काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेक...

कास्की:    कास्कीको अन्नपूर्ण गाउँपालिका ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी बनेको छ । विजय गुरुङ नेतृत्वको नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएको हो ।    अध्यक्षमा निर्वाचित भएका विजय गुरुङले कुल ५ सय ६१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी मिना गुरुङले ३२७ मत प्राप्त गरेकी थिईन् ।   यसअघि वडा नम्बर १० मा पनि नेपाली कांग्रेसको गाैतम गुरुङकाे प्यानल विजयी भैसकेको छ ।

भरतपुर:   भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो ।   मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए ।   यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समग्र जिल्लामा ७४ दशमलब ०९ प्रतिशत मत खसेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार रत्ननगर नगरमा ३९ हजार ४११ मत खसेको छ ।   सो नगरमा कूल मतको ७४ दशमलब ८६ प्रतिशत मत खसेको हो । यस नगरमा ५२ हजार ६४२ जना मतदाता रहेका छन् । कालिका नगरमा भने दुई हजार ३५० मत अर्थात् ७८ दशमलब १५ प्रतिशत मत खसेको थियो । खैरहनी नगरमा ३२ हजार ३०० मत खसेको छ । यो कूल मतदाताको ७४ दशमलब २० प्रतिशत मत खसेको कार्कीले जानकारी दिनुभयो । सो पालिकामा ४३ हजार ५३१ मतदाता रहेका थिए । राप्ती नगरमा २९ हजार ७३७ मत अर्थात् ७३ दशमलब १५ प्रतिशत मत खसेको छ ।   यस पालिकामा ४० हजार ६४९ मतदाता रहेका छन् । माडी नगरमा २० हजार ४९६ मत खसेको छ । यस नगरपालिकामा कूल मतको ७२ दशमलब ३७ प्रतिशत मत खसेको हो । जहाँ २८ हजार ३२० मतदाता रहेका थिए । इच्छाकामना गाउँपालिकामा १२ हजार ९ मत खसेको छ ।   यो कूल मतदाताको ७६ दशमलब ८१ प्रतिशत मत हुन आउँछ । जहाँ १५ हजार ६३४ मतदाता रहेका छन् । जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।   जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्रबाट मतदान भएको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा ७६ दशमलब ७१ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार त्यतिबेला भरतपुर महानगरपालिकामा ७५ दशमलब १२ प्रतिशत, राप्ती नगरपालिकामा ७७ दशमलब ३९ प्रतिशत, खैरहनी नगरपालिकामा ७५ दशमलब ३४ प्रतिशतमत खसेको थियो ।   यस्तै रत्ननगर नगरपालिकामा ८० दशमलब ४१ प्रतिशत, कालिका नगरपालिकामा ८० दशमलब ७५ प्रतिशत, माडी नगरपालिकामा ७५ दशमलब ३० प्रतिशत र ईच्छाकामना गाउँपालिकामा ८० दशमलब २९ प्रतिशत मत खसेको थियो ।

रौतहट:   रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका स्थानीयले लुटेका छन  । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरिएकाे बताइएकाे छ ।   निर्वाचन अधिकृत हरिप्रसाद शर्माका अनुसार दुवै स्थानमा मतदान रद्द गरिएको छ ।

