काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

चितवन :   जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।    जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।    यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।    बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।” उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो । 

पोखरा:  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र  शाह बीच भेटवार्ता भएको छ ।   काठमाडौं महानगरपालिका कार्यालयमा प्रमुख आचार्य र शाहबीच मंगलबार भेटवार्ता भएको हो ।   भेटका अवसरमा बजेट निर्माण, राजश्व संकलन तथा अन्य समसामयिक बिषयमा छलफल भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । साथै प्रमुख आचार्यले पोखरामा हुने महानगर प्रमुखहरुको भेलामा सहभागि हुन दिएकोे निम्तो काठमाडौं महानगरका प्रमुख शाहले स्विकार गरेका छन् ।    साउनको पहिलो हप्ता देशभरका ६ वटै महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरा हुँदैछ । प्रमुख आचार्यका अनुसार अहिलेसम्म चार वटा महानगरका प्रमुखले निम्तो स्विकार गरिसकेका छन् भने एउटा महानगरमा निम्तो गर्न बाँकी छ ।   उक्त भेलामा प्रदेश सरकार र केन्द्र सरकारसंगको सम्बन्ध महानगरपालिका प्रमुखहरु बीच अनुभव आदानप्रदान र विविध योजनाका विषयमा छलफल हुनेछन् । ‘हामीले साउनको पहिलो हप्ता पोखरामा ६ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला आयोजना गरेका छौं । यसको ठ्क्कै मिति भने तय भइसकेको छैन । एउटा बाहेक सबै महानगरमा हामीले निम्तो पठाइसकेका छौं । सबै आउने निस्चित भइसकेको छ । मंगलबार काठमाडौंका प्रमुख बालेन्द्र शाहलाई पनि निम्तो दिएका छौं । उहाँसहित निम्तो प्राप्त गनुभएका प्रमुख ज्युहरुले आउने बचन दिनुभएको छ । यो भेलाले महानगर बीच अनुभव आदानप्रदानमा सहयोग पुग्छ । विकास निर्माण लगायत संघ र प्रदेश सरकारसंगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुन्छ’ प्रमुख आचार्यले भने ।    यसैबीच प्रमुख आचार्यले मंगलबार नै काठमाडौंमा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबीर पुनसंग पनि भेटवाता गरेका छन् । उक्त अवसरमा आविस्कार केन्द्रमा आविस्कार भएका सामग्रीहरु पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।   ‘आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनसंगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौं । महानगरको हित हुने उपकरणको विषयमा जानकारी दिनुस् भनेका छौं । उहाँले पनि निकै रचनात्मक सुझाव र जानकारी दिनुभएको छ । जो पोखरा महानगरका लागि निकै उपयोगी हुन सक्छ भन्ने लागेको छ । पछि पुन बसेर बिस्तिृत सल्लाह गर्ने कुरा भएको छ’ प्रमुख आचार्यले भने ।   

कास्कीः ०२१ सालमा रुपन्देहीबाट नेपाल कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ता भएर सक्रिय भएका वामदेव गौतमले राजनीतिमा ५८ वर्ष बिताइसकेका छन् ।    कम्युनिष्ट राजनीतिमा खरो स्वभावले चिनिने गौतम राजनीतिक यात्राको दौरान ५८ वर्षपछि आज दोस्रोपटक नयाँ पार्टीको स्थापनामा जुटेका छन् । यसअघि राजनीतिक करिअरबाट गृह र उपप्रधानमन्त्री भइसकेका गौतम नेकपा एमालेको विभाजनपछि तटस्थ रहेका थिए ।    यसैबीच स्थानीय निर्वाचनताका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सहयोग पुग्ने हेतुले चुनावी गीत लेखेका थिए । यही गीतकाकारण गौतम नेकपा एसमा जाने अनुमान गरिएपनि उनले त्यसलाई अनुमानमै सिमित राखिदिएर आज नयाँ दल घोषणा गर्दैछन् ।    ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामक दल घोषणा साँझ ३ बजे राखिएको छ । भित्रभित्रै तयारीमा जुटेका गौतमको यो दोस्रो दुस्साहस हो । यसअघि भारतसँग गरिएको महाकाली सम्झौंतामा चित्त नबुझेपछि गौतमले एमाले छाडेर नेकपा माले स्थापना गरेका थिए । जसको महासचिव गौतम थिए । त्यसबेलासम्म कम्युनिष्ट पार्टीमा महासचिव मुख्य पद थियो ।    पछि ०५५ सालको निर्वाचनमा पार्टीले एक सिटपनि जित्न नसकेपछि वर्षदिनमै गौतम पुनः एमालेमा फर्किए । लगत्तै उनले उपप्रधानमन्त्री हुने अवसरसमेत पाए । ०५६ सालमा एमालेको बुटवल अधिवेशनबाट उनी पार्टीको उपाध्यक्षमा निर्वाचित भएर आफ्नो औचित्य पुष्टि गरिछाडे ।    बर्दिया र प्युठान दुबै क्षेत्रबाट संविधानसभामा निर्वाचित भएका गौतम पछिल्लो निर्वाचनमा बर्दियाबाट पराजित भए । ४४ हजार बढी मत ल्याएर पनि नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग झिनो मतान्तरले पराजित भए । गौतम हाल राष्ट्रियसभा सदस्य रहेका छन् । 

  काठमाडौं :    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाएका छन् ।   सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद  चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा उनले मन्त्री बन्न सबैको पालो पुर्याउनुपर्ने  चरित्र समाजवादी नभएको टिप्पणी गरे ।   ‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाज आउँछ ?’ उनले नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै उनले भने, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’   नेकपा एकीकृत समाजवादीले हालै सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर ४ जना नयाँ नेतालाई सरकारमा पठाएको छ । आइतबार शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने क्रममा नेता रामकुमारी झाँक्रीले पत्रकार सम्मेलनमा आँसु झारेकी थिइन् । वरिष्ठ नेता पौडेलले एकीकृत समाजवादीले सबै नेताहरुलाई मन्त्री बन्न पालो पुर्‍याउन खोजेको भन्दै त्यो चरित्र समाजवादी नभएको बताएका हुन् । पौडेलले नारा समाजवादको गर्ने तर व्यवहार घोर प्रतिक्रियावादी समान्तवादीको गर्ने प्रवृत्ति देखिएको बताए । ‘अब हाम्रो संस्कार बदलिनुपर्छ, नेता बदलिनुपर्छ, कार्यकर्ता बदलिनुपर्छ’ उनले भने ।

काठमाण्डौँ :      नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पदवहालीका क्रममा उहाँले महामारीले धरासायी बनाएको यस क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन आवश्यक रहेको बताउनुभएको हो  ।   मन्त्रालयका कार्य प्राज्ञिक, धार्मिक र  संस्कृतिका साथै वैदेशिक पर्यटनसँग पनि जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “यस मन्त्रालयमा राष्ट्रिय गौरबका विभिन्न योजना छन्, तिनलाई समयमै सम्पन्न गराउनुपर्छ ।”    उहाँले आफूसँग छोटो समय रहेको र त्यस अवधिमा  मन्त्रालयका कार्यविधि, ऐन तथा नियमको परिधिमा रहेर धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि मन्त्रालयका कर्मचारीले मन्त्री श्रेष्ठको  स्वागत गरेका थिए ।

काठमाण्डौँ :      राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।       राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो ।      नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुहुन्छ ।       राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोक्नुभएको थियो ।      मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।      समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । 

   दाङ :    दाङस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।   आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।   ६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाइ छ ।   पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताए ।   डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जानकारी दिएको डिएसपी रिजालले बताए ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

काठमाण्डौँ :    नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नव नियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।     राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई आज दिउँसो ११ बजे राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराउनुहुने कार्यक्रम रहेको जनाइएको छ ।       नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हुनुहुन्छ ।     राष्ट्रपति  भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्य प्रधानमन्त्रीको सिफारिसमा आइतबार हेरफेर गर्नुभएको हो । 

काठमाण्डौँ :        नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।   आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।   ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनुहुन्छ।’   मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।   आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।   तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।