काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेक...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिमा हामीले केही लछारपाटो लगाउन नसकेको भन्दै काठमाण्डौंको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई जिताउन अपील गरेका छन् ।    पाँच दलीय गठबन्धनद्वारा राजधानीमा आयोजित चुनावीसभामा बोल्दै प्रचण्डले भने ‘कांग्रेसले मेयरमा महिलालाई उठाएको छ’ उनले भने ‘माओवादी र गठबन्धनका साथीहरुले उहाँलाई मतदान गरौं ।’ कांग्रेससको उम्मेदवार नै राजधानीमा उपयुक्त भएको भन्दै प्रचण्डले सिंहको अगुवाइमा अब काठमाण्डौं बन्ने दाबी गरे ।    रुखवालाले हँसिया हथौडा र हँसिया हथौडावालाले रुखमा भोट गर्न गाह्रो मानेको बताउँदै उनले अब त्यस्तो मनस्थिति त्याग्न अनुरोध गरे ।    सोही क्रममा प्रचण्डले आफु हदै सोझो मान्छे भएकोसमेत उल्लेख गरे । ‘म साह्रै सोझो मान्छे रहेछु’ उनले भने ‘त्यही भएर केपी ओलीले दिनसम्म दुख दिए, त्यसपछि माधवजी र म लोकतन्त्र, गणतन्त्र जोगाउन भनेर बाहिरिएको हो ।’ उनले भने ‘ओली प्रवृत्ति देशका लागि घातक छ ।

कास्कीः नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाका उम्मेदवारहरुले मतदातामाझ पारदर्शीताको प्रतिबद्धता गरेका छन् । अहिलेको स्थानीय सरकारले विभिन्न क्षेत्रमा हिनामिना गरेको आरोप लगाउँदै काँग्रेसले पालिकाको नेतृत्व लिइरहँदा हरेक कुरामा पारदर्शीता रहने बताए ।   माछापुच्छ्रे ६ धितालमा आयोजित सभामा बोल्दै पालिका अध्यक्ष उम्मेदवार मिन बहादुर गुरुङले हरेक कार्यक्रम, आयोजना लगायत सबै क्षेत्रमा पारदर्शीता महत्वपुर्ण भएको बताए । उनले भने ‘अहिले नेतृत्व गरिरहेकाहरुले कति हिनामिना गरे त्यसको हिसाबकिताब छैन । कहाँ कति के भयो रु केही पारदर्शीता अपनाइएन । हामी यो कुरामा सचेत छौँ । म प्रतिबद्धता ब्यक्त गर्दछु, हाम्रा सबै कुराहरु पारदर्शी हुनेछन् ।’   गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले पनि पारदर्शी हुनुपर्ने कुरामा प्रतिबद्धता जनाइन् । हालको नेतृत्वले गर्नुपर्ने महत्वपुर्ण कार्यहरुपनि नगरेको बताउँदै उनले व्यवहारतः गर्न सकिने कार्यहरु नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै गरिने विश्वास दिलाइन् । भनिन् , ‘यहाँ कति हुनुपर्ने थियो, कति भयो । बोलिरहनै पदैन, तपाईहरुले नै देख्न सक्नुहुन्छ । हामी आएपछि यो अवस्था रहिरहँदैन । बोल्नै मात्रै भन्दापनि पहिलो दिनदेखि नै हामीले गर्नुपर्ने कामहरु सुरु गरिहाल्छौँ ।’   , माछापुच्छ्रे वडा नं ६का अध्यक्ष उम्मेदवार उदयकुमार नेपालीले युवा नेतृत्वका लागि अवसर प्रदान गर्न आग्रह गरे । पालिकाको विकासकालागि पार्टीले युवा नेतृत्वलाई अघि सारेको बेला मतदाताहरुलाई अवसर खेर जान नदिन आह्वान गरे ।    ‘युवा नेतृत्व स्थापीत गर्न पार्टीले हामीलाई अघि सारेको छ । यो महत्वपुर्ण अवसर हो । हामीलाई स्थापीत गराउने जिम्मा तपाईहरुलाई छ’ उनले भने‘यो अवसरलाई खेर जान नदिनुस् । अवसरलाई सदुपयोग गर्दै हामीलाई विजयी गराउनुहुनेछ भन्नेमा हामी ढुक्क छौँ।’   वडा नं ६मा वडाध्यक्षमा नेपालीसँगै महिला सदस्यमा चिजा तामाङ, दलित महिला सदस्यमा सपना सुनार, वडा सदस्यमा भिमराज पौडेल‘बिशाल’ र अनिल गुरुङ उम्मेदवार छन् ।    कार्यक्रममा पार्टीका प्रदेश कोषाध्यक्ष गिता क्षेत्री, जिल्ला सदस्य सुदिप गौतम, महासमिति सदस्य विष्णु क्षेत्री, टेकनशोभा गुरुङ, गाउँपालिका सभापति बिरेन्द्र गुरुङ, युवा नेता राजाराम पौडेल, धिताल शिक्षक संघका रुद्र अधिकारी लयागतले मन्तब्य राखेका थिए । काँग्रेसको पक्षमा माहौल बढेको उल्लेख गर्दै उनिहरुले जित सुनिश्चित रहेको बताए ।   पार्टीका कार्यकर्ता, नेता एवं शुभेच्छुकहरुको उल्लेख्य सहभागितामा माछापुच्छ्रे काँग्रेसले बिहीबार वडा नं ६ का अन्तर्गत अस्ताम, भिडाबारी, ओखरी, ढुलो ढुङ्गा लगायतका क्षेत्रमा घरदैलो तथा सभाहरु सम्पन्न गरेको हो ।

पोखराः पोखरा महानगरपालिकाअन्तरगत नेकपा एमाले वडा नम्बर १७ को घरदैलो कार्यक्रम जारी छ ।    घरदैलो कार्यक्रममा वडाध्यक्ष उम्मेदवार राधिका शाही योगीले यसपटक पनि वडामा जीतको निरन्तरता हुने बताएकी छिन् । गठबन्धनबाट कुनै पनि चुनौति नरहेको भन्दै योगीले १७ नम्बर वडा एमालेको लालकिल्ला रहेको बताइन् ।    यस वडामा योगीसँग सदस्यहरुमा शिवराम भन्डारी, विक्रम गुरुङ, विष्णुमाया थापा र तारा सेवा चुनावी मैदानमा छन् ।   

भरतपुरः गठबन्धबाट भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेणु दाहालले नेपाली कांग्रेससँग पहिलेपनि मिलेर चुनाव लडेको र  अहिले पनि गठबन्धमार्फत मिलेर लडेको बताएकी छिन् । मुलुकको व्यवस्था परिवर्तन गर्न र राजतन्त्रलार्य घुँडा टेकाउने पनि माओवादी कांग्रेससँगै आन्दोलन गरेको उनले उल्लेख गरिन् ।    पाँच दलीय गठबन्धनको भरतपुरमा आयोजित चुनावी सभालाई नेकपा माओवादीकोतर्फबाट सम्बोधन गर्दै दाहालले जनतामाझ चुनावमार्फत पुनः उभिन पाउँदा खुशी लागेको बताइन् ।  विगतको ५ वर्ष मैले महानगरको विकास र जनताको अपेक्षा पुरा गरेकी छु’ उनले भनिन् ‘जनता र प्रतिपक्षको अगाडी टाउको झुकाउन नपर्ने गरी काम गरेको छु ।’     कोरोना महामारीकाबीच पनि महानगरलक्षित गौरवको आयोजना सुरु गरेको उनले दाबी गरिन् । उनले थपिन् ‘सुरु भएको गौरवको आयोजना पुरा गर्न पुनः भोटको आवश्यक छ ।’   भूमिहीनलाई जग्गा र लालपुर्जा उपलब्ध गराउन महानगरले काम सुरु गरिसकेको भन्दै यो योजना पुरा गर्न पनि आफुले जित्न आवश्यक रहेको उनले उल्लेख गरिन् ।    सम्बोधनकाे सुरुवात र अन्त्यमा ‘जय नेपाल’ भन्दै केपी ओलीको प्रतिगामी सोंचविरुद्ध गठबन्धन आवश्यक रहेको दाहालले स्पष्ट पारिन् ।   

