राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहतलगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ ।   राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गर्नुभएको हो । उहाँले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।   यसैगरी, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

काठमाण्डौ:  प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताउनुभएको छ । आइतवार बिआरआईको एक दशक स् व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युत् व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत् उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताउनु भयो ।   उहाँले डिजेल र पेट्रोलको आयात कम गर्न शुरु भइसकेको पनि बताउनु भयो । उहाँले नेपाल सम्पन्न नभइकन नेपालका कुराहरु शक्तिशाली देशलाई सुनुवाइ गर्न कठिन हुने भन्दै उहाँले यसबारेमा आफूले विभिन्न समयमा चीन र भारतका राष्ट्रप्रमुखसँग छलफल गरिसकेको पनि बताउनु भयो ।   उहाँले भन्नुभयो, ‘नेपाल सबैभन्दा पहिला त अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ । बलियो हुनुपर्छ । त्यसका निम्ति हामीले हाम्रा प्राकृतिक साधन स्रोतको प्रयोग गर्नुपर्छ । अहिले बिजुलीको पनि कुरा आयो, हाम्रो कार्यक्रम देशभित्रै बजुली खपत गर्ने नै हो । विद्युत्को व्यापार गर्ने हाम्रो पहिलो प्राथमिकता होइन । तर हाम्रो क्यापासिटी अहिले विद्युत् खपत गर्ने कति छ रु र हामीले त्यसलाई कसरी विकास गर्ने हो रु अहिले नै हेर्ने हो भने हामी ई।भेइकल भनेर जसरी हामी त्यसलाई प्रोत्साहन गर्दैछौँ र त्यसले डिजेल र पेट्रोलको आयात कम गर्न शुरु भइ नै सकेको छ । सरकारको प्राथमिकता यतापट्टि छ ।’   प्रधानमन्त्री दाहालले बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको पनि बताउनु भयो । उहाँले बिआरआईअन्तर्गतका परियोजना अघि बढाउनका लागि कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।   उहाँले विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन नसकेको बताउनु भयो । उहाँले नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम सरकारले गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बिआरआई परियोजनाको सूचि नभइ कार्यान्वनय योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरी बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अघि बढाउन जरुरी रहेको बताउनु भयो ।   उहाँले भन्नुभयो, ‘विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलर भन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलानात्मक रुपमा लगानी भित्र्याउन सकेन । अब हामी छिटै कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था छ र सरकार त्यो दिशामा गम्भीर रुपले अघि बढेको छ ।’  

भैरहवा:  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो ।   पार्टीले अवलम्बन गरेको वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण स्थानीय तहसम्म स्थापित गर्ने अभियानले ध्येय राखेको छ ।  अभियानका यस क्रममा विभिन्न जिल्लामा २८  सभा र सम्मेलन सम्पन्न भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।   काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्त, अर्नाह, भगवान्पुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दिबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, हेटौँडा, चितवनमा ठूला सभा सम्पन्न भएका छन् ।   अभियान अहिले लुम्बिनी प्रदेशमा पुगेको छ । पार्टीका शीर्षनेताहरूले सम्बोधन गर्नुभएको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तक्र्रिया, कोणसभा तथा ठूला आमसभा गरिएका छन् ।    यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने अभियानले आज मणिग्राम र बुटवलमा सभा अयोजना हुँदैछन् । अभियानक्रममा आर्थिक, राजनीतिक, सामाजिक सुरक्षाका विषयमा जनतासँग सुझाव सङ्कलन गरिएको छन् । ती सुझावलाई समाजवादी नीति निर्माणमा समावेश गरिने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो । रासस

काठमाण्डौ: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ ।    राष्ट्रपति आवास शीतल निवासमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।   राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराउनुभएको थियो ।    त्यसअघि राष्ट्रपति पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेग्ला–बेग्लै भेटेर समसामयिक विषयमा छलफल गर्नुभएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।

