पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पोखराः   मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिनुभयो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ सहभागीले प्रतिस्पर्धा गर्नेछन् । सातौं संस्करण प्रतियोगिता अन्र्तगत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ ।  प्रतिभा प्रस्फुटन राउण्डमा सहभागिहरुले बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरका थिए । जस अन्र्तगत लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्गले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । जुना तामाङ्ग र निशा तामाङ्गले भाषण कला, विकिता तामाङ्गले हस्तकला प्रस्तुत गरेका थिए । सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग र आकृति तामाङ्गले गजल तथा कविता प्रस्तुत गरेका थिए ।  विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग, रोश्मा तामाङ्गले साँस्कृतिक नृत्य तथा प्रिती तामाङ्गले तामाङ्ग गाउँका बारेमा प्रस्तुती दिएका थिए  । ट्यालेण्ट राउण्डको निर्णायकहरुमा गीतकार तीर्थ तामाङ्ग, मिस तामाङ्ग पोखराका पूर्व विजेता दिप्ती तामाङ्ग, निमा तामाङ्ग रहेका थिए । सहभागिहरुलाई विभिन्न विधामा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक राम लामाले जानकारी दिनुभएको छ । तामाङ्ग भाषा तथा संस्कृति देखि व्यक्तित्व विकास सम्मका तालिम सहभागिहरुलाई प्रदान गरिएको छ । समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ्ग घेदुङ्ग कास्कीका अध्यक्ष भक्त तामाङ्ग, गीतकार तथा ट्यालेण्ट राउण्डका प्रमुख निर्णायक तीर्थ तामाङ्ग, कार्यक्रम संयोजक राम लामा, मिस तामाङ्ग पोखराका पूर्व विजेता निमा तामाङ्ग लगायतले बोलेका थिए ।  

पोखराः   ११ औंं पोखरा महोत्सवको सुरक्षा ब्यवस्था चुस्त दुस्त पारिने भएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसुर बांकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताए । महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुसंगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चार वटै सुरक्षा निकायहरुलाई महोत्सव स्थलमा खटाउने बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीद्धारा महोत्सव अवधिभर महोत्सवको सुरक्षामा लाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी केसीले महोत्सव आयोजकसंग सहकार्य गरेर सुरक्षा निकायले महोत्सवको सुरक्षा गर्ने बताए । युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको आफुले थाहा पाउदा खुसी लागेको बताउदै कुनैपनी संघ संस्थाले आयोजना गर्ने मेला महोत्सवहरुलाई सुरक्षा प्रदान गर्नु आफुहरुको कर्तब्य रहेको बताउदै पोखरा महोत्सवको सुरक्षामा पनि आफुहरुले कुनैपनि कसुर बांकी नराख्ने बताउदै महोत्सवको सफलताको कामना समेत गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले महोत्सवको सुरक्षाका लागी नेपाल प्रहरीले शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, आयोजकले उपलब्ध गराएको निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवमा कुनैपनि अप्रिय घटनाहरु हुन नदिने बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा सुरक्षा ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवको सुरक्षाका लागी सुरक्षा निकाय संगै आफुहरुले निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवलाई सुरक्षित गर्ने बताए । त्यस्तै महोत्सवमा सुरक्षाकर्मी संगै महोत्सवमा एकदर्जन बढी सिसि क्यामेरा द्धारा समेत २४ सै घण्टा निगरानी गरिने समेत गुरुङले जानकारी दिए । त्यस्तै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढिरहदा एघारौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै गरी प्रशासनबाट सहयोगको अपेक्षा राखे । क्लवका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै महोत्सवले रमाइलो गर्नेमात्र नभइ सामाजिक कामकै लागि महोत्सवको आयोजना गरिदै आएको बताए । 

