पोखरा:   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२०८३ को लागि ३१ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ।   गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आइतबार आगामी वर्षको आय–व्यय विवर...

पोखराः    कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रकमा हनि हन्टिङ फेस्टिबल बुधबार सकियो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै लान्द्रुकस्थित कोटेसाङभीरमा भीर माहुरीको मह काढिएको थियो । सो फेस्टिभलमा करिब आधा दर्जन भीर माहुरी घार शिकार गरिएको थियो । वर्षमा दुईपटक शिकार गरिन्छ । महभीरमा जेठ– असारपछि मंसिर महिनामा महको शिकार गरिएको थियो । मह स्वास्थ्यबर्दक मानिने भएकाले भीर महको महत्व बढेको स्थानीयहरु बताउछन् । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह निकाल्न सुुरु भएको फेस्टिबल बुधबार सम्म चलेको थियो । १ लिटर महको ३ हजार रुपैयामा विक्री हुने हनि हन्टिङ फेस्टिबल समितिले जनाएको छ ।  १९ तस्बिरमा हेरौँ, भीर मह शिकारको रौनक तस्बिरहरुः बि बि रोकामगर ​                                                         

पोखरा:    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समानुपातिक सांसद चयनबारे विवाद देखिएको छ । समानुपातिक सांसद चयनबारे असहमति जनाउँदै पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।    कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका हुन् ।    राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले सबै भन्दा बढी मत ल्याउने जिल्लालाई छोडेर अन्य जिल्लाका समानुपातिक उम्मेदवारलाई सांसद बनाएको भन्दै विरोध गर्दै पार्टीमा तालाबन्दी भएको जानकारी दिए ।  “सबैभन्दा बढी मत ल्याउने जिल्लालाई छाडेर अन्यत्रका व्यक्तिलाई सांसद बनाएको भनेर विरोध भएको हो, प्रवक्ता गिरीले भने,  “समानुपातिक सांसद चयनमा धेरै मत आउने जिल्लाबाट किन परेन भन्ने उहाँहरुको विरोध हो । भोलि बैठक बसेर विवाद समाधान गछौं ।”    कास्कीबाट नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित पाँचजना बन्द सूचीमा थिए । राप्रपाले गण्डकी प्रदेशमा समानुपातिकतर्फ पञ्चराम गुरूङ ​र ​बिन्दु पहाडीलाई छनोट गरेको छ । 

पोखरा: आसन्न निर्वाचनअन्तरगत गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ विजयी सबै उम्मेदवार पुरुष रहेका छन् भने समानुपातिकतर्फको सबै सिटमा महिला चयन भएका छन् ।    प्रतिनिधि एवं प्रदेश सभामा ३३ प्रतिशत महिला सांसद रहने व्यवस्था अनुरुप प्रत्यक्षमा विजेता सबै पुरुष भएपछि समानुपातिकमा महिलालाई मात्रै चयन गर्नुपरेको हो ।   चयन भएका महिला सांसदमा  सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि रहेका छन् । \   यस्तै, प्रत्यक्षतर्फ बिन्दुकुमार थापा, प्रकाश बराल, जितप्रकाश आले, अशोक श्रेष्ठ, नन्दप्रसाद न्यौपाने, भेषबहादुर पौडेल, टकराज गुरुङ्, सुरेन्द्रराज पाण्डे, डिल्लीराम सुवेदी, जितबहादुर शेरचन, द्रोणकुमार कुँवर, दीपेन्द्रबहादुर थापा, नम्डु गुरुङ्, विकल शेरचन, मुनिन्द्रजंग गुरुङ्, महेन्द्रध्वज जिसी, भोजराज अर्याल र महेश भट्टराई रहेका छन् ।    प्रत्यक्षतर्फ सबै पुरुष उम्मेदवारले बाजी मार्दा समानुपातिक सूचितर्फ पहिलो नम्बरमा रहेका प्रदेश सभापति शुक्रराज शर्मा ‘अभागी’ सावित भएका छन् ।   

