पोखरा: इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ स्थित नयाँबस्ती सुकुम्बासी टोल बस्ने वर्ष ३३ वर्षीय गणेश गुरुङ रहेका छन् । उनलाई घरको कोठाबाट लागूऔषध गाँजा ३ किलो ७०० ग्राम, मोबाइल थान १ र नगद रु. ९ हजार ७ सय ४५ बरामद गरेको छ । कास्की प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार गणेशले नयाँबस्तीमा गाँजा सञ्चय गरी विक्री वितरण गर्दै आएका थिए । हाल पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा पन्ध्र (१५) दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले कुटपिटसहित खुकुरी प्रहार गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत स्थायी घर भई हाल पोखरा ३ नदिपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बाग्लुङ स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने २८ वर्षीय लगिन थापा रहेका छन् । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार श्रेष्ठ र थापाले गत महिनाको २२ गते पोखरा ३ नदिपुर स्थित सार्वजनिक स्थानमा एकजना व्यक्तिलाई विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज, हातपात तथा अभद्र व्यवहार गरी हेल्मेट र धारिलो हतियार (खुकुरी) प्रहार गरी घाईते बनाई फरार थिए । त्यसपछि प्रहरीलाई प्राप्त सूचनाको आधारमा उनीहरुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १ बाट पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठ र थापाविरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार कसुरमा दिन दुई (२) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने जेसिबीलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित इदिखोलामा नदीजन्य पदार्थको अवैध उत्खनन् गरिरहेको ना १ क ४७४२ नम्बरको जेसीबीलाई नियन्त्रणमा लिइएको हो । आवश्यक अनुसन्धान र कारवाहीका लागि माछापुच्छ्रे गाँउपालिकाको कार्यालय लाहाचोक पठाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। पोखरा ३० खुदीमा लागूऔषध कारोबार भएको सूचना पाएपछि खानतलासी गर्दा खैरो हिरोइनसहित पक्राउ परेका हुन्। सडक किनारमा पार्किङ गरिराखेको ग ११ प ७७४५ नम्बरको स्कुटरबाट ०.६२ ग्राम खैरो हिरोइन बरामद भएको हो। कारोबारमा संलग्न भएको आरोपमा पोखरा ३० खुदीका २६ वर्षीय किरण पौडेल र २४ वर्षका वसन्तराज घिमिरे पक्राउ परेका छन्। उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गएराति फ्लाई दुबईबाट काठमाडौँ आएका दुई जना भारतीयले आफूले लगाएको लुगामा सुन जस्तो देखिने पहेँलो रङको धातु लेपन(पेष्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ ।” पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुन जस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
धनुषा: जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उहाँले बताउनुभयो । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको रु ८० लाख लुटिएको थियो । सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट रु ८० लाख रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका ३३ बरपाण्डेथुमस्थित शान्ती उदय उच्च माविको कार्यालय,कक्षाकोठा तोडफोड गरी ल्याप्टप लगायत विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ४ बालकलाई पक्राउ गरेको छ । विद्यालयको कक्षाकोठा, कार्यालय तोडफोड गरेर ल्याप्टप, ईलेक्ट्रोनिक डिभाईसहरु चोरी गरेको आरोपमा प्रहरीले शनिबार ४ बालकलाई पक्राउ गरेको हो । पोखरा ३३ बरपाण्डेथुमस्थित शान्ती उदय उच्च माविको कार्यालय,कक्षाकोठा तथा कम्प्युटर ल्याव शाखाको ढोका फोरी चोरी भएका विभिन्न कम्पन्नीका १० थान ल्याप्टप,७ थान चार्जर, ५ थान माउससहित ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले टोलिले बालकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए । प्रहरीले चार बालको साथबाट बरामद गरेको चोरी भएको सामान । फोटो: कास्की प्रहरी उनका अनुसार बालकहरुले विद्यालयको ल्याप्टप, कम्प्युटर,सिसि क्यामेरा, सिसिटिभि मटिनर, लाईट, प्रोजेक्टर,साउण्ड स्पीकर कन्ट्रोलर,स्टेशनरी कागजातमा समेत क्षति पुर्याएको बताए । विद्यालय तोडफोड गरी ल्याप्टप लगायतका सामान चोरी गरेको आरोपमा प्रकाउ परेका चारै जना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: काठमाडौंको बत्तीसपुतलीमा सामान्य विवादबीच मोरङका २४ वर्षीय शम्भु धिमालको हत्या गरिएको खुलेको छ । शनिबार राति बत्तीसपुतलीको मुख्य सडकमा उनीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो । हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चारजना नै १७ वर्षमुनिका किशोर छन् । घटना हुँदा शम्भुसँगै उनका एक साथी समेत रहेका प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । यो पनि पढ्नुहोस काठमाडौैको बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार प्रकाउ विपरीत दिशाबाट आउँदै गरेका चारमध्ये एक किशोरसँग शम्भुको कुम ठोक्किएको थियो । सोही विषयमा विवाद हुँदा अर्का एक किशोरले आफ्नो साथमा बोकेको चक्कुले अन्धाधुन्ध प्रहार गरेर हत्या गरेको खुलेको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ । चार किशोरमध्ये तीनजनाले मदिरा सेवन गरेको समेत खुलेको छ । उनीहरू बत्तीसपुतलीकै स्थानीय हुन् । उनीहरू कक्षा–९ र १० मा अध्ययनरत विद्यार्थी रहेको खुलेको प्रहरीले जनाएको छ ।
चितवन: अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कूलको बसमा आगजनी भएको हो । भरतपुर कल्याणपुरमा रहेको स्कूलबाट विद्यार्थी ओसार्न अमृतनगरतर्फ गइरहेको बसमा आगजनी भएको विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बस रोकी पेट्रोल छर्किएर आगजनी गरेका बताइन्छ । उनिहरु आगजनी गरेर फरार भएका छन् । आगजनीबाट बा ०६००१ क ००४५ नम्बरको बस पूर्णरुपमा क्षति भएको छ । प्रध्यानाध्यापक न्यौपाने कसले र कुन उद्देश्यले बसमा आगजनी गरे भन्ने नखुलेको बताउनुभयो । स्मल हेभन काठमाण्डूको लिटल एन्जल्सको सकन्वयमा चलेको स्कुल हो ।