पोखरा:   आसन्न स्थानीय निर्वाचनका लागि गण्डकी प्रदेशमा सम्भावित घटना रोक्नका लागि नेपाल प्रहरीले सुरक्षालाई व्यवस्थालाई कडा पारेको छ । मतदातालाई भयरहित वातावरण सिर्जना गर्नका लागि नेपाल प्रहरीले प्रदेश स्तरीय निर्वाचन सेल निर्माण गरि सुरक्षा व्यवस्था व्यापक बनाएको हो ।   गण्डकी प्रदेश निर्वानन सेलका संयोजक तथा प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले सुनगाभा न्यूजसँग कुरा गर्दै यस प्रदेशका ८५ वटा पालिकामा ६ हजार ३ सय बढि नेपाल प्रहरी र १० हजार ९ सय बढि म्यादी प्रहरी खटाइएको बताए ।   उनले गण्डकी प्रदेशका १२ सय ५३ मतदान केन्द्रमा आवश्यक सामाग्री सहित नेपाल प्रहरी पुगिसकेको बताए । ‘गण्डकी प्रदेशको ११ जिल्लाका ८५ स्थानीय निकाय मध्ये कुल १२ सय ५३ मतदान स्थल रहेका छन् । आजको दिनसम्म सम्पूर्ण सुरक्षाकर्मीहरु निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुगेको अवस्था छ, उनले भने, ‘यी मतदान स्थलहरुमा ६ हजार ३ सय भन्दा बढि नेपाल प्रहरी, १० हजार ९ सय भन्दा बढि म्यादी प्रहरीहरुको परिचालन गरिएको अवस्था छ ।’ उनले निर्वाचनमा हुनसक्ने आपराधिक घटनालाई रोक्नका लागि प्रदेश स्तरीय निर्वाचन सेल स्थापना गरिएको बताए ।  ‘चुनावमा हुन सक्ने घटनालाई रोक्न र हुनै नदिन प्रदेश स्तरीय निर्वाचन सेल स्थापना गरिएको छ । प्रदेशका ११ वटै जिल्ला प्रहरी कार्यालयमा पनि प्रत्येक जिल्ला सेल व्यवस्था गरेको अवस्था छ, उनले भने, ‘निर्वाचन सम्बन्धि गतिविधिलाई मोनिटरिङ गरेर प्रदेश प्रहरीको निर्वाचन सेलमा पठाउने गर्छ र सोहीको आधारमा हामीले कम्पायल गरेर केन्द्रीय निर्वाचान सेलमा पठाउने काम गर्दछौ ।’   डिएसपी घलेले विगतको तुलनामा यसपटक आपराधिक घटना ज्यादै न्यून भएको जानकारी दिए । ‘पहिला भएको स्थानीय निर्वाचन २०७४ मा मौन अवधी सुरु हुनुभन्दा अगाडी ५५ वटा घठना भएको देखिन्छ भने अहिलेको अवस्थामा १२/१३ वटा मात्रै सामान्य झैझगडा देखिन्छ । यसकारण यसपटकको सुरक्षा व्यवस्था कडा छ ।’   डिएसपी घलेले नागरिकलाई भयरहित वातावरणमा मतदान गर्नको लागि सुरक्षा व्यवस्था कडा पारेको बताउदै भने, ‘सम्पूर्ण मतदाताहरुले त्रासरहित मताधिकार प्रयोग गर्न पाउँनुपर्छ भनेर हामीले अनुकुल वातावरण सिर्जना गरेका छौ ।’ शुक्रबार बेलकी ५ बजेसम्म हुने निर्वाचनमा म्यादी प्रहरीको सहायतामा नेपाल प्रहरीले निर्वाचन सम्पन्न गराउनका लागि पहिलो घेरामा रहेर काम गर्नेछ । भने सादा पोशाकका प्रहरीहरु पनि तैनाथ रहनेछन् । यसैगरी दोस्रो घेरामा सशत्र प्रहरी बल र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।    ‘हामी स्ट्याण्डवाई छौ’:  एसपी थापा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले निर्वाचन लक्षित सबै सुरक्षा व्यवस्था चुस्तदुरुस्त बताएको बताए । ‘यो निर्वाचनलाई शान्तीपूर्वक र सुरक्षित तवरले सम्पन्न गर्नका लागि यथेष्ट मात्रामा प्रहरीहरु परिचालन गरेका छौ र स्ट्याण्डवाई छौ, उनले भने, ‘प्रत्येक मतदान केन्द्र र स्थलहरुमा पर्याप्त प्रहरीहरु तैनाथी गरेको अवस्था छ । यसैगरी प्रत्येक गाउँपालिका र महानगरपालिकामा रिजर्भ टोली, मोवाईल टोली तथा प्लेनकोटको प्रहरी परिचालन गरेका छौ ।’   उनले आपराधिक क्रियाकलाप हुन नदिनका लागि संवेदनशील रहेको बताए । ‘हामीले यो समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न हामी सचेत, संवेदनशिल र तयारी पूण रहेको छ ।’   एसपी थापाले आम नागरिक, विभिन्न दलका उम्मेदवारहरु र निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरुको सुरक्षामा प्रतिवद्ध रहेको बताउदै मतदाताहरुलाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न समेत आग्रह गरेका थिए ।   

बागलुङ:   बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ ।   बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण गरिएको जनाएका छन् ।   भोलि हुने स्थानीय तहको निर्वाचनको मतदानपछि पाकिलाले मतगणना गर्न स्थलको तयारी पूरा गरेको बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतगणनास्थल तारबारसहित सुरक्षितसमेत बनाइएको छ ।   बागलुङको चार नगरपालिका र छ गाउँपालिकामध्ये बागलुङ नगरको मतगणना जिल्ला समन्वय समितिको सभाहल, जैमिनी नगरले १ नं वडास्थित सभाहल, गलकोट नगरको पुरानो गलकोट माध्यामिक विद्यालयको भवन, ढोपाटन नगरले बुर्तिबाङस्थित उत्तरगङ्गा माविको भवनमा तयारी गरिएको हो ।   यस्तै तमानखोला गाउँपालिकाको आफ्नै सभाहलमा, निसीखोला गाउँपालिकाको सभाहलमै तथा बडिगाड, ताराखोला, काठेखोला र बरेङ गाउँपालिकाले मतगणनास्थल तयारी गरिसकेको जनाएका छन् । मतगणनास्थलमा मतपत्र च्यात्ने, भीडभाड हुने लगायतका घटना नहोस भन्ने उद्देश्इले सिसी क्यामेरा र तारबारसहित सुरक्षित गरएको स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

काठमाडौं: नेपाली काँग्रेसले भरतपुर महानगरपालिकाका पाँचजना नेतालाई पार्टीबाट निलम्बन गरेको छ ।   पार्टीका कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमा कांग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवम् पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचजना नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेको उल्लेख छ ।   निलम्बनमा पर्नेहरुमा पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल हुनुहुन्छ ।  

