बाँके: बाकेमा चित्तलको मासुसहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा पोष्टको करिब दुई सय मिटर उत्तरतर्फको निकुञ्जको कोर क्षेत्रबाट थारू पक्राउ परेका हुन् । थारूसँगै समूह वन्यजन्तुको सिकार गर्नलाई बसेका अन्य परार रहेका जनाउँदै उनीहरुको खोजी भइरहेको उहाँले बताउनुभयो । “चोरी–सिकारी गर्ने टोलीले निकुञ्जभित्र एक राउन्ड हवाई फायर गरेका थिए । निकुञ्जभित्र गोली चलेको आवाज सुनेपछि प्रहरीको गस्ती टोली त्यहाँ पुगेको थियो”, साहले भन्नुभयो, “गस्ती टोली आएको थाहा पाएर तीनजना भागेका थिए । मोहन थारू भने चित्तलको मासुसहित पक्राउ परेका हुन् ।” पक्राउ परेका थारूका साथबाट एक थान भरुवा बन्दुक, दुई ठाउँमा गोली लागेको ६० केजीको मृत वयस्क चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेका अधिकृत साहले जानकारी दिनुभयो । उहाँले अन्य सिकारीहरु घटनास्थलबाट फरार भएकाले खोजी भइरहेको बताउँदै वन्यजन्तु सिकार गर्नेहरु सबैलाई नियमानुसार कारबाही गरिने जानकारी दिनुभयो ।
पोखरा: पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित होटल युनिक एण्ड भान्साघरमा भएको हत्याकाण्ड सुन र आइफोन लुट्नको लागि भएको प्रहरीले निष्कर्ष निकालेको छ । गतसालको मंसिर ५ गते नागढुङ्गास्थित होटल युनिक एण्ड भान्साघरमा तनहुँको भिमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत फेला परेकी थिईन् । विकको हत्या भएको ८ महिनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले सुन र आइफोन लुत्ने योजनासहित हत्या गरेको अभियुक्तले साबिती बयान दिएको बताएको छ । । सुकु विकको हत्या गरेको अभियोगमा प्रहरीले बागलुङको गलकोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विकलाई पक्राउ गरेको हो । ... त्यसपछि भयो हत्या तनहुँको भिमादकी ३८ वर्षिया सुकु विकको साथमा मंसिर ५ गते होटल युनिकमा गएका सञ्जयले सुकुको हत्या गरेर फरार रहेको खुल्न आएको कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए । ‘गतवर्षको मंसिर ५ गतेसँगै होटलमा गएका सञ्जयले सुकुको हत्या गरेको साबिती बयान दिएका छन्, प्रहरी उपरीक्षक थापाले भने, ‘हत्या लुटपाटको लागि भएको देखिएको छ, सञ्जयको पृष्ठभुमी अपराधिक किसिमको देखिएकाले हत्यापछि सुन र आइफोन लुटेर गएका छन् ।’ होटलमा सुकुको हत्यापछि सञ्जयले आइफोन १३ प्रो म्याक्स र सुनको २ थान टप र सिक्री लुटेर गएको देखिएको छ । त्यसपछि उक्त फोन काठमाडौंमा गएर ४० हजार ५ सय बेचेपछि अनुसन्धानको क्रममा सञ्जयले नै हत्या गरेको खुल्न आएको एसपी थापाले बताए । यो पनि पढ्नुहोस नागढुंगाको युनिक होटलमा भिमादकी सुकु मृत फेला, अनुसन्धानका लागि ५ जना नियन्त्रणमा युनिक होटलमा सुकु मृत्यु प्रकरण: अझै खुलेन रहस्य नागढुङ्गा सुकु हत्याकाण्ड: हत्या गरेर भारत छिरेका थिए सञ्जय फलोअप: सुकुको ‘आइफोन १३ प्रो म्याक्स’ बेचेपछि सञ्जयसँग ठोक्कियो अनुसन्धान ‘सुकुको हत्यापछि सञ्जयले लुटेको मोबाइल काठमाडौंमा गएपछि महोत्तरीका एक व्यक्तिलाई ४० हजार ५ सय बिक्री गर्छन, उनले भने, ‘बिक्री भएको फोन केन्द्रिय अनुसन्धान ब्यूरोले राजेश बुढाथोकीको साथबाट फेलापछि उक्त फोन सञ्जयले बिक्री गरेकाले उनले नै हत्या गरेको अनुसन्धानको खुल्न आएको हो ।’ अनुसन्धानको क्रममा प्रहरीले सुकु वि.कलाई होटल लैजाने र आइफोन बिक्री गर्ने व्यक्ति सञ्जय नै एकिन भएकाले उनको कोठा खान तलासी गर्दा हत्या गर्दाको समयमा लगाएको कपडा र मोबाइल बराम भएको एसपी थापाले बताए । सञ्जयको कोठामा बरामद भएको मोबाइलमा सुकु विकको मोबाईल स्क्रिनसट गरी राखिएको तस्वीर र विकको आइफोन समाई फोटो खिचेको तस्वीर समेत फेला परेको उनले बताए । एसपी थापाका अनुसार सञ्जयको पृष्ठभुमी आपराधिक गतिविधिको भएकाले सुन र आइफोन लुत्नको लागि सुकुको हत्या गरेको हुन सक्ने बताए । अनुसन्धानको क्रममा संकलन भएको कागजातको आधारमा सुकु वि.कको हत्या संजय विकले नै गरेको पुष्टी भएपछि जाहेरीवालाबाट जाहेरी दिएपछि जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर टोली खटाएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई चितवनको गैडाकोट नगरपालिका १२ हर्कपुरबाट गत २ गते पक्राउ गरेको हो । सञ्जय यसअघि २०७२ सालमा चोरी मुद्धामा २ वर्ष जेल सजाय भोगेर निस्केका थिए । भने उनीविरुद्ध २०७३ साल ५ महिना १ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार कसुरमा मुद्धा चलेको थियो ।
