काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

  काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेङ्गु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै तराईमा विपन्नलाई निःशुल्क झुलको व्यवस्था गर्न आग्रह गर्नुभयो ।     सांसद तेजुलाल चौधरीले शिक्षालाई सरकारले ध्यान दिन नसक्दा १२ कक्षामा ४१ प्रतिशत मात्र नतिजा आएको उल्लेख गर्दै सबैको तलब बढ्दा विद्यालयका कर्मचारीको तलब पनि बढ्नुपर्ने माग गर्नुभयो । सांसद नरमाया ढकाल र सांसद पार्वता डिसी चौधरीले थारु समुदायका होनाहार युवालाई थुनामा राखेर निर्वाचनमा जानु सही नभएको धारणा राख्नुभयो ।    सांसद नवराज सिलवालले नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा हुने गरेको अस्तव्यस्त र गैरकानुनी क्रियाकलाप रोक्नुपर्ने माग गर्दै भिजिट भिसाका कारण मानव तस्कार बढ्दै गएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पद्यमनारायण चौधरीले भूउपयोग नीति अवलम्बन गरेको हुनाले जगाको कित्ताकाट गर्न नसक्दा किसान मारमा परेको हुँदा कित्ताकाट गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने सुझाव दिनुभयो ।   सांसद पार्वतीकुमारी विसङखेले संविधानअनुसार गठन गरिएको राष्ट्रिय समावेशी आयोगले तयार पारेको प्रतिवेदनमा आरक्षण नै आवश्यक छैन भन्ने पूर्वाग्रही प्रतिवेदन सार्वजनिक गरेको उल्लेख गर्दे उक्त सुझाव दिने र प्रतिवेदन निकाल्ने पदाधिकारीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।       सांसद पुष्पकुमारी कर्णले सांसदले समसामयिक विषयमा शून्य समय र विशेष समयमा उठेका विषयको पाँच दिनभित्र सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने तर त्यो हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो । सांसद प्रमिला राईले समावेशी र समानुपातिकाको प्रावधान भए पनि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा महिलाको नाम सिफारिस भएको नदेखिएकोप्रति दुःख व्यक्त गर्दै प्रत्यक्ष तथा समानुपातिकमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थालाई नकार्न नमिल्ने बताउनुभयो ।

पोखरा : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि  कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनाको नाम सिफारिश गरेको छ ।    पार्टीले गरेको सिफारिशको आधारमा प्रत्यक्षमा प्रतिनीधि सभातर्फ ५ जना, प्रदेशसभा क मा ५ र ख मा ३ जनाको नाम उल्लेख छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनीधिसभामा २ जना र प्रदेशसभामा ८ जनाको नाम सिफारिश भएको राप्रपा कास्कीले बताएको छ ।   प्रत्यक्ष प्रतिनीधिसभातर्फ कास्की १ मा राप्रपाको तर्फबाट सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङसँगै देऊबहादुर गुरुङ, बाबुराम थापा, कृष्णप्रसाद रेग्मी र शालिकराम घिमिरे छन् । राप्रपा केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग लमजुंग स्थायी घर भएका नेता भएपनि कास्की १ बाट सिफारिश भएका हुन् । त्यस्तै प्रत्यक्ष तर्फ कास्की १ क मा सन्तोष घिमिरे, प्रकाश सापकोटा, हरिबहादुर घर्ती क्षेत्री, हरिप्रसाद धमला र रमेशराज पौडेलको नाम सिफारिश भएको छ । त्यस्तै प्रदेश ख मा सूर्यबहादुर गुरुङ, सन्दीप कुँवर र सचिन थापाको नाम सिफारिश भएको छ ।   