काठमाडौं- नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने वागी उम्मेदवारउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ । कांग्रेसले एक विज्ञप्तिमार्फत यही वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार गर्न सक्ने जनाएको हो । पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनः विचार गरेर सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराउन कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो । उक्त समयमा कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले आफ्नो उम्मेदवारी फिर्ता लिएका र कतिपय उम्मेदवारको उम्मेदवारी प्राविधिक कारणवश फिर्ता लिएका/गरिएका उम्मेदवारको नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेको देखिएको कांग्रेसको भनाइ छ । विद्रोही उम्मेदवारी दर्ता गराएका र फिर्ता लिनुपर्ने समयावधिसमेत गुज्रिसकेको परिस्थितिमा त्यस्ता सदस्यको पार्टी सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्कासित हुने वैधानिक व्यवस्था रहेको सन्दर्भमा कांग्रेसले यो आग्रह गरेको हो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ११ मा नेकपा एमालेका वडा अध्यक्ष सहितका उमेद्वारले वडाभरकै सबैभन्दा दुर्गम मानिएको मचारी क्षेत्रसहित विभिन्न स्थानका मतदातासंग भेट गरेका छन् । मचारी क्षेत्रमा एमालेका उमेद्वार पुग्दा स्वागत गरेका स्थानीयले आफूहरुले अहिलेसम्म सडकको ठूलो समस्या खेपेको गुनासो गर्दै सडक स्तरोन्नतीका लागि यसपटक एमाले उमेद्वारकै भरोसा गरेको प्रतिक्रिया दिए । उक्त क्षेत्र पहिरोको समेत उच्च जोखिममा रहेको भन्दै स्थानीयले पहिरो रोकथामका लागि दिगो पहल गर्न समेत आग्रह गरे । स्थानीयको गुनासो सुनिसकेपछि वडा अध्यक्षका उम्मेदवार मिनबहादुर गुरुङले मचारी क्षेत्रलाई पहिलो प्राथमिकतामै राखेर प्रतिवद्धता पत्र तयार भएको जानकारी गराए । साथै उक्त क्षेत्रको पहिरो व्यवस्थापनका लागि समेत बजेट विनियोजन गर्ने योजना प्रतिवद्धतापत्रमा समेटिएको बताए । प्रतिवद्धतापछि स्थानीयले अबको भरोसा एमाले भएको भन्दै उमेद्वारलाई विजयीको शुभकामना सहित मतदानको प्रतिवद्धता जनाए । आज नै उमेद्वारसहितको टोली नमुना टोलमा पुग्दा टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले भव्य स्वागत गरे । साथै सिस्नेरी, कमेरेपानी, रानीबगर, भोटेको कुना, सिमलचौर लगायत स्थानका मतदाताले पनि उमेद्वारलाई मददान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले वडा नं ११ का ग्रामिण क्षेत्रमा यसअघि काँग्रेसबाट जित हासिल गरेका जनप्रतिनिधिले विकासमा ध्यान नदिएको आरोप लगाउँदै अब एमालेकै भर रहेको प्रतिक्रिया दिए । सोमबारको घरदैलो कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सांसद एवं जिफण्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष मिना गुरुङले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको हक हितका लागि श्रम डेस्कको स्थापना गर्ने योजना सुनाइन् । उनले श्रमिकलाई सूचिकृत र पञ्जीकृत गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा समावेश गर्ने विषयलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाइन् । वडा नं ११ मा एमालेबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा छन् । पोखरा ११ मा चुनावी अभियान अन्तरगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरि प्रचारप्रसारलाई निकै उत्सापूर्वक रुपमा सञ्चालन गरिएकोे प्रचारप्रसार संयोजक मदनकुमार सुनारले जानकारी दिएका छन् । घरदैलो अभियानमा एमाले कास्की जिल्ला कमिटी सदस्य एवं वडा नं ११ का इन्चार्ज बलबहादुर नेपाली, निर्वाचन परिचालन कमिटीका संयोजक सञ्जयकिशोर बास्तोला लगायत स्थानीय नेता कार्यकर्ताको सहभागिता थियो ।