काठमाण्डौ:  सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सरकारले कैयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गर्नुभएको छ । जघन्य अपराधमा संलग्न मान्छेहरूलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराउनुभयो ।   शुक्रवार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले भन्नुभयो, ‘सरकारले अत्यन्त जघन्य अपराधमा संलग्न मान्छेलाई आममाफीको प्रक्रियाबाट छोड्दैछ । त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालय बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्न सरकार कति गम्भीर बन्छ, त्यसलाई कति गम्भीर रूपमा लिन्छ भन्ने कुराले अर्थ राख्छ । म अपिल र आग्रह गर्न चाहन्छु– सरकारले कैयौँ निर्णयहरूमा कमजोरी गरिरहेको छ । सरकारले गल्ती नगरोस् ।’   महामन्त्री शर्माले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी यो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिनुभयो । उहाँले सरकारले संसदमा पेस गरेको यो विधेयकलाई युग सुहाउँदो ढङ्गले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।   महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

काठमाडौं:   पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपील गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले सन्देशमार्फत् भन्नुभएको छ, ‘‘नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवम् अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानहरूमा भइरहेका क्रियाकलापहरूका सन्दर्भमा म सबैमा जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयम अपनाउन हार्दिक अनुरोध गर्दछु । समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भैरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।’’ सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको उल्लेख गर्नुहुँर्दै पूर्वराष्ट्रपति भण्डारीले एक–अर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउन आवश्यक भएको बताउनुभएको छ । कुनैपनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशीलाका रूपमा रहेको जातीय, धार्मिक एवम् सामाजिक सद्भावलाई जोगाउन फेरि एकपटक एकताबद्ध बन्न आवश्यक रहेको उहाँको भनाइ ।

पोखरा:  नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट पत्रकार सुष्मा पौडेल सदस्य पदमा निर्वाचित भएकी छिन् ।    पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनमा पत्रकार पौडेलले ६ सय ३० मत प्राप्त गर्दै खुला युवा महिला सदस्य सदस्य निर्वाचित भएकी हुन् ।  निर्वाचित पौडेल प्रेस चौतारी गण्डकी प्रदेशको इन्चार्ज हुन् ।    युवा महिला पदमा ५ जनाको कोटाभएपनि ८ जनाको उम्मेदवारी परेपछि पौडेलसहित ५ जना निर्वाचित भए ।   सो पदमा सुरक्षा लामिछाने, सिर्जना केसी, अञ्जु केसी, छविकला पाण्डे निर्वाचित भएकी थिइन् ।   नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्षमा स्याङ्जाको मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दानबहादुर विक र पर्वतकी मञ्जु अधिकारी ‘प्यासी’ महिला उपसचिवमा निर्वाचित भएका छन् ।   

काठमाडौं:    प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई सरोकारवालाका माग र सरकारले विभिन्न पक्षसँग गरेका सहमतिलाई सम्बोधन गर्ने गरी पारित गर्न आग्रह गरिएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदले उक्त  आग्रह गर्नुभभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयकमाथिको सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गर्नुभएको थियो । विधेयकलाई जनताको सुझावका लागि प्रचार गरियोस् भनी सांसद गणेश पराजुलीले राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । छलफलका क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विधेयकमा सरोकारवालाका धेरै चासो रहेको बताउनुभयो । विद्यार्थीको निःशुल्क र अनिवार्य शिक्षाका सवाल, शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, राहत शिक्षक, बाल विकास शिक्षक, स्थानीय सरकारसँगको समन्वय आदिलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ छ । उहाँले संविधानको मूल्य, मान्यता र भावनाअनुसार सरोकारवालाका आवाजलाई सम्बोधन गरी सहमतिका आधारमा विधेयक पारित गर्नुपर्नेमा जोड दिनुभयो ।  नेकपा ९एमाले०का सांसद रघुजी पन्तले भन्नुभयो, “सांसदले आफ्नो दृष्टिकोणका आधारमा विधेयक बनाउने हो । प्रस्तुत संविधानका भावनाभन्दा बाहिर जान सकिँदैन । संसद्को कार्यक्षेत्रलाई सरकारले हस्तक्षेप गर्न मिल्दैन ।” नेकपा (माओवादी केन्द्र) सांसद जनार्दन शर्माले विधेयकसँग सम्बन्धित विषयमा सरकारले गरेको सहमतिलाई सरकारले प्रस्तुत गरेपछि त्यसलाई सहमतिका आधारमा ल्याउन आफूहरु तयार हुने बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धि र आम सरोकारवालाको चासोलाई सम्बोधन गर्न विधेयकसक्षम हुनुपर्ने बताउनुभयो । जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादवले स्वार्थ समूहलाई हाबी हुन नदिई नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति अक्षरशः पालना हुनुपर्ने बताउनुभयो ।