काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेक...

 पाेखराः यसपटककाे स्थानीय निर्वाचनमा १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।   हाल निर्वाचन आयोगमा दर्ता भएका जम्मा ८९ राजनीतिक दलमध्ये निर्वाचनमा १३ दलका उम्मेदवार शून्य छन् ।   आयोगका तथ्याङ्कअनुसार वैज्ञानिक समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, त्रिमूल नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपालवाद, लोकदल, नेपाल आमा, समावेशी लोकतान्त्रिक, सङ्घीय खुम्बुवान, नेपाल सुकुम्वासी (लोकतान्त्रिक), नेपाल नौलो जनवाद र माओवादी जनमुक्ति पार्टी नेपालका यस निर्वाचनमा शून्य उम्मेदवार छन् । यस निर्वाचनमा आयोगले सबै उम्मेदवारले प्रचार प्रसारलगायत चुनावी खर्च गर्न पाउने हद (रुपैयाँमा) समेत निर्धारण गरेको छ ।   तीमध्ये महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई रु सात लाख ५० हजार, महानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई रु तीन लाख, उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई रु पाँच लाख ५० हजार, उपमहानगरपालिकाका वडाध्यक्ष र सदस्यलाई रु दुई लाख ५० हजार खर्चको हद निर्धारण गरिएको छ ।   त्यस्तै नगरपालिका प्रमुख र उपप्रमुखलाई रु चार लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यलाई रु दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई रु तीन लाख ५० हजार, गाउँपालिका वडाध्यक्ष र सदस्यलाई रु एक लाख ५० हजारको खर्च सीमा निर्धारण गरिएको छ ।   यसपटकको निर्वाचनमा मतपत्र हरियो मसिले छपाई गरिएको छ । मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हसियाँ हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ रहेको छ ।

पोखरा:  आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ ।   सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले पोखरा १३ शितलादेवीमा बसेको बैठकले चुनावी प्रचार प्रसारका लागि मादी गाउँपालिका स्तरिय  समिति गठन गरेको हो ।   नेपाली कांग्रेस मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार यामबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष तोरण गुरुङ, एकिकृत समाजवादी मादी गाउँपालिका अध्यक्ष घननाथ सापकोटाको अध्यक्षतमा बसेको बैठक बसेको थियो ।   नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सोमति गुरुङ, नेका कास्की एकका सचिव सरोज केसी लगायतका गठबन्धनका नेताहरुको उपस्थितिमा बसेको बैठकले समिति उप समिति गठन गरेको हो ।   स्थानीय निर्वाचन २०७९ लाई व्यवस्थित सशक्त  र उत्साहपूर्ण र विजयउन्मुख बनाउनका लागि गठबन्धनको मादी गाउँपालिकास्तरिय बैठक बसेको हो । निर्वाचनलाई परिणाममुखी बनाउन विभिन्न उपसमिति र उपसमितिको पनि बैठक राखी पूर्णता दिने संयुक्त रुपमा  निर्णय भएको छ ।   प्रशिक्षण बुद्धिजिवी परिचालन एवम घोषणापत्र तयारी समिति, कार्यालय सञ्चालन व्यवस्थापन उपसमिसिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, यातायात व्यवस्थापन उप समिति, पार्टी सञ्चालन भातृ तथा शुभेच्छुक संस्था परिचालन उपसमिति, आर्थिक समिति, गठबन्धन दल समन्वय समिति, युवा परिचालन उपसमिति, प्रचारप्रसार उपसमिति गठन गरेको हो ।     सोमबार बिहान ७ बजे पोखरा १२ शितलादेवीमा गठबन्धनको सम्पर्क कार्यालय स्थापन गरिने नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले जानकारी दिए ।

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ ।   कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको हो ।   कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सातै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले यही वैशाख २१ गते प्रदेश नं १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौँ, वैशाख २४ गते गण्डकी प्रदेशको कास्की, वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत र वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्न लागेको हो ।   सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने मुख्यसचिव पौडेलले बताउनुभयो ।

