पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  पोखरा ।  नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने भएको छ। नेकपा एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महत्वपुर्ण घटक लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन आयोजक समितिको कास्की नौडाडास्थित हिमालयन देउराली रिसोर्टमा सम्पन्न बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।   बैठकको उद्घाटन गर्नुहुदै नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवम् नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले राजनीतिक चेतना र नेतृत्व विना तमु लगायत समुदायहरुले अगाडि लम्कन नसक्ने बताउनुभयो। मुलुकलाई जिम्मेवार ढंगले अग्रगति एवम समृद्धिका लागि एमालेलाई सशक्त बनाउन लोकतान्त्रिक तमु संघ सशक्त हुनुपर्ने उहाँको भनाई थियो। नेता गुरुङले संघको स्थापनाको उद्धेश्य प्रष्ट पार्नुहुदै आगामी कार्यदिशाका बारेमा मार्गनिर्देशन गर्नुभएको थियो।   बैठकले राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल बनाउन प्रदेश, जिल्लागत सांगठनिक एवम प्रतिनिधि चयनका साथै आर्थिक दायित्वका बारेमा जिम्मेवारीहरु तोकेको छ। सम्मेलनमा करिब ७ सय प्रतिनीधिहरु सहभागी हुने निर्णय भएको बताइएको छ।     त्यसरी नै सम्मेलनमा राजनीतिक एवम सांगठनिक प्रतिवेदन तयारीका लागि संयोजक बेदबहादुर गुरुङ र संशोधित बिधान तयारीका लागि महासचिव हुमबहादुर गुरुङलाई जिम्मेवारी तोकिएको छ।   बैठक संचालन अघि आयोजक समिति गठन कार्यक्रममा अनुपस्थित रहेका एवम्. छुटेका आयोजक समितिका सदस्यहरुलाई संयोजक बेदबहादुर गुरुङले  पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।

  पोखरा । तमु आदिवासी जनजातिको साँस्कृतिक पुनरुत्थानको अभियान अन्र्तगत तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी पोखरामा आयोजित दुईदिने तालिम सम्पन्न भएको छ।   राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा अन्तराष्ट्रिय आदिवासी महिला मञ्चको सहयोगमा पोखरा नँयाबजारस्थित चारभञ्ज्याङ तमु समाज आयोजित तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले नेतृत्व तहमा नपुग्दासम्म अधिकार नपाईने बताउनुभयो। उहाले  राजनीतिक चेतनाका साथै नेतृत्व विकास जरुरी छ भन्नुहुदै तमु समुदायले अहिलेसम्म पनि राज्यबाट पाउने सेवा सुविधाका बारेमा समेत अज्ञानताका कारण पछि पर्नुपरेको बताउनुभयो।   आफ्नो अधिकारका बारेमा सचेत, प्राप्त अधिकारको उपयोग, समुदायको मौलिकता एवम पहिचानलाई संरक्षणका लागि तमुहरु जागरुक रहन आग्रह गर्नुहुदै उपप्रमुख गुरुङले पोखरामा तमु भेषभुषाको संरक्षण भए पनि तमु भाषा लोप हुदै गएकाले तमु संघ संस्था समाजहरुको ध्यान जानुपर्ने बताउनुभयो। आदिवासी जनजाति तमुहरुको छुट्टै पहिचान, मौलिकता संरक्षण गर्न तमु समाजहरु गठन भई क्रियाशिल रहनु अति नै सह्रानिय भएको बताउनुभयो। तमु जातिको परापुर्वको ज्ञान सिप पुस्ता हस्तान्तरणको आवाश्यकतालाई दुईदिने कार्यक्रमले झकझकाएको र सहभागीहरुले प्राप्त ज्ञानको विस्तारमा जोड दिनुपर्ने उहाँको भनाई थियो। आगामी दिनमा यस्ता महत्वका कार्यक्रमहरुका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने बताउनुहुदै उहाँले पोखरा महानगरपालिकाले शैक्षिक सहजता कार्यक्रम, कानुनी सचेतना कार्यक्रम, महिलाका अधिकार संरक्षणका कार्यक्रमहरु समेत रहेको जानकारी दिनुभयो।     कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु जातिको परम्परागत  मौलिक ज्ञान सिप पुस्तालाई हस्तान्तरण कार्यक्रमले नयाँ सन्देश दिएको बताउनुभयो। उहाँले समुदायका मौलिक पहिचानलाई संरक्षण गर्न युवा पुस्ताले सोंच बताउनुपर्ने भन्नुहुदै तालिममा प्राप्त ज्ञानलाई घर परिवार, साथीहरु बिचमा सन्देसको रुपमा पुर्याउन आग्रह गर्नुभयो।   कार्यक्रमको संचालन कार्यक्रमको संयोजक बिन्ती गुरुङले गर्नुभएको थियो भने राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका गण्डकी प्रदेश संयोजक माया गुरुङले व्यवस्थापन गर्नुभएको थियो।   समापन कार्यक्रम अघि तालिममा सहभागीहरुले तमु धिं नेपाल र तमु धिं नेपालमा हालै शुरु गरिएको गुरुङ संग्रहालयको अवलोकन गरेका थिए भने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं नेपालको स्थापना, उद्धेश्य, गरिरहेको गतिविधी, गुरुङ संग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो।   तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम आयोजना गरिएकोमा कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, पर्वत लगायतको जिल्लाबाट तमु किशोरीहरुको तालिममा सहभागिता रहेको थियो।

  महोत्तरी ।  यसपाली बर्खायाममा पनि राम्ररी पानी परेन । असारमा दुई झमट, साउनमा त्यही तीन/चार पटक । भदौ लागेपछि त झन चैत/वैशाखको झैं तातो बतास चल्दैछ । पानी पर्ने लक्षण देखिँदैन । राम्ररी पानी नपर्दा महोत्तरीका किसानले अपेक्षित रुपमा मुख्यबाली धान रोप्न पाएका छैनन् । पहिलेको रोपिएको ठाउँमा पनि सुख्खाले धानको बिरुवा मर्ने सम्भावना बढेको छ ।   खेतबारीमा सिँचाइको कुलो/नहर नपुग्दा खेतीका लागि आकाश ताक्नुपर्ने किसानलाई पानी अलि बढी पर्दा बाढी पसेर घर ढाल्ने त्रास पनि उत्तिकै छ । कुलो/नहर नहुँदा सिँचाइको अभाव खेप्दै आएका किसानलाई पानी बढी पर्दा बाढी घरमा पस्ने नदी र खोल्सी व्यवस्थापन नहुँदा पनि कहाँ बस्ने भन्ने चिन्ताले सताउँछ । “के गरौँ हामी त आश र त्रासमै मर्ने भयौं, पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पानी बढी पर्दा खोलाखोल्सी उर्लेर घरबारी बगाउने त्रास” भङ्गाहा–४ पलार बस्तीका सत्यनारायण चौधरी भन्नुहुन्छ,    “कुलोले खेतमा पानी लगाउने र बाढी आउँदा पनि ढुक्कले निदाउने दिन हाम्रो कहिले आउला ?” बस्तीसँगै टाँसिएको रातु नदीको बाढीले बस्ती कटान नगर्ने व्यवस्थाका लागि मन्त्री, सांसद, नगरप्रमुख र अन्य नेतालाई  कैयौँपटक गुहारे पनि गरिब दु:खीको  आफूहरुको बस्ती उहाँहरुको आँखामा नपरेको चौधरीको गुनासो छ । बर्खाकालमा बर्दिबास–१ का विनोद खड्कालाई पनि राति राम्ररी निन्द्रा लाग्दैन ।    घर मास्तिर पाखामा कालो बादल देखिनासाथ खड्काको परिवार दुई वर्षअघिको विपत्ती सम्झन्छ । विसं २०७७ को असार मसान्तका गणन्ते खोल्सीको भेलले घरको कोठाचोटा सबै बालुवा र गेगरले पुरेको सम्झनाले नै झस्काउने गरेको विनोद बताउनुहुन्छ । त्यतिखेर पाखा कन्दरा भत्काउँदै उर्लेर आएको गणन्ते खोल्सीको बाढीले बर्दिबास मुख्यचोक नजिकै रहेको उहाँको घरभित्रसम्म गेगर थुप्य्राउँदा करोडौं मूल्यका मोटर पार्ट्सका समान पुरिएर नोक्सान भएको थियो ।   बर्दिबास नगरपालिकाको वडा नं १, २ र १४ को पूर्वी साँध रातु नदी र पश्चिमी साँध भब्सी नदीबीच करिब दुई किलोमीटरको दूरीमा १० भन्दा बढी खोल्सीले बर्सेनिजसो बर्खाकालमा उत्पात् मच्चाउँदै आएका छन् । पहाडी शृङ्खलाबाट झर्ने दाहाल्नी खोल्सी, हवल्दार खोल्सी, गणन्ते खोल्सी, कामी खोल्सी, पानी खोल्सी, साँपमारा खोल्सी, बलुवानी खोल्सी, जोगी खोल्सी, ठूलो बलुवानी खोल्सी र पेरुङ्गे खोल्सी व्यवस्थित गर्न नसकिदा सधैं घर पो ढाल्ने हो कि भन्ने पिरलो भइरहने यहाँका बासिन्दा बताउँछन् । “यसपालि भने ठूलो वर्षा नहुँदा खोल्सी बौलाएका छैनन्” साँपमारा खोल्सी नजिक घर भएकी राधा अधिकारीले सन्तोसको श्वास फेर्दै भन्नुभयो । पानी नपर्दा घर ढल्ने त्रास नपरे पनि त्यै पानीबेगर बाली लगाउन नपाइएको चिन्ता पनि उत्तिकै रहेको राधा बताउनुहुन्छ । बर्दिबासचोक क्षेत्रमा आवादी बढ्दै गएसँगै यहाँका खोल्सीको बहाव क्षेत्र साँघुुरिदै गएपछि बर्खामा यिनको उत्पात बढ्ने गरेको विज्ञहरु बताउँछन् । “पहाडबाट झर्ने खोल्सीले बग्ने ठाउँ नपाएपछि बस्तीहरु बाढीको जोखिममा परेका हुन्” पछिल्ला १५÷१६ वर्षदेखि चुरे जलाधार क्षेत्रको संरक्षणमा अभियान नै सञ्चालन गर्दै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव  यादव भन्नुहुन्छ, “वन क्षेत्रको संरक्षण र खोल्सी व्यवस्थापन नगरी दिनदिनै बढ्दै गएको शहरीकरणले अझ भयावह अवस्था सिर्जना गर्न सक्छ ।”    सघन बजार क्षेत्रमा खोल्सी पुरेर सडक बनाउने, घर बनाउने र अन्य संरचना बनाउने होड चलेपछि बर्खे भेल निकासको ठाउँ नभएर बस्ती असुरक्षित हुँदै गएको यादवको भनाइ छ । पछिल्ला केही वर्षयता खोल्सीमा बाँध बाँध्ने काम ठाउँठाउँमा थालिए पनि यो कुनै निकायको प्राथमिकतामा नपर्दा सबै खोल्सी व्यवस्थित हुन सकेका छैनन् । “मुख्य कुरा त यी खोल्सीको बहाव नै थुनिएर संरचना बनेका छन्, यिनले बग्ने ठाउँ त पाउनु प¥यो नि १” अध्यक्ष यादव भन्नुहुन्छ ।   महोत्तरी जिल्लाको उत्तरी सीमा चुरे पहाडबाट निस्कने रातु, भब्सी, जङ्घा, गणन्ता, ढुङ्ग्रे, ढोलनखोला, टुटेश्वर, खयरमारा, मडहा र बाँकेलगायतका नदीमा सयौं सङ्ख्याका खोल्सी मिसिएका छन् । वन क्षेत्रभित्रै मुख्य नदीमा मिसिने खोल्सीले त्यति कटान नगरे पनि बस्ती क्षेत्र हुँदै मुख्य नदीमा मिसिने खोल्सीका बहाव क्षेत्र भने मासेर संरचना बनाइँदा कटान, डुबानको समस्या बढेकामा विज्ञहरु एकमत छन् ।जिल्ला भएर बग्ने मुख्य नदीमध्येको रातुमा मात्रै १३० भन्दा बढी खोल्सी मिसिएका छन् । तीमध्ये १० वटा खोल्सी बर्दिबास मुख्यबजार ९वडा नं १, २ र १४०  छिचोल्दै रातु र भब्सी नदीमा मिसिन्छन् । मुख्य नदीमा मिसिनुपूर्व बस्ती क्षेत्रमा खोल्सीका बहाव क्षेत्र मासिएको चुरेविज्ञ डा। बिजयकुमार सिंह बताउनुहुन्छ । “वन क्षेत्रमै पनि खोल्सीबाट हुने कटान रोक्न योजनाबद्ध खोल्सी व्यवस्थापनको आवश्यकता छ” विगतमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा विज्ञ सेवा दिइसक्नु भएका जिल्लाकै भङ्गाहा नगरपालिका–७ का स्थायी बासिन्दा डा। सिंहले भन्नुभयो, “बस्ती क्षेत्रमा त यो हुने नै हो,  खोल्सीको बग्ने ठाउँ थुनेर बनाइएका संरचना बर्खे भेलले बगायो, भत्कायो भनेर विलौना गर्नुको कुनै अर्थ छैन ।”    