पोखरा: तनहुँको भिमादकी ३८ वर्षिया सुकु विक साथी भेट्ने भन्दै मंसिर ५ गते नागढुंगाको शिला रेष्टुरेन्टबाट निस्किइन् । त्यसपछि उनी त्यही नजिकैको युनिक होटलको कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् । पछि मृत भएको पुष्टि भयो र वडा प्रहरी बैदामको समन्वयमा कास्की प्रहरीले मुचुल्का तयार पार्यो । सुकुको हत्या भएको निष्कर्ष निकालेर कास्की प्रहरीले अघि अनुसन्धान बढायो । तर यथेस्ट प्रमाणहरु जुटाउन भने समय लाग्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पोष्टमार्टम रिपोर्ट अनुसार सुकुको घाँटीको हड्डी भाचिएको देखिएको थियो । यो पनि पढ्नुहोस नागढुंगाको युनिक होटलमा भिमादकी सुकु मृत फेला, अनुसन्धानका लागि ५ जना नियन्त्रणमा युनिक होटलमा सुकु मृत्यु प्रकरण: अझै खुलेन रहस्य नागढुङ्गा सुकु हत्याकाण्ड: हत्या गरेर भारत छिरेका थिए सञ्जय प्रारम्भिक अनुसन्धानको क्रममा मृत सुकुको ब्याइफ्रेन्डका रुपमा देखिएका युवाले नै लुटपाटको योजनासहित हत्या गरिएको निष्कर्ष निकाल्यो । युनिक होटल र आसपासमा सिसिटिभी नभएपछि अनुसन्धानका लागि ‘एक्ज्याक्ट क्लु’ फेला परेन । तर अनुसन्धान भने विभिन्न कोणबाट भइरह्यो । घटनापश्चात होटलका सञ्चालक सहित ५ लगायतलाई कास्की प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्यो । पछि संलग्नता नदेखिएपछि उनीहरु छाडिए । अनुसन्धान गर्ने क्रममा सुकुको गरगहनासहित मोवाइल ‘आइफोन १३ प्रो म्याक्स’ लुटिएको थाहा भयो । उक्त फोन काठमाडौंमा विक्री भएको प्रहरीले पत्ता लगायो । ‘त्यसपछि सोधपुछको क्रममा त्यो फोन सञ्जयले बेचेको थाहा पाएपछि तिनै बागलुङको सञ्जय विकतर्फ अनुसन्धान सोझियो ।’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनगाभा न्यूजसँग भने । सञ्जय मोबाइल बेचेपछि पोखरा नै फर्किएका थिए । पोखराको माटेपानीमा रहेको थाहापाएपछि वडा प्रहरी कार्यालय बैदामको सादा पोशाकका प्रहरी टोली सञ्जयको पछि लागेका थिए । तर उनको श्रीमतिको कारण सञ्जय त्यहाँबाट फरार भए र उनी चितवन हुँदै भारत छिरे । त्यसपछि पनि उनी चोरीमै संलग्न हुँदै आएको बताइएको छ । प्रहरीको नोटिसमा रहेका सञ्जय करिब ८ महिनापछि चितवनबाट पक्राउ परे । आज उनलाई कास्की प्रहरीले दसी प्रमाणसहित सार्वजनिक गर्दै छ । यसअघि सञ्जयविरुद्ध वडा प्रहरी कार्यालय बैदाममा चोरी कसुरमा मुद्धा चलेको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको नागढुंगास्थित युनिक होटलमा भएको हत्याकाण्डको अरोपीलाई आज ४ बजे सार्वजनिक गर्दैछ । गत सालको मंसिर ५ गते पोखरा महानगरपालिका ८ नागढुंगाको युनिक होटलमा तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक मृत भेटिएकी थिइन् । उनै सुकुको हत्या आरोपमा कास्की प्रहरीले सञ्जय विकलाई करिब ८ महिनापछि पक्राउ गरेको हो । यो पनि पढ्नुहोस नागढुंगाको युनिक होटलमा भिमादकी सुकु मृत फेला, अनुसन्धानका लागि ५ जना नियन्त्रणमा युनिक होटलमा सुकु मृत्यु प्रकरण: अझै खुलेन रहस्य प्रहरी स्रोतका अनुसार सञ्जय हत्यापछि भारत भागेका थिए । नेपाल प्रहरीको निगरानीमा रहेको उनलाई चितवनबाट पक्राउ गरेर कास्की ल्याइएको छ । मृतक सुकु विगत केही वर्षयता नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् । उनी मंसिर ५ गते दिउँसो साथीलाई भेट्न जान्छु भनेर रेष्टुरेन्टबाट निस्किएकी थिइन् । त्यसको बेलुकीपख उनै सुकु युनिक होटलको कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् ।
काठमाडौं: ‘भिजिट भिसा’मा कुवेत पु¥याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबइमा मासिक रु ४० हजार तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ रु दुई लाख नगद लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पीडितलाई दुबइमा रहेका अर्का अभियुक्तसँग मिलेमतोगरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा विसं २०७९ जेठ १६ गते दुबई पु(याइ बन्धक बनाइएको थियो । बन्धक बनाएपछि घरेलु काममा लगाई चरम श्रम शोषण तथा यौनशोषणगरी गर्भपतन गराएको पाइएको छ । “युएइमाभन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाइ २०८० वैशाख २८ गते दुबईबाट कुवेत पु¥याइ एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रमशोषणगरी यौनशोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ”, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा रु छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाइ २०८० मङ्सिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।” अधिकारी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पोखरा: वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्रकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डिएसपी श्रेष्ठले पदीय मर्यादा विपरित कार्य गरेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । उक्त उजुरी गत असार ३० गते दर्ता (सि-०८७२४१) भएको छ । अख्तियारमा दर्ता भएको उजुरी पत्रमा डिएसपी श्रेष्ठले पदीय मर्यादा विपरित प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर मासिक रुपमा शुल्क उठाउँदै आएको आरोप लगाइएको छ । उजुरीमा भनिएको छ , ‘व्यवसायीहरुले डिएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । त्यतिमात्रै होइन पैसा माग्ने उद्देश्यले डिएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारवाहीको नाटक गर्दै आएका छन् । क्लब, डान्सबार र दोहोरीमा हुने झगडाहरुमा प्रहरीले पैसाकै लागि बार्गेनिङ गरिरहेको तथ्यसमेत देखिन्छ ।’ व्यवसायीहरुले भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार कारवाही गर्न माग गरेका छन् । यस्तो छ, उजुरी
पोखरा: कास्की जिल्ला अदालतले विभिन्न मुद्धामा फैसला सुनाएको १ सय २९ जना फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत असार महिनाभरी विभिन्न मुद्धामा फैसला भएका ति फरार प्रतिवादीहरुलाई पक्राउ फैसला अनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ भने जरिवाना असुल गर्ने प्रतिवादीहरुलाई अदालत पठाएको छ । पक्राउ भएकामध्येका केही प्रतिवादीहरुलाई ९ वर्ष ७ महिना १० दिन कैद सजाय र नगद रु २ करोड ९० लाख ३ हजार ७ सय ८३ जरिवाना स्वरुप असुल गर्न अदालतले फैसला सुनाएको थियो । कुन मुद्धामा कति जना फरार थिए ? १. चेक अनादार – ३३ जना २. बैंकिङ कसूर – ६ जना ३. वन पैदावार (काठ) को अनियमित निकासी – २ जना ४. घरेलु हिंसा – १ जना ५. बिगो – ५ जना ६. सवारी ज्यान – १ जना ७. नकवजनी चोरी – ६ जना ८. अभद्र व्यवहार – ४ जना ९. लागू औषध – ५ जना १०. साधारण चोरी – २ जना ११. केही सार्वजनिक अपराध – १३ जना १२. जुवातास – ९ जना १३. ज्यान मार्ने उद्योग – १ जना १४. पशुपंक्षी सम्बन्धी कसूर – ६ जना १५. सम्बन्ध विच्छेद – १८ जना १६. नाता कायम – ५ जना १७. जालसाजी – ५ जना १८. झुट्टा बखपत्र गरेको – २ जना १९. कुटपिट – १ जना २०. लेनदेन – ४ जना
तनहुँ: १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमाद नगरपालिका–५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । तनहुँ प्रहरीका अनुसार उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो । प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौँले आज यहाँ पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो । ती महिलाले छवटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य रु २० करोड ३७ लाख हुने प्रहरीले जनाएको छ । उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति ११ः२५ बजे काठमाडौँ आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौँबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौं लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ । “ती महिला पाँचरछपटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भन्नुभयो, “काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उहाँको भनाइ छ । ती महिलाले कोकिन काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ । उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । अहिले ठूलो परिणामको लागुऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटकपटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताउनुभयो ।