म्याग्दी: मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, उजाड भूूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ । लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहनुभएका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताउनुभयो । लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्न क्रममा गुरुङले बिहीबार गाडी र मानिसहरु छेउमै भए पनि नाउरहरु चरिरहेको देखेर पर्यटक दङ्ग परेका बताउनुभयो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराका पेमाछिरिङ गुरुङले दामोदरकुुण्डदेखि घारा आउने क्रममा बिहीबार पाँच ठाउँमा नाउरको बथान देखेको बताउनुुभयो । “दामोदरकुुण्ड तीर्थयात्राका क्रममा देखिने नाउरका बथानले पाहुनालाई लोभ्याएका छन्,” घोडाबाट तीर्थयात्रीलाई घारादेखि दामोदरकुण्ड लैजाने र ल्याउने गर्दै आउनुभएका पेमाले भन्नुभयो, “दामोदरकुण्ड पारिको पाखा, सन्ताउन्नको डाडा, खेता क्षेत्रमा नाउरका बथान जहिले पनि भेटिन्छन् ।” समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड नजिकैको पाखामा तिब्बती ज्याजल, फ्याउ मुसा, वनखरायो, हिउँ चितुुवा, ब्याँसो, नाउर, रातोभालुलगायत वन्यजन्तु भेटिने पेमाले बताउनुभयो । दामोदरकुण्डसँगै कोरला नाका, छोसेरको झोङ गुफा, समर, भेनाको पहाड, साङ्ता जाने सडक र पदमार्गको छेउछाउमै वन्यजन्तुु देखिन थालेका छन् । तनहुँका दुुलेगौडाका सुरेश भट्टराईले यात्राकै क्रममा जङ्गली जनावरहरु देख्न पाएकामा दङ्ग परेको बताउनुभयो । समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–सिकारी नियन्त्रणसँगै वन्यजन्तु बढेका अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोम कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो । “विशेष गरेर उपल्लो मुस्ताङका बासिन्दामा संरक्षण क्षेत्रमा आएको जागरण र सचेतनाका कारण बस्ती र सडक छेउछाउमै वन्यजन्तु देखिन थालेका हुन्,” उहाँले भन्नुभयो, “तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा नयाँ नयाँ प्रजातिका जनावर र पक्षीहरु देखिने भएकाले यस क्षेत्रको अध्यताहरुका लागि धेरै सम्भावना छ ।” मुस्ताङमा वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि एक्यापले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । वन्यजन्तुले पर्यटकलाई आकर्षित गराए पनि किसानलाई भने दुःख दिने गरेको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका किसान लोप्साङ छोप्पेल गुरुङले बताउनुभयो । “ब्वाँसो र हिउँ चितुवाले भेँडाच्याङग्रा मारेर किसानलाई दुःख दिएको छ,” उहाँले भन्नुभयो “घुम्ती गोठमा पालिने भेँडाच्याङग्रा र चौँरीलाई ब्यासो र चितुवाबाट बचाउन चुनौती भएको छ ।” वन्यजन्तुु पीडितलाई राज्यले उपलब्ध गराउने राहत वृद्धि र सहज बनाउनुपर्ने मुस्ताङका किसान बताउँछन् ।
चितवन: पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।
चितवन: सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो ।
महोत्तरी: महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रुपमा मानिएको यो पर्व आज राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अघ्र्य अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ । प्रत्येक घरका ज्येष्ठ महिलाले आज दिनभरि निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका छन् । यस पर्वमा फलफूल, मिठाई, दही, पूरी र खीर खाने चलन रहेको छ । यस पर्वका लागि तराई मधेसका सम्पूर्ण घर–घरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती, मकै, निम्बु तथा विभिन्न प्रकारका मिठाई र दही दुई÷तीन दिनपहिले देखि नै जोहो गरेर राखिएको थियो भने आज घरका महिलाले दिनभरि घरघरमा पुरी, खीरलगायत वस्तुहरु पकाएर चन्द्रमा भगवान्लाई चढाउँदै पर्व सम्पन्न गरेका छन् । शुक्रबार साँझ पर्नासाथ घरका सबै सदस्य चन्द्रमा उदाउने प्रतीक्षामा व्यग्र भएर बसिरहेका थिए । चन्द्रमा उदाउनासाथ घरका महिलाले आँगनमा लिपपोत गरेर विभिन्न रङ्गोली बनाएर ल्याएका सबै सामग्री राखेर पूजाआजा गरेका छन् । महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फल लिएर चन्द्रमालाई ढोग्ने र विभिन्न वर माग्ने गर्दछन् । त्यसपछि घरपरिवारका सबै सदस्यले आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलन छ । यस पर्वले घरका सबै सदस्यलाई एकै थलोमा जमघट गराउने र एकै साथ खाना खान लगाउने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने भएकाले यो लोकप्रिय छ ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते हुनुभएको थियो । घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।