पोखरा: आगामी ३० गते हुने स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । पोखरा महानगर प्रमुख पदका एकीकृत समाजवादी उम्मेदवार धनराज आचार्य र उपमेयरकी कांग्रेस उम्मेदवार कोपिला रानाभाटले भरतपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । प्रमुख पदका उम्मेदवारको गृह वडा रहेको बताउदै उनले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । उनले आफ्नो राजनीतिक यात्रा सोही वडाबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन गठबन्धन गर्न बाध्य भएको धारणा राखे । देशको सार्वभौमसत्ता जोगाउनका लागि हुँदा खादाको पार्टीलाई छाडेर नयाँ पार्टीको स्थापना गर्नुपरेको उल्लेख गरे । पोखरा ३३ मा औद्योगिक क्षेत्र बनाउने सोच बनाएपनि स्थानीयको सरसल्लाह विना केही गर्न नसकिने तर्क राखे । आचार्यले अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन महानगरमा आफ्नै व्यक्ति आउँदा फाइदा हुने बताए । ५ वर्ष कुनै गुनासो नहुने गरी काम गर्ने र वडालाई नमुना बनाउने उनले प्रतिवद्धता गरे । यसैगरी उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले लोकतन्त्रको अस्तित्व जोगाउनका लागि गठबन्धन गरिएको बताइन् । पोखारा ३३ मा गठबन्धनले जितिसकेको उनको भनाइ थियो । यो महानगरको दुर्गम क्षेत्र रहेको बताउँदै उनले निर्वाचित भए सबल शिक्षा, पूर्वाधार विकासमा ध्यान दिने उल्लेख गरिन् । पोखरा ३३ का वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले कानुन जोगाउनका लागि गठबन्धन गरिएको बताए । उनले हिजो एमालेको सरकारले पोखरा ३३ को विकासमा कुठराघात गरेको उनको आरोप छ । अधिकारीले एमालेले पैसा खर्च गरेर मत किन्ने दुस्साहस गरेको दाबी गरे ।
गोरखा: गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बिच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि पछिल्लो पटक केन्द्रीय समितिले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमान्दार रहेको छु’ विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो पटक पनि उम्मेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति धन्यवाद प्रकट पनि गर्दछु ।’ सरकारमा सहभागी पाँच दलका बीचमा भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलहरु बीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँटको निर्णय भए अनुसार उम्मेदवारी फिर्ता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा नेता कँडेलले पार्टी केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी कार्यकर्तालाई पार्टीको निर्णय कार्यान्वयन गर्न पनि अपिल गरेका छन् । पालुङटारमा मेयर जसपालाई र उपमेयर कांग्रेसले लिने दुई पार्टीबीच सहमति भएको थियो ।
पोखरा: नेपाली काग्रेस पोखरा १२ ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । घरदैलो कार्यक्रममा मतदाताहरूलाई पोखरा १२का वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए । पोखरा १२ को पुरानो धारादेखि पिपलडाली,सिटिभिटि, सफा मार्ग लगाएतका ठाँउमा गरिएको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री सरस्वती गुरूङ कांग्रेस क्षेत्र न १ ख का सभापति कृष्ण कोइराला लगाएत वडा सदस्यका उम्मेदवारहरू शान्ता बहादुर थापा,गोविन्द प्रसाद सिग्देल, शान्ति कोइराला, गोमादेवि परियारले मतदाता समक्ष लोकतन्त्को रक्षाको लागी पनि कांग्रेस उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए । नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई तिव्रता दिए सगै पछिल्लो दिनहरूमा पोखरा १२ मा नेपाली कांग्रेसका उम्मेदवार प्रति मतदाताहरू निकै आर्कषित भएका थिए ।
पोखरा: नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाएका छन् । मादी ८ मा आइतबार चुनावी सभामा बोल्दै उनले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले त्यस्तो नगर्ने स्पष्ट पारे । ‘प्रतिपक्षी दलका साथीहरुले मादीको माथिल्लो बेल्टमा गएर महेन्द्र तल्लो बेल्टको मान्छे हो र त्यसलाई भोट दिए विकास तल्लो बेल्टमा गर्छ भनेछन्,’ उनले भने, ‘हामी कुनै वडा केन्द्रीत होइन, १२ वटै वडालाई समान विकास गर्ने गरी अघि बढ्छौँ । सबै वडा बराबर हुन्, हाम्रो आफ्नै हुन् ।’ उनले २०७४ सालमा निर्वाचित पालिका नेतृत्वले गर्न नपाएका काम आफ्नो नेतृत्वले पुरा गर्ने बताए । उनले मत दिनेहरुलाई पछुतो नहुने गरी काम गरेर देखाउने अध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाए । उनले आफूले जितेमा युवालाई उद्यमी बनाउने योजना ल्याउने बताए । ‘हाम्रो पार्टीले युवालाई उद्यमशीलतातिर जोड्न चाहन्छ । रोजगारी नपाएका गाउँका दाजुभाइलाई उद्यमी बनाउने योजना ल्याउँछौँ । वृद्धवृद्धा, बालबालिका, एकल महिला, उत्पीडित समुदाय हाम्रा प्राथमिकता हुन्छन्,’ उनले भने । कास्कीको मादी गाउँपालिकामा १२ वटा वडा छन् । अध्यक्ष उम्मेद्वार महेन्द्रको घर मादी १० मा पर्छ । यसैगरी उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले महिला हिंसाविरुद्ध अभियान चलाउने सुनाईन् । चुनाव जितेमा पाँच वर्षसम्म जनताका समस्या सुनेर समाधान गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङले बताईन् । ‘आमा सक्षम नभएसम्म कुनै घर सक्षम हुँदैन । घरेलु र शारीरिक हिंसामा धेरै महिला पर्नुभएको छ । यो समस्या समाधान गर्न प्राथमिकता दिन्छु,’ उनले भनिन् । एमाले मादीले आइतबार मादी ८ को पोसी, पर्गी, रबैडाँडा, नागिधार, पाखुरीबोटलगायत ठाउँमा घरदैलो गरेको थियो । एमालेबाट गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहेका महेन्द्र र कल्पनाले मादी ३, ४, ९ का मतदातालाई भेटिसकेको छन् । सोमबार मादी १२ मा घरदैलो कार्यक्रम र चुनावी सभा गर्ने तयारी छ ।
पोखरा: आगामी ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीमा आफ्नो चुनावी प्रचार अभियानलाई तिव्र बनाएको छ । पोखरा महानगरपालिका तथा गाउँपालिकाका कतिपय वडामा एकल तथा कतिपयमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको माओवादीले निर्वाचन प्रचार अभियानलाई व्यापक बनाएको हो । चुनावी अभियानको क्रममा माओवादी केन्द्रका उम्मेदवारहरुले माओवादीकै नेतृत्वमा एकात्मक शासन व्यवस्था अन्त्य भएर अहिलेको संघीयता र स्थानीय तयको निर्माण भएकाले जसको नीति यसकै नेतृत्व हुनुपर्नेमा जोड दिएका छन् । माओवादीको नेतृत्वमा व्यवस्था परिर्वत भएकाले आम नागरिकको अवस्थामा परिर्वतन गरेर समृद्धिका लागि माओवादीलाई भोट दिएर विजयी गराउन आग्रह गरेका हुन् । माओवादी केन्द्रले पोखराका आधाभन्दा बढी वडामा प्यानल सहित एकल उम्मेदवारी दिएको छ । त्यसैगरी मादी, अन्नपूर्ण, रुपा र माछापुच्छ«ेका अधिकांश वडामा पनि माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा छ । घरदैलो कार्यक्रमको अवसरमा माओवादी केन्द्रबाट पोखरा महानगरपालिका वडा नं १ को अध्यक्षका प्रत्यासी भानुभक्त अधिकारीले नीति र योजना बोकेको नेतृत्व भएमात्र स्थानीय तहले राम्रोसँग काम गर्न सक्ने धारणा राखे । माओवादीले जित्दा मात्र बृहत्तर पोखराको हित र जनताले सहज सेवा र सुविधा प्राप्त गर्ने उनले बताए । ‘माओवादीको नेतृत्वमा जुन परिर्वत अहिले देशमा भयो, अव यसलाई समृद्ध बनाएर जनताको अवस्था बदल्न पनि माओवादीकै नेतृत्व चाहिन्छ ’ उनले भने । उम्मेदवार सहितको घरदैलो सुरु नेकपा(माओवादी केन्द्र)ले एकल उम्मेदवारी दिएको पोखरा–११ मा घरदैलो सुरु गरेको छ । वडाका फूलवारी क्षेत्रका कोलपाटन, सफामार्ग लगायतका क्षेत्रमा घरदैलो गर्दै माओवादीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् । सो वडामा माओवादीले एकल उम्मेदवारी दिएको छ । वडाध्यक्षमा चिन्तामणि खरेल र वडा सदस्यहरुमा विष्णुप्रसाद आचार्य, सुनिल लामिछाने, सरिता विक, उषा विश्वकर्मालाई उम्मेदवार छन् । यसैगरी पोखरा–१७ मा उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन कार्यालयले शनिबार उम्मेदवारलाई औपचारिक रुपमा चुनाव चिन्ह प्रदान गरेपछि माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तथा परिचय कार्यक्रम सुरु गरेका हुन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले परिर्वतन र प्राप्त उपलव्धीको रक्षाका लागि माओवादीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । पार्टीका प्रदेश कमिटीका सदस्य एवं राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष गंगाप्रसाद