पोखरा: पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले महानगर भ्रष्टाचारको दलदलमा फसेको बताएकी छिन् । पोखरा २१ कृस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महागरलाई भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउन गठबन्धनको जित आवश्यक रहेको बताईन् । वैशाख ३० गते पोखराको भविष्यको फैसला गर्ने दिन भएकाले त्यसको महत्वलाई बुझि गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उनले अपिल समेत गरिन् । पोखरा महानगरपालिकाको विकासको मोडेल कस्तो बनाउने र सेवालाई कसरी नागरिकमैत्री बनाउने भन्ने ठोष योजना आफुहरुसंग रहेको बताएकी उमेदवार रानाभाटले सहजसेवा प्रवाहका सम्बन्धमा आफुहरु सचेत रहेको पनि बताईन् । महानगरभित्र रहेका डाडाँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर पर्यटन उद्योगलाई थप व्यवस्थित गर्ने उनले बताईन् । पोखरामा क्रियाशिल आमा समुहहरुका लागि विना धितो विना ब्याच १० लाखसम्म आर्थिक सहायता प्रदान गर्ने घोषणा समेत गरिन् । महानगरमा निशुल्क शिक्षा, शुद्ध खानेपानी र गुणस्तरीय स्वास्थ्यको समेत व्यवस्थापन गर्ने उनले बताईन् । यस्तै वडा अध्यक्ष पदका उम्मेदवार पूर्ण बहादुर थापाले आर्थिक पारदर्शीता र कुशल प्रशासन संचालनका लागि आफ्ु योग्य रहेको बताए । वडाको विकासका सवालमा वडावासीहरुसंग आवश्यक परामर्श गरेर निर्णय लिने उनले प्रतिवद्धता पनि जाहेर गरे । सदस्य पदका उमेदवार लालबहादुर ठकुरीले कृस्तीले परिवर्तन खोजेका कारण गठबन्धनका उम्मेदवारलाई विश्वास गरेर मत दिने अपेक्षा लिएको बताए । अर्का सदस्य पदका उम्मेदवार नारायणबहादुर केसीले ३२ वर्ष देखी एमालेको कार्यकर्ता भएर काम गर्दा झुट र ठट्टा बाहेक केही नदेखेको बताए । महिला वडा सदस्य पदकी उमेदवार देवी अधिकारीले राम्रा व्यक्ति छान्न नसके पाँच वर्ष पछुताउनुको विकल्प नहुने बताईन । दलित महिला वडा सदस्य पदकी उम्मेदवार मञ्जु विकले दलित समुदायको नेतृत्व विकास गराई आयआर्जन र उद्यमशीलता बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
पोखरा: सत्ता गठबन्धनबाट एकीकृत समाजवादीको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले वडालाई प्रविधियुक्त बनाउने बताएका छन् । उनले जनतालाई सहज बनाउनको लागि अधिकांश सेवा वडाबाटै हुने व्यवस्था मिलाउने बताए । स्थानीय निर्वाचन नजिकिएसँगै वडा–वडामा पुगेका आचार्यले मतदातासँग वडा विकासमा लागि पर्ने बताए । ‘साना–साना समस्याको लागि महानगर जानुपर्दैन् । वडाबाटै समस्याको समाधान गर्ने व्यवस्था मिलाउनेछौं,’ उनले भने, ‘वडावासीलाई सहजहोस भनी वडालाई प्रविधियुक्त सुविधा सम्पन्न बनाउनेछौं ।’ उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोडबाट स्तरोन्नति गरिने बताए । पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’ को अवधारणसँग तालमोल गराई ५ वटा सेटलाइट टाउन्स निर्माण गरिने आचार्यले घोषणा गरेका छन् । उपमेयरकी साझा उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षभित्र महानगरीय खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरिने बताइन् । चुनावी आमसभामा पोखराका विभिन्न ठाउँमा पुगेकी रानाभाटले सहरको नजिक भएका ठाउँहरुमा पनि खानेपानीको समस्या देखिन । ‘आधा दिन खानेपानीको लाइनमा जाने गरेको मतदाताले गुनासो गर्नुभयोे,’ उनले भनिन्, ‘खानेपानीलाई जतिसक्दो घरघरमा पु¥याउनेछौं भनेर प्रतिबद्धता गरेका छौं । एक घर एक धाराको अवधारणा सहित पानी पुर्याउनेछौं ।’ गठबन्धनले पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण ठानिएको अन्तर्राष्ट्रिय सभा हल निर्माण सम्पन्न गर्ने र सभागृहमा रहेको सिटी हललाई व्यवस्थित गर्ने घोषणा गरेको छ । पोखराको वढ्दो सवारी चापलाई व्यवस्थापन गर्न अटोमेटिक ट्राफिक सिग्नलको अवधारणा अघि सार्ने गठबन्धनको घोषणामा उल्लेख छ ।
पोखरा: वडा नम्बर ३२ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षका उमेद्वार खुमबहादुर पुनले बेगनास सिंचाई परियोजना कार्यलाई अघि सार्ने बताएका छन् । उनले घरदैलो कार्यक्रममा मतदातामाझ वडाअध्यक्ष पदमा जितेको खण्डमा पहिलो प्रथामिकता सिंचाईलाई दिने बताएका हुन् । उनले ३२ वडामा रहेका सुकुम्वासी जनताको समस्या हल गर्ने बताए । ‘नेपाल सरकारले सुकुम्वासीलाई हेर्नुपर्छ ।’ उनले भने, ‘यहाँका जनताले मलाई विश्वास गरेर जिताउनुभयो भने सुकुम्वासीको समस्या समाधान गर्नेछु । उहाँहरुलाई लालपूर्जा दिलाउनेछु ।’ जनताले आफूप्रति निकै आस गरेको उनले बताए । जनताको प्रत्येक घरदैलोको बाटोमा ढलान गरिदिने उनले आश्वासन दिएका छन् । ‘तल्लो गगनगौडादेखि राजाको चौतारा जाने बाटो बनाउनेछु । यो बाटो बैकल्पिक बाटो पनि हो । त्यसको स्तरोन्नतीमा लाग्नेछु ।’ उनले भने, ‘माथिल्लो गगनगौंडादेखि सातमुहाने जाने बाटो मरेको लास लान पनि नसक्ने अवस्था छ । त्यसको मुहार फेर्नेछु ।’ उनले विकास र पूर्वाधारलाई महत्व दिएर नमुना वडा बनाउने प्रतिबद्धता जनाएका छन् । उनले लामेआहाल, तल्लो गगनगौडामा हुने बाढी पहिरोबाट बर्षेनी हुने डुवान क्षेत्रलाई सुधार्ने बताए । लामेआहालमा बन्न लागेको क्षेत्रीय पोखरा बसपार्क निर्माण गर्नको लागि सहयोग गर्ने उनले बताए । उनले युवाका लागि खेलकुद मैदान बनाएर खेलाडी उत्पादन समेत गर्ने बताएका छन् । ‘एक गाउँ एक खेलकुद मैदान बनाउनेछौं ।’ उनले भने, ‘प्रत्येक वर्ष वडाको आयोजनामा खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।’ जेष्ठ नागरिकले पाउने बृद्धा भत्ता घरघरमा पुर्याउने उनले जनतामाझ घोषणा गरेका छन् । उनले कुनै पनि ठाउँ, नहेरी वडाको समान विकास गर्नको लागि ५ वर्षसम्म लागि पर्ने उनले बताए । ‘मैले जिते भने एमालेले मात्र जित्ने होइन सम्पूर्ण राजनीतिक पार्टीले जित्ने हो ।’ उनले भने, ‘अन्य पार्टीका साथीसँग सहकार्य गरेर वडा विकासमा लागि पर्नेछु ।’ ढोडबेंसी र मालेपाटनमा उखु खेती गर्ने किसानलाई व्यवसायिक बनाउनेमा पहल गर्ने बताए । ‘फेदी, ढोडवेंशी, मालेपाटन हुँदै राजाचौतारा जाने भत्केको बाटोलाई चुनाव जितेलगत्तै मर्मतको काम गर्नेछु ।’ उनले भने ।
पोखरा: पाँच दलीय गठबन्धनले आईतबार पोखराको अमरसिंहचौरमा गर्ने बिशाल आमसभाको तयारी पुरा भएको छ । गठबन्धन प्रचारप्रसार समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि आमसभाको तयारी पुरा भएको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै प्रचारप्रसार समितिका संयोजक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आमसभाका लागि पोखरा महानगरपालिकासँगै चारवटै गाँउपालिकाहरुमा पाचै दलका मतदाताहरु सहभागी गराउने गरि आह्वान गरिएको बताए । बरालले यस आमसभालाई व्यवस्थित, मर्यादित र ऐतिहासिक बनाउने तयारी भएको पनि बताए । आमसभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेतका नेता संगै पोखरा महानगरका मेयरका उमेदवार धनराज आचार्य र उपमेयरका उमेदवार कोपिला रानाभाट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पाँच दलीय गठबन्धनका नेताहरुले पोखरा महानगरपालिका सहित कास्कीका बहुस्थानमा गठबन्धनका उमेद्वारहरुले विजय हासिल गर्ने दावी गरेका छन् । कास्कीमा पोखरा महानगरपालिकासँगै पाँचवटै स्थानिय तहका अधिकांस स्थानमा गठबन्धनका साझा उमेदवार रहेकाले पनि बहुमत स्थानमा आफुहरुको जित सुनिश्चित रहेको नेताहरुको दावी गरेका हुन् । केन्द्रकै परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलहरु बिचमा साझेदारी गरिएको र केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको समेत नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । बरालका अनुसार पोखरा महानगरपालिकाका १६ वटा वडामा गठबन्धन गरिएको छ भने, बाँकी वडामा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको छ । ति वडाहरुमा पनि चुनावी तालमेलका विषयमा निरन्तर छलफल भैरहेको बरालले बताए । गठबन्धनलाई आगामी निर्वाचनमा समेत कायम राख्ने गरि दलहरुका बिचमा परामर्श गरिरहेको उनले बताए । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल छन् । उनिहरुको तर्फबाट पोखर महानगरपालिकाको प्रमुख पदका लागि एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदका लागि नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छिन् ।
पोखरा: लक्ष्मी टोल विकास समिति तथा लक्ष्मी टोल आमा समुहले १५ नं वडाका एमाले उमेद्वारसँग स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । लक्ष्मी मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा टोल विकास समिति र आमा समुहका महिला दिदीबहिनीले उमेद्वारसहितको टोलीलाई माला र टिका लगाएर स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै लक्ष्मी टोल आमा समुहकी अध्यक्ष देवी पुनले ५ वर्ष अगाडि एमालेका उमेद्वारलाई घरदैलोका क्रममा यही मन्दिर परिसरमा स्वागत गर्दै टोलमा खानेपानी, बिजुली र सडकको समस्याबारे ध्यानाकर्षण गराएकोमा आज ती प्रतिबद्धता पूरा गरेको बताइन् । पुनले अहिले उमेद्वारी दिएका उमेद्वार पनि समाज सेवा हुँदै विभिन्न क्षेत्रमा काम गरिसकेको अनुभवी, क्षमतावान र युवा नेतृत्व सहितको टिम भएकाले उहाँहरुलाई भोट दिएर निर्वाचित गराउन सबैलाई आग्रह गरिन् । उनले जात रंगभेद तथा पार्टीका आधारमाभन्दा पनि व्यक्तिको योग्यता र क्षमताको आधारमा भोट दिनुपर्नेमा टोलवासीलाई सचेत गराइन् । अझै पनि टोल विकासमा गर्नुपर्ने केही काम रहेको भन्दै जनघनत्व अनुरुप खानेपानीको पाइप सानो भएकाले ठूलो साइजको पाइप, सडकमा सोलर बत्ती, सिसी क्यामेरा, इन्द्रेणी मार्गको सडक स्तरोन्नती र लक्ष्मी टोलको सडकमा ठूलो नालीको आवश्यकता रहेको बताइन् । स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी तोरण बानियाँले टोल विकास र आमा समुहबीच प्रतिवद्धता जाहेर गर्ने मौका दिएकोमा सबैलाई धन्यवाद दिए । बानियाँले विगतमा सामाजिक सेवाको रुपमा कार्य गर्दैगर्दा आफू पनि यस टोलमा सहयोगीको रुपमा जोडिने अवसर पाएको बताए । उनले १५ नं वडाको नेतृत्व गर्ने अभियानमा हिंडिरहेको अवस्थामा टोलवासी तथा आमा दिदी बहिनीको साथ, समर्थन र सहयोगले आउने निर्वाचनमा जित्छु भन्नेमा आशावादी रहेको बताए । बानियाँले जित पश्चात् १५ नं वडाको समग्र विकास र परिवर्तनका लागि महिला उधमशीलता, युवा स्वरोजगार, कृषि, शिक्षा लगायत पूर्वाधारको क्षेत्रमा वडावासीसँग हातेमालो गर्दै एकपछि एक गर्दै प्रतिवद्धता पूरा गर्ने विश्वास लिए । मेयर उपमेयरसहित आफूहरु पाँचैजनालाई मतदान गर्न आग्रह गर्दै बानियाँले विकासका प्रश्नमा शाशक नभई सेवकको रुपमा काम गर्ने जिकिर गरे । यस्तै, जिल्ला कमिटी इन्चार्ज तथा वर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले २०७४ सालमा वडावासीको माया र विश्वासले निर्वाचित भएको स्मरण गर्दै सीमित स्रोत र साधनका बाबजुद पनि गरिएका प्रतिवद्वताको झन्डै ८० प्रतिशत काम सम्पन्न गर्न सफल भएको दाबी गरे । ‘हाम्रो वडा, राम्रो वडा’ बनाउने अभियानमा यहाँका स्थानीय टोल विकास संस्था, आमा समुह, अगुवा, नागरिक समाज तथा विकासप्रेमी व्यक्तित्वसँग सहकार्य गरेर अगाडि बढिरहेको उनको भनाई थियो । वडा नं १५ लाई महानगरका ३३ वटै वडामध्ये नमुना वडा, सुन्दर वडा र विकसित वडा बनाउने अभियानलाई साकार पार्न लक्ष्मी टोल विकास क्षेत्रभित्र बसोबास गर्ने सबैले विगतका दिनमा जस्तै यसपाली पनि नेकपा एमालेलाई मतदान गर्नेमा उनको विश्वास थियो ।
पोखरा: स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै चुनावी गतिविधिले पनि तिव्रता पाएको छ । विभिन्न राजनीतिक दलहरु मतदाता भेटघाटमा व्यस्त छन् । नेकपा एमालेका तर्फबाट पोखरा–२१ का उमेद्वार बिहीबार र शुक्रबार मतदाताको घरआँगन पुग्दा सौहार्द स्वागत पाए । रुद्राक्षको माला, अबिर र खादासहित उमेद्वारलाई स्वागत गरेका मतदाताले विजयको शुभकामना समेत दिए । बिहीबार पोखरा २१ स्थित चापाको चौर, मैदान, पुरानो साम्मी लगायतका क्षेत्रमा सूर्य ध्वजावाहक उमेद्वार पुगिरहँदा मतदाताको स्वागतले माहौललाई हौसायो । चापाको चौरमा आयोजित सभामा बोल्दै नेकपा एमाले पोखरा २१ इन्चार्ज अर्जुन गिरीले वियय सुनिश्चित रहेको जनाउँदै अब मतान्तर बढाउने तर्फ ध्यान केन्द्रित रहेको बताए । उनले भने, ‘पोखरा २१ एमालेको लालकिल्ला हो भने अभियान मार्ग लालकिल्लाको पनि लालकिल्ला हो । हामी जित्छौं, यस कुरामा कुनै द्धविधा छैन । कति मतान्तरले जित्छौं भन्ने मात्रै हो ।’ नेकपा एमाले पोखरा २१ का अध्यक्ष राजेन्द्र थापाले वडाको विकासका कार्यमा एमाले नै अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै बाँकी कार्य पुरा गर्ने अभिभारा पनि एमालेकै उमेद्वारले पुरा गर्ने बताए । यस्तै पार्टीका तर्फबाट पोखरा २१ का वडाध्यक्ष उमेद्वार दिपकप्रसाद पौडेलले वडाको थप समृद्धिका लागि एकमात्र विकल्प एमाले रहेको बताए । मतदातालाई होस्टेमा हैसेका लागि आग्रह गर्दै भने, ‘तपाईहरुको सल्लाह अनुरुप नै हामी अघि बढ्ने हो । यहाँका समस्याबारे म जानकार छु । कतिपय काम भएका छन् । तर अझैपनि वडाको मुहार फेर्ने काम बाँकी छन् । त्यसका लागि हामी योजना सहित तयार छौं ।’ बिहीबार पोखरा ५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले वडावासीलाई पार्टीको प्रतिबद्धताबारे जानकारी गराए । उमेद्वारबारे विभिन्न अफवाह फैलाइएकोबारे जानकारी गाराउँदै उनले त्यसको पछि नलाग्न आग्रह गरे । उनले महानगरका सबै सूर्य ध्वजावाहक उमेद्वारलाई विजयी गराउन आग्रह गरे । शुक्रबार बृहत् र्याली सम्पन्न नेकपा एमाले पोखरा २१ ले शुक्रबार (आज) बृहत् मोटरसाइकल र्याली सम्पन्न गरेको छ । पोखरा २१ को निर्मलपोखरी, कृष्ती लगायतका स्थानमा ५ सय बढी कार्यकर्ताको उपस्थितिमा र्याली सम्पन्न गरिएको हो । र्यालीपछिको कोणसभालाई प्रदेश कमिटी सचिवालय सदस्य चन्द्र रोकाय, नेकपा एमाले कास्की सदस्य हिरा गिरी, पोखरा २१का इन्चार्ज अर्जुन गिरी, पार्टीका वडाध्यक्ष राजेन्द्र थापा, अनेरास्ववियु पोखरा महानगरका अध्यक्ष डिएन लामिछाने, अनेरास्ववियु कास्की अध्यक्ष विजय पौडेल लगायतले सम्बोधन गरेका थिए । विकास र समृद्धिका लागि एमालेका सबै उमेद्वालाई मत अपरिहार्य रहेको उनीहरुको भनाई थियो ।
पोखरा: स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट मेयर पदका उमेद्वार कृष्ण थापाले पोखरालाई महानगर बनाउन महत्वपूर्ण भूमिका खेलेको लेखनाथको विकासमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले आफू निर्वाचित भए लगत्तै लेखनाथको विकास गर्ने थुप्रै परियोजना सञ्चालन गर्न दातासंग वार्ता गरिरहेको बताए । यसका लागि लेखनाथको मुख्य बजारमध्येको एक शिशुवामा भौतिक तथा मानवीय पूर्वाधार विकासका लागि निर्वाचन लगत्तै २ अर्ब रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सभालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उमेद्वार थापाले पोखराको समृद्धि र विकासका लागि केही काम कोभिड लगायतका विभिन्न अप्रिय परिस्थितिका कारण अधुरा रहेको भन्दै ती काम पुरा गर्न थकाई नमारिकन लागिपर्ने बताएका छन् । पोखराका आम जनताले भोगिरहेका समस्या समधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने पनि उनले बताएका छन् । त्यसै गरेर उक्त सभालाई सम्बोधन गर्दै उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले स्थानीय सरकार प्रमुख भएर जिम्मेवारी सम्हाल्दाका आफ्ना अनुभव सुनाउँदै पोखराको समृद्धि धेरै टाढा नभएको बताएकी छिन् । यहाँका विकासमा देखिएका प्राय सबै समस्या पहिचान भइसकेकाले जनताले मौका दिएमा अझै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सभामा प्रतिनिधिसभा सांसद खगराज अधिकरी, पोखरा वडा नं ३० मा अध्यक्षका उमेद्वार सोमलाल बास्तोला लगायतले बोलेका थिए । नेकपा एमाले पोखरा ३० का अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो ।
