काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् । चालिसेले २,५६७ मत ल्याउँदा राईले २२३५ मत पाएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् । २०७४ सालमा यो क्षेत्रबाट एमालेका राई नै निर्वाचित भएका थिए ।
इलाम: इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले १ हजार २५८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १ हजार ४१ मत ल्याउँदै पछ्याइरहेका छन् । खनाल सत्ता गठबन्धनका उम्मेदवार हुन् । उक्त क्षेत्रमा अहिलेसम्म ४ हजार मतगणना सकिएको छ ।
डडेल्धुरा: डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै अग्रता लिनुभएको छ । देउवा गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ । सभापति देउवा (रुख) ले ४८ मत प्राप्त गरेर अगाडि हुनुहुन्छ भने कांग्रेस बीपीका कर्णबहादुर मल्ल (करुवा) ले ४२ मत प्राप्त गरेर पछ्याउँदै हुनुहुन्छ । यसैगरी, स्वतन्त्र उम्मेदवार सागर ढकाल (सुई) ले १७ मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा सोमबार अपराह्नदेखि मात्रै मतगणना सुरु भएको छ । डडेल्धुरामा ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । आइतबार १३९ वटै मतदान केन्द्रमा शान्ति पूर्वक निर्वाचन सम्पन्न भएको थियो । भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकाको बसौटीमा मतपेटिका बोकेको जिप बिग्राएपछि सोमबार दिउँसो मात्रै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगाउन सकिएको थियो । त्यसै कारण मतगणना गर्ने कार्य ढिलो गरी सुरु भएको उहाँले बताउनु भयो ।
तनहुँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ मा प्रारम्भिक अग्रता लिएका छन् । १०० मत गणना हुँदा पौडेलले ४० मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले २९ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् । सोमबार दिउँसोसम्म ८०० मत गणना हुँदा उनले २७८ मत ल्याएर अग्रता लिएकी हुन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १६६ र तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १२८ मत पाएकी छन् । राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ७८ मत पाएकी छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए ।
काठमाडौं: ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुन: अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिएका थिए । माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा छिन् । यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।
चितवन: चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ५५४ मतसहित पहिलो नम्बरमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८७ मतसहित तेस्रो स्थानमा छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।
चितवन: चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ३६४ मतसहित पहिलो नम्बरमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३६ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।
रुपन्देही: रुपन्देही(२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । अहिलेसम्म भएको गणनामा उनले १२६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णु पौडेलले ८३ मत पाएका छन् । सत्तारूढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा छन्। उनले ७८ मत पाएका छन् ।

