तनहुँ: जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका– १३ बेलबासका २१ वर्षीय शिवराज थापा रहेका छन् । तनहुँ प्रहरीका अनुसार उनी विगत ५ महिनादेखि फरार थिए । थापालाई जिल्ला अदालत तनहुँले २०८० साल जेठ ३२ गते अपराधिक उपद्र मुद्धामा ३० दिन कैद, र २ हजार रुपैयाँ (दुई हजार) जरिवाना तोकेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ। निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए। अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो। गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन्। गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ। निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ। निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो। घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको थियो। आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ। सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए। पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो। कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले १६ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार गएराती साढे १ बजे पोखरा महानगरपालिका २१ निर्मलपोखरीको मैदानमा कौडा खेलिरहेका १६ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले १६ थान कौडा र नगद रु. ५ लाख ५ हजार ६५ रुपैयाँसहित पक्राउ गरिएको कास्कीका सूचना अधिकारी डिएसपी श्रवण बिकले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा पोखरा ३३ भरतपोखरीका ३८ वर्षीय सन्तोष गुरुङ, सोही स्थानकै ४६ वर्षीय राम केसी, पोखरा ६ बस्ने ३६ वर्षीय संजिब अधिकारी, सोही वडाकै ४० वर्षीय राम ढकाल रहेका छन् । यस्तै पोखरा ६ कै ६४ वर्षीय बिर बहादुर लामिछाने, सोही स्थानकै ४० वर्षीय मोहन बहादुर गुरुङ, पोखरा १७ विरौटाका ४० वर्षीय प्रकाश पोख्रेल, सोही ठाउँकै ४६ वर्षीय कृष्ण प्रसाद भण्डारी, विरौटाकै ३० वर्षीय कुमार भण्डरी, ३८ वर्षीय गौतम गुरुङ रहेका छन् । पोखरा २१ कृष्ती बस्ने ४८ वर्षीय होम बहादुर रानाभाट, कृष्तीकै ४० वर्षीय टंक बहादुर कार्की, सोही स्थानकै २३ वर्षीय रहेका छन् । यस्तै पोखरा १० अम्मरसिंहका ६३ वर्षीय मिन बहादुर बरुवाल, पोखरा ३३ गैरागाँउका ३३ वर्षीय रामचन्द्र आचार्य, पोखरा १७ विरौटाका ४० वर्षीय जीवन शाही रहेका छन् । उनीहरुलाई हाल सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका–१४ चाउथे स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेट अगाडि रहेको प्रज्वल प्रतिक खाजा घरमा जुवा खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थन गेट अगाडी प्रेम बहादुर कार्कीले सञ्चालन गरेको प्रज्वल प्रतिक खाजाघरमा जुवातास खेलिरहेका ८ जना जुवाडेलाई ५२ पत्ति तास,एक लाख ५ हजार ५ सय ६० रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा खाँजा घरका सञ्चालक ४५ वर्षीय प्रेमबहादुर कार्की, ललितपुर स्थायी घर भई पोखरा महानगर १४ चाउथे बस्ने २९ वर्षीय उत्तम बयलकोटी, तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भई पोखरा महानगर १४ चाउथे बस्ने ३४ वर्षीय महेन्द्रबहादुर भुजेल र पोखरा महानगर २२ पुम्दी–भुम्दी बस्ने ३५ वर्षीय तेजराज बराल रहेका छन् । यस्तै प्रकाउ पर्नेमा मोरङ बेलबारी नगरपालिका घर भई पोखरा महानगर १४ चाउथे बस्ने ३३ वर्षीय अर्जुन पौडेल, सप्तरीको कञ्चनपुर नगरपालिका घर भई पोखरा महानर १४ बस्ने ३५ वर्षीय राकेश चौधरी, पोखरा महानगर ४ सिद्धार्थ चोक बस्ने ५२ वर्षीय कमलराज लामिछाने र चितवनको भरतपुर नगरपालिका स्थायी घर भई पोखरा महानगर १४ बस्ने ५२ वर्षीय एकबहादुर गुुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा र नैतिकलताको विरुद्ध कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौंबाट नक्कली नोटसहित दुई जना महिला पक्राउ परेका छन्। सोमबार राति प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे छन्। सिर्जनाबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो।
बर्दियामा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गेरुवा गाउँपालिका-६ का ४० बर्षीय प्रकाश खवास छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार नारायण ओलीका अनुसार खवासले कार्तिक २८ गते दश बजे राति नाबालिगलाई आफ्नै गोठमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो। पीडितले आफुमाथि भएको बलात्कार बारे सोमबार दिएको जानकारीका आधारमा आरोपित खवासलाई नियन्त्रणमा लिइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको ओलीले जानकारी दिए।
सर्लाही: हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् । कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गोरखा: जिल्ला प्रहरी कार्यालय गोरखाले मोटर चोरी आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङका दुधपोखरी गाउँपालिका ५ का ४० वर्षीय पृथ बहादुर घर्ती रहेका छन् । उनले गत असोज २० गते राती करिब १० बजे गोरखाको सिरानचोक गाउँपालकिा १ केराबारी स्थित चम्पावती हाईड्रोपावरले सञ्चालन गरेको क्रसरमा जडान भएको २ थान मोटर चोरी गरेको गोरखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चोरी गरेपछि उनले सिरानचोककै खाली धन्सारमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो । पक्राउ परेका उनलाई चोरी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बर्दिया: बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका–६ ज्योति नगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका–६ कृण्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका–५ बंगलामुखिटोल बस्ने १९ वर्षीय दिपेश बुढामगर रहेका छन् । यस्तै सोही नगरपालिका–८ कोठिया बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका–८ गंगानगरटोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका–४ गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् । गुलरिया नगरपालिका–५ सुहेलवामा उनीहरूले गत कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ । घटनामा संलग्न हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।