पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

काठमाडौं:    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो ।  हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उहाँले बताउनुभयो ।  अभियुक्तहरूबाट  ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान  मोबाइल फोन पनि बरामद भएको छ ।   उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उहाँले बताउनुभयो ।  

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी सम्बन्धी मुद्धामा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपको उपाधि नदिएर ठगी गरेको आरोपमा आइतबार २ जनालाई पक्राउ गरेको हो ।  पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपका सञ्चालक तथा निर्देशक अछाम घर भई पोखरा ६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष पोखरा प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्रीलाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  उनीहरुले पोहोर चैत २३ र २४ गते पोखरा राईडर्सको आयोजनामा पोखरा–२३ बाम्दीमा पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप २०८१ सञ्चालन गरेर प्रतियोगीबाट दर्ता शुल्क बापत १७ हजार लिएर विजेता हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरेपनि आयोजक पुरस्कार रकम नदिइ सम्पर्क विहिन भएको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:     चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ ।       प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएका प्रहरीले सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको लु।२ ख ६८१८ नम्बरको बस जाँच गर्ने क्रममा डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी आज बरामद गरेको हो ।      उक्त लागुऔषधबारे अनुसन्धान गर्ने क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।

काठमाडौं:   विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् ।  भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।  प्रहरीले  सुनसरीको बर्जु गाउँपालिका–१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

काठमाडौं:   वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।       पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका–१० का  २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका–५ का ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।       काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौँ महानगरपालिका–९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका(९ बाट र प्रभालाई ललितपुर महानगरपालिका–१० बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।       पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु छ लाख ४५ हजार, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु सात लाख ५० हजार र प्रभाले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु सात लाख आठ हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।       उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।

पोखरा:  कास्की प्रहरीले अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा १ विन्ध्यवासिनी बस्ने ३७ वर्षीय निशाद श्रेष्ठ र पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने पर्वत कुश्मा नगरपालिका–४ घर भएका ३२ वर्षीय दिपक विक रहेका छन् ।   लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो (बिहीबार) साँझ लागूऔषधसहित पक्राउ गरेको हो ।      उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम र डाइजेपाम ३ एम्पुल, नुर्फिन २ एम्पुल बरामद गरेको छ ।   उनीहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:   वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै रु ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो”, पक्राउ परेका निज गौतमलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

तनहुँ:   १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन् ।   उनलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।   उनिविरुद्द ति बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको परेको थियो ।   पक्राउ परेका पाण्डेविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

काठमाडौंः    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आज एकजनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो टोलीले होटल विश्पुलबाट निज खड्कालाई पक्राउ गरेको हो ।”       पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन र नौ राउन्ड गोली समेत बरामद गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताउनुभयो ।