काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

सप्तरी: सप्तरीको चार पालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने छ घर जलेर नष्ट भएको छ ।   जिल्लाको कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिका, महादेव गाउँपालिका र शम्भुनाथ नगरपालिकामा आगलागी भएको हो । आगलागीबाट २४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।   कञ्चनरुप नगरपालिका १ बैरवामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने तीन घर जलेर नष्ट भएको छ । साथै नौ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले स्थानीय बिनय खंगको भान्सा कोठाबाट खाना पकाउने क्रममा मङ्गलबार लागेको आगो फैलिएर छिमेकी रामेश्वर खंग र धुरेन्द्र खंगको घर पनि नष्ट भएको जानकारी दिनुभयो ।   आगो निभाउने क्रममा ५२ वर्षीय बिनय खंग र ३५ वर्षीय गजिन्द्र सदा घाइते हुनुभएको छ । घाइतेमध्ये विनयलाई उपचारका लागि धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने गजेन्द्रको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   रुपनी गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ भने १० लाख बराबरको क्षति भएको छ ।   यसैगरी, वडा नं. २ स्थित रामनारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा छिमेकी शिवनारायण साहको समेत घर जलेर नष्ट भएको डीएसपी सिंहले जानकारी दिनुभयो ।   आगलागीमा तीन वटा पशुचौपायासमेत जलेर मरेको उहाँले बताउनुभयो  । दुवै ठाउँको आगलागी नियन्त्रणका लागि शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुणयन्त्र तथा प्रहरी र स्थानीयवासीको मद्दतले दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।   यस्तै, महादेबा २ बस्ने जयकुमात पैकराको घरमा विद्युत सर्ट भई आगलागी हुँदा तीन तलाको फुसको घर पूर्णरुपमा नष्ट हुँदा चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।   यसैगरी, जिल्लाको शम्भुनाथ नगरपालिकास्थित सब डिभिजन वन कार्यालयको प्राङ्गणमा राखिएको पुरानो काठहरूमा अचानक आगलागी भएको छ । सो आगलागीमा १५ वटा गुलिया काठ जलेर नष्ट हुँदा एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

काठमाडौं:  अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु भएको छ।   बुधबार साँफेबगर नगरपालिका-१ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथको  स्कुटरसहित सडकबाट खसेर मृत्यु भएको हो।   जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेर उनको मृत्यु भएको बताए।   आफन्तहरू घटनास्थलमा पुगेपछि उनको शव उठाइने छ।   प्रहरीका अनुसार उनी मंगलबार राति स्कुटर दुर्घटनामा परेका हुन्। उक्त ठाउँमा यसअघि पनि सवारी दुर्घटना भइसकेका छन्।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं:  बुधबार अमेरिकी डलरको भाउ बढेको छ। आज डलर एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।    मंगलबार  एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसा बढेको हो।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५पैसा पाइन्छ।  मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ।    क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ।   बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ।    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७०  पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ।   मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३७ पैसा तोकिएको छ।

काठमाडौं:  बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।   गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बैतडी:  बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।   पाटन नगरपालिका–१० का ४३ वर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।   जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको हो।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पर्वत : पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप  बढेको छ। अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।    ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिए। 'पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ', उनले भने। दूषित पानीको प्रयोगका कारण बिरामीको सङ्ख्या बढेको हुनसक्ने डा अधिकारीले बताए। कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भए पनि अस्पतालले परीक्षण भने गरेको छैन।   अस्पतालका ५६ शय्यामा बिरामीले भरिभराउ छन्। ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता आउनेलगायत बिरामीका लक्षण देखिने गरेको छ। मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा अधिकारी बताउँछन्। जिल्लामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ।    पन्ध्र शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको बनाइएको हो। जनशक्ति अभावको समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीको भनाइ छ। पर्वत अस्पताल मात्र होइन यहाँका निजी अस्पताल, क्लिनिक र ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा समेत बिरामीको सङ्ख्या बढेको बताइएको छ । 

काठमाडौं  : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ।   बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।   बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देससहित प्राप्त 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि विचार गरियोस्,'भनी प्रस्ताव प्रस्तुत  गर्ने  संभावित कार्यसूची  रहेको छ।   बैठकमा नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको  निधनमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेको छ। नेता तुम्बाहाम्फेको चैत्र २४ गते निधन भएको थियो।

काठमाडौं : नेपाल उद्योग वाणिज्य  महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरू भएको छ। प्रज्ञा भवन कमलादीमा बिहान १० बजेदेखि मतदान सुरू भएको हो। निर्वाचनमा  १ हजार ९ सय ५३ मतदाता रहेका छन्।   महासंघको नयाँ नेतृत्व चयनका लागि उद्योगी व्यवसायीहरुको उत्साहजनक सहभागिता देखिएको छ । वरिष्ठ उपाध्यक्षसहित ६६ पदका लागि निर्वाचन हुन लागेको हो।   ५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन्।    महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ।  वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ,वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन्।    महासंघको इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको हो।

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ।   बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचि शंकरदास बैरागी र रक्षासचिव किरणराज शर्मा सहभागी छन्। बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, सम्भावित बाह्यका सुरक्षाका चुनौतीलगायत विषय बैठकको एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।