पोखरा: पोखरा महानगरपालिकाको मेयर पदका एमाले उम्मेदवार कृष्ण थापाले आफु निर्वाचित भएको खण्डमा कुनै पनि सेवा सुविधा नलिने प्रतिवद्धता जनाएका छन् ।    पोखरामा नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज आयोजित प्रतिवद्धता पत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।    उनले सेवा सुविधा नलिने मात्रै वचन गरेनन् युवाहरुलाई स्थान दिने बताउदै आगामी दिनमा  कहिल्यै चुनाव नलड्ने सम्म प्रतिवद्धता सुनाउन भ्याए । ‘मेरो यो चुनाव अन्तिम हुनेछ, उनले भने, ‘अब कृष्ण थापा चुनाव लड्नेछैन ।’ कमिसनतन्त्र र भ्रष्टाचार जनविरोधी कार्य भएको भन्दै उनले आफु निर्वाचित भएर कार्यालय प्रवेश गरेकै दिनदेखि रोक्ने बताए ।    थापाले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्ने बताउदै भने, ‘हामी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको साथसाथै अन्तरराष्ट्रिय विमानस्थल पनि छिटै सञ्चालनमा ल्याएर अन्तरराष्ट्रिय लेवलको शहर बनाउने प्रतिवद्धता जनाउँछु ।’ उनले पूर्व मेयर मानबहादुर जिसीको पदछापलाई फेरी कार्यान्वयन गर्ने बताए ।   उनले सार्वजनिक भएको घोषणापत्रलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्ने उल्लेख गरे । उनले समग्र नेताहरुलाई  साक्षी राखेर भने, ‘म आफ्नो नेता कमरेडहरुलाई साक्षी राखेर, मेरो शिर झुकाएर म त्यो प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, पार्टी र  नेतालाई आँच आउँने कान जिवनभरी नगर्ने प्रतिवद्धता गर्दछु ।’   आज सार्वजनिक भएको २० पृष्ठ लामो घोषणा पत्रमा पोखरामा मनोरेल र मेट्रोलले सञ्चालन ल्याउने उल्लेख गरिएको छ ।  एमालेको तर्फबाट उपमेयरमा मञ्जुदेवी गुरुङ चुनावी मैदान होमिएकी छिन् ।   प्रतिबद्धतापत्रको पूर्णपाठ   PurnaPath.pdf

पोखरा: नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय तोडफोडको क्रममा पक्राउ परेका २३ जना  कांग्रेसका कार्यकर्ता रिहा भएका छन् ।    जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार पौने ५ बजे रिहा भएकौ नेपाल तरुण दल वडा २४ का सचिव रमेश तिमिल्सिनाले जानकारी दिए ।   उनका अनुसार गठबन्धनको विरुद्धमा रहेका पोखरा २४ का कार्यकर्ताहरु हिजो बिहिबार पार्टी कार्यालयमा विरोध जनाउँदै तोडफोड गरेका थिए ।    उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।  नेपाली कांग्रेसका उक्त कार्यकर्ताहरु पार्टीकै जिल्ला सभापतीसँग रुष्ट बनेका थिए । पाँच दलीय गठबन्धनको तर्फबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममै आफ्नै पार्टीका नेता विरुद्ध नाराबाजी गरेका थिए । 

पाेखराः पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धन विरुद्ध वागी बनेका विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् ।    निर्वाचन आयोगको तालिका अनुसार अहिले ५ बजेसम्म उम्मेदवार मनोनयन फिर्ता लिने समय रहेको थियो । पोखरामा नेपाली कांग्रेसका ऋषि सापकोटा, नन्दप्रसाद तिवारी र कार्कीले वागी उम्मेदवारी दर्ता गराएका थिए ।   समयतालिका सकिएपछि सुनगाभा न्यूजसँग कुरा गर्दै कार्कीले भने ‘मेरो उम्मेदवारी राजनीतिक विद्रोह हो, म मेरो अडानमा पक्का छु ।’   पार्टीमा विद्रोही युवा नेताको छवि बनाएका कार्की कास्की २ का क्षेत्रीय सभापति एवं कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति हुन् ।    सभापति शेरबहादुर देउवाले गठबन्धनको नाममा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाएपछि असन्तुष्टी पोख्दै पोखरा महानगरको मेयरमा वागी उम्मेदवारी दिएको कार्कीको भनाई छ ।   यसैबीच, उम्मेदवारी फिर्ता लिएका सापकोटा र तिवारीले भने सांकेतिकरुपमा विद्रोह गरेको जनाएका छन् । ‘म कांग्रेस हुँ तर नेताको मलद्वारलाई हरिद्वार भन्न सक्दिन’ उनले स्पष्ट पारे ।    पार्टीले वागी उम्मेदवारलाई कारवाही गर्ने भनेको छ नी ? भन्ने प्रश्नमा कार्की भन्छन् 'जे जस्तो गरेपनि तयार छु ।'   