र्सेनि नदीहरुको ताण्डव व्यहोरेर पनि जिल्लाका सबै स्थानीय तहले एक ठाउँ बसेर अहिलेसम्म समीक्षासम्म गर्न नसक्नु दुःखको कुरा बनेको डा। सिंह बताउनुहुन्छ । “बर्सेनि बाढीको ताण्डव खेप्दै आइएको छ, तर त्यसबाट जोगिने उपायबारे स्थानीयतह नेतृत्व बेखबर देखिन्छ” डा। सिंह भन्नुहुन्छ, “बाढीले जिल्लाका सबै स्थानीयतह प्रभावित हुँदै आएका छन, यसको प्रबन्धका लागि सबै स्थानीय तहको तत्परताको आवश्यकता छ ।” स्थानीय तहहरु भने बर्सेनि सडकमा ग्रावेल ओछ्याउने, माटो पुर्ने र मर्मत गर्ने योजनामा बढी अल्झेको डा। सिंहको गुनासो छ ।   जिल्लामा सुदूर उत्तरदेखि सुदूर दक्षिणसम्म र पूर्वदेखि पश्चिमसम्म यसपालि बाढी र डुबानको समस्या सर्वसाधारणले त्यति धेरै भोग्न परेन । बर्खायामको भदौ सिङ्गै बाँकी नै छ । यसपालि जिल्लामा बाढीबाट मानवीय क्षतिका घटना नभए पनि विगत वर्षहरुमा बाढीले घरखेत बगाइएकाहरु अझै बौरिन सकेका छैनन् । बाढी र डुबानले बस्ने घर, खाने अन्न र आङ् ढाक्ने लुगासमेत नजोगिदा यहाँका सर्वसाधारणको यो पीडा नियति नै बनेको छ । तर, यो विपत्तीको मुख्य कारण खोज्न जनताको प्रतिनिधित्व गर्ने स्थानीय तहले कुनै तदारुखता नदेखाएको यहाँका बुद्धिजीवीको गुनासो छ । जिल्लाका सबैजसो नदीका मुहान चुरे पहाडी शृङ्खलामा छन् । यिनको दिगो व्यवस्थापनको एकिकृत योजना नबनेसम्म बाढीको कटान र डुबान समस्या समाधान नहुने विज्ञहरुको ठहर छ ।    खुकुलो माटो भएको चुरे क्षेत्रमा उत्खनन् गरिरहने, विकासका नाउँमा ठूलठूला यन्त्र लगाएर पहाड भस्काउने काम भइरहेकामा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । जिल्लाका सबै स्थानीय तहको नेतृत्वले प्रदेश र सङ्घीय सरकारको सहयोग लिएर विज्ञहरु सम्मिलित गराई यसको निदान खोज्नुपर्ने डा। सिंहको कथन छ ।    जिल्लाका ठाउँठाउँमा खोल्सी व्यवस्थापनमा भएका प्रयत्नका सकारात्मक असर देखिएका उदाहरण पनि छन् । चुरे घाँटीका बर्दिवास–३ का पर्साहीधाप, रजवास, कालापानी र पाटुसहितका बस्ती सुरक्षित देखिएका छन् । यी बस्ती नजिकका खोल्सी दुबैतर्फबाट बाँधेर ठाउँठाउँमा जलाशय निर्माण गरिनाले पानी पुनःभण्डारण (रिचार्ज) मा मद्दत पुगेको छ । यस्ता खोल्सी छेउमा हुर्काइएका बाँसका झ्याङ् र अन्य सघन वृृक्षले कटान रोक्न मदत गरेसँगै हरियाली प्रबद्र्धनमा सहयोग पुगेको डा सिंह बताउनुहुन्छ । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले थालेको यो प्रयत्नले सञ्चय गरिएको पानीबाट रजबास बस्तीमा २०० घरधुरीलाई खानेपानी र १०० हेक्टरभन्दा बढी जग्गा सिँचित भएको छ ।   जिल्लाको पूर्व–पश्चिम लम्बाई १८ किलोमिटर छ । चुरे पहाडी शृङखलामा यो दूरी बढ्छ । जिल्लाको दूरीभित्र पहाडी शृङ्खला र कापहरु हुँुँदै निस्केका ससाना खोल्सीको सङ्ख्या एक हजारको हाराहारीमा छन् । व्यवस्थापन नगरिंदा अभिशाप मानिदै आइएका यी  खोल्सीले बर्सेनि घरखेत र मानवीय क्षति गर्दै आएका छन् । यसै दूरीभित्र हुँदै दक्षिणतर्फ बग्ने नदीले जिल्लाका विभिन्न बस्तीमा उत्पात मच्चाउँदै आएका यहाँ व्यहोरिरहेको व्यथा हो ।    “गर्दा हुन्छ भन्ने उदाहरण पनि  यहीं भित्र छ”  बर्दिवास–१ कै पानीखोल्सी व्यवस्थापनमा स्थानीयवासीले देखाएका तत्परताबारे बुझ्नु भएका बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी भन्नुहुन्छ, “उजाड भएको पानीखोल्सी वन क्षेत्र स्थानीयको पहल कदमीले हराभरा भएको छ, खोल्सी व्यवस्थापनमा गरिएका प्रयत्नले बाढीबाट हुने क्षति घटाएको छ ।” बर्दिबासचोक क्षेत्रका १० खोल्सीमध्ये व्यवस्थापनमा काम गरिएको पानीखोल्सीले बर्खामा कम क्षति गर्ने गरेको छ ।   बर्खा लागेपछि विलौनाका गीत गाउने र बर्खा सकिएपछि कानमा तेल हालेर सुत्ने बानीले बाढीको कटान र डुबानको पिरोलो नरोकिएको विज्ञ बताउँछन् । सबै तहका सरकारको सामूहिक प्रयत्नमा नदीजन्य बस्तुको अवैध उत्खनन्, चुरे क्षेत्रको दोहन र वन पैदावारको अवैध कटान रोक्नु पहिलो आवश्यकता स्थानीयवासीको बुझाइ छ । खोल्सी  र नदी व्यवस्थापनमा गरिने योजनाबद्ध कामले भने बाढीको कटान र डुबान समस्याको निदानसँगै सिँचाइ व्यवस्थापनमा पनि दिगो समाधान देखिन्छ ।

  म्याग्दी । म्याग्दी को मालिका गाउँपालिका–४ च्युरिबोटका युवाको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर बाटो मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो ।    वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिनुभयो । अविरल वर्षात्सँगै आएको पहिराले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरुद्ध भएको थियो ।    उहाँका अनुसार क्लबको नेतृत्वमा शनिबार करिब दुई किलोमिटर सडक मर्मत गरिएको छ । क्लबमा आवद्ध युवासहित सामाजिक अगुवाले समेत श्रमदान गरेका हुन् । सडक अवरुद्ध हुँदा वडा कार्यालय र स्वास्थ्यचौकीमा सेवा लिन आउने सेवाग्राहीसहित ढुवानीमा समेत समस्या भएको थियो ।   पहिरो पन्छ्यएर सडक मर्मत गरेपछि स्थानीयवासी, बटुवा, विद्यार्थीलगायत सर्वसाधारणलाई सहज भएको छ ।

  काठमाडौँ । काठमाडौँस्थित नेपाल स्पाइनलकर्ड इञ्जुरी खेलकुद सङ्घले काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक आयोजना गरेको बास्केटबल प्रतियोगितामा महिलातर्फ सेतो र पुरुष समूहतर्फ पहेँलो समूह प्रथम भएका छन् ।    स्पाइनल कर्ड इञ्जुरी भएकालाई आत्मनिर्भर र  दक्ष बनाउनाका साथै अपाङ्गतासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको  हो ।    प्रतियोगितामा महिलातर्फ पहेँलो समूह दोस्रो भएको छ भने पुरुषतर्फ सेतो समूह दोस्रो र रातो समूह तेस्रो भएको सङ्घले जनाएको छ । सङ्घका महासचिव दीलिप सापकोटाका अनुसार प्रतियोगितामा महिलातर्फ दूई र पुरुषतर्फका तीन गरी पाँच समूहको सहभागिता  थियो ।    बनेपा नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको सहयोगमा भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई नेपाल–भुटान रोटरी ह्विलचियर वितरण समितिका अध्यक्ष अशोक श्रेष्ठले क्रमशः रु दश हजार, रु नौ हजार र रु आठ हजारका दरले पुरस्कार वितरण गर्नुभएको थियो ।   प्रतियोगिता शुभारम्भ गर्दै  बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्ति पनि सपाङ्ग व्यक्तिभन्दा कम नहुने बताउनुभयो । “हामीले अवसर प्रदान गर्न सक्यौँ भने विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति पनि सक्षम बन्नेछन् ।” उहाँले भन्नुभयो, “बनेपा नगरपालिकाले १८ वर्षभन्दा मुनिका अपाङ्गता भएका बालबालिकालाई अपाङ्गता पुनःस्थापना केन्द्र र नगरपालिकासँगको समन्वयमा निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाइएको र नगरपालिकाले प्रत्येक महिनाको ६ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै शिक्षा र स्वास्थ्यमा पनि सहयोग गर्दै आएको छ । ”

