काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

काठमाडौं: सगरमाथा आरोहणका क्रममा आज बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पाको मृत्यु भएको छ ।    क्याम्प एकभन्दा तल पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरोमा परी खुम्बु पासाङ गाउँपालिका ५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पाको मृत्यु भएको सगरमाथा आधार शिविरबाट लाक्पा शेर्पाले जानकारी दिनुभयो ।   मृतकको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास गरिए पनि शव निकाल्न नसकिएको उद्धारकर्ता शेर्पाले बताउनुभयो ।    क्याम्प १ तर्फ जानेक्रममा एक्कासि हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएपछि शव निकाल्न नसकिएको शेर्पाले जानकारी दिनुभयो । इमाजिन ट्रेक प्रालिबाट हिमाल आरोहणका लागि तीनै जना शेर्पाहरू गाइडको रूपमा चुचुरोतर्फ हिँडेका थिए ।

काठमाडौं : संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सांसदहरूले जोड दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले निजामती सेवा ऐन ल्याउन सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ती जनाए।   सांसद् राजेन्द्र पाण्डेले संघीय निजामती सेवा ऐन ल्याउन सरकारले ढिलासुस्ती गरेको  बताए। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई प्रश्न गर्दै सांसद् पाण्डेले संघीय निजामती सेवा ऐन कति गते ल्याउनुहुन्छ ? भन्दै प्रश्न गरे ।    पाण्डेले भने,‘ऐन ल्याउन अझै ढिला गर्न खोज्दै हुनुहुन्छ जस्तो लाग्यो ? अझै तयारी नपुगेको जस्तो लाग्यो मलाई । तपाईंले प्रशासनिक प्रमुख पठाउन गाह्रो भयो भन्नुभयो । बागमती प्रदेशमा गाह्रो भएको त देखिदैन । ’     यस्तै रास्वपा सांसद् सुमना श्रेष्ठले कर्मचारीलाई उत्प्रेरणा दिन सरकारले के गरिरहेको छ ? भन्दै प्रश्न गरिन् । अतिरिक्त बजेटबाट कति जनाको तलब जाँदैछ ?, कर्मचारीलाई मोटिभेसनको प्रोसेस के छ ?, कुनै ठाउँमा कर्मचारीलाई पठाउँदा टीवआर दिन्छौं की दिदैनौं ? भन्दै प्रश्न गरिन् ।   मुल्यांकन फर्म सबै मन्त्रालयमा एउटै प्रकृतीको भएको भन्ने सुनिएको बारे स्पष्ट पार्न आग्रह गरिन् । उनले सुगम र दुर्गममा कर्मचारी पठाउने मापदण्डबारे जिज्ञासा राखिन् ।   सांसद् महेश बर्तौलाले निजामती कर्मचारीले अहिले पनि कालोपट्टी बाँध्नुपर्ने अवस्था आएको भन्दै यो अवस्थाको अन्त्य कहिले हुने भन्ने प्रश्न गरे । सांसद् ज्ञानेन्द्र शाहीले कर्मचारी जनताको कि पार्टीको भन्दै प्रश्न गरे । शाहीले कर्मचारीले तलब खाएर राजनीति गर्दै आएको भन्दै कर्मचारीमाथिको विभेद अन्त्य गर्न आवश्यक रहेको बताए ।    यस्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामती सेवा ऐन संसदमा कहिले पेश गर्ने भन्दै प्रश्न गरे।

काठमाडौं:  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा थप एक जना पक्राउ परेका छन्।    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्देश शर्मा छन्।    उनलाई कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।    नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।    यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो।    उनीहरूले विभिन्न व्यक्तिहरूबाट ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ। गिरोहले यसरी करोडौं रकम उठाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।   भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गरेको उजुरी परेपछि कार्यालयले अनुसन्धान अघि बढाएको थियो।    यसको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको छ।    २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।     परिसरले उक्त कार्यदलको प्रतिवेदन मन्त्रालयसँग मागेको थियो।    गृहले मंगलबार उक्त प्रहरीलाई उपलब्ध गराएको छ।    ‘आरोपीहरूसँग यसअघि नै भएको प्रतिवेदन र गृहको प्रतिवेदन भिडाएर हेर्ने काम भइरहेको छ,’ स्रोतले भन्यो। 

काठमाडौं : सांसद् तोसिमा कार्कीले ललितपुरको बखुण्डोल हाइटमा समीट अपार्टमेन्ट निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।   बुधबार संसद्मा बोल्दै कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिनै भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानविनको माग गरेकी हुन् । उनले भनिन्,'वरपरका घरहरूमा पूर्णरुपमा क्षति पुगेको छ।  भाँसिने चर्किने क्रम जारी छ । स्थानीयले पटकपटक उजुरी दिएपनि कारबाही हुन सकेको छैन । ’   उनले अपार्टमेन्ट निर्माण प्रक्रियाको बैधानिकता खोज्नुपर्ने माग गरिन् । 