पोखरा: पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मदेवार धनराज आचार्यले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा महानगरपालिका वडा नं.१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले पोखरा महानगरमा कुशल नेतृत्वको अभावका कारण अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अव त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन् । पोखराको जनसंख्या वृद्धिमा तिव्रता आएको उल्लेख गर्दै आचार्यले बढ्दो जनसंख्या र गरिबि निवारणका ठोष योजनाहरु लागु गर्ने बताए । पोखरामा रहेको ८ प्रतिशत गरिबि निबारणका लागि रोजगारीका अवसरहरु सृजना गरिने उनले बताए । उमेदवार आचार्यले करको दायरा व्यवसायी र नागरिकमैत्री बनाउने प्रतिवद्धता पनि जनाए । सेती करिडोर र फेवाताल संरक्षणका लागि विज्ञदेखी स्थानीयको सुझाव लिएर अगाडी बढ्ने उनले बताए । पेट्रोलियम पदार्थको कम खपत गर्न आवस्यक रहेको बताउदै कृषिजन्य वस्तु उत्पादनमा जोड दिने योजना समेत उमेदवार आचार्यले सुनाए । पोखराको लाइफलाइन पर्यटनलाई थप विकसित र प्रविधिमैत्री बनाउने उनले बताए । हेरिटेज पोखराको रुपमा विकास गर्ने आफुहरुको लक्ष्य रहेको उनले बताए । यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले वडा १ मा मुटुरोग अस्पताल निमार्ण कार्यको थलानी गर्ने प्रतिवद्धता जनाईन । उनले अवरुद्ध मुटुरोग अस्पताल बनाउने योजना अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिन् । तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले वडा १ मा मुटुरोगको अस्पताल बनाउने योजना बनाए पनि नेपाली कांग्रेसको सरकार ढलेपछि योजना अलपत्र परेको सुनाउँदै विगत पाँच वर्षमा उक्त अस्पतालका लागि कुनै पहल नभएको उनले बताईन् । ‘तत्कालिन समयमा साइनिङ अस्पताल हुदैँ गर्दा जनताले उपचार पाएका थिए । त्यो क्षेत्र अहिले लथालिङ हुन पुग्यो’ उनले भनिन्, तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले यो ठाउँलाई मुटुरोग अस्पताल बनाउनुपर्छ भनेर प्रस्ताव गर्नुभयो, त्यो कुराले गण्डकीवासी खुसी भए । काम हुदँै गर्दा नेपाली कांग्रेसको सरकार ढल्यो र मुटुरोग अस्पताल बिचैमा तुहियो । अव त्यसलाई पर्णता दिने जिम्मेवारी हाम्रो काँधमा आईपुगेको छ ।’ उमेदवार रानाभाटले गाइघाटलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने बताईन् । बगरमा रहेको संस्कृत माविलाई देशकै ऐतिहासिक संस्कृत भाषा विद्यालयको रुपमा नमुना बनाउने बताईन् । उनले महिला सशक्तिकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन् । सुत्केरी महिलालाई ६ महिनासम्म सुत्केरी भत्ता र बालबालिकालाई पोषणभत्ताको व्यवस्थापन गर्ने बताईन् । यस्तै पोखरा महागनरपालिका वडा नं.१ की वडा अध्यक्ष पदकी उमेद्वार सिता गुरुङले वडामा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले अघिल्लो पाँच वर्षमा वडामा कुशासन भएकाले त्यसको अन्त्य गर्दै सुशासन कायम गर्ने प्रतिवद्धता जाहेर गरिन् । ‘अहिले वडालाई नमुना बनाउने प्रतिबद्धता जाहेर गर्छौँ, विगतमा मैले थुप्रै सामाजिक कार्य गर्दै आँए अब तपाईहरुले मत दिएर वडाको सिपाही बनाउनुहोस्, म काम गर्न तयार छु । मेरो उमेदवारी वडाको आर्थिक विकासको लागि हो ।’ वडा नं. १ को समग्र विकासका लागि आफुहरु निरन्तर लाग्ने उनले प्रतिवद्धता पनि जाहेर गरिन् ।
पोखरा: पोखरा महानगरपालिका १८ का २ सय भन्दा बढि कार्याकता माओवादीमा प्रवेश गरेका छन् । फेवातलको छेउमा रहेको जलारी बस्ती र सेदीका स्थानीयले पार्टी प्रवेश गरेका हुन् । सो अवसमा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले भुमी बिहिनको समस्या माओवादी भन्दा अन्य पार्टीले समाधान गर्न नसक्ने दाबी गरे । जनातको समस्यासँग जोडिएको एकमात्र पार्टी माओावदी केन्द्र रहेको गुरुङले उल्लेख गरे । उनले सिंहदरबार गाउँगाउँमा ल्याएको बताउदै माओवादीको जनआन्दोलनले नै जनताको छोरा छोरी नीति बनाउने ठाउँमा पुगेको गुरुङले बताए । राजनीतिक व्यवस्था परिवर्तन भएको उल्लेख गर्दै उनले अब जनताको जिवन परिवर्तन गर्नुपर्ने धारणा राखे । अहिलेसम्म पोखरा १८ मा भु–माफियाले फाइदा लिएको जनप्रतिनिधिले जित्ने जानताको सेवा गर्नुपर्ने ठाउँमा आफ्नो स्वार्थमा भुुलेको भन्दै माओवादीको योजना नै प्रत्येक सुकुम्बासीको बासस्थानको ग्यारेन्टी गर्ने सिद्धान्त रहेको बताए । पोखरा १८ मा माओवादीको जति राम्रो योजना भएको, बिकास प्रेमी उम्मेदवार अन्य पार्टीमा नरहेको गुरुङले जानकारी दिए । माओवादी केन्द्रबाट पोखरा १८ मा वडा अध्यक्षको उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिनाले विगत ३६ वर्ष देखि भोट दिएर जिताएको पार्टीले अहिलेसम्म जनताको समस्या समाधान गर्न तर्फ नलागेको बताए । उनीहरुले पहिला पनि जनतालाई झुकाएको जसरी अहिले पनि झुटो सपना बाडेर झुक्काउन खोजेको दावी गरे । माओवादीको जनप्रतिनिधी नभएको कारण गरिब, दुखी, दलित, जनजातिको समस्या समाधान नभएको तिमिल्सनाले सुनाए । अहिले पनि माओवादीले हारे उत्तपिडित वर्ग हार्ने जानकारी दिदै माओवादीले जिते जनताको सत्ता स्थापना हुने भन्दै माओवादीलाई जिताउन अनुरोध गरे । कहिले फेवातालमा जाली नभएको कारण मस्य व्यवसाय धरापमा परेको, कहिले खानेपानी र बिजुली जस्ता अत्यावस्थक सेवाबाट बञ्चित हुनुपरेको थियो । यस्ता समस्याको समाधान माओवादीको सरकारले मात्र गर्न सक्ने जानकारी दिए । पोखरा १८ निर्वाचन कमिटिका संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको आन्दोलनले गरिव निमुखा दलित र जनजातिलाई फाईदा पुगेको बताए । पोखरा १८ का दलित अगुवा कार्याकर्ता लक्ष्मण परियारले गरिबको पार्टीलाई जिताएर सामान्तिको अन्तय गर्नुपर्ने धारणा राखे । यसैगरी माओवादी केन्द्र पोखरा महानगर कमिटी सदस्य हरि भण्डारीले जलारी समुदायलाई चुनावको समयमा प्रयोग गरेर अन्य समयमा हेप्ने र चेप्ने समस्या रहेको भन्दै माओवादीले जितेमा यस्ता समस्या नहुने जानकारी दिए । युवा व्यवासायी तथा माओवादी केन्द्रका नेता युवराज खतिवडाले पोखरा १८ मा ३ टिमको प्रतिप्रधा रहेको जानकारी दिदै राजु तिमिल्सिनाले सार्वजनिक पदमा नबसे पनि आफ्नो ठाउँको विकास गरेको कारण वडामा विकासको लागि राजु तिमिल्सिनाको महत्व अपरिहार्य रहेको बताए ।