पोखरा: पोखरा महानगरपालिकामा गठबन्धनबाट एकिकृत समाजवादीका उममेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ३६ हजार ८ सय १३ मतगणना सकिदा धनराज आचार्यले १५ हजार २ सय ८८ प्राप्त गरे । भने एमालेका कृष्ण थापाले १३ हजार ३ सय २९ मत बटुले । थापा आचार्य भन्दा १ हजार ९ सय ५९ मतले पछि छन् । राप्रपा नेपालका शंकर खरालले १ हजार ५ सय ५६ मत बटुँले भने अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ८ सय ६६ मत प्राप्त गरे । उनले अहिलेसम्म चौथो स्थान कायमै राखेका छन् । यसैगरि उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १५ हजार ५ सय ९५ मत पाएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गरेकी छिन् । गुरुङ कांग्रेसकी रानाभाट भन्दा ३ सय ७० मतले पछि छिन् । प्रमुख पदमा आचार्यले मतान्तर फराकिलो बनाउँदै गएपनि उपप्रमुखमा भने निकै प्रतिस्पर्धा देखिएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका विष्णुप्रसाद बरालले १ हजार ९ सय ९२ मत प्राप्त गर्दै निर्वाचित भए । उनले निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमोद पराजुलीलाई ७ सय २५ मतान्तरले पराजित गरेका थिए । कांग्रेसका पराजुलीले कुल १ हजार ६७ बटुले ।
पाल्पा: पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादीकी प्रतिक्षा सिंजालीमगर विजयी भएकी हुन् । नगरपालिका प्रमुखले ११ हजार २ सय ७३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धनेन्द्रराज घिमिरेलाई ८ सय ७९ मतान्तरले पराजित गरे । नगर प्रमुखका एमाले प्रत्यासी घिमिरेले १० हजार ३ सय ९४ मत बटुले । यसैगरि उपप्रमुखमा सिंजालीमगरले निकटतम प्रतिद्वन्दी शशी श्रेष्ठलाई ७ सय ७९ मतान्तरले हराउदै पाँच वर्षका लागि निर्वाचित भइन् । सिंजालीमगरले ११ हजार १ सय ५१ मत प्राप्त गरेकी थिइन् । भने एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ ले मत पाएकी थिइन् । नागरिकमैत्री सेवा प्रवाह गर्नेछौं’: उपप्रमुख सिंजालीमगर उपप्रमुखमा निर्वाचित भएसँगै सिंजालीमगरले नगरवासीलाई नागरिकमैत्री सेवा प्रवाह गर्ने बताइन् । उनले घरदैलो कार्यक्रममा मतदातासँग गरेको प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताइन् । गाउँपालिका, नगरपालिका र महानगरपालिकाको उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहन्छ । साथै उपप्रमुखलाई विकास निर्माणको गतिविधि तथा क्रियाकलाप अवलोकन गर्ने क्षेत्राधिकार तोकिएको छ । उपप्रमुख सिंजालीमगरले अन्यायमा परेका नागरिकलाई उचित न्याय दिलाउने प्रतिवद्धता जनाउदै भनिन्, ‘हाम्रो नगरपालिकाका नागरिकहरुले कानूनको पूर्ण महसुस गर्न पाउनुहुनेछ । कानून भन्दा माथि कोही हुदैन । त्यसैले कानून बर्खिलाप कदम चाल्न कसैलाई अधिकार छैन ।’ फरक प्रसंगमा बोल्दै आफु जहिल्यै वेथितीको विरुद्धमा उभिने बताइन् । ‘अनियमितता र भ्रष्टचार विकासको विरुद्धमा हुन्छ । उनले भनिन्, ‘त्यसैले यसको विरुद्धमा हाम्रो टिमको सधै खबरदारी रहनेछ ।’ हामीले हाम्रो नगरलाई साँच्चिकैको नगरपालिका बनाउँने प्रयासमा लागिरहनेछौ । त्यसको लागि नगरवासीको पनि सहयोग जरुरी छ ।’
पोखराः पाँच दलीय गठबन्धनबाट पोखरा महानगरको मेयरमा उठेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले यसपटक नेकपा एमालेको हातबाट महानगर खोस्ने सम्भावना बढेको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ९६० मत गणना हुँदा समाजवादीका आचार्यले अग्रता बढाउँदै लगेपछि एमाले समूह झनै निराश बन्दै गएको छ । एमालेमा निराशा बढ्नुको कारण हो, वडा ६, १३ र २६ को मत परिणाम । एमालेले उक्त तीन वडामा गठबन्धनको भन्दा बढी मत पाउने अपेक्षा गरेको थियो । तर अपेक्षाविपरित उक्त वडामासमेत आचार्यले झनै बढी मत पाउँदा महानगरबाट एमालेको लगाम खुकुलो भएको छ । हालसम्मको मत परिणाम अनुसार आचार्यले ९ हजार १६५ मत पाएका छन् । यता, एमालेका कृष्ण थापाले हालसम्म ७ हजार ७७४ मत हासिल गरेका छन् । अब बाँकी रहेका वडाको मत परिणाम पनि एमालेको प्रतिकुल रहने आंकलन गरिएको छ । आचार्यले गठबन्धनबाट इमान्दार मत त पाए नै एमालेबाट समेत मत पाएको परिणामले देखाएको छ । त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ९ हजार ४६१ मतका साथ अग्रस्थानमा रहेकी छिन् । निकटतम प्रतिद्वन्द्वी मञ्जु गुरुङले ८ हजार ८३१ मतले पच्छ्याइरहेकी छिन् । एक समय झिनो अन्तरले अग्रता पाएकी गुरुङको अवस्था पनि खासै सुधार हुन नसक्ने विश्वास गरिएको छ ।