काठमाडौं: काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो । खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो । मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यवानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वकराज खड्काले जानकारी दिनुभयो । कार्यालयले आज घटना विवरणसहित आरोपीलाई सार्वजनिक गरेको छ । उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको र काठमाडौँस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो । रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकलसमेत रहेको चोरीमा सङ्लग्न कुँवरबाट खुलेपछि उक्त मोटरसाइकल पनि छाउनीबाट नियन्त्रणमा लिइएको हो । अनुसन्धानका क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुङ्गाका उत्तमकुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो । थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशङ्कामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । थप अनुसन्धान गर्दै जाँदा करिब एक महिना अगाडि से ७ प ८५६२ नम्बर प्लेट भएको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारिएको थियो । वास्तविक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । थप सूचनाका आधारमा नियन्त्रणमा लिइएको वास्तविक नम्बर से ७ प ८५६२ भएको भन्सार पठाइएकोमा उक्त मोटरसाइकल आरोपी खत्रीको रहेको तथ्य खुलेको छ । उनले उक्त मोटरसाइकलको वास्तविक कागजात प्रयोग गरी अन्य मोटरसाइकलसमेत त्यही नम्बर राखेर प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं: सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगरपहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन निर्देशन दिइएको जनाएको छ । प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन थालेका छन् । सरकारले यही भदौ ६ गते सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो । सरकारले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा थप नकारात्मक असर नपुगोस् भन्ने हेतुले थप व्यवस्थित र मर्यादित तुल्याउने गत कात्तिक २७ गतेदेखि नेपालभित्र टिकटकको प्रयोगमा रोक लगाएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । घरमै वडाको सेवा पाउँदा नागरिक पनि खुशी छन् । सामाजिक सुरक्षा भत्ताकै लागि वडा धाउनुपर्ने समस्याबाट उनीहरुलाई मुक्ति मिलेको छ । वडा सचिव, वडा सदस्य लगायतका कर्मचारीहरु स्थानीयकै घरमा गएर सेवा दिएका छन् । पोखरा १३ को गतिविधिले त्यस ठाउँको स्थानीयलाई सरकार घरमा नै आएको आभाष भएको छ । संघीयताको मर्मअनुसार सेवा प्रवाह गर्न पाउँदा वडाध्यक्ष बराल पनि खुशी छन् । नागरिकलाई सरल र सहज सेवामा उनको दैनिकी बित्न थालेको छ । भौतिक विकास सँगै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा समेत काम गर्दै आएको वडाले नागरिकमैत्री वातावरण बनाउँदै समस्याको समाधान गर्ने काम गर्दै आएको छ । “हामी नागरिकको सेवामा तल्लिन छौं । नागरिकलाई कसरी हुन्छ ? सरल र सहज रुपमा सेवा प्रवाह गर्ने सोच हाम्रो हो । आशा छ हामीले सुरु गरेको घुम्ती सेवा प्रभावकारी बन्नेछ ।”, वडाध्यक्ष बरालले भने । वडाले घुम्ती सेवालाई निरन्तरता दिने प्रतिबद्धता समेत उनको छ । नमुना वडाको रुपमा रहेको वडा १३ ले सामाजिक, सांस्कृतिक, धार्मिक पक्षलाई पनि सुदृढ बनाउँदै लगेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा (६–१०) का विपन्न विद्यार्थीका लागि वार्षिक रु १८ र विज्ञान विषय अध्ययन गर्न वार्षिक रु २४ हजार रुपैयाँ अनुदान दिन सरकारले रु ६० करोड बजेट अनुदान दिइरहेको बताउनुभयो । “दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक रु एक हजारदेखि रु तीन हजार पाँच सयसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ । गैरआवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । यसका लागि रु ५० करोड रकम विनियोजन भएको छ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । यसैगरी उहाँले शैक्षिक दृष्टिले पछि परेका समुदाय, अतिविकट हिमाली जिल्लाका विद्यार्थीलगायत सातवटा लक्षित समूूहका ११ हजार चार सय विद्यार्थीका लागि मासिक रु पाँच हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको समेत बताउनुभएको छ । “उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रतिविद्यार्थी लागत हिसाब गरी सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ । यससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

