पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

काठमाडौँ:    देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार पनि सोही मौसम कायम रहने भएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।   रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आङ्शिकदेखि सामान्य बदली भई पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।   मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

   काभ्रेपलाञ्चोक:  यहाँको ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो ।   कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत सबै स्थानीय तहको खानेपानी परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ । परीक्षण गरिएका खानेपानीमध्ये ५५ प्रतिशत खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो ।   उहाँका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य किटाणु भेटिएको हो । “जिल्लाका ४० स्थानमा गरिएको परीक्षणमा ५५ प्रतिशत खानेपानी दूषित पाइएको छ, खानेपानीमा कोलिफर्म शून्य हुनुपर्ने थियो”, स्वास्थ्य प्रमुख सेढाईँले भन्नुभयो ।   अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीका स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ । कतिपय स्थानमा वितरित जारको खानेपानीमा खराबी देखिएको सेढाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ ।”    खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । “हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेर मात्रै पानी पिउनुपर्छ”, सेढाईँले भन्नुभयो ।    दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम भइरहेको जनाइएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको प्रमुख सेढाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौँ ।”    कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारार्थ जान तथा लैजान अपिलसमेत गरेको छ ।    दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो । साथै खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ । यस्तै खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत अनुरोध गरिएको छ ।   यसैबीच काभ्रेपलाञ्चोकमा तीन वर्षपछि देखिएको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण पाँच स्थानमा देखिएको छ । यसअघि जिल्लाका तीन स्थानमा डेङ्गु सङ्क्रमण देखिएको थियो । तीन हप्ताअघि पाँचखालमा देखिएको डेङ्गु रोगको सङ्क्रमण हाल धुलिखेल र पनौतीलगायतका पाँच क्षेत्रमा देखिएको स्वास्थ्य प्रमुख सेढाईँले बताउनुभयो ।   उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट डेङ्गु रोगको सङ्क्रमण जिल्लामा केही वर्ष रहनसक्ने देखिएकाले विशेष सतर्कता अपनाउनु पर्नेछ । “तीन स्थानमा देखिएको डेङ्गु सङ्क्रमण हाल पाँच स्थानमा देखिसक्यो, अब जिल्लामा केही वर्ष रहनसक्ने देखिएकाले हाम्रो र्यापिड टिम डेङ्गु स्रोतको सर्च एण्ड डिस्ट्रोयमै लागेको छ”, सेढाईँले भन्नुभयो ।   काभ्रेपलाञ्चोकमा यसअघि विसं २०७६ भदौ दोस्रो साता छ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । थोरै जमेको पानीमा समेत डेङ्गु रोगको सङ्क्रमण फैलाउने लामखुट्टे रहने भएकाले घर, कार्यालय तथा अन्य सङ्घसंस्था, संरचनामा पानी जम्न नदिनु नै यसबाट बच्ने उपाय भएको बताइएको छ । लामो समयपछि जिल्लामा डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको छ । जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ ।    लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नाका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । 

  काठमाडौँ:     बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ ।   विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।   ठक्करबाट चालक परियार र पछाडी सवार राई घाइते भई उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको टे«लर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।

पर्सा:     करिब रु ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।   विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा उक्त मालवाहक ट्रकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको उक्त ट्रक र सामानको समेत गरी रु ७४ लाख ८७ हजार २२३ मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले बताउनुभयो ।    उक्त ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिलबिजक शङ्कास्पद देखिएको तथा बिलबिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस लोड गरिएको भेटिएपछि सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।

