काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिस...

काठमाडौं:       नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन्। बिहीबार निर्वाचन आयोगलाई १५ हजार जरिवाना तिरेको जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका छन्।  गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले  २४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो।  थापाले खर्च विवरण सार्वजनिक गरेको जानकारी आयोगलाई दिनु पर्नेबारे कुरा आफूलाई थाहा नभएको पनि बताएका छन्।  ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’ निर्वाचन आयोगले मंगलबार प्रेस विज्ञप्तिबारे सार्वजनिक गरेको खर्च विवरणबारे जानकारी नदिएको भन्दै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो।  प्रतिनिधि सभाका १०३७ र प्रदेश सभाका १२९८ जना उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय आयोगले गरेको थियो। उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे पनि आयोगले जरिवाना गरेपछि केही सांसद तथा उम्मेदवारहरूले विरोधसमेत गरेका थिए।   

काठमाडौं: राष्ट्रिय सभाको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ ।   मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो ।    अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदेनसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा बिहीबार राष्ट्रिय सभाले संशोधन स्वीकार गरी पुनः पारित गरेको हो ।   बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्माणार्थ प्रस्तुत गरिएको थियो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।   सभाको आजको पहिलो बैठकमा सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गर्नुभएको थियो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो । सभाको अर्को बैठक यही साउन १८ गते बिहीबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ । रासस

काठमाण्डौ: नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।    आज बुधवारको बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएको हो ।   एमालेले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि संलग्नता रहेको भन्दै उहाँको राजीनामा पनि मागेको छ ।   अब अर्को बैठक साउन १० गते सोमवारका लागि बोलाइएको छ ।

पोखरा:   भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि सत्तारुद दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखरामा वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको छ ।  अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको लखनचोकमा आज (बुधबार)देखि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो ।      अनेरास्ववियू (क्रान्तिकारी) कास्कीका सचिव सुमन सुवेदी (लेनिन)ले पोखराको विभिनन क्याम्पस र चोकचोकमा भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लागि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको बताए ।  वृहत हस्ताक्षर अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिव विजय सापकोटाले भ्रष्टाचारको विषयमा कुनै पनि राजनीतिक दलका नेताहरु मुछिएको भए कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।  ‘भ्रष्टाचार र तस्करको विषयमा कुनैपनि राजनीतिक दलका नेताहरु मुछिए खुट्टा नकमाएर सरकारले कारवाही गर्नुपर्छ’, उनले भने, ‘नेपाली जनताहरु सुशासनको पक्षमा सरकारलाई हातमा हात मिलाएर साथ दिन तयार छौं । भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि अनेरास्ववियू (क्रान्तिकारी) कास्कीले १० दिनसम्म हस्ताक्षर अभियान संचालन गर्ने जनाएको छ ।   

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीको निष्पक्ष छानबिनको माग गरेर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधवार सभामुख देवराज घिमिरेलाई प्रस्ताव बुझाउनुभएको छ । विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भएको सूचना र समाचार आएको तर सरकारले गहिरो अनुसन्धान नगरेको रास्वपाको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले गृहमन्त्रीको राजीनामा नमाग्ने बरु निष्पक्ष ढङ्गले अनुसन्धान छिटो सम्पन्न गर्न दबाब दिने बताउनुभएको छ ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ ।   गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउनुभयो ।     आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताउनुभयो ।   जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उहाँले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताउनुभयो । “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।”      नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताउनुभयो । “शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो”, उहाँले भन्नुभयो ।    प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताउनुभयो । “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ”, उहाँले भन्नुभयो । 

