सिरहा:  सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक पुरूषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थ...

पोखरा:  कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाउने भन्दै ३ सय जना भन्दा बढी व्यक्तिहरुबाट करिब १५ करोड रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका–८ घर भई पोखरा महानगरपालिका–९ लखनचोक बस्ने २२ वर्षीय नवीन विक र कास्की पोखरा महानगरपालिका–८ घर भई चितवन भरतपुर महानगरपालिका–८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् ।    उनीहरुले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक संजालमा फेक आइडि प्रयोग गरी वैदेशिक रोजगारीमा कम्बोडिया,  न्यूजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने र आकर्षक तलब, भत्तासहितको व्यवस्था हुने भन्दै विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।    घर, व्यापार, व्यवसायको कारोबार गर्ने कार्यालयमा मासिक ३० देखि ४० हजार रूपैयाँसम्म तलब हुने एकाउन्टेन्टको जागिर दिएका व्यक्तिहरूको बैंक खातामा विदेश जान सम्पर्कमा आएका मानिसहरूबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरू चेकबाट निकाल्न लगाएर राजकुमार लगायतलाई भेटेर नगदै तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गर्न लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।    उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका फेक कागजातहरू देखाई टिकट र डलर साट्ने भन्दै प्रति व्यक्ति ५ लाख देखि १० लाखका दरले रकम उठाएर सम्पर्क विहिन हुने गरेको र विगत ३/४ वर्ष देखि हालसम्म १५ करोड भन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रहरीको निष्कर्ष छ ।    हाल पक्राउ परेको उनीहरुविरुद्ध ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

भोजपुर:  आफ्नै आमा ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा  अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङ रहेका छन् ।   अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

पोखरा:  कास्की प्रहरीले सुनसहित करिब ९६ लाखको समाग्री चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।   वडा प्रहरी कार्यालय बैदामले आज (सोमबार) पोखरा महानगरपालिका २२ घर भई पोखरा १३ मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखाको अजिरकोट गाउँपालिका २ घर भई पोखरा ४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापामगर भनिने राजकुमार नेपालीलाई चोरी सार्वजनिक गरेको हो ।   नवीन नेपालीलाई मियाँपाटनको आफ्नै डेराबाट र थापामगरलाई लेखनाथको शुन्दरबजारबाट गत शुक्रबार पक्राउ गरिएको वडा प्रहरी वैदामका प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।     उनका अनुसार १० महिना अघि मात्रै चोरी मुद्धामा कैद भुक्तान गरेर जेलमुक्त भएका थिए ।    डिएसपी श्रेष्ठले उनीहरुको साथबाट ३४ तोलाबढि सुन, विभिन्न कम्पनीका १५ थान ल्यापटप, २ थान ड्रोन, क्यानन कम्पनीका ४ थान र सोनी कम्पनीको ५ थान डिएसएलआर क्यामेरा, नगद रु ११ हजार ५ सय ६८, २ थान स्यामसुङ कम्पनीको टिभी, चरेस तथा तामाका ४६ वटा भाडाकुडा, कफि मेसिन २ थान, ११ थान घडि लगायतका समाग्रीहरु बरामद गरेको बताए ।   उनका अनुसार उक्त समाग्रीको हालको बजार मूल्य ९६ लाख ४० हजार ५ सय ६८ रुपैयाँ रहेको उनले बताए ।   पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।                  

पोखरा:     नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले धर्मराज थापालाई पक्राउ गरेको छ । नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले थापालाई शनिबार जिरोकिलोमिटरमा पक्राउ गरेको हो ।  पोखरामा रहेको आर्मी फिटनेस सेन्टरका सञ्चालक धर्मराज थापाले नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु एक युवकलाई झुठ्ठा आश्वासन दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  आर्मी फिटनेस सेन्टरका सञ्चालक थापाले बागलुङ घर भएका एक युवकलाई नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु सजिलै भर्ती गराईदिन्छु भनेर झुठ्ठा आश्वासन दिएर पटकपटक गरी १ लाख ७० हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

बारा:   इलाका प्रहरी कार्यालय अमलेखगंजको प्रहरी टोलीले करिब ८० किलो गाँजासहित  दुई युवकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१० रिकाटार बस्ने २५ वर्षीय मानबहादुर वाइबा र मकवानपुर राक्सीराङ गाउँपालिका–५ बस्ने २६ वर्षीय सुमन स्याङताङ रहेका छन् ।   उनीहरुलाई जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित पक्राउ गरिएको हो ।    इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा.१० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी कार चालक मानबहादुर र कारमा सवार सुमनलाई पक्राउ गरिएको थियो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

काठमाडौं:     नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर विदुर शिवाकोटी १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । उनी अहिले प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।

पोखरा:     पोखरामा मोबाइल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा म्याग्दीका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले पक्राउ गरेको युवकको साथबाट अंग्रजी नयाँ वर्ष र सहकारी दिवसको दिन हराएको आईफोन र सामसुङ मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।  सहकारी दिवसको दिन पोखरा सभागृहबाट सामसुङ मोबाइल चोरी गरेर मोबाइलमा रहेको ईसेवा ह्याक गरेर १८ हजार १ सय २५ रुपैयाँसमेत ट्रान्सफर समेत गरेको जाहेरीको आधारमा अनुसन्धान गर्दै म्याग्दी घर पोखरा जाल्फा रोडमा बस्दै आएका २० वर्षीय युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका युवकले अनुसन्धानको क्रममा चोरी गरेको मोबाइल फेसबुकमा बिक्रीको लागि राख्ने गरेको र बिक्री पश्चात  उक्त फेसबुक आइडी डिलिट गर्ने गरेको बयान दिएका छन् । प्रहरीका अनुसार उनले विभिन्न कम्पनीका १५÷१६वटा चोरी भएका मोबाइल बिक्री गरेको जनाएको छ ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेको आरोपमा सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–१४ सितलटोलमा पार्किङ गरेर राखेको ग १५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले सुवासलाई पक्राउ गरेको हो ।  पार्किङमा रोकी राखेको मोटरसाइकलमा नक्कली चावी प्रयोग गरेर चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:    पोखरामा विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–३२स्थित युनिभर्स ईङ्लिस बोर्डिङ कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा शिक्षक सुदिप अधिकारीलाई हिजो (आइतबार)पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्कीको रुपा गाउँपालिका–६ घर भई युनिभर्स इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक सुदिप अधिकारीले विद्यार्थीले होमवर्क नगरेको अक्षर नराम्रो भएको भन्दै जेठ १३ विद्यार्थीलाई कुटपिट गरि घाइते बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका शिक्षक अधिकारीलाई जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  उक्त कसुरमा १ वर्ष सम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।