  कास्की । सञ्चारक्षेत्रमा महिलाको सहभागिता बढाउन महिलामैत्री सञ्चार नीतिको खाँचो रहेको यहाँका महिला पत्रकारले बताएका छन् ।    स्वतन्त्र पत्रकार सङ्घ कास्कीले आफ्नो १०औँ वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको सञ्चारमा महिला सहभागिता विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला पत्रकारले नेपाली समाजमा अझै पनि पुरातन सोच हावी भएको र सञ्चारगृह पनि महिलामैत्री हुन नसक्दा काम गर्न असहज भएको बताएका हुन् ।    नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य सरिता तिमिल्सिनाले सामाजिक रुपान्तरणका लागि सञ्चार क्षेत्रमा महिलाको गुणात्मक र सङ्ख्यात्मक वृद्धिअपरिहार्य रहेको जनाउँदै सञ्चार गृह महिलामैत्री हुन नसक्दा व्यवसायिक रुपमा पत्रकार महिला पलायन हुनेस्थित आएको बताउनुभयो । उहाँले नीतिगत तहबाटै यस क्षेत्रमा महिला सहभागिता बढाउन र महिलाका मुद्दालाई मूल धारमा ल्याएर समस्या समाधानका लागि पहल गर्न पनि आवश्यक रहेको बताउनुभयो ।    कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घका केन्द्रिय पार्षद एवं रेडियो नेपाल प्रादेशिक कार्यलयका कार्यक्रम अधिकृत शान्ति राणाले सञ्चारमा महिलाको अवस्था हिजो र आजका बारेमा चर्चा गर्दै यस क्षेत्रमा सक्रिय महिलाको योगदानलाई प्रेरित गर्दै नयाँलाई आकर्षण गर्न पारिश्रमिक, नियुक्तिपत्र र विभिन्न तालिम उपलब्ध गराउनुपर्ने साथै महिलामैत्री व्यवहारको खाँचो औल्याउनुभयो ।    नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष जमुना वर्षा शर्माले नीति निर्माण तहमा महिला नेतृत्वको अभावले सञ्चारमा महिलाको उपस्थिति गुणात्मक एवं सङ्ख्यात्मक रुपमा सोचे जसरी बढ्न नसकेको बताउनुभयो ।   उहाँले विभिन्न तालिमबाट पत्रकार महिलाको क्षमता र दक्षता अभिवृद्धि तालिम हुनुपर्ने साथै उनीहरुको क्षमताको मूल्याङ्क नहुनुपर्ने जोड दिनुभयो । कार्यक्रममा वडा नं १७ का वडाअध्यक्ष राधिका शाहीले सञ्चार क्षेत्रबाट समाजले धेरै अपेक्षा गरेको जनाउँदै समतामूलक र न्यायिक समाजका लागि पत्रकारको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो ।    उहाँले सञ्चारमा महिलाको उपस्थितिले लैङ्गिक समानता कायम गर्न मद्दत पुग्ने भन्दै महिलाका मुद्दामा सञ्चार क्षेत्र संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो ।  नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं अग्रज पत्रकार नारायण कार्कीले पछिल्लो समय महिला पत्रकार निकै सशक्त र गुणात्मक तरिकाले सञ्चार क्षेत्रमा आएको जनाउँदै उनीहरुलाई यस क्षेत्रमा टिकाउन महिलामैत्री सञ्चार नीति जरुरी रहेको बताउनुभयो ।   स्वतन्त्र पत्रकार सङ्घका केन्द्रिय अध्यक्ष कृष्ण बाँस्तोलाले महिलाको स्वतन्त्रतालाई अझै पनि समाजले सकारात्मक रुपमा लिन नसक्दा यस क्षेत्रमा पनि महिलाको उपस्थित बढ्न समस्या रहेको धारणा राख्नुभयो ।    कार्यक्रममा सञ्चारिका समूह नेपाल गण्डकी प्रदेश अध्यक्ष कविता श्रेष्ठ, प्रेस युनियन कास्कीका अध्यक्ष रविना आले, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम, सचिव गङ्गासागर उपाध्याय, सदस्य राधा ढकाललगायतले सञ्चार क्षेत्रमा महिलाको सहभागिता अवसर र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।    सो अवसरमा पत्रकार सरिता तिमिल्सिना र शान्ति राणा एवं वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीलाई सम्मानपत्र र दोसल्लाले सम्मानसमेत गरिएको थियो । सभाको १०औँ वार्षिकसभाको बन्द सत्रले कोषाध्यक्ष र सचिवको प्रतिवेदन पारित गरेको थियो । 

