहान्छौं । यो अभियान अब निरन्तर सञ्चालन हुनेछ ।’ घान्द्रक पर्यटनहरुको रोजाईमा पर्ने भएकाले गाउँघर सफासुग्घर राख्न स्थानीयले सक्रियता देखाएपछि पर्यटन व्यवस्थापन समितिले सरसफाई कार्यलाई तिव्रता दिन थालेको हो । कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाउँ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरि र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।
तनहुँ । “अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो”, तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी कोपिला नेपालीले भन्नुभयो, “वर्षभरि खाने अन्न उत्पादन नहुँदा अब के गर्ने भन्ने समस्या थपिएको छ ।” छ रोपनीमा लगाएको धान अधिकांश रोग लागेर मरेको छ । औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण नभएको उहाँको गुनासो छ । “गाउँपालिका, कृषि ज्ञान केन्द्रमा पनि समस्याका बारेमा जानकारी गरायौँ, रोगको पहिचान हुन सकेन”, उहाँले भन्नुभयो, “प्राविधिकले दिएको औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण भएन ।” सोही ठाउँ निवासी कृषक गङ्गा वाग्लेको चार रोपनी खेतमा लगाएको धानबालीमा पनि रोगको समस्या फैलिएको छ । “वर्षभरि खाने धान हो, दुःख गरेर लगायौँ, यो वर्ष त मल अभाव पनि ज्यादा भयो”, उहाँले गुनासो गर्नुभयो, “रोगको समस्याले धान उत्पादन नै घट्ने भयो, राज्यले कृषकको समस्या बुझिदिनुपर्छ ।” वर्षभरि खाने अन्न नष्ट हुने भएपछि सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने कृषक पुरुषोत्तम भण्डारीले बताउनुभयो । “वर्षभरि खाने अन्न हो, सबै नष्ट भयो, सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्छ”, उहाँले भन्नुभयो । तनहुँको म्याग्दे गाउँपालिका–७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन् । धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् । रोग लागेको धानलाई यसै छाडे अर्को वर्ष पनि यस्तै हुने हो कि भन्ने डरले समस्या फैलिएको ठाउँमा आगो लगाउने सोच बनाएको कृषकले बताएका छन् । यहाँका करिब ५० कृषकले तीन सय रोपनी क्षेत्रमा लगाएको धानबालीमध्ये एक सय ७० रोपनीमा रोगको प्रकोप फैलिएको छ । म्याग्दे गाउँपालिकाका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले धानमा ‘मेली बग’ को समस्या देखिएको जानकारी दिनुभयो । “झट्ट हेर्दा जिङ्कको कमीले हुने राते रोगको प्रकोपजस्तो देखिने भएता पनि सुरुमा जिङ्क हाल्दा पनि सुधार भएन”, उहाँले भन्नुभयो, “हामीले धानखेतको अवलोकनपश्चात नेपाल कृषि अनुसन्धान परिषद्को सल्लाहबमोजिम औषधि उपलब्ध गराएका थियौँ ।” औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको उहाँले बताउनुभयो । “सुधार भएको ठाउँमा थप विषादी छर्किने र पूर्ण क्षति भएको धानखेतको क्षतिपूर्ति दिने गाउँपालिकाले निर्णय गरेको छ”, उहाँले भन्नुभयो । यो रोगको समस्या तनहुँका अलवा चितवन र मोरङमा पनि देखिएको प्राविधिकले जनाएका छन् ।
पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालले सोमबार पोखरामा ८० जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका ग्रामिण भेकमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसरमा प्राध्यापनरत उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, प्रतिष्ठानका संस्थापक उपाध्यक्ष दुर्गाबहादुर गुरुङ, निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ लगायतले विभिन्न अक्षयकोषदाताहरुबाट स्थापित कोषबाट जनही ८/८ हजार छात्रवृत्ति वितरण गरिएको हो। वार्षिक १५० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानले पहिलो चरणमा गण्डकी प्रदेशका कास्की र वरपरका जिल्लाका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो भने यस पश्चात देशैभरमा छनौट भएका अन्य तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने जनाएको छ। प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरेकी आकृति तमु लगायतले प्रतिष्ठान, छात्रवृत्ति वितरण र शिक्षाका विविध पक्षमा मन्तव्य व्यक्तगर्नुभएको थियो। उक्त कार्यक्रममा तमु विद्यार्थी समितिको तर्फबाट प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरि दश जोड दुई उतिर्ण गरेका विद्याथीृहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो भने उक्त कार्यक्रमको संचालन समितिकी सचिव रेनु गुरुङले गर्नुभएको थियो। छात्रवृत्ति वितरण कार्यक्रम प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षता, स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सञ्चालन सचिव कञ्चन गुरुङले गर्नुभएको थियो। उक्त कार्यक्रम पश्चात तमु विद्यार्थीहरुलाई उच्च शिक्षा लगायत निजामति सेवाका बारेमा तेजबहादुर चाक्ली तमु, कञ्चन गुरुङले अभिमुखिकरण गराउनु भएको थियो।
पोखरा । चलचित्र “बाबरी” टीमले पोखरा आएर पत्रकारसँग भेटघाट गरेको छ । असोज १४ गते शुक्रबारबाट सार्वजनिक हुन लागेको चलचित्र “बाबरी” का कलाकार धिरज मगर, अदिती बुढाथोकी र धिरज नटकरले पोखरा आएर पत्रकारसँग भेटघाट गरेका हुन् । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा उनीहरुले पोखराबाट आफुले मुटुभरीको माया पाउनेमा विश्वस्त रहेको बताएका छन् । चलचित्रकी मुख्य पात्र अदिती बुढाथोकीले आफु बाबरीको प्रेमीकाको रुपमा प्रस्तुत भएको बताएकी छिन् । केटाहरुसँग नडराउने तर प्रेमील भूमिका उनको छ । आफ्नो दोस्रो चलचित्र भएको उल्लेख गर्दै अदितीले बाबरीबाट धेरै अपेक्षा राखेकी छिन् । “बाबरी मेरा लागि दोस्रो चलचित्र हो । यसबाट धेरै अपेक्षा गरेको छु । गीत र ट्रेलर दर्शकले जसरी मन पराउनुभएको छ । आशा छ, फिल्मलाई पनि मन पराउनुहुनेछ ।’, उनले भनिन् । उसो त अदिती भारत बस्दै आएकी छिन् । भारतीय केही म्युजिक भिडियोहरुमा समेत उनको अभिनयलाई देख्न सकिन्छ । अदितीलाई नेपाली चलचित्र उद्योगमा नै रम्न मन छ । अफर आएको खण्डमा भारतका चलचित्रमा समेत अभिनय गर्ने भनाई उनको छ । बाबरी एक प्रेमील कथा भएकाले र आफुलाई मन परेकाले अनुबन्धित भएको उनले बताइन् । यसअघि “इन्टुमिन्टु लण्डनमा” चलचित्रमा अभिनय गरेका धिरज मगर पनि बाबरीबाट आशावादी देखिन्छन् । आफ्नो पहिलो चलचित्रमा देखिएका कमीकमजोरीलाई बाबरीमा सुधार गरेको भनाई उनको छ । बाबरीमा उनी सानो काजीको रुपमा प्रस्तुत भएका छन् । ठकुरीको छोरा गाउँको गन्यमान्य क्यारेक्टर उनको छ । भन्छन्,“करिब तीन वर्ष पछि बाबरी मार्फत पर्दामा आएको छु । पहिलो चलचित्रमा मेरो अभिनयलाई जसरी दर्शकले मन पराउनुभएको थियो, बाबरीमा समेत मन पराउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु ।’, उनले भने । बाबरी समाजमा नै भइरहेको घटना परिघटनाको कथा भएको उनले बताए । बाबरी मार्फत डेब्यु गरेका कलाकार हुन् धिरज नटकर । लामो समय भारतमा बसेका धिरजलाई नेपाली भाषा बोल्न समस्या छ । तर पनि उनले कोसिस गरेका छन् । जसलाई बाबरीको ट्रेलरमा देख्न सकिन्छ । उनी आफै पनि नेपाली भाषा सिक्दै गरेको बताउँछन् । नटकर बाबरीबाट आशावादी छन् । भन्छन्, “चलचित्र बाबरी तपाई हाम्रै कथा हो । जसमा मेरो भूमिकालाई समेत दर्शकले हेर्न पाउनुहुनेछ । लवजमा केही समस्या अवश्य छ । जसलाई सुधार्दै लैजाने प्रयत्न रहनेछ । म मेरो आमाको प्रेरणाले नै यस क्षेत्रमा प्रवेश गरेको हुँ ।” बाबरीमा उनी प्रेमील भूमिकामा छन् । जसमा उनको टक्कर धिरज मगर सँग हुन्छ । पोखराको मार्केटिङ सम्हालेका बाबरी प्रोडक्सन टीमका सुरबीन वान्तवा राई बाबरी चलचित्र सफल हुनेमा विश्वस्त छन् । हर प्रेमी प्रेमीकाको कथा भएकाले पनि दर्शकले मायालु तवरले चलचित्रलाई हेर्ने भनाई उनको छ । उनले चलचित्र हङकङ, जापान,कोरिया,युके लगायतका देशहरुमा समेत प्रदर्शन हुने बताए । मोरङको लेताङ्ग, भारतको सिक्किम र काठमाडौंमा छायाँकन गरिएको बाबरीलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी, धिरज नटकरसँगै बादल भट्ट, कमलमनि नेपाल, उर्मिला बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा निर्माताहरु गणेश बुढाथोकी, पुष्पा लता बुढाथोकीको लगानी छ । काली प्रसाद बासकोटा, सुजन चापागाई, अनमोल गुरुङको संगीत रहेको बाबरीको शिर्ष गीतलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।
पोखरा : कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरिकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमीसम्म पाणा पुजारीहरु मन्दिरमानैबसेर गुप्तकालीकाको पुजा गर्ने प्रचलन रहेको छ । वडा दशैमा नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनुभयो । कास्कीकोटमा दशैको वेलामा बजाइने नगरा , सत्रौ शताव्दीका ढाल तरवारहरु लगायत धोपहरुको समेत प्रर्दशन गरीने भएको छ । “संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ । कास्की दरवारमा घटस्थापनाको दिन विधीवद तरिकाले मन्दिरमा प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको रामघाटवाट ल्याइएको फुल पत्र र कुँवर जातिको सरुङ खेल सगै मन्दिरमा भित्राइने प्रचलन रहेको छ । अष्टमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दिरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ । दशै उत्सवमा भक्त-जनहरुको सजिलोको लागी विभिन्न उप-समिती निमार्ण गरिएको छ । गुप्तकालीका मन्दिरमा दशैको दश दिन दैनिक विभिन्न देवीको पुजाहुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहुने जन-विश्वास रहेको छ । यहाँ पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापना सगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ । यस ठाउँ वाट नै कास्की जिल्लाको नामाकरण भएको मान्ने गरीन्छ । । लामो सय सम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन् यस पटक पुजालाई व्यवस्थीत वनाउन पोखरा २४ वडा कार्यालयले वडाको पहिचान बोकेको कास्कीकोट दरवारलाई आर्थिक सहयोग सगै प्रर्वद्धनात्मक सहयोग गरेको वडा अध्क्षय भरतबहादुर अधिकारीले बताउनुभयो ।
दाङ । तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै हुनुहुन्थ्यो । कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त हुनुहुन्छ । “कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन”, उहाँले भन्नुभयो, “बरु अहिले प्लेट र कपको माग बढेको छ ।” अहिले उहाँको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो मागअनुसार प्लेट, कपहरु पु¥याउनै गाह्रो हुने गरेको छ । “माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर हामीले माग भएअनुसार पु¥याउन गाह्रो हुने गरेको छ ।” पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ । माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उहाँको भनाइ थियो । नयाँ पुस्ताले माटोका भाडा बनाउने पेशाप्रति चासो नदिँदा पेशा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताउनुभयो । “माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाकाले यो पेशा अँगालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।” माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उहाँले बताउनुभयो । गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ । करिब ६० परिवार रहेको उक्त कुमालगाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन् । हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन् । तर उनीहरुले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन । “हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन”, कविरामले भन्नुभयो, “त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौँ ।” नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उहाँको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन् । कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ । अहिले तुलसीपुर–७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि त्यहाँबाट ल्याउन पटक–पटक विवाद हुने गरेको छ । स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ ।
काभ्रेपलाञ्चोक । ‘पञ्चकन्या झरना’ पछिल्लो समयमा धेरैको रोजाइको थलो बनेको छ । को पनौती नगरपालिका–१२ खारखोलास्थित मनमोहक सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानी छ्याप्दै मनोरञ्जन लिन सकिन्छ । पनौती–मल्पी–रोशी भूमेडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो । घनाजङ्गलका छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपरेका कारण निकै रमाइलो र मनमोहक भएको स्थानीय बासिन्दा सन्तबहादुर तामाङले सुनाउनुभयो । “हरेक दिनजसो यहाँ घुम्न आउने गरे पनि प्रायःजसो बिदाका दिनमा पाइला टेक्ने ठाउँ हुँदैन”, उहाँले भन्नुभयो, “बजारबाट नजिकेको दूरीमा रहेको हरियाली जङ्गलछेउमा रमयणीयस्थल भएका कारण पनि मान्छेहरूको गन्तव्यको केन्द्र बनेको छ ।” धेरै टिपर गुड्ने समयमा आवागमनमा कमी आउने गरेको उहाँले बताउनुभयो । धेरै मात्रामा गाडी गुड्ने कच्ची मोटरबाटो भएका कारण खाल्डाखुल्डीका कारण साना सवारीसाधनलाई आवजावतमा समस्या हुने गरेकाले पनि मानिसको आवागमनमा समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । पनौती नगरपालिका–२ कुशादेवीका डिल्लीराम आचार्यले पनौती बजारबाट नजिकै रहेको पञ्चकन्या झरनामा जानेहरूले बाटोको समस्याका कारण यात्रा गर्न कठिन परिस्थिति खेप्नुपरेको बताउनुभयो । “पनौती बजारबाट जम्मा छ किलोमिटर मात्रैको दूरी हो”, उहाँले भन्नुभयो, “सो क्षेत्रमा धेरैजसो खानी र क्रसर उद्योग सञ्चालनमा ल्याएका कारण एकातिर शान्त वातावरणमा प्रदूषण बढाउन र अर्कोतर्फ बाटो बिगारेर समस्या पैदा गराएका कारण वितृष्ण पैदा गराइदिएको छ ।” पनौतीको मल्पिबाट कच्ची बाटो र खारखोलादोभानबाट खानी र क्रसरका कारण हिँड्न समस्या पैदा गराएकाले त्यहाँसम्म जान कठिन हुने गरेको झरना जानेहरू बताउँछन् । कुशादेवीकै हस्तबहादुर तामाङले भने पर्यटकीयस्थल झरनाको विकास संरक्षणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने जानकारी दिनुभयो । “ठाउँ निकै मनमोहक छ, तर त्यहाँसम्म जानका लागि सहज भए पनि बाटोघाटो र त्यहाँ सञ्चालित खानी र क्रसरले गर्दा दिक्क बनाउने गरेको अवस्थाबाट सो ठाउँलाई छुटकारा दिलाउन आवश्यक छ”, उहाँले भन्नुभयो । विशेषगरी कोरोना सङ्क्रमणका समयमा टाढा–टाढा घुम्न र भीडभाडा गरी बाहिर निस्कन नपाएका नजिकै रहेको रमणीयस्थल खोज्ने क्रममा सो झरनास्थल बढी रोजाइको गन्तव्य बनेको हो । पनौती– १२ का वडा सदस्य दीपक तामाङले झरना क्षेत्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्थापन गरेर काम गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । शौचालय निर्माण गर्न, फोहर व्यवस्थापन गर्न र सवारीसाधन पार्किङ गर्न यसै आर्थिक वर्ष रु एक लाख बजेट व्यवस्थापन गरिसकेको उहाँको भनाइ छ । “अब दशैँ–तिहारलगत्तै सो योजना अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “खानी र क्रसर उद्योग क्षेत्रको बाटो भएका कारण समस्या भएकाले त्यहाँ जाने पर्यटकको सहजताका लागि मल्पिबाट रोशीबजार निस्कने वैकल्पिक बाटोका लागि रु पाँच लाख बजेट व्यवस्था गरी मर्मतको काम अगाडि बढाउने र रोशीबजार क्षेत्रबाट झरनासम्म जाने अर्को वैकल्पिक बाटो छिचोल्नका लागि पनि प्रयन्त भइरहेको छ ।”