  पोखरा:  पछिल्लो २४ घण्टामा देशभर ४ सय ३५ र कास्कीमा १३ जनामा कोरोना संक्रमित देखिएको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पीसीआर परिक्षण र एन्टिजोन परिक्षणगर्दा देशभर थप ४ सय ३५ जनामा र कास्कीमा १३ जनामा कोरोना देखिएको हो ।   आज(बिहीबार)  गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कास्कीमा १३ जना सहित गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण भएको उल्लेख गरेको छ ।    प्रकाशित विज्ञप्तिमा  उल्लेख गरिएको छ ,‘गण्डकी प्रदेशमा अद्यावधिक तथ्याङ्क विवरण बमोजिम कोभिड–१९संक्रमित कुलसंख्या १लाख २ हजार २ सय १९ रहेको छ । र पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर र एण्टीजेन परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’    विज्ञप्तिमा भनिएको छ,‘ परीक्षणमा गण्डकीको ११ जिल्ला मध्य कास्कीमा १३,तनहुँमा ३ र स्याङ्जाका ८ जनामा कोरोना संक्रमित पाइएको हो । ’

  स्याङ्जा:   स्याङ्जाको भिरकोटमा सामान्य विवादका कारण धकला धकेल हुदा लडेर एक जनाको मृत्यु भएको छ ।    बुधवार राती स्याङ्जाको भिरकोट ३ रिजु वस्ने ५० वर्षीय याम बहादुर रोकाले धकल्दा सोही ठाउँ वस्ने ४५ वर्षिय श्याम बहादुर रोेकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।    धकेला धकेल हुदा लडी घाइते भएका श्याम बहादुर रोकाको कालीका समुदयीक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न याम बहादुर रोकालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

काठमाडौँ:    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।काठमाडौँ विश्वविद्याय, व्यवस्थापन शङ्काय र खबर एजुकेशन डटकमले आज आयोजना गरेको उच्चशिक्षाको समस्या र समाधान विषयक छलफलमा उहाँले कुनै समस्या भएमा विश्वविद्यायको नेतृत्वसँग वार्तामा बसेर समाधान गर्न र नियमित पठनपाठनमा असर पर्नेगरी तालाबन्दी नगर्न विद्यार्थी तथा प्राध्यापक पक्षसँग आग्रह गर्नुभयो ।   मन्त्री पौडेलले सो क्रममा थप समस्या आएमा सहजीकरणका लागि मन्त्रालय तयार रहेको तर तालाबन्दी प्रथालाई मान्यता दिन मन्त्रालय असमर्थ रहने स्पष्ट गर्नुभयो । उहाँले मुलुकभित्रका विश्वविद्यालयमा सर्वसुलभ, गुणस्तर र अनुसन्धानमुखी शिक्षा विस्तार गरेर पढ्न र कामका लागि युवा विदेशिने क्रम न्यून गर्नुपर्नेमा पनि जोड दिनुभयो । मन्त्री पौडेलले विश्वविद्यालय र विद्यालय तहलाई एकआपसमा जोड्ने, स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले वर्षमा ९० दिन विद्यालयमा इन्टरर्नसिप गर्ने गरी कार्यविधि ल्याइने र विश्वविद्यालयको नियमनका लागि उच्चशिक्षा ऐन ल्याइने जानकारी दिनुभयो ।   शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थी भिसामा विदेश जाने युवामध्ये १० प्रतिशतले मात्रै विदेशमा अध्ययन गर्ने भएकाले तिनलाई स्वदेशमै टिकाउनु चुनौतीपूर्ण भएको बताउनुभयो । अर्का शिक्षाविद् डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयलाई स्वायत्त  र प्रतिस्पर्धीरुपमा सञ्चालन गर्न सुझाव दिनुभयो ।   उच्चशिक्षा तथा विद्यालय सङ्घ ९हिसान० का अध्यक्ष रमेश सिलवालले उत्कृष्ठ शिक्षा नेपालमै सम्भव गराउन आफूहरु लागेको र राज्य एवं नेतृत्व तहबाट पनि सोहीअनुसारको कार्यान्वयवन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न विश्वविद्यालय उपकुलपतिहरुले आफूहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र विविध दबाबका कारण स्वायत्तता र सुरक्षाको अनुभूति नभएको गुनासो गरेका थिए ।    यसरी चिन्ता व्यक्त गर्नेहरुमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा यादवप्रकाश लामिछाने, मध्यश्चिम विश्वविद्यालयका उपकुलपति डा नन्दबहादुर सिंह, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा पुण्यप्रसाद रेग्मी, गण्डकी विश्वविद्यालय, बोर्ड अफ ट्रष्टीका सदस्यसचिव डा गणेशमान गुरुङलगायत हुनुहुन्थ्यो ।

  काठमाण्डौँ:   आन्तरिक राजस्व विभागले सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई समष्टिगत विवरण अनिवार्य ‘कोपोमिस’ प्रणालीमा प्रविष्ट गरेपछिमात्र कर चुक्ता प्रमाण पत्र दिने निर्णय गरेको छ ।    राजस्व विभागले गत महिनाको २८ गते (मंगलबार)सुचना प्रकाशित गर्दै सोबारे जानकारी दिएको हो ।    शाखा अधिकृत प्रदीप रेग्मीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ, ‘सहकारी क्षेत्रको तथ्याङ्क प्राप्तिको लागि सम्बन्धित संघ संस्थाहरुले समिष्टगत रुपमा ‘कोपोमिस’ प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्नेछ र सोही प्रणालीमार्फत सिर्जना हुने दाखिला नम्बर आन्तरिक राजस्व कार्यालयमा पेश भएपछि मात्र करचुक्ता प्रमाण पत्र दिइने छ ।’   प्रकाशित सुचनामा ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यलयलाई सबै सहकारी संघ संस्थाहरुले प्रणालीमा प्रविष्ट गरेपछि मात्र करचुक्ता प्रमाण पत्र दिन अनुरोध गरिएको छ ।    

काठमाण्डौँ:     विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उहाँ विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिरहनुहुन्छ । खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु  याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ ।        उहाँ विगका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो सातासम्म खेतबारीमै हुन्थ्यो । असारे झरीमा लुथ्रक्कै झिज्दै बिहानीको उज्यालोको झिसमिसमै खेतबारी पुग्नुहुन्यो र बेलुका गोधुली साँझसम्म खेतबारीमै हुन्थ्यो । जुनेली रातमा पानीको कुलो फर्काउन खेतमा पुग्नुहुन्थ्यो तर अहिले उहाँ ६५ वर्ष पुग्नुभयो । उहाँलाई विस्तारै बूढेसकालले छुँदै गयोे । हुर्किएकी तीन बहीनी छोरी विवाह गरेर गइसक्यो । परिवार घट्दै गयो । खेतबारी पनि बाँझो हुँदै गयो । विगतमा ८० मुरीदेखि ९० मुरी धान फलाउँने तर अहिले उहाँको धेरैजसो खेतबारी बाँझो हुन पुकेको छ । उहाँले भन्नुभयो, “पहिले त बेठी लगाएर नौमती बाजासहित धान रोप्थे तर अहिले कसैले बेठी लगाउँदैन । विस्तारै खेतीपाती गर्न छोड्दै गए । बरु खेतबारी बाँझो राखेर विदेशतिर जाने बढ्दै गयो ।” गाउँमा खेतीपाती गर्ने खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ ।       फक्ताङलुङ गाउँपालिका–२ खेजिमिका दिलकुमार पतङवा विगत  तीन वर्ष अगाडिको समयमा खेतबारीमा हिलोले लत्पतिएर खेतको आली लगाउनुहुन्थो, कहिले खेतबारीमा गोरु नार्दै गरेको भेटिन्थ्यो तर अहिले उहाँ अलैँची बगानमा अलैँची स्याहादै गरेको भेटिन्छ । उहाँले खेतबारी मासेर अलैँची लगाएको हो । केही वर्ष अगाडि ३० मुरी धान फलाउँदै आएको पताङवा अहिले भने एक दाना पनि फलाउँदैन । धान रोप्ने खेतबारीहरुमा सुन्तला, किबी, कफी र अलैँचीजस्ता फूलदेखि नगदे बाली लगाउन थालेको तिन वर्ष भयो । उहाँले गाउँगाउँमा सडक खन्ने काम सुरु भएसँगै खेतमा धान रोप्न छोडेर अलैँची तथा अन्य  खेतीपाती गर्न तिर लागेको उहाँले जानकारी दिनुभयो ।   