पोखराः  समानुपातिक तर्फ गण्डकी प्रदेशमा नेकपा एमालेले पाएको समानुपातिक सांसद टुङ्गाएको छ ।  समानुपातिक तर्फ पहिलो दल बनेको नेकपा एमालेले कास्कीबाट चार जना सांसद छनोट गर्दै समानुपातिक सांसद टुङ्गाएको हो ।  कास्कीबाट नेकपा एमालेबाट समानुपातिक तर्फ छनोट हुनेमा देवका पहारी, राजकुमारी भुजेल, प्रकाश केसी, नन्दकला नेपाली छनोट भएका हुन् ।  यस्तै नेकपा एमालेबाट छनोट हुनेमा कृष्णप्रसाद पाठक, लिलाबहादुर थापा, गोविन्दबहादुर नेपाली, नन्दकला दमाई, निर्मला थापा, यशोदा रिमाल, प्रकाश के.शी सांसदमा छनोट भएका हुन् ।    कांग्रेसतर्फ सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद सांसदमा छनोट भएका हुन् ।  माओवादी केन्द्रबाट कुशुम बुढा, शुसिला सिंखडा, दमयन्ती रुचाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका हुन् ।  गण्डकी प्रदेशमा समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले १० जना, काँग्रेसले ९ जना, माओवादी केन्द्रले ३ जना र राप्रपाले २ सांसद पाएका थिए ।   

पोखराः   मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् ।  शनिबार पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनबाट प्रत्यक्षतर्फ पहिलो र समानुपातिक तर्फ दोस्रो बनेको नेपाली कांग्रेसले ३२ जनाको नाम सिफारिस भएको हो । यसमध्ये प्रतिनिधिसभा तर्फ कांग्रेसले गण्डकी प्रदेशबाट  २ जनाको नाम सिफारिस गरेको छ ।  प्रत्यक्ष निर्वाचनमा दोस्रो र समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले ३४ जनाको नाम सिफारिस गरेका छ । यसमध्ये प्रतिनिधिसभा तर्फ गण्डकी प्रदेशबाट २ जना सिफारिस भएका छन् । प्रदेशसभा तर्फ कास्कीकाबाट ४ सिफारिस भएका छन् ।    यस्तै, निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ तेस्रो बनेको माओवादी केन्द्रले पनि १४ जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ । गण्डकीमा प्रतिनिधिसभा तर्फ माओवादीबाट १ जना सिफारिस भएका छन् ।  पहिलो पटक निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफूले समानुपातिक तर्फ पाएको १३ जनाको नाम सिफारिस गरेको हो । यसमध्ये गण्डकीबाट २ जना पुरुषको नाम सिफारिस गरेको हो ।  यस्तै, पाँचौं दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफूले पाएको ७ जना समानुपातिक सांसदको नाम सिफारिस गरेको हो । जसमध्ये गण्डकीबाट कोही पनि परेनन् ।  यस्तो छ गण्डकी प्रदेशबाट  समानुपातिक सांसदः  (सूचीसहित) नेपाली कांग्रेस  प्रतिनिधिसभा तर्फ  १.जीवन परियार २.कुसुम थापामगर प्रदेश सभातर्फ  १.दिलमाया पौबी  २. टीकाकुमारी बस्याल  ३. विमला गौचन  ४. रेखा गुरुङ  ५. सरस्वती गुरुङ   ६. पार्वती तामाङ  ७. सरस्वती अर्याल तिवारी  ८. चम्पादेवी खड्का  ९. कल्पना तिवारी  नेकपा एमाले प्रतिनिधिसभा तर्फ १.एकनाथ ढकाल २.देवी भट्टचन   प्रदेशसभा तर्फ  १.यसोदा रिमाल   २. देवका पहारी त्रिपाठी  ३.कृष्णप्रसाद पाठक ४.प्रकाश केसी ५.विना थापा ६.निर्मला थापा ७.राजकुमारी भुजेल ८.लिलाबहादुर थापा ९.नन्दकला दमाई १०.गोविन्दबहादुर नेपाली माओवादी केन्द्र प्रतिनिधिसभा तर्फ १. हितराज पाण्डे (पुरुष) प्रदेशसभा तर्फ १.दमयन्ती रुचाल २. कुसुम बुढा मगर     ३.सुशीला सिम्खडा  राष्ट्रिय स्वतन्त्र पार्टी  प्रतिनिधिसभातर्फः १.डा.ढाकाकुमार श्रेष्ठ  २. शिव नेपाली राप्रपा प्रदेशसभातर्फ  १.पञ्चराम गुरूङ ​ २.​बिन्दु पहाडी प्रतिनिधिसभातर्फ राप्रपाबाट कोही परेनन् । 

