कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वास प्रतियोगिता आज (शनिबार) देखि सुरु भएको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आज भएको उद्घाटन खेलमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गरिन् । विपनाले पहिलो सेट स्वस्तानीलाई १२–१० मा दोस्रो सेट ११–९ र अन्तिम सेट ११–७ मा जित निकालिन् । उनले उद्घाटन खेलमा श्रेष्ठमाथी सहज जित निकाल्दै व्यक्तिगत १ अंक बटुलिन् । यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले सबै प्रदेशका खेलाडीहरुलाई अनुशासित भएर खेल कौशल प्रर्दशन गर्न आग्रह गरे । सचिव गौतमले अनुशासन खेलाडीको मुख्य गहना भएको बताउदै जीत र हार निर्णयको मापडण्ड मात्र भएको उल्लेख गरे । ‘खेलमा हार जीत हुन्छ । यो स्वाभाविक प्रक्रिया हो, उनले भने, ‘तर खेलाडी भइसकेपछि अनुशासनलाई पनि ध्यान दिनुपर्छ । त्यो महत्वपूर्ण विषय हो । त्यसैले त्यसको पनि हरेक खेलाडीले ख्याल गर्नुपर्छ ।’ उनले खेलकुदले नागरिकलाई स्वस्थ्य रहन सघाउ पुर्याउने समेत धारणा व्यक्त गरेका थिए । त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले सबै खेलाडीलाई मर्यादित भएर खेल्नुपर्नेमा जोड दिएका थिए । प्रतियोगितामा महिलातर्फ खेलाडीको सँख्या कम रहेकाले ओपन इभेन्ट मात्रै सञ्चालन हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिं भण्डारीले जानकारी दिए । उनका अनुसार महिला तर्फको खुला (ओपन) इभेन्ट लिग चरणमा हुनेछ भने पुरुष तर्फको खेल नकआउट सिस्टममा हुनेछ । उनले आगामी ३१ गतेसम्म पुरुष तथा महिला दवै समुहको ओपन इभेन्ट सम्पन्न गर्ने बताउदै टिम इभेन्टका खेल १ गतेबाट सञ्चालन गरिने जानकारी दिए । सो प्रतियोगितामा ७ समुहबाट कुल २५ जना पुरुष र ७ जना महिला खेलाडीहरुको सहभागिता रहेको भण्डारीले बताए । उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ । यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् ।
तनहुँ : नवौ राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा आर्मीले विजयी शुरूवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो । महिला बास्केटबल प्रतियोगिताको पहिलो चरणमा आर्मीले २२–० को फराकिलो अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरि सहज रूपमा जित हासिल गरेको हो । जहाँ आर्मीले क्रमश ः २२–६, १४–४ र १३–३ को अंक प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरमा मधेस प्रदेशबाट पुष्प बानले ७ अंक जोडेकी छिन् भने आर्मीबाट रोशनी श्रेष्ठले २१ अंक जोडेकी थिईन । भोलि थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगितामा बागमती प्रदेश र मधेस प्रदेश, आर्मी र लुम्बिनी प्रदेश, सुदुरपश्चिम र प्रदेश–१, एपिएफ (सशस्त्र) र गण्डकी प्रदेश विच हुनेछ । साथै महिला बास्केटबल अन्तर्गत बागमती प्रदेश र प्रदेश–१, त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच खेल हुने आयोजकले जनाएको छ ।
पोखरा : विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् । म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो । एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ को सोझो तीन सेटमा पराजित ग¥यो । नेपाल पुलिस क्लवले लुम्बीनी प्रदेशलाई २५–१०, २५–११ र २५–१९ ले पछि प¥यो । शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले ‘म्यान अफ द म्याच’को उपाधी पाए । बिहिबार भएको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो । समूह बिजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् । शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ । उक्त्त प्रतियोगिता लिककम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक याम बहादुर गुरुङले बताए ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल अन्तरगत समूह डी तर्फ भएको खेलमा सुदुरपश्चिमले सानदार जित हासिल गरेको छ । लामाचौर स्थित गोस्ते खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ गोलले पाखा लगाउन सफल भएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । ३८ औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो । खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोलगर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२ औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पु¥याए । ७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा पु¥याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदुरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए । खेलको ९४ औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए । त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन । उनले खेलको ९५ औं मिनेटमा ह्याट्रिक पुरा गरे । प्रतियोगिता अन्तरगत शनिबार २ खेल हुनेछन् । समूह बी अन्तरगत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश नं. १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाइृ ४–१ को फराकिलो गोलअन्तरले हराएको हो । एकपक्षिय खेलमा आर्मीले खेलको सुरुवातमै गोल गर्दै अग्रता लियो । खेलको पाँचौं मिनेटमा दीनेश हेम्जनको गोलमा आर्मीले अग्रता लिएको थियोे । २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो । खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर बलियो आर्मी विरुद्ध लुम्विनीले खेलमा फर्कन गरेको प्रयास असफल रह्यो । आर्मीका नवयुग श्रेष्ठले ९२ औं मिनेटमा गोल गरे ।
