डाक्टर ढाकाकुमारविरुद्ध ३ दिन म्याद थप

पाेखरा | भदौ २९, २०८१

डाक्टर ढाकाकुमारविरुद्ध ३ दिन म्याद थप

पोखरा:  लागूऔषध विक्री गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वसांसद डाक्टर ढाकाकुमार श्रेष्ठलाई अनुसन्धानका लागि ३ दिन म्याद थप भएको छ ।

 

अनुसन्धान गर्न कास्की जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिए । 

 

उनका अनुसार बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो । 

 

लखनचोकको दिया फार्मेसीबाट लागुऔषध खरिद गरेका रोल्पाका ४२ वर्षका प्रकाश थापामगर साउन ३ गते पक्राउ परेका थिए ।

 

उनै थापामगरको बयानकै आधारमा रास्वपाका पूर्वसांसद श्रेष्ठविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
 

यो पनि पढ्नुहोस

 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्