काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिस...

काठमाडौं:   सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।  बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।  बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । प्रतिनिधि सभाबाट यही असार १३ गते आगामी आवको बजेट पारित भएको थियो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।  सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । 

काठमाडौं:     सरकारले खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ । असार २६ गतेको मन्त्रिपरिषद् निर्णयले सो निर्णय गरेको हो ।  बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै उहाँले सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विवकशील मुलुकको समूह ९जी२०० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा। प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।  थाइल्याण्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्र मन्त्रीहको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नृतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने, सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति २०८० असार २६ बाट लागू हुनेगरी एक महिना थप गर्ने, अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका नगरपालिका वडा नम्बर १०, १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ ।     मन्त्रिपरिषद् बैठकका १५ निर्णय:            

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका छन्।   श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन्।   अपराह्न ४ बजेदेखि  बेलुका ६ बजेसम्म  बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ।   प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो। सीतालाई प्रचण्डसहित दुई छोरीहरु रेणु र गंगाले पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए।

काठमाण्डौ: ‘इनफ इज इनफ’ ले काठमाण्डौ महानगर अगाडि ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।   ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।    महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताउनु भयो ।  उहाँले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उहाँलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताउनु भयो ।   अर्को प्रदर्शनमा सहभागी सौरभ न्यौपानेले फुटपाथ व्यवस्थापनका बारे मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताउनु भयो ।

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिएका छन् ।   सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उनले टेलिफोन गरेर समवेदना प्रकट गरेका हुन् ।   सीताको आज बिहान ८ स् ३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।   उनको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

काठमाण्डौ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।   बैठकअघि एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बस्दैछ । शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने छन् ।   कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुईरदुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बल्ल बैठक बस्न लागेको हो । बैठकमा संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । प्रदेश र केन्द्र सरकारका काम कारबाही पनि छलफलको एजेण्डा रहेको छ ।   केही दिनअघि जिल्ला सभापतिहरूले सरकार र पार्टीबीच समन्वय नहुँदा समस्या भइरहेको गुनासो गरेका थिए । प्रदेश र केन्द्रका सांसदहरूले पनि बजेट विनियोजनमा गुनासो गर्दै आएका छन् । केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्नसक्ने विधानको व्यवस्था छ । कांग्रेसले गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक गरेको थियो ।   त्यसपछि भने केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यसैबीच, कांग्रेसले दशैँअघि नीति अधिवेशन गर्ने तयारी पनि गरेको छ । 

काठमाडौँ:  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट हुने जनधनको क्षति न्यूनीकरणका गर्नेदेखि सुर्खेतमा खानेपानी अभावले जनता प्रभावित भएका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।   आजको बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको भन्दै  मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोका कारण जनताले दुःख पाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यसको स्थायी समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो ।   सांसद तुलप्रसाद विश्वकर्माले जुम्लाको मुकुन्द नेपाली र बसन्ती देवीबीचको प्रेम विवाहलाई लिएर उनका दाजुले मुकुन्दको घरमा आगजनी गरेको, दाङ घोराहीमा दुई विद्यार्थीलाई दलित भन्ने थाहा भएपछि घरबाट निकालिएको र बाँकेमा धनकली सुनारलाई छिमेकी भुवन बुढाले सामान्य विवादमा हातपात गर्ने कामप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।    सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको सुर्खेत उपत्यकाका जनताले पानी खान नपाएकाले जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै  र त्यसमा पानी परियोजना तत्काल अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।   सांसद नारायणदत्त मिश्रले समयमै मलको पर्याप्त व्यवस्था नहुँदा किसानहरु प्रभावित भएको र कैलालीमा पानी नपर्दा जनता मर्माहत भएकोप्रति सरकारलाई जानकारी गराउनुभयो ।   सांसद नारायणप्रसाद दाहालले असार १५ पछि किसानको धान रोप्ने चटारो हुनुपर्ने अवस्थामा धेरै स्थानमा पानी अभावका कारण धान रोप्न नपाएको उल्लेख गर्दै चितवनका जनताले पनि पानी अभावका कारण धान रोप्न नपाएको बताउनुभयो ।   सांसद मदनकुमारी शाहले देश निर्माण गर्नका लागि अर्थतन्त्र बलियो बनाउनुपर्ने र त्यसका लागि सबैको ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद सुरेशकुमार आलेमगरले राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को जनगणनामा पुनलाई मगरबाट र मालीलाई नेवारबाट अलग बनाएर छुट्टै जाति बनाएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सच्याउन माग गर्नुभयो । रासस

काठमाडौं:  प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (सोमबार) बसेको शीर्ष नेताको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको छ ।   शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताउनुभएको थियो । प्रतिनिधि सभाको बैठक आज ३ बजेका लागि बोलाइएको छ ।   आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेस गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।   शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति थियो । रासस  

संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू बस्दैछन्।   प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो।   प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।   प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ।   आज त्यसलाई पनि सम्बोधन गरेर प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिए ।