सिरहा:  सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक पुरूषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थ...

काठमाडौं:     साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको भिडिओ बनाई ब्ल्याकमेलिङ गर्ने गरेको आरोप लागेको छ । अश्लिल भिडिओ बनाएपछि यौनसम्पर्कका लागि बार्गेनिङ गर्ने र नमाने भिडिओ आफन्तलाई पठाइदिन्छु भन्दै आपराधिक लाभको कसुर गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका किसानलाई आपराधिक लाभको कसुरमा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पर्वत:   २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।   पर्वत प्रहरीका अनुसार पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ल छन् ।    उनीहरूले युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।   सो विषयमा हाल  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सिन्धुली:     डलर साट्ने प्रलोभन देखाई अठार लाख रुपैया ठगेर भाग्दै गर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित लौकुन भन्ने स्थानमा अपरिचित व्यक्तिहरुले डलरको पोको भनि रुमालमा पोको पारेको २० का नेपाली नोट र कागजका टुक्राहरु दिई इलाम जिल्लाको इलाम नगरपालिका १ का ४४ बर्षिय राजु गौतमसँगको अठार लाख लिएर भागेको भन्ने सुचनाको आधारमा मध्यपहाडी लोकमार्गस्थित हैबारबेसीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ३ को २४ बर्षिय श्याम तामाङ, सोही ठाँउका २६ बर्षिय तेन्जेन पाइन र २७ बर्षिय नारायणबहादुर पाइन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लले जानकारी दिनुभयो । उनिहरुलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले गोलञ्जोर गाँउपालिका वडा नम्बर ६ हैवारबेशीमा लुकीछिपी बसीरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । उनिहरुको साथबाट गाढा निलो रंगको झोला भित्र रहेको नेपाली अठार लाख, यूएस डलर १ को २ सय ३७ थान, बा।प्र।०२–०४४प४३०९ नम्बरको ३५० सीसीको रातो कालो बुलेट मोटरसाइकल, बा।प्र।०२–०४५प६३०२ नम्बरको २२० सीसीको कालो रातो पल्सर मोटसाइकल बरामद भएको प्रहरी उपरिक्षक काफ्लले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँ:   तनहुँमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–५ धारापानी बस्ने २२ वर्षीय धन बहादुर आले रहेका छन् ।   उनले आफ्नै घरबाट लागुऔषध विक्री गर्ने सुचना पाएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले आलेलाई ट्रामाडोल २ सय ७५ ट्याब्लेटसहित आइतबार बिहान पक्राउ गरेको हो ।    उनलाई लागुऔषधसम्बन्धि मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको  छ।   आलेले आफ्नै घरमा लागुऔषध बिक्रीबितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  

पोखरा:    कास्कीको अन्नपूर्ण  गाउँपालिका घान्द्रुकस्थित एक रेष्टुरेन्टमा महिला र होटल सञ्चालकसहित कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङका ३ जनालाई पक्राउ गरेको छ ।  पोखरा घर भई घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई जवरजस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको आरोपमा बागलुङ ३ जना युवालाई जेठ ११ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  घान्द्रुकस्थित अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरन्टमा झैझगडा भएको सूचनाका आधारमा प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीको टोलिले बागलुङको जैमिनि नगरपालिका घर भएका २८ वर्षीय भीम थापा, ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षीय तेज हमाललाई पक्राउ गरेको हो ।  घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई ईच्छा विपरित नाच्न लाई अभद्र व्यवहार गरेको र होटल सञ्चालक तथा कर्मचारीहरुले सम्झाउँदा उल्टै बियरका बोत्तल तथा लाठ्ठी प्रहार समेत गरेर उनीहरुले घाइते बनाइएको पाइएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनीहरुलाई सार्वजनिक, हित,स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्र्तगत अभद्र व्यवहार सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   कास्कीको विरौटाबाट नगदसहित सुनका गरगहना चोरी भएको छ ।   कास्की प्रहरीका अनुसार गत शनिबार पोखरा महानगरपालिका १७ विरौटास्थित लक्ष्मीकान्त शर्माको घरबाट सुनका गरगहना ३४ तोला ५५ लाल चोरी भएको हो ।   सुनका गहनासँग नगद रु ३ लाख ७५ हजार, आइफोन, क्यानन क्यामेरा, म्याकबुक (ल्यापटप), आइप्याड, घडी, लगायतका जिन्सी समाग्रीहरु चोरी भएको वडा प्रहरी बैदाममा निवेदन परेको एक प्रहरी अधिकृतले जानकारी दिए ।    शर्माको घरमा डेरागरी बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरूसमेत चोरी भएको बताइएको छ ।    प्रारम्भिक अनुसन्धानबाट करिब ७० लाख बढीको चोरी भएको बताइएको छ ।   अहिले घटनाबारे थप अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी तिब्र पारेको कास्की प्रहरीले जनाएको छ ।

मोरङ:    नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् ।   प्रहरीका अनुसार पासवानले कटहरी गाउँपालिका–५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिएका थिए ।   सो सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।    पासवानविरुद्ध ठगी सम्बन्धि कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी थप  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:  कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्परलाई नियन्त्रणमा लिएको छ ।   माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट नदीजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको भन्दै पोखरा महानगपालिका वडा १९ अकला मन्दिर क्षेत्रबाट पोखरातर्फ आउँदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।   वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा अवैध रुपमा बालुवा लोड गरेको पाइएकाले थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको कास्की प्रहरीले  जनाएको छ ।   यसअघि पनि कास्की प्रहरीले पोखरा १८ स्थित बाच्छेडडुवाबाट आधा दर्जन बढि ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।  

पोखरा:    स्कुटर चोरी गरेको आरोपमा प्रहरीले प्युठानका रेकम बुढाथोकीलाई प्रकाउ गरेको छ ।  पोखराको नयाँबजारबाट चोरी भएको स्कुटर सहित बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको हो ।  पोखरा महानगरपालिका–९ नयाँबजारबाट जेठ २ गते ग १५ प २४७५ नम्बरको स्कुटर  हराएको सूचनापछि खोजतलाज गर्दा फेला नपरेपछि अन्यत्र जिल्लामा समेत लैजान सक्ने हुँदा हुलियासहित खोजतलाजका लागि पठाउँदा प्युठानमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।  स्कुटर हराएको सूचनापछि खोजतलाजको क्रममा प्युठान प्रहरीले स्कुटर सहित ३६वर्षीय बुढाथोकीलाई प्रकाउ गरेको हो ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।