पोखरा : आयोजक गण्डकी प्रदेश पुरुष ह्याण्डबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष ह्याण्डबलमा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे । अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ । आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश स्वर्ण पदक विजेता समेत हो ।
पोखरा : पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आउनुभएको छ भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसक्नुभएको छ । सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा आइपुग्नुभएको छ । यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो । प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् । नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ । औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन् । हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ । त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ । प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय रहेको बताइएको छ । कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ सालमा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको काउन्डाउन आज सकिएको छ । यसअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण पनि खेलको मिति पुनः सरेको थियो । आज हुने उद्घाटन समारोहलाई विशेष बनाउने गरी सबै किसिमको तयारी भएको नवौँ राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको छ । खेलकुदको उद्घाटन हुने दिन आज बिहानैदेखि पोखराको मौसम खुलेको छ । छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका अरु जिल्लामा गर्ने गरी तय भएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिनुभयो । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन हुनेछन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलमा प्रतियोगितामा गण्डकी प्रदेशका महिला र पुरष टोलीले अन्तिम चारमा स्थामा बनाएको छ । पुरषतर्फ गण्डकीसँगै , लुम्बिनी, आर्मी र एपीएफले अन्तिम चारमा स्थान बनाएका छन् । समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो । त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । पुरुषतर्फको ह्याण्डबलमा समूह ‘ए’ बाट गण्डकी र आर्मीमध्ये विजेता र उपविजेताको टुंगो लगाउन बाँकी छ। ५ टिम रहेको समूह ए मा गण्डकी र आर्मी दुबैले लगातार ३ खेल जित्दै अन्त्यमा २७र२७ को बराबरीसँगै समूहको लिग खेललाई अन्त्य गरेको थियो । यसअघि, लिगअन्तर्गत आर्मीले ४ खेलमा १७८ गोल गरेको छ भने ६३ गोल खाएको छ। यता, गण्डकीले लिगअन्तर्गतको खेलमा १८४ गोल गरेको छ भने ७४ गोल खाएको छ । सेमीफाइनलमा गण्डकीले लुम्बिनी र एपिएफले आर्मीको सामना गर्नेछ । महिला ह्याण्डबलतर्फ एपीएफ, गण्डकी, आर्मी र प्रदेश–१ अन्तिम चारमा समूह ए बाट विभागीय एपीएफले समूह विजेताको स्थान बनाएको छ । एपिएफ समुह विजेता बन्दै सेमीफाइनलको यात्रा तय गरेको हो । पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जारी महिलातर्फ समूह बी बाट विभागीय आर्मी र प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ । सो समूहबाट आर्मी विजेता र प्रदेश–१ उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको हो । सेमिफाइनलमा एपीएफ र प्रदेश–१ बीच सेमिफाइनल खेल्नेछ । त्यस्तै, विभागीय आर्मी र गण्डकी सेमिफाइनल खेल्नेछ ।
पोखरा : गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता बाँस्तोलाले संवैधानिक व्यवस्थाअनुरूप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्यसम्पादन गर्दै आएको बताउनुभयो । मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखितरूपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराउनुभयो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले प्रदेश सरकारको कानूनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको कार्यालय रहेको बताउनुभयो । नेपाली जनताले आफ्ना लागि आर्जेको संविधानको सफल कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव अणप्रसाद न्यौैपाने र प्रवक्ता चण्डीप्रसाद अर्यालले पनि बोल्नुभएको थियो ।