त्यसैगरि समानुपातिकतर्फ प्रतिनीधिसभाका लागि कास्की १ बाट भीमसेन गुरुङ र बलराम तिवारीको नाम सिफारिश भएको छ । प्रदेशतर्फ भने राप्रपाका कास्की जिल्ला अध्यक्ष समेत रहेका नारायण गुरुङ , शहिद क्षेत्रबहादुर केसीकी धर्मपत्नी सुनिता केसी, अन्य नेताहरु विष्णुप्रसाद पोखरेल, नारायणप्रसाद सुवेदी, झविन्द्रराज आचार्य, अमृतबहादुर कार्की, गीता गुरुङ र लिलामोहन कुँईकेलको नाम सिफारिश भएर आएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।   राप्रपा कास्कीले बुधबार कास्की क्षेत्र नम्बर २ को उम्मदेवारहरुको नाम सिफारिश गर्ने तयारीमा रहेको जनाएको छ ।   

कास्कीः आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनकालागि नेकपा एमाले कास्कीले उम्मेदवार सिफारिशको टुंगोे लगाएको छ ।    आइतबार अबेर सिफारिशका सूचि निकालेको एमाले कास्कीले कूल २८ जनालाई अटाएको छ । जसमध्ये क्षेत्र नम्बर १ बाट १५, २ बाट ४ र ३ बाट ९ जनाको नाम सिफारिश गरिएको छ । सिफारिशमध्ये कतिपय नामको तुलना गर्दा कुनैपनि कोणबाट उनीहरुको सम्भावना छैन ।    पार्टीले सिफारिश गरेको आधारलाई मुल्यांकन गर्दा हालसम्म क्षेत्र नम्बर २ बाट सिफारिश गरिएकी विद्या भट्टराईको सम्भावना बलियो छ । ‘उहाँको नाम कन्फर्मजस्तै हो’ एमाले जिल्ला कमिटीका एक सदस्य भन्छन् ‘धेरै हिसाबले उहाँ बलियो उम्मेदवार हो ।’ उनका अनुसार भट्टराईको नाममा कसैले विवाद गर्ने छैनन् ।    त्यसो त अर्की महिला उम्मेदवार प्रभा कोइरालाको सम्भावना पनि उत्तिकै रहेको जानकार बताउँछन् । ‘मेरा नामै त नखुलाउनोस्’ मजदुर फाँटका एक नेता भन्छन् ‘कोइरालाले कास्कीमै लामो राजनीति गर्नुभएको छ, उहाँलाई मौका दिनुपर्छ भन्नेहरुको पार्टीपंक्तिमा ठूलै समूह छ ।’    कास्की २ मा भट्टराई र कोइरालासँगै भुपेन्द्र गिरी र केशव आचार्यलाई सिफारिश गरिएको छ । यद्यपि, गिरी र आचार्यको सम्भावना नभएको बताइन्छ ।    कास्की १ बाट सिफाशि गरिएकामध्ये खगराज अधिकारी ‘हेभिवेट’ उम्मेदवारमा पर्छन् । पूर्व स्वास्थ्य र गृहमन्त्री अधिकारी यसपटक पनि दोहोरिने दाउमा छन् । पछिल्लो पटक १८ दिन गृहको बागडोर सम्हालेका अधिकारी हाल पार्टीको संगठन विभागको नेतृत्वमा छन् ।    पार्टी अध्यक्ष केपी शर्मा ओलीको नजिक मानिएका अधिकारीलाई पहिलेजस्तो स्वतः उम्मेदवार पाउन वा हुन सजिलो छैन । पछिल्लो पटक एमाले कास्कीभित्र मौलाएको गूट–उपगूटको कारक मानिएका अधिकारीलाई सिफारिशमा परेका युवा नेता दिलिप न्यौपाने, पुष्पज्योति ढुंगाना चुनौतिकारुपमा रहेका छन् । अधिकारीको नाम कास्की १ ‘क’बाट प्रदेश सभामासमेत सिफारिसमा परेको छ ।    त्यस्तै, जिल्लामा अहोरात्र खटिएका मनबहादुर गुरुङ र बौद्धिक छवि बनाएका झलक सुवेदी अधिकारीको आकांक्षामाथि तगारो बन्न सक्छन् । क्षेत्र नम्बर १ का केही मतदातासँग गरिएको कुराकानीलाई आधार मान्दा न्यौपाने वा ढुंगाना उनीहरुको रोजाई छन् । युवा उम्मेदवारको माग भएपनि यसपटक न्यौपाने र ढुंगानाको सम्भावना भने न्यून छ ।    तर जनजातिको आँखामा भने गुरुङ सम्भावित उम्मेदवार हुन् । साथै कास्कीको अन्य क्षेत्रमा पनि बलिया जनजाति उम्मेदवार नभएकाले यहाँ मनबहादुरले बाजी मार्ने सम्भावना छ । झलक सुवेदीलाई भने पार्टीले सांसद भन्दा ‘थिंक ट्यांक’कारुपमा काम गरुन् भन्ने चाहना राखेको छ ।    अधिकारीले पनि नछाड्ने र युवानेता पनि पछि नहट्ने सम्भावना रहेकाले यस क्षेत्रमा कसलाई टिकट दिने भन्नेमा नेतृत्वलाई निकै सकस पर्ने बताउँदै पार्टीका बुद्धिजीवि फाँटका नेता भन्छन्, ‘दुई पुस्ताबीच रस्साकस्सी प¥यो भने जिल्ला समन्वय समितिको जिम्मेवारी सम्हालिसकेका बैनबहादुर अधिकारीको नाम फाइनल हुने सम्भावना बढी छ ।’   यहाँ सिफारिशमा परेका अन्य नाममा पदमप्रसाद पौडेल, कालिदास सुवेदी, बालासिंह काउछामगर, उमा सिंह, रामराज अधिकारी, पुष्प अधिकारी, मिलन सुवेदी, शंकरनाथ पौडेल र हिमालय बख्रेल रहेका छन् ।    त्यस्तै, क्षेत्र नम्बर ३ बाट ९ जनाको नाम सिफारिश गरिएको छ । जसमध्ये पूर्वमन्त्री जगत विश्वकर्मा पनि रहेका छन् । सांसदमा पुनः दोहोरिन चाहेका विश्वकर्माको सम्भावना पनि खगराज अधिकारीकैजस्तो ‘झिनो’ रहेको जिल्लाका केही नेताको भनाई छ ।    ‘विश्वकर्माजीले पहिलै नै एक्कासी पाएको अवसर हो, त्यतिबेला अरुलाई माइनस गरेर उहाँलाई दिइएको हो नी’ एमाले कास्कीका एक पुराना नेता भन्छन् ‘अब हामीले प्वाक्क भन्न मिलेन, पार्टीले मूल्यांकन गर्ला ।’   सिफारिशमा परेकामध्ये भरत पराजुली, देविप्रसाद सुवेदी, विवेक त्रिपाठीको कुनै पनि सम्भावना नरहेको एक उच्चतहका कार्यकर्ता ठोकुवा गर्छन् । उनले भने, ‘नामै पर्नुमा पनि उहाँहरुको जीत हो ।’   विश्वकर्मालाई चुनौती दिने नाम हो, पुण्प्रसाद पौडेल र गणेशमान गुरुङ । तीन नामलाई विश्लेषण गर्दा पौडेलले अवसर पाइसकेका छन् । यसर्थ, गुरुङको नाम फाइनल हुन पनि सक्छ । तर, पछिल्लो समयमा आफुलाई सुधार गर्दै ल्याएका जगन्नाथ बाँस्तोला पनि सशक्त उम्मेदवार हुन् । निर्वाचनमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न सक्ने बाँस्तोलाको लबिङ्मा साथ दिनेहरुको समूह पनि रहेको छ ।    यसर्थ, कास्की ३ मा टिकटकालागि गुरुङ र बाँस्तोलाकै सम्भावना रहेको बुझाई छ । उल्लेखित नामहरुको बढी चर्चा भएपनि प्रतिष्पर्धी दलहरुले कस्ता उम्मेदवारलाई अघि सार्ने सम्भावना छ सोही अनुसार केन्द्रमा नाम पठाइने कमिटीका सदस्यहरु बताउँछन् ।    त्यस्तै, नेकपा एकीकृत समाजवादीले गठबन्धनसँग प्रतिनिधिसभातर्फ १ क्षेत्र पाउनुपर्ने अडान राखेकाले सम्भवतः उसले क्षेत्र नम्बर २ वा ३ नै माग्ने सम्भावना छ । यस्तोमा यस क्षेत्रबाट कसलाई उठाउँदा जीत हात पार्न सकिन्छ सोही उम्मेदवारलाई फाइनल गर्न एमाले कास्कीलाई फलामको च्युरा चपाउन सरह हुनेछ ।    तरपनि एमाले बुद्धिजीवि सर्कलमा रहेका नेताकाअनुसार प्रतिष्पर्धी दल र गठबन्धनले जस्तोसुकै रणनीति अपनाए पनि कास्की २ बाट विद्या भट्टराईले टिकट पाउने र जित्ने निश्चित छ ।    उनी भन्छन्, ‘जगत र खगराज कमरेड यसपटक कमजोर छन्, पार्टीमा नयाँ पंक्ति सशक्त देखिएको छ ।