पोखराः   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि सञ्चार जगतले उल्लेखनीय योगदान दिएको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १६ औं साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले प्रेसमाथि अंकुश लगाउने काम कहि कतैबाट पनि हुन हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको स्पष्ट पारे । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताका लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । राज्यका कानून कार्यान्वयनमा पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अंगहरु सचेत हुने उनले बताए । सरकारले गरेका जनहित विपरीतका गतिविधिमा सधैं खबरदारी गर्न र कलम चलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कहरमा मिडियाले खेलेको भूमिका कहिल्यै भुल्न नसकिने बताए । पत्रकारले जनताको मन जितेर काम गर्नुपर्नेमा जोड दिंदै उनले गण्डकी प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको स्पष्ट पारे । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलले पोखराको पत्रकारिताले देशमा नै हलचल गर्ने बताए । राज्यले प्रेस स्वतन्त्रतालाई अझै पनि संकुचित बनाउने प्रयास गरिरहेको भन्दै यसका लागि महासंघले खबरदारी गर्नुका साथै पत्रकारको हक हित र सुरक्षामा विशेष ध्यान दिने स्पष्ट पारे । विकास र पत्रकारिता संगसंगै अघि बढ्ने भएकाले गुणात्मक पत्रकारिताका लागि राज्यको ध्यान जानुपर्नेमा उनले जोड दिए ।  श्रमजीवी पत्रकारले ऐन कानूनले तोकेको पारिश्रमिक नपाउने अवस्थामा अझै कायम रहेकाले यसका लागि महासंघले खबरदारी गरिरहेको बताए । पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघसंग सधंै साथमा रहने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विना सिलवाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पूण्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा लगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना कहरले सञ्चार क्षेत्रमा ठूलो असर पुर्याएको बताइन् । पत्रकार महासंघले कास्कीका पत्रकारहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै महासंघको गरिमालाई उचो बनाउने काम गरिरहेको उनले स्पष्ट पारिन् । आफ्नो कार्यकालमा पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि महासंघले ध्यान दिएको भन्दै अध्यक्ष भण्डारीले आगामी दिन पनि यस कार्यक्रमलाई महत्व दिने प्रतिवद्धता जनाइन् । महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद तिमल्सेनाले धन्यवाद ज्ञापन र कार्यक्रम सञ्चालन सचिव माधव प्रसाद बरालले गरेका थिए ।  विभिन्न प्रस्ताव पारित साधारणसभाले नेपाल पत्रकार महासंघ कास्की शाखाले संस्थागत सुशासन र पारदर्शिता कायम गर्दै सदस्यता शुद्धिकरणलाई निर्ममताका साथ कार्यान्वयन गर्ने, न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन सबै सञ्चार गृहसंग अपिल गर्दैै निरन्तर अनुगमन र खबरदारी गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गर्नका लागि सबै पत्रकारहरुलाई अपिल गर्दै आचारसंहिता पालना भए, नभएको अनुगमन गरि आगामी साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्ने, पत्रकार महासंघको सचिवालय अपांगमैत्री बनाउने र कास्कीमा सञ्चालित सञ्चारगृहलाई अपांगमैत्री बनाउन आग्रह गर्ने साधारणसभाद्वारा प्रस्ताव पारित गरिएको छ ।  यस्तै, महासंघका पदाधिकारी तथा सदस्यहरुले बैठकमा प्रस्तुत भएका एजेण्डामाथि लिखितरुपमा छलफलमा सहभागी हुने, बैठकमा उपस्थित हुन नसकेमा अर्को बैठकमा स्पष्टिकरण दिनुपर्ने र बिना जानकारी लगातार तीन वटा बैठकमा उपस्थित नभएमा कार्वाहीको प्रक्रिया अघि बढाउने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।  प्रस्ताव समितिमा प्रकाश ढकाल, सन्देश श्रेष्ठ, रोहितराज पराजुली, खीमा गुरुङ, गौरव त्रिपाठी र सुरेश रानाभाट रहेका थिए ।  साधारणसभामा प्रस्तुत भएको सचिव माधवप्रसाद बरालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण दवाडीको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो । 

 पोखराः  प्रदेश खेलकुद परिषद गण्डकीले (आइतबार) पोखरामा एक कार्यक्रमकाबीच खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरु नगद सहित सम्मान गरेको छ ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेताहरुलाई एक भव्य कार्यक्रमका विच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक सातै प्रदेश मध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागिय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो ।   प्रदेश खेलकुदले स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना खेलाडीलाई सम्मान गरेको छ । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित भएका छन् ।  असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । परिषदले एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरेको छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ हजार र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरेको छ । त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद रु १० हजार, ८ हजार र ६ हजार, व्यवस्थापकलाई जनही नगद रु ८ हजार, ६ हजार र ४ हजार प्रदान गरेको छ भने खेल संघहरुलाई स्वर्ण पदक विजेतालाई नगद रु ४० हजार, रजत पदक विजेतालाई नगद रु ३० हजार र कास्य पदक विजेता संघलाई नगद रु २० हजार प्रदान गरेको छ ।  त्यसै गरी नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरेको छ ।  कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, मन्त्रालयका सचिव वद्रिनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, नेपाली सेनाका पश्चिम पृतनापति दिपक बानियाँ, प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले नगद, सम्मानपत्र खादा लगाएर विजेताहरुलाई सम्मान गरेका थिए ।  सो अवसरमा प्रदेश खेलकुदको सफल नेतृत्व सम्हालेका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो भने नवौं राष्ट्रिय खेलकुदमा स्वयसेवी भूमिकामा रहेर महत्वपूर्ण योगदान दिने विष्णु बहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।   

कास्की:  पद्म नर्सिङ होम कलेजमा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राख्दै आन्दोलित बनेका छन् । अनेरास्ववियुको सहयोगमा पद्म नर्सिङ होममा अध्ययनरत विद्यार्थीहरु कलेज अगाडी आज (बिहिबार) धर्ना दिदैं प्रशासनको ध्यानाकर्षण गरेका हुन् ।   बिएससी नर्सिङ तेस्रो तहमा अध्ययनरत विद्यार्थीहरुले पठनपाठनलाई निरन्तरता दिन माग गर्दैै नाराबाजीसहित विरोध गरे ।    सुनगाभा न्यूजँग बोल्दै एक विद्यार्थीले अन्तिम परिक्षा (बोर्ड परिक्षा) नजिकिदासमेत प्रशासनले पठनपाठन सुचारु गर्न नसकेको गुनासो गरिन् । ‘हाम्रो क्लास भएको छैन । प्राक्टिकल पनि बाँकी छ । फर्म भरिसक्यौ । रुटिङ आउने बेला भइसक्यो कतिबेला आउँछ थाहै हुन्न, उनले भनिन्, ‘हामी सरको घरमा पनि गएर कलेज ल्यायौ अनि १८ गतेको डेट दिनुभथ्यो  ।  तरपनि क्लास भएन अनि दाइहरुलाई (अनेरास्ववियु) बोलएम ।’   कलेज प्रशासनको चरम लापरबाही गरेकै कारण आन्दोलनमा उत्रनुपरेको विद्यार्थीहरुको भनाई छ । ‘हामीलाई पढाईको महत्व छ । केटी/केटी भएको कलेज भनेर होकी के हो हामीलाई एकदमै हेपेर क्लास नै गरिदिएको छैन, नाम नखुलाउने सर्तमा भनिन्, ‘अझ हामीले फि तिर्न एक दिन लेट गर्याै भने फाइभ हन्ड्रेड चार्ज लाइदिन्छ । हाम्रै पैसा खाछ अनि लुकेर हिडिराछ ।’   त्यस्तै प्रदर्शनमै रहेकी अर्का विद्यार्थीले आफुहरुलाई सरले झुक्याउने गरेको बताइन् । ‘सरले जहिल्यै झुट बोल्नुहुन्छ । इभन घरै हुदापनि खाली बाहिर छु भन्नुहुन्छ ।’ उनले दुखेसो पोखिन् ।   विद्यार्थीहरुका अनुसार गत भदौदेखि उनीहरुको पठनपाठन ठप्प छ । उनीहरुले अन्तिम परिक्षाका लागि फर्म भरिसकेका छन् ।  तर कलेज प्रशासनले भने बेवास्ता गरेको उनीहरुको तर्क छ ।   ‘बाबा आमालाई कसरी भन्ने ? त्यत्रो खर्च गरेर पढाउनुभछ, कोही होस्टेलमै बसेका छन् कति रेन्टमा बसेर पढेका छन्, सबैको एउटै मेन्टालिटी हुदैन । हामीलाई पढाईको महत्व छ । तर प्रशासनले आलटाल मात्रै गरिराछ ।’ एक विद्यार्थीले भनिन् ।   विद्यार्थीहरुले प्रदर्शनको क्रममा ‘हाम्रो माग पुरा गर, कलेज प्रशासन होसियार, हाम्रो भविष्यमाथि खेलवाड गर्न पाइदैन, अनेरास्ववियु जिन्दावाद, लगायतका नाराबाजी गरेका थिए ।    विद्यार्थीहरुको विरोध प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी नेता महेन्द उपाध्याय लगायतको टोलीले साथ दिएको थियो ।   