  लहान ।  “आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन् ।            समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोकिएको छैन । “आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु”, जितनीदेवीले भन्नुभयो, “अब कसलाई बुवा भन्नेर बोलाउने ? समस्या पर्दा कसलाई सुनाउने ? अब कोही रहेन, बेसारा जस्तै भएकी छु ।”      भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उहाँले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर जानुभएको सम्झँदै जितनीदेवीले भन्नुभयो, “आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो । अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु”, जितनीले बिलौना गर्नुभयो ।      “कुनैबेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन”, जितनीले भन्नुभयो, “उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो ।” अब ती सबै कुराहरु सम्झनामा आइरहन्छ, उहाँको भनाइ छ ।           जहिले पनि पढ्नुपर्छ, दलितहरु पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्ररेणा दिने व्यक्तिका रुपमा रहनुभएका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा हुनुहुन्छ ।           “आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँनयाँ कुरा सिकाउनुहुन्थ्यो”, लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भन्नुभयो, “उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ ।” अब उहाँ जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उहाँको भनाइ थियो ।            “प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भन्नुभयो, “उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकूल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ”, उहाँको कथन छ ।          जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधन भएपछि यतिबेला बस्ती गाउँ नै शोकमा डुबेको छ । गाउँलेहरु नेता गिरीको पुर्खौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरीलाई सम्झेर आँशु बगाइरहेका छन् ।      “सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ”, बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भन्नुभयो, “उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुपै्र सुधारको अनुभूति गरेको छ । उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन्”, उहाँको भनाइ छ ।        यसैबीच नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गर्नुभएको बस्तीपुर माविमा पनि आज व्यक्त गरिएको छ । “उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ”, विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भन्नुभयो, “उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शोक मनाएका छौँ ।”      समाजवादी नेता गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँ गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।      नगरपालिकाले अशल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताउनुभयो । आफूहरुले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरीको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजनकीर्तन गरेका थिए । गएराति नै उहाँको निधन भएको खबर सुनेपछि उहाँको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन् । 

यहाँका लायन्सकर्मी र ओशोभक्तले शनिबारको फुर्सदिलो दिन ध्यान साधनामा बिताएका छन् । दिनभर ध्यान, योगाभ्यास, उत्प्रेरणात्मक प्रवचन र नाचगानमा उनीहरु रमाएका हुन् ।   ‘लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ के बागलुङ एरिया’को आयोजना र ओशो अमृतम् ध्यान केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा ओशो तपोवनका स्वामी आनन्द अर्हतले सहभागीलाई प्रवचन दिएका थिए ।   उनले ध्यान साधनाका अनेक विधिसँगै योग पनि सिकाएका थिए । कार्यक्रम संयोजक पार्वती अधिकारीले तनावमुक्त जीवनका लागि एकदिने ध्यान शिविर राखिएको बताए ।   “ध्यानका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्ने, सफल कसरी हुने र आनन्ददायी जीवनयापनका तरिकाबारे स्वामीजीले प्रवचन दिनुभयो”, संयोजक अधिकारीले भने । शिविरमा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए ।   प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ‘लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक ३२५ के’ का डिष्ट्रिक गभर्नर राजेन्द्रकुमार बाटाजुलगायतले रुचीपूर्वक कार्यक्रममा भाग लिएका थिए । शारीरिक, मानसिक स्वाथ्य र आत्मिक शान्तिका लागि ध्यान उत्तम मानिन्छ । मन, विचार र आत्मशुद्धिका लागि मानिस ध्यानतिर लालयित हुने गरेका छन् । RSS

पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशले प्रथम गण्डकी सम्मेलन पोखरामा गरेको छ ।    आज(शनिबार) मुक्ति समाजले पोखरा ४ गैह्रापाटनस्थित उद्योग वाणिज्यसंघको सभाहलमा सो सम्मेलन सम्पन्न गरेको हो ।   सो सम्मेलनको  कार्यक्रम उद्घाटन नेकपा एमालेका सचिव तथा गण्डकी इन्चार्ज पद्यमा आर्यालले गरिन् । सो अवसरमा बोल्दै उनले अधिकारका लागि दलित समुदाय एकजुट हुनुपर्ने धारणा राखिन् ।     यसैगरि नेपाल मुक्ति समाजका सचिव तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीले उत्पीडित तथा दलित समुदायहरु स्वतन्त्रपूर्वक बाँच्नु पाउँनुपर्ने बताए । ‘उत्पीडित दलित समुदाय स्वतन्त्रता पुर्वक बाच्न पाउनुपर्छ र  राष्ट्रिय नीतिमा भएका भेदभाव तथा छुवाछुत व्यवहारबाटै अन्त्य गरिनु पर्छ ।’ उनले भने ।  समाजको छैठौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा गरिएको बताउदै प्रदेश स्तरको प्रथम सम्मेलन पोखरामा आयोजना गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका  सह सचिव प्रेम विश्वकर्माले बताए ।    यसैगरी नेकपा एमालेका पार्टी महानगर कमिटी सदस्य रामचन्द्र नेपालीको संयोजकमा ३० जनाको स्वयम सेवक टाली निर्माण गरि कार्यक्रममा सहजता प्रदान गरिएको छ ।    उक्त सम्मेलनपश्चात नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।