गुण्डागर्दीको पृष्ठभूमिबाट उदाएका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ् उर्फ मनाङेकै शैलीमा नेकपा एमाले गोरखाबाट उदाउनेक्रममा रहेका छन् अर्का पात्र मिलन गुरुङ् अर्थात् चक्रे मिलन ।    देशभर करिब १० लाखको हाराहारीमा संगठित सदस्य भएको दाबी गर्ने एमालेले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाकालागि चक्रे मिलनलाई सिफारिश गरेपछि गोरखाका एमाले कार्यकर्ताहरुको शिर पक्कै निहुरेको छ । राजनीतिमा गुण्डागर्दीलाई संस्थागत गर्ने एमालेको यो कदमले मंसिर ४ मा पक्कैपनि पुर्पुरोमा हात राख्ने अवस्था आउँछ ।    एमालेले चक्रे मिलनमा के देख्यो ? यसको उत्तर गुण्डागर्दी बाहेक अरु हुन सक्दैन । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा पाइला राखिसकेपछि पनि एमालेले राजनीतिमा बिहारी शैलीलाई अपनाएर देशप्रति जिम्मेवार नभएको सन्देश दिन खोजेको छ । चुनाव जित्न धन र डन चाहिन्छ भनेर स्वयं एमालेले प्रमाणित गरेको तथ्य हो, चक्रे मिलनलाई सिफारिश गर्नु ।    विश्वस्त सुत्रकाअनुसार चक्रे मिलनको नाम सिफारिश गर्न अध्यक्ष केपी शर्मा ओलीकै हाल छ । जानकारीमा आएको सूचनालाई विश्वास गर्ने हो भने ओलीको ठाडो निर्देशनमा उनको नाम सिफारिश भएको हो ।    एमाले र कतिपय अवस्थामा एमालेभन्दा बढी योगदान दिएको दाबी गर्ने नेपाली कांग्रेसको हविगत यो भन्दा पनि गतिलो देखिएन । अझ यसपालिको निर्वाचनमा नख्खु जेलभित्रै रहेका मोहम्मद अफताव आलमलाई रौतहटको क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिश गरेर नेपाली कांग्रेसले आफु नाङ्गो भएको देखाइसक्यो ।    कांग्रेस नाङ्गिएपछि उसलाई कुरिकुरी गर्न छाडेर एमालेले आफु पनि नाङ्गै भएको देखाउन कत्ति हतार गरेन । उसले पनि देशव्यापी खोजीपछि चक्रे मिलनलाई गोरखामा नाम चढाएरै छाड्यो ।    प्रहरी र अदालतले दुबैको बहिखाता सार्वजनिक गरिसकेको छ । दुबैले अपराध गरेका छन् । अपराधको तुलोमा दुबैलाई तौलँदा कांग्रेस र एमालेको समाज एवं साम्यवादको तौल उचालिएरै होला उनीहरुलाई त्यागी र महान देखायो ।    हालै सम्पन्न स्थानीय निर्वाचनको नतीजाबाट देशका दुई ठूला दलहरु दूरदर्शी भए होलान् वा समयलाई बुझ्न सके होलान् भनेर जनमानसले गरेको अनुमान अन्ततः फेल भएका छन् । अहिलेलाई यत्ति बुझ्न सकिन्छ, कांग्रेस र एमाले दुबै नाङ्गिने दौडमा पहिलो हुन प्रतिष्पर्धा गरिरहेका छन् ।    त्यसो त जनताहरुको चेतनाको स्तर स्वतः बढेको छ । उम्मेदवारको मूल्यांकन गर्ने क्षमता निखारिएको छ । नाम सिफारिश भएकाहरुले कथंकदाचित् जिते भने मतदातामाथि पुरापुर दोष थोपर्न मिल्छ । यसर्थ, यस चुनावमा उम्मेदवार हैन मतदाताहरुको परीक्षा हुनेछ । 

  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई÷तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताउनुभयो ।        “गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुङ्गो लगाउँछ ।”        “अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुङ्गो लगाउन मात्र बाँकी छ ।” हामीले छिटोभन्दा छिटो सिट बाँडफाँटको टुङ्गो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौँ”, अध्यक्ष प्रचण्डको भनाइ थियो ।       गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाभन्दा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष दाहालले गर्नुभयो । अध्यक्ष दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।        “संविधानले राष्ट्रपतिलाई एकपटक विधेयक फिर्ता गर्ने अधिकार दिएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “दोस्रो पटक विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन, त्यसैले दुवै सदनबट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ, हामी पूर्ण विश्वस्त छौँ ।”        यसैबीच नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामस्थित होटल राजदरबारमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश), नेताहरु मात्रिकाप्रसाद यादव, गिरीराजमणि पोखरेललगायतका नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको माओवादी केन्द्र मधेस प्रदेशका इञ्चार्ज गणेश साहले जानकारी दिनुभयो । 

तनहुँ । नेकपा एमालेका स्थायी कमिटी  सदस्य किरण गुरुङ संघीय सांसदका लागि सिफारिस भएका छन् ।    अघिल्लो प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दावीसहित प्रदेश सभाव निर्वाचन लडेका स्थायी कमिटी सदस्य गुरुङ संघीय सांसदका लागि सिफारिस भएका हुन् ।  नेकपा एमाले तनहुँको प्रदेश समन्वय कमिटीले गुरुङलाई संघीय संसदमा उठाउने गरी सिफारिस गरेको हो । गण्डकी प्रदेश सरकारमा अर्थमन्त्री रहेर काम गरेका गुरुङ तनहुँ जिल्लामा एमालेको सबै भन्दा शिर्ष एवं लोकप्रिय नेता हुन् । २०७४ को निर्वाचणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीका उम्मेदवारको रुपमा किरण गुरुङलाई प्रदेश सभा सदस्य लड्न पठाएका थिए । उनीसँगै अध्यक्ष ओलीले तत्कालिन एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई पनि मुख्यमन्त्रीकै उम्मेदवार बनाएर प्रदेश सभामा टिकट दिएका थिए ।   त्यो बेला अध्यक्ष ओलीले एउटा नेता कथंकथाचित पराजित भएमा विकल्प चाहिन्छ भन्दै २ जना शिर्ष प्रदेश सभामा चुनाव लड्न पठाउनु भएको थियो– एमालेका एक जना शिर्ष नेताले भने–दुवै जना विजयी भएपछि पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाएर किरण गुरुङलाई दोश्रो वरियतासहित अर्थमन्त्री बनाउनु भएको थियो ।  

नवलपुर  :  आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छ्न ।    दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय नेतालाई दलहरुले उम्मेदवारका रुपमा आफ्ना माथिल्ला कमिटीलाई नाम सिफारिस गर्न सुरु गरेका हुन् । जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले २०६४ देखि निरन्तर निर्वाचन जितेका डा शशाङ्क कोइराला र उद्योगपति विनोद चौधरीसहित छ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।    कांग्रेसबाट डा कोइराला, चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीलाई क्षेत्रिय समितिले सिफारिस गरेको सभापति अमृत भट्टचनले बताउनुभयो । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रीय सदस्य एवं जिल्ला संयोजक धनप्रसाद सापकोटाले बताउनुभयो । नेकपा (एमाले)ले केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र रवीन्द्र अधिकारी तथा नारायणप्रसाद तिमिल्सिनाको नाम प्रत्यक्षतर्फ माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।   