एक सातादेखि स्याङ्जाको क्षेत्र नम्बर २ अन्तरगत चापाकोटमा मतगणना हुन सकेको छैन । चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ मा रोकिएको मतगणना १२ गतेपछि मात्रै थाहा हुनेछ ।    मतदान केन्द्रमा बलपूर्वक केही व्यक्तिले फर्जी मतदान गरेको र करिब ९८ प्रतिशत मत खसेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गरेपछि त्यहाँ मतगणना हुन सकेको छैन ।    एमालेले पुनः मतदानको माग गरेपनि नेपाली कांग्रेसले मतगणना गर्नुपर्ने एकोहोरो अडान राखेको छ । यसैबीच, चापाकोट मतदानस्थलमा खटिएका मतदान प्रतिनिधिले गत बिहीबार बुथ कब्जा भएको भन्दै पत्रकारले सम्मेलन नै गरे ।    यस केन्द्रको मतगणना गर्न निर्वाचन आयोग स्याङ्जाले हरसम्भव प्रयास गरेपनि असफल भएपछि आयोगको केन्द्रीय कार्यालयको टोलीले त्यहाँ पुगेर अनुसन्धान गरेको छ ।    अनुसन्धानपछि टोली राजधानी फर्किएको र १२ गते यस विषयमा निर्णय हुने जानकारी प्राप्त भएको छ । अब यस केन्द्रमा मतदान हुने वा मतगणना हुने भन्ने विषय आयोगको प्रतिवेदनमा निर्भर हुनेछ ।    चापाकोट नगरपालिका ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि दासिङ नरसेवा, वडा नम्बर ५ को जन सक्रिय आधारभूत विद्यालयमा र चिट्ठी पोखरी र दीन दयालु आधारभूत विद्यालय साठीमुरे ​मतदान केन्द्रमा समस्या देखिएकाे हाे ।    गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मृत्यु भएका र विदेश गएका मान्छेको नाममा बुध कब्जा गरी मतदान गरेको एमालेको आरोप छ ।    यहाँ एमालेबाट पद्या अर्यालय, कांग्रेसबाट धनराज गुरुङ् मुख्य प्रतिष्पर्धामा छन् । त्यस्तै, राप्रपाबाट लालगोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङलगायतका प्रतिष्पर्धी रहेका छन् ।    स्याङ्जा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले जीत हासिल गरिसकेका छन् ।