गाउँगाउँमा सडक खन्न थालेसँगै पहिरोको उच्च जोखिम बढ्दै गएर पछि खेतबारीमा धान रोप्न छोडेर अलैँची बगान हुर्काउन थालेको पतङवाको भनाइ छ । उहाँले भन्नुभयो, “सडकले गाउँका खेतबारी चिराचिरा बनाएको छ । बर्खाको समयमा घरमा बस्नसमेत जोखिम छ । यस्तो समयमा खेतमा झन पानीको कुलो लगायो भने गाउँ पहिरोको उच्च जोखिम हुन्छ । त्यसैले रुखको बिरुवासँगै अलैँची बगान लगाउन थालेको छु । अलैंची एक पटक रोपे पछि आठ नौ वर्ष रोप्नुपर्दैन । फल दिइरहन्छ । अलैँचीलाई शीतलता दिनका लागि रुख चाहिन्छ । रुख बिरुवा हुर्कायो भने पहिरो जानबाट रोकिन्छ । पहिरो गएन भने गाउँमा पहिराको जोखिम पनि हुँदैन भन्ने उद्देश्यले खेतबारी मासेर अलैँची बगान लगाउन थालेका पतङवाको भनाइ छ ।      फक्ताङलुङ–६ मादिबुङ गाउँका सन्तकुमार फेम्बू पाँच वर्ष अगाडि गाउँकै सबैभन्दा धेरै धान फलाउनेमा पर्नुहुन्र्थो । गाउँका अधिकांश परिवार फेम्बुको खेतबारीमा धान रोप्न नपुगेको कोही पनि हुँदैनथ्यो तर विस्तारै गाउँमा खेतमा काम गर्ने खेताला पाउँन छोड्दै गयो । खेतालाको ज्याला पनि बढ्दै गयो । गाउँका युवा ऋण खोजेर विदेशिन थाले । खेतमा काम गर्ने ज्यालादारी पाउनै मुस्किल हुन थाल्यो । अन्यमा फेम्बुले खेतबारी मासेर अलैँची लगाउनुको विकल्प रहेन । विगतमा असारमा धमाधम धान रोपाइँ हुने खेत अहिले अलँैैैैैैैची बगानमा परिणात भएको छ ।     सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकका चैतन्य इवारमको करिब १४ रोपनी खेतबारी अहिले बाँझोबारी हुन पुगेको छ । इवारम वैदेशिक रोजगारीमा जानुभयो । उहाँका परिवार पनि सहरतिर बसाइँसराइ सरेर गएसँगै खेतबारी अहिले बाँझो हुन पुगेको हो ।      इवाारमको मात्र होइन सिरिजङ्गा–४ तेल्लोक र आम्वेगुदिन क्षेत्रमा रहेको खेतबारी धेरै बाँझो हुन पुगेको सिरिजङ्गा–४का वडाध्यक्ष सिंहबहादुर लिम्बूले बताउनुभयो । उहाँका अनुसार विस्तारै खेतीपाती गर्ने बानी हराउँदै गएको छ । मान्छेहरु खेतबारीमा दुःख गरेर खान मान्दैनन् । कसरी हुन्छ सुखको खोजी गर्छन् । गाउँमा रहेका पनि सुख खोज्दै युवा विदेश  जाने क्रम बढ्दो छ । गाउँदेखि सहरमा बसाई सर्नेको पनि लर्को उस्तै छ । गाउँका उर्बर जमिन बाँझो हुने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।      यी त हुन केही प्रतिनिधि पात्र । पछिल्लो समयमा ताप्लेजुङको अधिकांश खेतबारी बाँझो रहेको भेट्न सकिन्छ । गाउँमा पढाइको सिलसिला, रोजगारी तथा सहरतिर बसाइँसराइले उर्बर खेतबारी बाँझो हुँदै गएको हो ।