कास्की : ‘आयो दशैं ढोल बजाई, गयो दशैं रिन बोकाई ।’ दशैं जति नजिकिँदै जान्छ, उति नै यो पुरानो आहान सुुन्ने गरिन्छ । दशैं धेरैकालागि खानपिन, हर्षाेल्लासको चाड भएपनि भुुइँमान्छेकालागि भने दशा हुने गरेको छ । रिन खोजेर दशैं मनाउने र बाँकी महिना तिर्दै जाने परिपाटी अहिले पनि यथावत छ । यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए म्याग्दीका मनोज परियार । उमेरले ३ दशकका मनोजसँग यतिबेला मुस्ताङ्को स्याउसँगै दशैंको पनि भारी छ । दशैंको भारी पन्छाउन पहिले स्याउको भारी पन्छाउनुु पर्नेछ । स्याउको भारी घटाएर आउने नाफाबाट परिवारको ४ जनालाई ‘दशैं’ लैजानु छ । ‘म गएपछि बल्ल दशैं पुुग्छ घरमा’ मनोज भन्छन् ‘स्याउको भारी नघटे दशैंमा दुखको भारी पनि घट्ने छैन ।’ पोखरामा भिडभाड देख्दा दशैं आए जस्तो लाग्छ तर दिनमा डोकोमा भएको स्याउ विक्री हुँदा मेरो पनि दशैं आउने भयो भनेर खुसी लाग्छ । मुस्काउँदै उनले भने । ‘स्याउँको सिजन अनुसार म एक महिना पहिले दशैं ल्याउन स्याउको साथमा पोखरा आए’ उनले भने ‘दिनमा ८ देखि ९ हजारको व्यापार भएको छ, बेलुका हिसाब गर्दा केही फाइदा भएको रकम साथमा हुँदा नजिकनजिक दशैं आए जस्तै लाग्छ ।’ पोखराको विपी चोकको गल्लीमा उमेरले ७ दशक पुग्न लागेका तनहुँका तिलकबहादुर विश्वकर्मा एक डोको स्याउ, ३ काइयो केरा र केही केजी डल्ले खुर्सानी बिक्री गर्दै भेटिए । ‘दशै आयो भन्छन् मलाई दशा आए जस्तो लाग्छ, बस्नलाई घर छैन, छोराछोरी साथमा छैनन्’ उनले भने ‘छोरीहरुको विवाह भयो छोराहरु कमाउन भारत गएका छन् । बिरामी श्रीमतीको उपचार खर्चको लागि स्याउ बिक्री गर्दै छु ।’ औषधी किनेर बचेको पैसाले दशैको दिन एक पाउ मासु किनेर खुवाउने बाहेकको अन्य तयारी केही नभएको उनले सुनाए । पोखरामा ४ दशक बिताएका तिलकबहादुरले थपे, ‘सिद्धार्थ चोकमा भाडाको घरमा हरेक वर्षजस्तै, बिरामी श्रीमतिसँग औषधी उपचार गरेर बचत भएको रकमले दशैं मनाउने गरेका छौं ।’ यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए काभ्रेका सिताराम रोका । महेन्द्रपुल नजिक छाताको ओझेलमा जुत्ता सिलाइरहेका सितारामले दिनभर गरेको कमाइले दशैंको जोहो गर्ने सुनाए । ‘पानी नपरे काम हुन्छ पानी परे हुदैन् ’ आइतबार मध्यान्हको चर्काे घाममा छाताको ओझेलमा जुत्ता सिलाउँदै सिताराम भन्छन् ‘हिजोआज कमाई राम्रै भएको छ । परिवारसँगको दशैं रमाइलो बनाउन केही दिनमा काभ्रे फर्किदै छु ।’
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् । उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरी हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा सात जना महिलासहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैले आफूले मृतकलाई कुटपिट नगरी पितृ खुसी नहुने भएकोले कुटेर गरेको स्वीकारेका छन् । सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व रहेको र उनीहरूको संस्कारअनुसार सोह्रश्राद्धमा मरेका पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शिरमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास छ । जसको शरीरमा पितृ पस्नेबित्तिकै ऊ काम्ने गर्दछन् । घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एक दिन सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने चलन छ । नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरूको शरीरमा पितृ खुसी हुन्छन् भन्ने विश्वास माझी समुदायको छ । योसँगै उनीहरूको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर, यसपटक पितृलाई बगाउँदासमेत काम्ने व्यक्तिलाई पितृले नछाड्दा कामी नै रहे । उनीहरूले पितृले गर्दा काम्न नछोड्नुमा यसको दोषी गाउँकै बिबी माझी रहेको निष्कर्ष युवायुवतीले निकालेका थिए । र, उनीहरूले पिट्न थालेको बताइएको छ ।