भरतपुर:  शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ ।   मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो ।   सो ब्लकमा सिसिटिभि जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भईरहेको जनाइएको छ । सात समुहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेलले जानकारी दिनुभयो । “आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौ”, उहाँले भन्नुभयो । तर, महानगरमा खस्ने मतको अनुपातमा आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुनसक्ने कार्यालयले अनुमान गरेको छ ।   वि सं २०७४ को मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस भनेर सबै खालको तयारी गरिएको पौडेलले बताउनुभयो । भरतपुर महानगरमा २९ वडा छन् । जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरमा लागि ६५ मतदान स्थाल २०२ मतदान केन्द्र रहेको छ ।   विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रम भएको घटना दोहोरीन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।

पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एकीकृत समाजवादीका अध्यक्ष रामप्रसाद अधिकारी मूलघर नेकपा एमालेमा नै फर्किएका छन् ।   आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर गाउँपालिकामा आयाजित चुनावी भेलामा अधिकारी आफ्नै मूलघर नेकपा एमालेमा नै फर्किएका हुन् । कार्यक्रममा बोल्दै उनले केहीले आफ्नो खुट्टा तान्ने प्रयास गरिरहेको र निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । ‘मेरो खुट्टा तानिरहँदा, मेरो घाँटी निचोरिरहँदा तपाईं खेल मैदानबाट बाहिरिनु भएको छ ।’ उनले भने, ‘त्यसैले म के भन्न चाहन्छु भने कोही कसैले निषेधको राजनीति नगरौं, विचार र विवेकको राजनीति गरौं ।’   अबबाट आफूले एमालेमा रहेर नै राजनीति गर्ने अधिकारीले प्रतिवद्धता व्यक्त गरेका छन् ।   त्यस्तै नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य सीता गिरीले गाउँपालिकामा नेकपा एमालेले धेरै विकासका काम गरेको र आगामी दिनमा उक्त कार्यलाई निरन्तरता प्रदान गर्न फेरी पनि एमालेले जिताउन सूर्य चिन्हमा भोट हाल्न आग्रह गरिन् । ‘नेकपा एमाले भनेको विकासको सोच बोकेको पार्टी हो, परिर्वतनको एजेण्डा बोकेको पार्टी हो । यो कुरा हामीले चुनावमा भोट माग्न मात्रै भनेका होइनौं ।’ उनले भनिन्, ‘समृद्धिको यात्रामा, विकासको अभियानमा, सुखी माछापुच्छ्रेवासी हुनको निम्ति सूर्य चिन्हमा मतदान गरिदिनुहुन अनुरोध गर्छु ।’   भेलामा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले आफूहरु माछापुच्छ्रेको मुहार परिर्वतनका लागि उमेद्वार बनेको बताएका छन् । नेकपा एमालेले देशभरीका स्थानीय तहमा विकासको बाढी ल्याउन उमेद्वार खटाएको उनले बताए । भुगोल तथा क्षेत्रलाई मध्यनजर गर्दै आफूले प्रतिवद्धतापत्र ल्याएको प्रत्यासी गुरुङको भनाई थियो । पार्टीले जितेको खण्डमा गाउँपालिकाको आर्थिक वृद्धिदरसंग जोडिने गुरुङको भनाई छ । गाउँपालिकामा रहेका प्राकृतिक सुन्दरतालाई प्रयोगमा ल्याएर गाउँपालिकाको आर्थिक अवस्थामा सुधार ल्याउने उनले बताए । ५ वर्षको अवधीमा आफूहरुले विभिन्न कानुन बनाएको र अब कानुन लागू गर्ने गुरुङले बताएका छन् ।   त्यस्तै गाउँपालिकामा एमालेको तर्फबाट उपाध्यक्षकी उमेद्वार सीता तिवारी अधिकारीले गाउँपालिकामा हुने विभिन्न विकास निर्माणका कामहरुमा अवरोध आउने समस्या भइरहेको बताएकी छिन् । विकासका योजना सम्पन्न गर्दा आएका त्यस्ता अवरोधलाई हटाउने आफूले पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।    जेष्ठ नागरिकका लागि समेत आफूसंग योजना भएको उपाध्यक्षका प्रत्यासी तिवारीको भनाई छ । ‘गाउँपालिकामा कुनै पनि जेष्ठ नागरिकले भोकको सामना गर्नुपरेको छैन । एमालेको सरकारले ती सबै कुरा पु¥याइरहेको छ ।’ उनले भनिन्, ‘अहिले उहाँहरुलाई मानसिक शान्ति आवश्यक छ, त्यसका लागि उहाँहरुलाई खाजासहितको विश्रामगृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’ गाउँपालिकाका महिलालाई आयसंग जोड्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । ‘महिलालाई आय अन्य क्षेत्रमा विकासका काममा ल्याउन कार्यक्रम ल्याउने छु ।’ उनले भनिन् । कार्यक्रममा तिवारीले गाउँपालिकालाई डिजिटलाइजेसन गर्ने घोषणा गरेकी छिन् ।   

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ ।   एमालेका लागि मात्रै आज बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो ।   बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ ।   त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।-