पोखरा:   नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सुन तस्करी प्रकरणमा गृहमन्त्री पूरै फेल भएको बताएका छन् ।    प्रेस चौतारी कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमालेका महासचिव ज्ञवालीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पूरै फेल भएको बताएका हुन् ।    उनले त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलमा गृहमन्त्रालय अन्र्तगतका मातहतको कर्मचारी हुँदा हुँदै राजश्वका विभागले सुन तस्करलाई नियन्त्रणमा लिनुले गृहमन्त्री पूरै फेल भएको प्रष्ट भएको दाबी गरे ।       ‘त्रिभुवन विमानस्थलमा गृहमन्त्रालय मातहतका अध्यागन, भित्री र बाहिरी घेराको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत अनुसन्धानको टोली हुन्छ’, ज्ञवालीले भने, ‘गृहमन्त्रालय अन्र्तगतका सुरक्षा घेराबाट भन्सार पास भएर पनि राजश्व विभागले सुन समात्नु भनेको गृह प्रशासन पूरै फेल हो ।’    उनले त्यही ढंगका सामान २१÷२२ पटक सम्म यसरी सामान पास भएको भन्दै यसको छानबिन गर्न माग गरे ।    उनले नेकपा माओवादीलाई कटाक्ष गर्दै टेबुल सफा गर्नु अगाडि पहिला आफ्नो हात सफा गरेर भष्ट्रचारका फाइल खोल्न समेत आग्रह गरे ।   ‘अहिलेको सरकार लडाकु घोटोला शिविर काण्डको फाइल खोल्न चाहँदै, पहिला आफुमा लागेको दाग मेटाएर आउनुहोला’, उनले भने, ‘लडाकु शिविरको फाइल खोलेर आउनुहोला, वाइडबडी, ललिता निवास लगायतको फाइलमा सहयोग गर्न हामी तयार छौं ।’   उनले अहिलेको सुन तस्करी प्रकरणमा सरकारले सत्ता निकट नेतालाई बचाउन खोजिएको आरोप समेत लगाए ।    सुन तस्करी प्रकरण पूर्वसभामुख र उनका छोरालाई सरकारले अनुसन्धानको दायरामा ल्याउनु नसक्न  सत्ता निकटका नेतालाई बचाउन खोजिएको आरोप पुष्टि भएको उनको आरोप छ ।   एमाले उपमहासचिव ज्ञवालीले सरकारले अहिलेको परिस्थितिमा नीजि क्षेत्रका व्यवसायीहरुलाई हतोत्साहित बनाएको आरोप लगाए ।    ‘बजारमा सटर खाली भाडामा भन्ने लेखिएको पोस्टर बजार भरी छ, ठेकेदार निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन सकेको छैन’, उनले भने ।   

दमौली:   नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा फर्किएका छन् ।   एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवंम् गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।   शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रम गरि जिल्ला अध्यक्ष कार्की सहित चार जनालाई एमालेमा फर्काएको हो ।   जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र्रराज पाण्डेले पार्टीको केन्द्रीय बैठकमा महामन्त्री एवं युवा नेता गगन थापामाथि कटाक्ष गरेका छन् ।    बैठकको आज तेस्रो दिन थापालाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले भनेका छन् ‘सके सभापति फेरेर देखाउनुहोस, नसके अनावश्यक भ्रम छर्ने काम बन्द गर्नुहोस् ।’ पाण्डेले कांग्रेसका सबै एउटै डुंगामा सवार रहेको दर्शाउँदै पार्टी सभापति डुबे सबै डुब्ने उल्लेख गरे ।    पाण्डेले भनेका छन् ‘सभापति शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ ।’   पछिल्लो समय थापाले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने र आवश्यक परे आफैले नेतृत्व दिने भन्ने अभिव्यक्तिप्रति पाण्डेले उक्त भनाई राखेका हुन् । मन्तव्यक्रैक्रममा पाण्डेले पार्टीप्रति भ्रम छर्न र नकारात्मक टिकाटिप्पणी नगर्न पनि सुझाव दिए ।   ‘हामी सबै एउटै डुंगामा छौं, कठिन अवस्थामा छौं’ पाण्डेले भने ‘सामुहिकरुपमा डुंगा पार लगाउने जिम्मा हामीमै छ ।’ पार्टीको विधानमा सभापति फेर्ने प्रावधान भएको भन्दै उनले सके फेर्न अन्यथा अतिरञ्जित नगर्न महामन्त्री थापालाई चेतावनी दिए ।   ‘फेर्ने समय पनि आउँछ फेरौला तर त्यो समय पर्खनु पर्छ अतिरञ्जना गर्ने काम बन्द गरौं’ पाण्डेले भने ।    केन्द्रीय समितिको बैठक मंगलबारबाट केन्द्रीय कार्यालय, सानेपामा बसिरहेको छ ।