सिरहा:  सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक पुरूषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थ...

पोखरा:   पोखरामा क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले बिशाल मगरातिलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–१० ईन्द्रचोकमा पार्किङ गरी राखेको ग २२ प ९५१० नम्बरको क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा मगरातिलाई हिजो (आइतबार) पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।  ईन्द्रचोकमा पार्किङ गरी राखेको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजतलाज गर्ने क्रममा तनहुँ बन्दिपुर गाउँपालिका घर भएका २० वर्षीय मगरातिलाई चोर भएको मोटरसाइकल डोहो¥याउँदै हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

कास्की प्रहरीले फार्मेसीबाट अवैध रुपमा लागुऔषध विक्री गर्ने र किनेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा ७ प्रगति टोलस्थितमा सुमधुर फार्मेसीबाट विक्री गर्ने  गोरखा सिरानचोक गाउँपालिका ४ घर भई हाल पोखरा १५ बस्ने २२ वर्षीया कुमारी कुमाल र ड्रग्स किन्ने  पोखरा ९ वस्ने २२ वर्षीय दिपेश गुरुङ र सोही स्थानकै विपिन परियार रहेका छन् ।   प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र सिआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   उनीहरुको साथबाट टपेन्टाडोल (१ सय एमजी)  १८ चक्की र उक्त फार्मेसीमा खानतलासी गर्दा टपेन्टाडोल (१ सय एमजी)  १४७ चक्की र टपेन्टाडोल (५० एमजी)  ६७  चक्की गरी कुल २१४ चक्की गरिएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।   उनका अनुसार  लागूऔषध डाक्टरको सिफारिस विना किनेको पाइएकाले दुव्यसनीको प्रयोग गर्ने देखिएपछि अनुसन्धान थािलएको हो ।   पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७)े म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:   पोखरा ६ लेकसाइडस्थित चकटी रेष्टुरेन्टबाट १ किलो गाँजासहित दुई युवक पक्राउ परेका छन् ।   कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा बाग्लुङ जैमिनी नगरपालिका ४ घर भएका २० वर्षीय संजोग क्षेत्री र पोखरा महानगरपालिका१७ बस्ने १८ वर्षीय कल्याण महर्जन छन् ।    उनीहरुलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।   उनीहरुको साथबाट १ केजी गाँजा बरामद भएकोे छ ।   उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध 'ड्रग्स' सहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ७ स्थायी घर भई हाल पोखरा १४ मझेरीपाटनका ४३ वर्षीय रवि पौडेल रहेका छन् ।   वडा प्रहरी कार्यालय रामबजारलाई लागुऔषधको सञ्चय तथा विक्रीवितरण गरी रहेको भन्ने प्राप्त सूचनाका आधारमा पौडेललाई डाइजापाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी जम्मा २२५ एम्पुल लागुऔषधसहित पक्राउ गरिएको हो ।   कास्की प्रहरीका अनुसार पौडेलले कुखुराको खोरमा उक्त लागुऔषध लुकाएका थिए ।   हाल पक्राउ परेका रविलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

काठमाडौँ:    ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।   तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए ।   दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।   अहिलेसम्म पक्राउ पर्नेहरू : १. सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र  २. धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र ३. प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र  ४. सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६  ५. राजु खत्री, सूर्यबिनायक नगरपालिका–९  ६. बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन संचालक) ७. राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५  ८. कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४  ९. कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु  १०. भीम प्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि)  ११. प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल) १२. सुरज सम्शेर जबरा, पेवेल नेपाल (संचालक समिति सदस्य) १३. फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे) १४. सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे) १५. कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे) १६. लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि ट्रान्सफर) १७. अरुण कुमार यादव, बारा (पशुपति कन्सर्न)  १८. सोनाम गुरुङ, चीन  १९. रूपक भण्डारी  २०. मनोज श्रेष्ठ, भक्तपुर। 

कास्की:   कास्की प्रहरीले मार्दी खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा दुई वटा साधनलाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा ४ र ६ को बीचमा रहेको मार्दी खोलामा उत्खनन् गरिरहेको बा २ क ९६४७ नम्बरको जेसिबी र हेमजाबाट पोखरातर्फ आउँदै गरेको प्र ३–०१०२४ च ४२७० नम्बरलाई नियन्त्रणमा लिइएको हो ।   उक्त जिपमा अवैध रुपमा कटपिस ढुङ्गाहरु फेला पारेकाले सम्बन्धित कागजपत्र नभएकाले आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

नवलपरासी:   नवलपरासीको प्रतापपुर गाउँपालिका–२ घोडाहास्थित सडकबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा  भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादव रहेका छन् ।   उनलाई इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एवाई ५४५० नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।   उनको साथबाट अवैध लागुऔषध खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको छ ।  

धनुषा:   आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राजनारायण यादवल रहेका छन् । राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका–५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आएपश्‍चात इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:   कास्की प्रहरीले नक्कली सुन देखाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएकी ७१ वर्षीया की प्रभा देवी र सोही स्थानकै  ४२ वर्षीय राम नारायण सुलेङी रहेका छन् ।   उनीहरुलाई छोरेपाटन बरकोबोट स्थित प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरादेखी बुटवलतर्फ जाँदै गरेको हाइसलाई रोकी चेकजाँच गर्ने क्रममा नगद रु ३ लाख ९० हजारसहित पक्राउ गरेको हो ।   उनीहरुले पोखरा महानगरपालिका वडा ८ सृजनाचोक स्थितमा प्लास्टिक पसल सञ्चालन गर्ने ५२ वर्षीय व्यापारीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिई नगद रु.४ लाख लिई भागेका थिए ।   सोही सूचनाको आधारमा प्रहरीले हिजो दिउँसो पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।   पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धि कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।