जिल्लाको क्षेत्र नं १ मा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको कांग्रेसले चौथो पटक डा कोइरालालाई नै मैदानमा उतार्ने पक्कापक्की भएको बताइन्छ । कोइरालासँगै अर्का केन्द्रीय सदस्य एवं उद्योगपति चौधरीले क्षेत्र नं २ मा आकांक्षा देखाएको र त्यही क्षेत्रको दाबीलाई सहज बनाउन पहल भइरहेको बताइएको छ ।

गरुड सेक्युरिटिजका सुरक्षागार्डले ठमेलको छायाँ सेन्टरमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भनेपछि निम्तिएको लफडापश्चात् आज बिहानै मन्त्री श्रेष्ठले स्टाटस लेखेका छन् ।   स्टाटसमा मन्त्री श्रेष्ठले पब्लिकबाट आएको प्रतिक्रियाले ध्यानाकर्षण भएको भन्दै आफ्नो सेक्युरिटीमाथि दुव्र्यवहार भएको उल्लेख गरेका छन् ।    ‘त्यो घटनामा लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुव्र्यवहार गरिएकाले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो’ उनले लेखेका छन् ।      साथै, मन्त्री श्रेष्ठले घटनाबारे सत्य तथ्य बुझेरमात्र प्रतिक्रिया दिन र सबै नेता, मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रहसमेत गरेका छन् ।    पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राखिने भएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धमा जाहेरी दर्ता भएको छ ।   गुरुङ् हाल दरबारमार्ग प्रहरी प्रभागको थुनामा छन् । 

कास्की  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् ।    नेपाली कांग्रेस,  नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् । एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छ । एमालेले गत शनिबार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो ।   कास्की निर्वाचन क्षेत्र नम्बर १  बाट १५ , क्षेत्र नम्बर २ बाट चार  र क्षेत्र नम्बर ३  बाट नौ  गरी २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य एवं एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस हुनुभएको छ ।    यसैगरी प्रतिनिसिभा सदस्य विद्या भट्टराई अधिकारी क्षेत्र नं २ र पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा क्षेत्र नं ३ मा उम्मेदवार सिफारिस हुनुभएको एमालेले जनाएको छ ।    क्षेत्र नं १ बाट सांसद अधिकारीसहित जिल्ला पार्टी सचिव अधिकारी क्षेत्री, कालीदास सुवेदी, हिमालय बख्रेल, दिलीप न्यौपाने, बालासिह काउछा मगर, पदमप्रसाद पौडेल, पुष्पज्योति ढुङ्गाना, झलकप्रसाद सुवेदी, पुष्पराज अधिकारी, शङ्करनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ लक्ष्मी सिंह र रामराज अधिकारी सिफारिस हुनुभएको  छ ।   क्षेत्र नं २ बाट हालका प्रतिनिधिसभाका सांसद भट्टराईसहित प्रभा कोइराला, केशव आचार्य, भूपेन्द्र गिरीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट विश्वकर्मासहित देवी सुवेदी, गणेशमान गुरुङ, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम जिल्लामा सिफारिस भएको एमालेले जनाएको छ ।