कास्की:  २३ वर्ष अघि पोखरा महानगरपालिका -३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थकालीलाई सामुहिक हत्या गरि फरार रहेका उमेश बहादुर गिरी चितवनबाट पक्राउ परेका छन् ।   पोखरा महानगरपालिका ३ नदिपुर घर भई हाल भरतपुर महानगरपालिका -१२ चितवनमा बस्ने ४६ वर्षिय गिरी हिजो (शनिबार) करिब साढे ४ बजे भरतपुर -१२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलबाट पक्राउ परेका हुन् ।   गिरीलाई कास्की जिल्ला अदालतले गतेको २०६६ फागुन २७ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।   कास्की प्रहरीका अनुसार गिरी लगायतको टोलीले २०५६ साल साउन २२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।३ तेर्सापट्टी स्थित ताज पुलमा राजेश थकालीलाई धारिलो हतियार छुरा, खुकुरी र छड (फलामको रड) प्रयोग गरेर हत्या गरेका थिए । त्यसपश्चात अन्य व्यक्तहरु पक्राउ परेपनि गिरी अहिलेसम्म फरार थिए ।    थकालीको हत्या गर्ने को को थिए ?   राजेश थकालीको हत्या गर्नेमा पेले भन्ने प्रेम कुमार पुन, खेलेन भन्ने दिपक पुन, श्याम भन्ने कुमार पुन, आनन्द प्रधान, लक्ष्मी प्रसाद पराजुली, डिके भन्ने डिक प्रसाद पुन, योगेश पुन, पाण्डुवा भन्ने मोहन गाइने, पुरथ गौचन र उमेश गिरी रहेको कास्की प्रहरीले बताएको छ ।    कास्की प्रहरीका अनुसार सो समुहले धारिलो हतियार छुरा, खुकुरी र छड ९फलामको रड० प्रयोग गरि थकालीको टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि हत्या गरेका थिए ।   त्यसपछि घटना अनुसन्धानको क्रममा तत्काल उमेश गिरी बाहेक अन्य प्रतिवादीहरू पक्राउ परी अनुसन्धान गरिएको थियो ।    कास्की जिल्ला अदालतले मिति २०५८ साल चैत १ गते पेले भन्ने प्रेम कुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दिपक पुनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । यस्तै पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिक प्रसाद पुन, लक्ष्मी प्रसाद पराजुलीलाई ३ वर्ष कैद फैसला गरेको थियो । र हिजो मात्रै पक्राउ परेका उमेश गिरीलाईसमेत सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।   २३ वर्षसम्म कहाँ लुकेका थिए गिरी ?   सो घटनापछि आफुलाई प्रहरीले खोजी गरेको थाहापाएपछि गिरी काठमाडौं पुगे ।  त्यहीबाट उनी कतार पुगेर १० वर्ष बिताए ।  त्यसपछि इराक गए र ३ बर्ष बिताए । त्यसपछि इराकबाट २ वर्षका लागि अफगानिस्थान भागे । अफगानिस्थानपछि गिरी नेपाल फर्किएका थिए ।    फरार सूचीमा रहेका गिरीको खोजिकार्य जारी थियो । सोही क्रममा गिरीले विगत करिब ७÷८ वर्षअघिदेखि चितवनमा आएर कहिले वर्कसप त कहिले वाइन सप पसल खोलेको खुल्न आएको प्रहरीले बताएको छ ।    त्यसपछि उनी भारत जाने आउने गर्दथे हाल डेढ महिना अघिमात्रै नेपाल आएको थाहापाएपछि उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो ९शनिबार० करिब दिनको साढे ४ बजे चितवन भरतपुर महानगरपालिका वडा नं। १२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलस्थित सिमा अधिकारीको घरबाट पक्राउ गरेको थियो ।   पक्राउ परेको गिरीलाई  आज ९आइतबार० कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतको आदेश बमोजिमको ठेकिएको सर्वस्वसहित जन्म कैद ९२५ वर्ष० भुक्तानको लागि कास्की कारागार  पठाएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:  अंग्रेजी नयाँ वर्ष २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण पोखरा १८ सराङ्कोट र तोरीपानीबाट हुदै आएको प्याराग्लाइडिङ उडान अब मान्द्रेढुंगाबाट हुने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि कन्ट्रोल एयर स्पेसमध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइलभित्र पर्ने भएकाले मान्द्रेढुंगाबाहेक सराङ्कोट र तोरीपानी क्षेत्रलाई बन्द गरिएको हो ।   नागरिक उड्ययन प्राधिकरणले नेपाल हवाई खेलकुद सघं (ना) लाई पत्र पठाउँदै सराङ्कोट र तोरीपानीको रुट बन्द गर्न निर्देशन दिएको प्याराग्लाइडिङ व्यवसायी तथा नाका पूर्व महासचिव बलराम आचार्यले बताए ।    उनका अनुसार अब पोखरा महानगरपालिका २४ मान्द्रेढुंगाबाट प्याराग्लाईडिङ उडान हुनेछ भने शंखपुर पामे क्षेत्रमा अवतरण हुनेछ । यद्यपी यसअघि पनि मान्द्रेढुंगा क्षेत्रबाट उडान हुदै आएको थियो । तर सराङकोट, पहिलो प्राथमिकतामा र तोरीपानी दोस्रो प्राथमिकतामा रहदै उडान हुदै आएको थियो । ‘सराङ्कोट १ नम्बरमा, २ नम्बरमा तोरीपानी र तेस्रोमा बल्ल मान्द्रेढुंगा थियो, व्यवसायी आचार्यले सुनगाभा न्यूजसँग भने, ‘अब १ र २ नम्बरकै प्याराग्लाइडिङ जोन बन्द गर्ने पत्रपछि मान्द्रेढुंगाबाटै गर्ने भएका छौं ।’   उनले पहिलेको उडान क्षेत्रबाट करिब ४ किलोमिटरको दुरीमा स्थानान्तरण भएको सुनाए । ‘पहिलेको ठाउँबाट करिब ४ किलोमिटर पर हो मान्द्रेढुंगा । त्यहाँबाट उडेपनि ल्याण्डिङ पामेक्षेत्रमा हुन्छ ।’ आचार्यले भने ।   उनका अनुसार यतिबेला मान्द्रेढुंगामा पूर्वाधार निर्माणाधिन भएकै कारण केही दिनका लागि प्याराग्लाइडिङ बन्द छ । ‘अहिले मान्द्रेढुंगामा पूर्वाधार बन्दै छ, उनले भने, ‘त्यही भएर केही दिनका लागि बन्द छ । एक÷दुई दिनमै अब सञ्चालनमा आउँछ ।’    सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ उडान सुरु गरिएको थियो । तर सन् २००० देखिमात्र कम्पनी स्थापना गरेर व्यवसायिक उडान भएको थियो ।   हालसम्म आइपुग्दा नेपाल हवाई खेलकुद सघं (ना) मा ६० प्याराग्लाइडिङ कम्पनी आवद्ध छन् भने ३ सय ५० प्यारापाइलटले उडान अनुमतिपत्र लिएका छन् ।

पोखराः   पोखरा महानगरपालिका १६ माथिल्लो दीपमा करेन्ट लागेर श्रम गुरुङको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका वडा नं. १६ दीपमा  आज बिहान ९ः३० बजेको समयमा दुई तलाको घरको छतमा करेन्ट लागेर १९ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।  घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचार लागि मणिपाल शिक्षण अस्पताल पु¥याइए पनि १० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।   घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखराः   पृथ्वीनारायण क्याम्पस र पोखराको एक पराजुली परिवारले दावी गरिरहेको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा पुनः चर्चामा आएको छ । ​संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुलसेक्टर पोखरा कास्कीको चलानी नम्बर १५४ को पत्रानुसार पोखरा १ र ११ जोड्ने जग्गा विवादित जग्गामा बन्ने भएपछि पुनः चर्चामा आएको हो ।  पृथ्वीनारायण क्याम्पसमा माथिल्लो तहरा ४२८–१३–१ रोपनी जग्गा क्याम्पसमा नाम दर्ता  छ भने तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गामा रत्नाखर पराजुली परिवारले दावी गर्दै आएको छ ।  क्याम्पस प्रशासनले विवादित जग्गामा पुल बनाएर भुमाफियाहरुले जग्गा कब्जा गर्न खोजेको भन्दै पुल निर्माण तत्काल रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीमा निवदेन समेत दिएको छ ।    क्याम्पसको तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा भने २०३२ सालको नापी फिल्ड बुकमा ‘त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पसको दाबी’ उल्लेख भई कित्ताकाट भएको र उक्त जग्गा क्याम्पसको नाममा दर्ता हुने क्रममा रहेको क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले बताए ।  ‘क्याम्पसको विकासको विरोधी होइन, पुल आवश्यक भए क्याम्पसको जग्गाबाट बनाउन आग्रह गरिएको हो, क्याम्पस प्रमुख कोइरालाले भने, विवादित जग्गाबाट पुल निर्माण गरेर केही व्यक्तिहरुलाई लाभ पुग्ने उद्धेश्यले निर्माण कार्य अगाडी बढाएकोमा आपत्ति हो ।’ क्याम्पस प्रशासनले विवादित जग्गाबाट नभई क्याम्पसको केही भुभागबाट पुल निर्माण गर्न अनुरोध गरेको क्याम्पस प्रमुख कोइरालाको भनाई छ । क्याम्पसले त्यस जग्गामा वृक्षारोपण, तारबार तथा टेण्डर गरी घाँस विक्री गर्दै आएको छ ।   

