काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेक...

 पोखरा:  दलीय भागवण्डा विरुद्धमा सुरु भएको अटेरी अभियानबारे धेरै केही त भन्नै पर्दैन । राजनीतिक दलको टाउको दुखाई बनि रहेको अटेरी अभियानले आफ्नो चुनावी खर्च समेत सार्वजनिक गरि सकेको छ ।   अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदका उम्मेदवार गनेस पौडेलले चुनाव जितेपछि पोखराप्रति अपनत्व जगाउने बताएका छन् । पोखरा महानगरमा समावेश भए पनि अझैं पोखरा महानगरबासिले पोखराबासि भएको महसुस नै नगरेको उनले बताए ।   ‘अस्ति चुनावी कार्यक्रममा माँझठान जाँदा एक जना महिलाले केटाकेटी पोखरा गएका छन् । भरे, आउँछन् भनेर भन्नु भयो, जबकी उहाँ आफैं पोखराबासि हो,’ उनले भने, ‘पोखराबासी हुँ भन्ने महसुस नै भएको छैन । जबसम्म पोखरा बासि हुनुको महसुस हुन्न, पोखरा नामप्रति अपनत्व महसुस गर्न सक्दैन, तबसम्म विकासको थोत्रा गफ गरेर कुनै फाइदा छैन ।’ ग्रामीण क्षेत्रसम्म पहिचानको समान वितरण हुनुपर्ने उनले बताए । ‘त्यो भनेको के भन्दा सेवा सुविधाको अवधारणा । त्यसको लागि एक गाउँ एक पर्यटकीय गन्तव्य हुनुपर्छ । ति सबै प्रकृति र पर्यावरणसँग सम्बन्धित रहेका छन्,’ उनले भने ।   चुनाव जितेपछि उनले पोखरालाई सिर्जनात्मक सहर बनाउने उनले बताएका छन् ।  कल्चर हाउस र सिर्जनाग्रामको पनि पहिचान गरेर पोखरामा मुभमेन्टहरु बढाउने उनले बताए । सामुदायिक शिक्षाको दुरावस्थाले देश विकास हुन नसकेको बताउँदै उनले सबैभन्दा पहिला सामुदायिक शिक्षा सुधार गर्नपट्टी आफूहरु लाग्ने उनले बताए । अहिले स्वास्थ्यमा देखिएको विकराल समस्याका कारण घरपरिवार दुई तिर बाँडीनु परेको उनले बताए । कम्तिमा महानगरले अपनत्व लिएर उपचार गर्नुपर्ने उनले बताएका छन् ।

पोखरा:   स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको मौन अवधी सुरु हुन केही घण्टा मात्रै बाँकी रहदा पोखरामा एमाले प्रवेशको क्रम जारी छ ।   यसैबीच सो महानगरको वडा न ३३ मा एमाले प्रवेश गर्ने क्रम रोकिएको छैन ।  सो वडाका नेपाली काँग्रेसका पुराना कार्यकर्ता श्रीकृष्ण नेपालीसहित ४ दर्जन युवा एमाले प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरु आपुकसेरी तल्लो पुडि, छप्ल्याङ लगाएतका स्थानका युवा रहेको साविक भरत पोखरी गाविसका अध्यक्ष तथा एमाले पोखरा महानगर कमिटी सदस्य गोपाल पुनले बताए ।   उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य भिम कार्की, केन्द्रीय सदस्य विद्या भट्टराई, प्रदेश उपसचिव रश्मि आचार्य लगायले उक्त वडाको चुनावी आमसभामा स्वागत गरेका थिए ।   कार्यक्रममा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले ऐतिहासिक बिरासत बोकेको सो वडाबाट एमालेको विजय सुनिस्चित भैसकेको जिकिर गरे । उनले रुप फेरेर जनतासंग आउनेदेखि भरतपोखरीवासी सतर्क भइसकेको विशाल जन सहभागिताले पुष्टि गरेको बताएका छन् ।    एमाले केन्द्रीय सदस्य भिम कार्कीले जनताबाट स्वीकृत हुन कामै गर्नुपर्ने भन्दै एमालेका विकासका अभियन्तालाइ जिताउन आग्रह गरे ।    