कास्की: नेकपा एमालेका नवराज ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो पटक कास्कीको रुपा गाउँपालिकाको प्रमुख भएका छन् । ओझाले नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउँदै ओझा विजयी भएका हुन् । पराजित भएका नेपाली कांग्रेसकी गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् । त्यसैगरि उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई ७ सय ७५ मत अन्तरले हराए । लालसुब्बाले ५ हजार ४ सय ४५ मत प्राप्त गरे भने नारायण श्रेष्ठले ४ हजार ३ सय ७० मत प्राप्त गरेका थिए । रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।
पोखरा: पोखरा महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रैसी उम्मेदवार कोपिला रानाभाटलाई पछि पारेकी छिन् । कुल १० हजार ५ सय ९० मत गणना गर्दा गुरुङले ४ हजार ३ सय ४४ मत प्राप्त गरेकी छिन भने निकटतम प्रतिद्वन्दी रानाभाटले ४ हजार २ सय ३२ मत पाएकी छिन् । रानाभाट भन्दा गुरुङ १ सय १२ मतले अगाडि छिन् । यसअघि कोपिला रानाभाटले अग्रता लिएकी थिईन् । यसैगरि मेयर पदका प्रत्यासी गठबन्धनका धनराज आचार्यले भने अग्रतालाई फराकिलो बनाउदै लगेका छन् । उनले ४ हजार २ सय ४० मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत पाएका छन् । तीन वडाको नतिजा सार्वजनिक पोखरा महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भैसकेका छन् । यसैगरि वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भैसकेका छन् । त्यसैगरि वडा नम्बर १२ मा पनि सोही पार्टीकै सन्तोष बास्तोला निर्वाचित भएका छन् । अबको केही समयमै वडा नम्बर २३ को पनि नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
कास्की: पोखरा महानगरपालिका पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेकी उपप्रमुख उम्मेदवार मञ्जुदेवी गुरुङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाटसँग मतान्तर घटाएकी छिन् । कुल ३५ सय मणगणना गर्दा गुरुङले १ हजार ४ सय ५ मत प्राप्त गरेकी हुन् । उनी रानाभाट भन्दा ४५ मतले पछि छिन् । सुरुवातमै अग्रता लिएकी कांग्रेसी उम्मेदवार कोपिला रानाभाटले १ हजार ४ सय ५० प्राप्त गरिन् । यसैगरी मेयर पदमा गठबन्धनका धनराज आचार्यले १ हजार ३ सय ४९ सहित अगाडि छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले १ हजार २ सय ५० मत पाएका छन् । उक्त मत परिणाम पोखरा महानगरपालिका वडा नम्बर १ को १ हजार १ सय २ को ७ सय, वडा १२ को १२ सय र २३ वडा नम्बरको ५ सय गरि कुल ३ हजार ५ सय मत गणना सकिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
पोखरा: पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै राखेका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणना गर्दा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । भने एमाले कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका शंकर खरालले १ सय ८४ र अटेरी अभियानका स्वतन्त्र गनेस पौडेलले ६५ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्दै अगाडि छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १ हजार २५ मत प्राप्त गरेकी छन् । अहिले जारी मतगणनामा पोखरा महानगरपालिका वडा नम्बर १ को ११००, २ को ७०० र वडा १२ को १२ सय मत गणना भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
कास्की: कास्कीको अन्नपूर्ण गाउँपालिका ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी बनेको छ । विजय गुरुङ नेतृत्वको नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित भएका विजय गुरुङले कुल ५ सय ६१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी मिना गुरुङले ३२७ मत प्राप्त गरेकी थिईन् । यसअघि वडा नम्बर १० मा पनि नेपाली कांग्रेसको गाैतम गुरुङकाे प्यानल विजयी भैसकेको छ ।