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ । सत्तागठबन्धन दलका शीर्षनेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको चुनावी तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्ररूपमा दर्ता गरेका उम्मेदवारीलाई तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ ।   यसैगरी गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार छ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी तत्काल फिर्ता लिने बैठकको निर्णय छ ।   बैठकपछि कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी निर्णय सार्वजनिक गर्नुभएको छ ।

पोखरा: पाँच दलीय गठबन्धको तर्फबाट पोखरा महानगरको उपमेयरका प्रत्यासी बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले अनियमितता र भ्रष्टाचारको विरुद्धमा लड्ने प्रतिवद्धता गरेकी छिन् ।   पोखरामा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै रानाभाटले आफ्नो प्रतिवद्धता जनाएकी हुन् ।    ‘पूर्वाधार विकास निर्माणको कामहरु उपमेयरको क्षेत्राधिकारमा पर्छ । त्यसको अनुगमनको काम उपमेयरको हुनेछ, उनले भनिन्, ‘मलाई राजनीतिमा धन कमाउनु छैन । स्पष्ट निष्ठाको राजनीति गरिरहदा मलाई घर सम्हाल्नु छैन । त्यसैले म कुनै पनि भ्रष्टाचार र अनियमित काम हुन दिनेछैन । मैले स्पष्ट रुपमा आफ्नो कर्तव्यहरु पुरा गर्नेछु भन्दै यहाँहरु समक्ष प्रतिवद्धता जनाउन चाहान्छु ।’   कुनै पनि स्थानीय निकायको उपप्रमुख न्यायिक समितिको संयोजक रहने प्रावधान रहन्छ ।    उपमेयरकी उम्मेदवार रानाभाटले आफु उपमेयरमा निर्वाचित भएको खण्डमा न्यायिक समितिको संयोजकको हैसियतमा रहेर निष्पक्ष न्याय प्रदान गर्नै वचनबद्ध गरिन् । ‘मेरो क्षेत्राधिकार भित्र पर्ने भनेको संवैधानिक न्यायिक मञ्च हो । महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई म अनुरोध गर्दछु कि मेरो टेबुलमा आएका मुुद्धाहरु अदालतसम्म पुुर्याउने अवस्था ल्याउने छैन, उनले भनिन्, ‘र न्यायिक रुपमा पनि छिटो भन्दा छिटो न्याय प्रदान गरेर सबै जनताहरुलाई सुलभ किसिमको न्याय दिनेछु भन्ने प्रतिवद्धता जनाउछु ।’   उनले फरक प्रसंगमा बोल्दै गठबन्धन पाँच पार्टीको मात्रै नभई प्रतिगामीको विरुद्धमा भएको तर्क दिईन् । ‘जब देश संकटमा गयो । राष्ट्रियता स्वाधिनता गुम्ने आशय भयो तब भिन्दाभिन्दै पार्टीका नीति र सिद्धान्त भएका सबैमनहरु एक ठाउँमा साझा उद्देश्यका लागि आउनुपर्याे, रानाभाटले भनिन्, ‘यो हाम्रो बाध्यता हो । समयको माग हो । नेपाल र नेपालीको आवश्यकता हो ।’   उनले गठबन्धनबाट स्वच्छ छवीका उम्मेदवारलाई अघि सारेको बताउदै विचलन हुन नपर्ने बताईन् । ‘हामीले कुनै त्यस्तो उम्मेदवार दिएर हिडेका छैनौ । जसलाई हामी धर्मराउन परोस् । आज हामी धुक्कासाथ गर्वका साथ धनराज आचार्यलाई साथमा लिएर हिडेका छौ, उनले भनिन्, ‘कसैले पनि उहाँको बारेमा धर्मराउनपर्ने अवस्था छैन । त्यसैले गठबन्धन अहिलेको मात्रै पनि होईन । खाली हामी मेयर र उपमेयर जित्नुको लागि होईन । हामी चाहान्छौ । स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्मै जाओस ।’    पोखरा महानगरपालिकाको उपमेयरका उम्मेदवार बनेकी रानाभाट अहिले नेपाली कांग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री हुन् ।    

पोखरा:  आगामी ३० गते हुने स्थानीय निर्वाचनको लागि पोखरा महानगरको मेयर र उपमेयर पदमा विभिन्न दलको तर्फबाट मनोनयन दर्ता गरेका छन् ।   नेकपा एमाले, पाँच दलीय गठबन्धन, राप्रपा, राप्रपा नेपाल, मंगोल अर्गनाइजेशन तथा स्वतन्त्र उम्मेदवारले दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए ।    तस्बिरमा हेरौ पोखरा ६ सहिद चोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा देखिएको माहोल ।