माेरङ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सरकार बनेपछि ६५ वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने बताउनुभएको छ ।   नेपाली कांग्रेस मोरङले आज बुधवार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले विशेष सुविधा दिने गरेअनुसार नै भत्ता दिने बताउनुभयो । ‘हामीले यसअघि नै ६५ वर्षमाथिकालाई भत्ता दिने निर्णय गरेका थियौँ, एमाले अध्यक्ष ओलीले मान्दै मान्नुभएन’, देउवाले भन्नुभयो ।   आमसभामा देउवाले सुकुम्वासीलाई जग्गा दिन थालेको, विकास निर्माणले गति लिएको, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको लगायतका काम सरकारले गरेको बताउनुभयो ।   यस्तै उहाँले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएकाले कसैले कसैलाई धोका दिन नहुने बताउनुभयो । केपी शर्मा ओलीको प्रतिगमनलाई पाँच दल मिलेर परास्त गरेको र आफू प्रधानमन्त्री भएको भन्दै देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको जिकिर गर्नुभयो । 

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर–१६ मा सत्ता गठबन्धनले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । पोखरा–१६ का द्वीप, पुरानो मनिपाल कलेज, मातृशिशु अस्पताल, मध्यमपथ लगायतका क्षेत्रमा घरदैलो गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरुले ती क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।   उनीहरुले पर्यटकीय क्षेत्रहरु महेन्द्रगुफा, चमेरेगुफा, कालीलेक, ढिँकीडाँडा, अर्मलाकोटलगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने बाचासमेत गरेका छन् ।   घरदैलो गर्दै वडाध्यक्षका उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले भने,‘हामीलाई विश्वास गरेर भोट दिनूस् । हामी तपाईंहरुको खानेपानीको समस्याबाट मुक्त गर्छौं । पर्यटन प्रवद्र्धन गरेर घरघरमा रोजगारी सिर्जना गर्छौं ।’ उनले परम्परागत कृषि प्रणालीबाट गुजारा मात्र हुने स्थितिको अन्त्य गर्न कृषिमा आधुनिककरण गरेर व्यवसायीकता भित्राउन पहल गर्ने प्रतिबद्धता जनाएको गठबन्धनका तर्फबाट खुल्ला सदस्यका उम्मेदवार निर्मल आचार्यले जानकारी दिए । पोखरा–१६ मा कांग्रेस, माओवादीलगायतका दलहरुले गठबन्धन गरेका छन् । जस अनुसार वडाध्यक्षमा कांग्रेसका अमृत शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा माओवादीका निर्मला आचार्य र कांग्रेसका मीनबहादुर गुरुङ, महिला सदस्यमा माओवादीकी भगवती भट्टराई र दलित महिला सदस्य कांग्रेसकी ओममाया नेपाली उम्मेदवार बनेका छन् ।  

पोखरा:    माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले ५ नं वडाको पूर्वाधारतर्फ समीबगरदेखि हाइड्रोपावरसम्मको सडक स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।    उनले वडा नं. ५ र ८ जोड्नको लागि उपयुक्त ठाउँमा मोटरेबल पुल बनाउन पहल गर्ने, वडाको माध्यमिक तहको विद्यालयलाई विशेष जोड दिने र हाल सञ्चालनमा रहेका बाँकी योजनाको काम गर्ने  र शिक्षा, स्वास्थ र रोजगारमा विशेष ध्यान दिने बताए ।    आज माछापुच्छ्रे ५ रिभानमा भएको घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् । उपाध्यक्ष  पदका उम्मेदवार सीता तिवारी अधिकारीले महिलालाई प्राथामिकतामा राखेर काम गर्ने बताइन् ।  विभिन्न स्थानमा भएका घरदैलोमा केन्द्रीय पोलिटब्युरो सदस्य तथा पूर्व संविधान सभा सदस्य सीता गिरी ओलीले नेकपा एमालेले मात्र स्पष्ट र देश विकासको निति लिएको हुनाले देश समृद्व बनाउन एमालेकै नेतृत्व हुनुपर्नेमा जोड दिइन् ।   जसका लागि सात सूर्यमा सात छाप लगाई एमालेका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेकी छिन् ।    आज गाउँपालिकाका ईदीखोला, नयाँपुल, अनन्ते ठाँटी हुँदै रिभान गाउँ, हुम्दी, डाडाँगाउँ, लाम्पाटा, मोहोरिया लगायतका ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न भने भोलि माछापुच्छ्रे ९ मा घरदैलो गरिने चुनाव प्रचार प्रसार समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।  

पाेखराः नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर ३३ का उम्मेदवारहरु बिकासका उपलब्धि र भाबी योजना सुनाउदै घरदैलोमा निस्केका छन् ।   चुनावी अभियानमा बुधबार सो वडाका तल्लो पुडि, उपल्लो पुडि, ठूलो पाखा,छप्ल्याङ्गलगायतका स्थानमा घरदैलो गर्दै अघिल्लो कार्यकालमा आफ्नो पार्टि नेतृत्वले वडामा गरेका कामहरुको जानकारी दिदै अबको आउने कार्यकालको योजना सुनाएका हुन ।   सो अवसरमा वडा अध्यक्षका उम्मेदवार शिव प्रसाद आचार्यले आफ्नो अर्जुन दृष्टि बिकास मात्रै भएको हुँदा समुन्नत र आत्मनिर्भर वडाको निम्ति सो ठाउँमा गरिएका बिकासमा कामहरुको चर्चा गरेका थिए । उनले करिब ५० लाखको लागतमा ठूलो पाखा खानेपानी योजना सम्पन्न भएको , करिब ८ किलोमिटर लामो ठूलो पाखा- छप्ल्याङ्ग - आपुकसेरी सडक र करिब ५ किलोमिटर लामो भञ्ज्याङ् - आपुकसेरी सडकको सडकको स्तरोन्नति भएर पिच गर्ने दिशातिर अघि बढेको बताए।   सो क्षेत्रमा दुइबाट सामुदायिक भवन निर्माण सम्पन्न भएको उल्लेख गरे। आचार्यले नयाँ सिचाइ योजनाको डिपिआर तयार हुँदै गरेको छिट्टै बोलपत्र आव्हान हुन लागेको भन्दै ,ब्यबसायिक बाख्रा पालनलाइ प्रबर्द्धन गर्न बाख्रा पकेट क्षेत्र घोषणा गर्ने योजनामा रहेको जानकारी दिए। उनले तल्लो पुडिमा एमाले नेतृत्व को प्रदेश सरकारले औधोगिक क्षेत्र स्थापना गर्ने गरि काम अघि बढेको तर पछिल्लो सरकारका कारण स्थगित भएको कार्य जुनसुकै हालतमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।   प्रस्तावित औधोगिक ग्राममा अव्यवस्थित रुपमा बसोबास गरेका भुमिहिनहरुलाइ उचित मुआब्जासहित ब्यवस्थापन आफ्नो पहिलो प्राथमिकता हुने बताए। आचार्यले अबको पाँच बर्षमा पुर्ण भौतिक पुर्बाधार बिकासको लक्ष्यका साथ समृद्ध वडा निर्माणमा अघि बढेको हुँदा सो काम पूरा गर्न एकपटक फेरि सुर्यमा मतदान गरी अबसर प्रदान गर्न आग्रह गरे।   कार्यक्रममा महिला सदस्य पदका शान्ति पाध्या, दलित महिला सदस्य पदका लिलादेबि नेपाली ,सदस्य पदका बिनोद भन्डारी, शंकरबहादुर अधिकारी, एमाले जिल्ला कमिटी सदस्य किसान सुनार ,एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, साबिक भरतपोखरी गाबिस अध्यक्षद्वय यज्ञप्रसाद अधिकारी, गोपाल पून, युबा संघ ३३ का अध्यक्ष केशब आचार्यलेलगाएतले सो स्थानमा जनमुखी काम एमालेले नै गरेको र अब पनि जनताको रोजाइ पनि एमाले नै हुने बताए।

नवलपरासी पूर्व- नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ । झडपका क्रममा ६ जना घाइते भएको बताइएको छ ।   काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको जनाइएको छ । गएराति घरदैलो कार्यक्रम सकेर फर्कने क्रममा आक्रमण भएको पाण्डेले जानकारी दिनुभयो । पाण्डे यसअघि पनि गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो ।   वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा.वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यकताले अवरोध सिर्जना गरेको पाण्डेको भनाइ छ ।   ढुङ्गा हान्न शुरु गरेपछि वडा नम्बर १ मैएक स्थानीयकोघरमा छिरेर ज्यान जोगाउने प्रयास गरेको तर एमाले कार्यकर्ताले घर घेरेर आक्रमण गरेको पाण्डे बताउनुभयो ।   आक्रमणका क्रममा अध्यक्ष उम्मेद्वार घाइते हुनुभएको छ । झडपमा एमालेका ३ जना कार्यकर्ता पनि घाइते भएका छन् ।