अर्का केन्द्रीय सदस्य विद्या भट्टराईले एमालेले गरेको विकास सबैका लागि भएकाले विकास गर्ने पार्टीदेखि कोही पार्टी नआत्तिन आग्रह गर्दै विकासका काम नै एमालेको परिचय भएको उल्लेख गरिन् । मेयर पदका उमेद्वार कृष्ण थापाले सो वडालाई पूर्ण भौतिक पूर्वाधार सहितको समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गरे ।    उप मेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले सो वडामा अघिल्लो कार्यकालमा सुरु भएका विकासका योजनाको चर्चा गर्दै अब केही नया योजना सहित लागि पर्ने उल्लेख गरिन् ।  एमाले प्रदेश उपसचिव रश्मि आचार्यले भरत पोखरीको एमालेको विरासत झन्झन् उँचो हुने भन्दै सम्पूर्ण स्थानीयको रहर लाग्दो साथ नै यसमा काफी भएको उल्लेख गरे ।   चुनावी सभामा सो वडाका पूर्वसचिव बसन्तराज आचार्य, पूर्व गाविस अध्यक्ष गोपाल पुन, युवा नेताद्वय श्रीधर पौडेल, ऋषिराज आचार्य, खुल्ला सदस्य पदका उमेद्वार, बिनोद भण्डारी, अध्यक्ष पदका शिवप्रसाद आचार्य, एमाले ३३ का उपसचिव रमेशराज आचार्य, प्रेस चौतारी नेपाल लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल लगाएतले बोलेका थिए । सो वडा कमिटी अध्यक्ष दीपक लामिछनेको अध्यक्षतामा सम्पन्न चुनावी सभामा सयौंको संख्यामा जनसहभागिता थियो ।  

हेमजा:   नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ ।   स्थानिय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा नं २५ को चुनावी घरदैलो अभियान मंगलवार सम्पन्न भएको नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ का सचिव तथा घरदैलो अभियानका संयोजक झङ्कनाथ तिम्सिनाले हामीलाई जानकारी दिए । उम्मेदवारहरु मतदाताहरुको घरघरमा पुगेर यसपटक गठबन्धन सहितका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए ।   घरदैलो अभियान वडा २५ का मतादाताहरुले वडामा भएका समस्याको गुनासो गरेकोमा वडा अध्यक्ष पदका उम्मेदवार मोती तिमिल्सिनाले आफुले जिते महानगर सगंको पहलमा समस्या सामाधान गर्ने प्रतिबद्धता गरे ।   त्यस्तै आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । गठबन्धलाई गलत ढंगले नबुझि बुद्धिमता र ईमान्दारिताका साथ आफ्नो मत दिएर पुरै टिमलाई नै जिताउन पनि अध्यक्ष पदका उम्मेदवार तिमिल्सिनाले अनुरोध गरेका थिए ।   यसपालीको आसन्न स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका २५ मा वडा अध्यक्षमा तिमिल्सिनासहित गठबन्धनको टिम चुनावी मैदानमा रहेको छ । जस अन्तर्गत खुल्लामा सुरेश बहादुर साप्कोटा (नेकपा माओवादी केन्द्र), ई . दिपेन्द्र बाँस्तोला (नेकपा एस ) त्यस्तै महिला सदस्य आरति अधिकारी (नेकपा माओवादी केन्द्र)र दलित महिला सदस्य सीता नेपाली ( नेकपा माओवादी केन्द्र) रहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वैशाख ३० गते सूर्यमा मतदान गरेपछि काम सकियो भनेर सुत्न जाने हैन भन्दै मतपेटिकाको अवस्था ख्याल गर्न मतदाता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।  पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै अध्यक्ष ओलीले भनेका छन् ‘सतर्क हुनुहोला, धाँधली हुनेमा चनाखो हुनुहोला ।’ गठबन्धनले मत पाएर हैन मतपेटिकामा चलखेल गरेर जीत्ने इतिहास बनाएका छन् भन्दै चनाखो हुन आग्रह गरेका हुन् ।     ‘भोट हालेर घर जाने हैन, काम सकिएको हुँदैन’ ओलीले भने ‘सुत्ने हैन, आँखा झिमिक्क नगरी मतपेटिकाको आसपास बस्नुहोस् नत्र मन्दिरमा प्रसाद चोर्ने बाँदरजस्तै यता पनि ५ वटा हुल आउनसक्छ ।’   सम्बोधनकै दौरान ओलीले यो सरकार जनताको आदेशले नभई परमादेशले बनेको भन्दै वैशाख ३० गतेपछि पुनः जनताको आदेशमा एमालेले सरकार बनाउने दाबी गरे । ‘अब जनताको बल देखाउने बेला आएको छ, वैशाख ३० पछि एमालेको नाममा तपाइहरु (जनता)को सरकार हुनेछ ।    सोहीक्रममा कांग्रेसको आलोचना गर्दैै ओलीले युवाहरुलाई मलेसिया हैन देशमै रोजगार दिने, व्यवसायी बनाउने भन्दै देशमा अवसरको सृजना गरिदिने नीति रहेको बताए । 

नेकपा एमालेबाट पोखरा महानगरका मेयर प्रत्यासी कृष्ण थापाले सूर्यरुपि महासागरले गठबन्धनलाई ढलाउने बताएका छन् ।    पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै प्रत्यासी थापाले सूर्यको ज्वालाले सुकेकोमात्र हैन काँचो वस्तुलाई समेत जलाउने भन्दै गठबन्धनलाई यस निर्वाचनले ढलाउने उल्लेख गरेका हुन् । महानगरवासीलाई स्वास्थ्यमा पहुँच पु¥याउने योजना रहेको बताउँदै थापाले पोखरामा पर्यटन र कृषिको विकासमा दीर्घकालीन नीति ल्याउने दाबी गरे ।    ‘एमालेले मौका पाउँदा हाम्रा कमरेडहरुले धेरै काम गर्नुभएको छ’ थापाले भने ‘अब वडावडामा डिजिटल सेवा दिने हाम्रो लक्ष्य र योजना छ ।’ सम्बोधनकाक्रममा थापाले हिजैदेखि नै एमालेले आधुनिक पोखराको जग बसालेको उल्लेख गर्दै हाल थपिएका वडालाई उन्नत शैलीमा विकास गर्न मतदानको अपील गरे । 

पाेखराः पोखरा महानगरमा गठबन्धनबाट महानगरका मेयर धनराज आचार्यले गरिबीको रेखामुनी रहेकाहरुको परिचयपत्र बनाएर अवसर सिर्जना गर्ने बताएका छन् ।   सोमबार पोखरा १७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखरा महानगरभर अझै पनि ९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोले उनीहरुलाई अवसरका बाटो खोजिदिने बताएका हुन् । उनले आफूहरुले जितेमा २ वर्षभित्र आधारभुत आवश्यकता पुरा गर्नका लागि रोजगारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।   मेयरको कुर्चीमा बसेको ४५ दिनभित्र गरिबीको परिचयपत्र वितरण गरेर रोजगारीको व्यवस्था गरेर शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको महसुलमा केही प्रतिशत छुट दिएर अघि बढ्ने उनको भनाई थियो । रोजगारीको अवसर भएरपनि आफूलाई पुग्नेगरी कमाउने अवस्था नभएपछि युवाहरु विदेशीन बाध्य भएकाले उनीहरुलाई स्वदेशमै ल्याउने योजना अघि सारिने उनले बताए । पोखरा १७ मा रहेको अन्तर्राष्ट्रिय संग्राहलयको प्रबद्र्धनमा जोड दिने उनले योजना सुनाए ।   महानगरका अधिकांश महानगरमा गठबन्धन भएपनि कतिपय वडामा मित्रवत प्रतिस्पष्र्धामा गएको बताउँदै मेयर र उपमेयर साझा रहेकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धन राष्ट्रिय आवस्यकता रहेको प्रस्ट्याए । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धनलाई नजिताए पोखरा पोखरा महानगरको विकास ५ वर्ष पछि पर्ने बताईन् । चुनावीसभामा बोल्दै गठबन्धनलाई नजिताए पाँच वर्ष एमालेले फेरी रजाई गर्ने र विकास नहुने जनाईन् । त्यसकारण पनि गठबन्धनलाई इमान्दार भएर जिताउन उनको अनुरोध थियो । चुनाव आउन ३ दिनमात्र रहेकाले २ दिन खटिनका लागि आग्रह गरिन् ।   ‘अबको ३ दिन तपाईँहरु खटिनुहोस हामी पाँच वर्ष खटिने छौ । अहिले महानगरको सबैभन्दा खतरा भनेको भ्रष्टचार हो । पोखरा महानगरपालिकालाई अब भ्रष्टचार मुक्त महानगर बनाउने छौँ’, उनले भनिन् । आफूहरुले जितेको खण्डमा पाँच वर्षसम्म महानगरको साझा जनप्रतिनिध भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । 

पोखरा:    सत्ता गठबन्धनका शिर्ष नेताहरुले संविधानको रक्षाका लागि आफुहरु एक ठाँउमा उभिनु परेको बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनिहरुले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउदै यसलाई जोगाउनु पर्नेमा जोड समेत दिए ।   प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले स्थायित्वका लागि दलहरुका बिचमा सहमति र सहकार्य जरुरी रहेको बताए । गठबन्धन बचाउनका लागि पोखराका लागि मेयर र उपमेयर लगायतका गठबन्धनका उमेदवारहरुलाई जिताउन उनले आग्रह समेत गरे । विपक्षी दलको विरोधलाई सहन नसक्ने ओली प्रवृतिका विरुद्ध गठबन्धन गर्नु परेको उनले बताएका छन् ।   सभापति देउवाले कांग्रेसका लागि गठबन्धनले धेरै फाईदा भएको उल्लेख गरे । उनले गठबन्धनका कारण कांग्रेस फेरी पनि मुलुकको ठुलो दल बन्ने दावी गर्दै एकिकृत समाजवादी र माओवादीले भन्दापनि कांग्रेसले बढि मेहनत गरेर उसका उमेदवारहरुलाई जिताउन उनले निर्देशन दिए । गठबन्धनका उमेदवारहरुलाई जिताउने कांग्रेसका कार्यकर्ताहरुको कर्तव्य भएको सभापति देउवाले बताए ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन गरिएको बताए । प्रचण्डले भने, “संविधान निर्माण गरिसकेपछि र निर्वाचन भएर नयाँ परिस्थिति बनिसकेपछि गत साल ठूलो दुर्घटनामा पर्ने देखा पर्यो । संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर सदन विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास भयो । आम नेपाली जनताको निम्ती लामो समय देखि संघर्ष र बलिदानका थुप्रै किर्तिमानहरु कायम गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन संलग्न सहभागी सम्पूर्ण जनताका लागि दुर्भाग्य कुरा थियो । त्यसैले मुलुकको रक्षाका लागि गठबन्धनको आवश्यक पर्यो ।”   निरकुंशता, तानाशाही र अराजक भूमरीबाट देशलाई बचाउन पाँच दलिय गठबन्धनको उदय भएको उनले बताए । प्रचण्डले गठबन्धन जन्मिएको दिनदेखि नै अवसरवादीहरुले भत्काउन कोसिस गरेको आरोप लगाए । नेपाली जनताको भविष्य प्रति इमानदारी भएर नै गठबन्धन अगाडि बढेको उनले बताए । स्थानीय तहको निर्वाचनले अग्रमन र प्रतिगमन विरुद्धको लडाईलाई प्रष्ट पार्ने भनाई उनको छ ।   ७० वर्षको लामो संघर्षबाट प्राप्त भएको राजनीतिक र ऐतिहासिक उपलब्धिलाई बचाउन पोखरा महानगरपालिकामा गठबन्धनबाट अघि सारिएका मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन प्रचण्डले आग्रह गरे ।   यस्तै पुर्व प्रधानमन्त्री एंव नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले मुलुकमा अहिले दुई प्रकार गठबन्धनहरु क्रियाशिल रहेको बताए । अध्यक्ष नेपालले अहिले वाम लोकतान्त्रीक प्रगतिशिल र अर्को दक्षिणपन्थि, प्रतिगामी, संविधान, संघियता र गणतन्त्र विरोधी गठबन्धन मुलुकमा रहेको बताए । मुलुकमा भएका धेरै परिवर्तनहरुमा कांग्रेस र कम्युनिष्ट एक भएर लागेको बताउदै अध्यक्ष नेपालले हालसम्मका उपलब्धिका रक्षाका लागि गठबन्धन गरिएको बताए । केपि ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई धोका दिएर भागेको उनले आरोप पनि लगाए ।

पोखरा:    पोखरा महानगरपालिका १३ मा नेपाली कांग्रेस परित्याग गरि ९ जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।   नेपाली कांग्रेसमा क्रियासिल रहेका इमाफिल मियाँ, नुर मोहम्मद, हसन अली, कलाम दिन, युसुफ दिन, तैयब अली, जुनेद अली, जैनुल अलि र अस्लम मियाँ एमाले प्रवेश गरेका हुन् ।   नवप्रवेशी उनीहरुलाई पोखरा महानगर प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले खादाद्वारा स्वागत गरे । सो अवसरमा बोल्दै थापाले नेकपा एमालेमा सबै समुदाय र जातजाति अट्ने धारणा राखे ।    उनले एमालेले जनतालाई सुख र दुखमा साथ दिने पार्टी भएको बताउदै  बृद्धभत्ताको व्यवस्था गरेको स्मरण गराए । उनले नवप्रवेशी कार्यकर्तालाई आगामी चुनावमा  एमाले उम्मेदवारलाई विजयी गराउनको लागि पहल गर्न आग्रह गरे । थापाले फरक प्रसंगमा बोल्दै पोखराको विकास नेकपा एमाले बाहेक कुनै पनि पार्टीले गर्न नसक्ने टिप्पणी गरे । उनले वडा नम्बर १३ पोखरा महानगर भरिकै नमुना वडा भएको बताउँदै एमालेका उम्मेदवारले जितेको खण्डमा बाँकी रहेका कामहरु पूरा हुने बताए ।    उनले आफुलाई मेयरमा विजयी गराउन अनुरोध गर्दै नागरिकमैी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।    यसैगरी उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले आफुलाई मात्रै नभई पोखरा महानगरभर नै एमालेलाई जिताउन अपील गरिन् । उनले आफुसँग ५ वर्षको कार्य अनुभव रहेको बताउदै महिला, जेष्ठनागरिक, अपाङ्ग तथा पिछडावर्गको उत्थानमा लाग्ने प्रतिवद्धता जनाइन्  ।   आवश्यक  पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउदै भनिन्, ‘हामीले आधारभुत आवश्यकतासँग जोडिएका विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौ ।’ गुरुङले वडा १३ पोखरा महानगर मध्येको सबैभन्दा उत्कृष्ट र नोटिसेबल वडा रहेको उल्लेख गर्दै वडा अध्यक्ष दर्शन लामाको कार्यकुशलतालाई खुलेरै प्रसंशा गरेकी थिइन् ।    पोखरा १३ स्थित मियाँपाटन चोकमा आयोजित चुनावी सभामा जीवन दाहाल लगायतको कलाकारको बेजोड प्रस्तुती रहेको थियो । भने कास्की एमालेका उपसचिव तथा पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले कार्यक्रम सञ्चालन गरेका थिए । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामाक गठबन्धनका उम्मेदवारलाई मेयर र उपमेयरमा जिताउन कलम र रुखमा मतदान गर्न आव्हान गरेका छन् ।    चार दलीय गठबन्धनद्वारा पोखरा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।    गठबन्धन तोड्न प्रतिक्रियावादी शक्ति लागिरहेको उल्लेख गर्दै यो चुनाव त्यस्ता शक्तिलाई परास्त गर्न सफल हुने टिप्प्णी गरे ।   ‘म पोखरावासीलाई विशेष अपील गर्न चाहन्छु’ उनले भने ‘राजनीतिक उपलब्धी जोगाउन समाजवादी र कांग्रेसलाई भोट हाल्नुहोस्  ।’    ‘गठबन्धनले जीतेन भने देश दुर्घटनामा जान्छ’ उनले भने ‘मैले भरतपुरमा बोले यहाँ पनि सोही कुरा दोहो¥याउछु ।