कञ्चनपुर : कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका  झोला प्रयोगमा रोक लगाउने भएको छ। आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।   'नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँ', उनले भने, 'यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौं।' उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो।    चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने प्रजिअ अर्यालले बताए। नयाँ वर्षदेखि त्यस्ता प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनको भनाइ थियो। 'प्लास्टिकको प्रयोग रोक्न नियमित अनुगमन गर्छौँ, पहिलोपटक भेटिएमा सम्झाउँछौँ र  जफत गर्छौं,' उनले भने, 'त्यसपछि पनि त्यस्तो कार्य गरेको भेटिए सम्बद्ध व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउँछौँ।'   प्लास्टिकको प्रयोग तथा बिक्री, वितरण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुनेछ। प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर रु ५० हजारसम्म जरिवाना हुनेछ।    जिल्लाका नौ स्थानीय तहका जनप्रतिनिधिले प्लास्टिकको झोला प्रयोग तथा बिक्री, वितरणमा प्रति​बन्ध लगाउने प्रतिबद्धता जाहोर गरेका छन्। सोहीअनुसार जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला सभाले प्लास्टिकको झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ।    जिल्ला सभामा कञ्चनपुरका नौ स्थानीय तहका प्रमुख, उपप्रमुखको सहभागिता थियो। प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए। 'अब जिल्लामा प्लास्टिकका झोला र गुट्खा बिक्री, वितरण गर्न पाइने छैन्, प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला प्रगोग गर्न सकिन्छ', उनले भने।    प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ता नै जागरुक हुनुपर्नेमा उनले जोड दिए। 

काठमाडौं : सांसद् ज्ञानेन्द्र शाहीले बास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् शाहीले  वर्तमान सरकारनै वास्तविक मिटरब्याजी भएको बताएका हुन् ।   शाहीले भने,‘पछिल्लो आठ महिनामा चालु खर्च ५१.४६प्रतिशत र पुँजीगत खर्च २२.१५ प्रतिशत र व्यवस्थापकीय खर्च ३७.४१ प्रतिशत खर्च गरेको छ । भएभरको पैंसा असारमा मात्रै खर्च गर्ने प्रवृत्ति छ । पुँजीगत खर्च ७८ प्रतिशत गर्न बाँकी छ । सबै पैंसा सरकारले बैंकमा राखेर ब्याज खाइरहेको छ । वास्तविक मिटरब्याजी कोहि छ भने त्यो सरकार हो । बैंकमा पैंसा राखेर जनतालाई अलमलमा नराखियोस् । कर्मचारीले तलब खान पाएका छैनन् । निर्माण व्यवसायीको हालत विजोग छ । ’   बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था आएको उनले बताए । शाहीले भने,‘नेपाल सरकारले २ खर्ब ११ अर्ब मात्रै फिक्स डिपोजिट गरेको छ । निर्माण व्यवासी र अन्यलाई रकम नदिएर ३ खर्ब ६२ अर्ब रुपैयाँ सरकारी खातामा राखेर ब्याज खाइरहेको छ । बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’

काठमाडौँ:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।    भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।    “कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।”   मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।   कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।    “अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।    बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।    महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान रोकिएको छ ।   बुधवार तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरूले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयका लागि अवरुद्ध भएको हो ।   महासङ्घको नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एसाेसिएटतर्फ तीन वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन् । ‘भोट फर अञ्जन’, भोट फर सघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान  स्थगित भएको छ ।   महासङ्घको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र सघाई र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा भइरहेको छ । महासङ्घको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् ।   महासङ्घको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासङ्घको अध्यक्ष बन्नुहुनेछ । नयाँ नेतृत्व चयन गर्नको लागि उद्योगी व्यवसायीहरूको बिहानदेखि प्रज्ञा भवनमा बाक्लो उपस्थिति रहेको छ ।

दमौली:  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गर्नुभयो ।   “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ”, नेता सिंहले भन्नुभयो । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले जिकिर गर्नुभयो ।    नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताउनुभयो । “गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ”, उहाँले भन्नुभयो । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।     तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताउनुभयो । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उहाँले आफू त्यसैमा केन्द्रित भएको बताउनुभयो ।    ४२ वटै वडामा मतदाता शिक्षा   आगामी वैशाख १० गते तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि मतदाता शिक्षा सञ्चालन गरिने भएको छ । उपनिर्वाचनमा बदर मत न्यून गर्न र मतदातालाई मतदान गर्ने तरिकाबारे जानकारी गराउने उद्देश्यसहित निर्वाचन कार्यालयले प्रत्येक वडामा मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो ।    तनहुँ क्षेत्र नं. १ अन्तर्गतका ४२ वटै वडामा मतदाता शिक्षा सञ्चालनका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । एउटा वडामा दुई जनाका दरले स्वयंसेविका परिचालन गरिनेछन् । स्वयंसेविकालाई वैशाख १ देखि ७ गतेसम्म सबै वडामा खटाइने छ ।    गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा तनहुँमा कुल खसेकोमध्ये पाँच दशमलव छ प्रतिशत मत बदर भएको थियो । तनहुँका दुवै क्षेत्रमा गरी एक लाख ३४ हजार चार सय एक मत खसेकामा सात हजार पाँच सय ८१ मत बदर भएको कार्यालयले जनाएको छ ।    तनहुँ क्षेत्र नं. १ अन्तर्गत पाँच स्थानीय तह पर्दछन् । व्यास नगरपालिकाका १२, भानु नगरपालिकाका १३, बन्दीपुर गाउँपालिकाका छ, देवघाट गाउँपालिकाका पाँच र आँबुखैरेनी गाउँपालिकाका छ वडा यो निर्वाचन क्षेत्रमा पर्दछ । उपनिर्वाचनमा एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् ।    उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा नौ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा ९एमाले० बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार प्रतिस्पर्धामा हुनुहुन्छ ।