पोखरा:  हल्ट प्राइज पोखरा विश्वविद्यालयले दर्ता टीमलाइ तालिम सूरु गरेको छ।  बुधबार भर्चुअल रुपमा प्रथम पटक तालिम भएको हो । तालिम रिडिजाइनिङ्ग फेसनको बारेमा रहेको थियो । भने प्रशिक्षकका रुपमा पाकिस्तानका इंटरपेनर  इब्तिसम बाबर रहेका थिए।    अबको दोस्रो तालिम पौसको २४ गते हुने भएको छ। विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।

कास्की:  नेपालकै तेस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा पोखरामा नयाँ विमानस्थल जनवरी १ देखि सुचारु छ ।  तत्कालका लागि अन्तरराष्ट्रिय उडान भर्न नसकेको सो विमानस्थलले आन्तरिक उडान भने भर्दै आएको छ ।   विमानस्थल सञ्चालनको पूर्वसर्तका रुपमा  पोखरा महानगरपालिका २६ को रिठेपानी डाँडा कटान र पोखरा १४ को ल्याण्डफिल साइट थियो ।   हाललाई विमानस्थललाई आवश्यक रिठेपानी डाँडाको कटान भइसकेको छ भने पोखरा महानगरपालिका ल्याण्डफिल साइटको व्यवस्थापनमा लागिरहेको छ ।   महानगरपालिकाको १० औं बैठकले पोखरा ३२ लामेआहालमा तीन महिनाका लागि फोहोर व्यवस्थापन गर्ने निर्णय गरेपश्चात काम भइरहेको छ । र पहिले प्रयोगमा रहेको पोखरा १४ को बाच्छेबडुवामा फोहोर लाने कार्य बन्द गरिसकेको छ ।    यद्यपी नयाँ विमानस्थल परिसरमा चरा तथा चिलहरुले व्यापक गतिविधि बढाइरहेको छ । तिनै चरा र चिलहरुकै कारण जहाजको उडान र अवतरणमा जोखिम बढिरहेको छ । त्यसैले यतिबेला विमानस्थलले ‘बर्ड स्केयरिङ डिभाइस गन’ पड्काउदै प्लेन उडाउदै आएको छ ।    स्थानीयबासीले बताए अनुसार विमानस्थल सञ्चालनमा आएदेखि दैनिक ४०–५० पटकसम्म बन्दुक पड्केको जस्तो आवाज आउने गरेको छ ।   तर उक्त आवाज बन्दुकको नभई बर्ड स्केयरिङ डिभाइस (गन) को रहेको विमानस्थलका प्रबन्धक तथा प्रवक्ता अनुप जोशीले बताए । ‘हरेक विमानस्थलमा बर्ड स्केयरिङ डिभाइस हुन्छ, सुनगाभा न्यूजसँग जोशीले भने,  ‘रनवेमा चराहरु आएको खण्डमा धपाउनका लागि त्यो डिभाइस प्रयोग गरिन्छ ।’   उनका अनुसार चरा धपाउनका लागि विमानस्थलमा छुट्टै टोली नै खडा गरिएको हुन्छ । ‘चराले पहिलेको एयरपोर्टमा पनि डिस्टर्ब त गथ्र्याे नै अहिलेपनि यहाँ अलिअलि गरिरहेछ । त्यसको लागि चरा धपाउने स्पेसलिष्ट छन् त्यसैगरि दुई जना शिकारीहरु पनि छन्, उनले भने, ‘चरा भगाउनका लागि आवाज आउने सिस्टम छ । त्यसलाई बर्ड स्केयरिङ डिभाइस (गन) भनौ न  । त्यही प्रयोग भइरहेको हो । त्यसको लागि हामीसँग एयर साइड भन्ने टोली नै छ ।’   उनले नेपालका विभिन्न विमानस्थलमा सो प्रकारको सिस्टम हुने गरेको बताए । ‘यस्तो प्राक्टिस नेपालको सबै विमानस्थलमा छ । चराहरु, वन्यजन्तु र स्यालहरु त आउन सक्छन नि त्यसैले तिनलाई धपाउने, पट्रोलिङ गर्ने सबै एयरपोर्टमा हुन्छ । यहाँ पनि त्यही नै प्राक्टिस छ ।’ जोशीले भने ।    जोशीले विमानस्थलमा यस्तो गनको प्रयोग सामान्य बताएपनि पुरानो विमानस्थलमा यसको खासै प्रयोग थिएन । तर नयाँ विमानस्थलमा भने गन नपड्काई विमान अवतरण र उडान गर्न कठिन देखिएको छ ।      धावनमार्गको आकाशमाथि सामान्यतयः आधा दर्जन बढी चिल र कागहरु उडिरहेका देखिन्छन् । उक्त क्षेत्र पहिले गिद्धको बासस्थान भएको त्यहाँबाट विस्थापितहरुले बताए ।      क​रिब ४ दशकपछि गौरवको योजना अन्तरगत पोखरेलीले पाएको अन्तरराष्ट्रिय विमानस्थलको निर्माण चिनियाँ कम्पनी सिएएमसीले करिब २२ अर्बको लागतमा फोरडी मोडलको निर्माण गरेको हो । 

पोखराः   सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।  आज (मंगबार) पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्याङ्दी क्लबलाई पराजित गर्दै अमेरिकी टिम भुटनिज युथ स्पोट्स  क्लब बीवार्ईएससी जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।  ६ पटकको आहा ! रारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले १–० ले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ । बीवाईएससीले पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए । दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।