पोखरेलले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीका समस्या समाधान गरि छाडिने प्रतिवद्धता जनाए । सो वडामा माओवादीले ओमबहादुर पौडेललाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । यसैगरी सदस्यहरुमा उर्मिला कार्की, सुमित्रा दर्जी, शालिकराम देवकोटा र भुवानी प्रसाद भट्राई उम्मेदवार छन् । माओवादीले पोखराको वडा नं ९ मा पनि चुनावी प्रचार सुरु गरेको छ । वडाका विभिन्न टोलमा घरदैलो गर्दै माओवादीलाई विजयी गराउन जनतासँग आग्रह गरिएको वडाध्यक्षका उम्मेदबार बमबहादुर कार्कीले बताए । उनले भने,“अन्य दलले पटक पटक अवसर पाउँदा पनि पोखराको मुटुमा रहेको वडामा खासै परिर्वतन गरेनन् । त्यसैले यसपटक माओवादीलाई अवसर दिन आग्रह गर्दैै घरदैलो गरिरहेका छौँ ।” पोखरा–१८ मा पूर्व जनप्रतिनिधि र काँग्रेस नेता माओवादीमा प्रवेश पोखरा महानगरपालिका –१८ हरे डाडाँमा ४९ सालका स्थानिय जनप्रतिनिधि र काँग्रेसका वडा इकाइ समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् । विसं २०४९ का जनप्रतिनीधी लक्ष्मी नेपाली माओवादीमा प्रवेश गर्दै माओवादीले मात्र दलित र उत्पीडित समुदायलाई न्याय दिने बताइन् । पोखरा १८ देउराली पाटनमा विकास निर्मार्णको काम नभएको गुनासो गदै उनले यस भन्दा अघिका वडा सरकारले जनताको लागि काम नगरेको बताइन । नेपाली काँग्रेस जनमैत्री टोल इकाइ सभापत गणेश तिमिल्सिना पनि माओवादीमा प्रवेश गर्दै आफु भ्रमबस अन्य पार्टीमा लागेको पश्चाताप गरे । आगामी दिनमा माओवादीमानै रहने भन्दै वडामा रहेका माओवादीका उम्मेदवारलाई विजयी गराउन वडावासीलाई आग्रह गरे । माओवादी केन्द्रकाबाट वडाध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले जनताको जीवनस्तर र अहिलेको अवस्था बदल्न माओवादीले जित्नैपर्ने बताउनुभयो । उहाँले पोखरा १८ को विकासको लागि माओवादी केन्द्रको विकल्प नरहेको बताउँदै माओवादी पार्टी मात्र नभइ जनताको साथी रहेको धारणा राखे । माओवादी सत्तामा जान भन्दा अघि दलितहरु हेपिनु परेको उनले सुनाए । पोखरा १८ माओवादी केन्द्र प्रचार प्रसार संयोजक टिकाराम तिमिल्सिनाले १५ जना माओवादीमा प्रवेश गरेको जानकारी दिए । पोखरा १८ का रामचन्द्र नेपाली, अमर नेपाली, शंकर नेपाली लगायत माओवादी प्रवेश गरेका हु्न । पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा तिमिल्सिना, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा सहारा नेपालीले उम्मेदवारी दिएका छन् । चुनावी प्रचार अन्तर्गत आइतबार ज्यारजतीबाट सुरु भएको घरदैलो गोठादी, सिलङ्गाको बोट, शिव भङ्जाङ, वडा कार्यालय हरेडाडाँ, ढकालथर, पदेली हुँदै सौदाको चौतारमा पुगेर सभामा परिणत भएको थियो ।
पोखरा: जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० ले नेकपा एमाले पोखरा १० का उमेदवारहरु संग परिचयात्मक कार्यक्रम गरेको छ । नेकपा एमाले पोखरा १० का अध्यक्ष सहितका उमेदवारहरुले जेष्ठ नागरिकहरुबाट आशिर्वाद ग्रहण गरी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा बोल्दै वडा नम्बर १० का वरिष्ठ शिक्षाविद, खेलप्रेमी एवं समाजसेवी महेश गुरुङले नेकपा एमालेले वृद्धवृद्धाहरुलाई साथ दिने पार्टी भएको बताए । एमालेको सरकारकै पालामा बृद्धवृद्धाहरुलाई भत्ता दिन सुरु गरेकाले अहिले वृद्ध अवस्थाका आमा बुवाहरुले मासिक रुपमा वृद्धाभत्ता पाइरहेको उनको भनाइ रहेको थियो । जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० का अध्यक्ष क्याप्टेन थमनसिंह थापा मगरले समाजसेवी पवित्रादेवी गुरुङलाई विजयी गराउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरे । पवित्रा गुरुङ आफैमा समाजसेवी र महिला मैत्री रहेकाले वडाको विकास गर्न सक्षम रहेको बताएका थिए । यसैगरि नेकपा एमाले पोखरा १० का वडा अध्यक्ष पदका उमेदवार पवित्रा देवी गुरुङले आफुले चुनाव जितेर जेष्ठ नागरिकमैत्री वडा बनाउने बताईन । अहिले जेष्ठ नागरिकहरुले वृद्धा भत्ता लिनका लागि बैंकमा धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई हटाएर अब वडाले घरघरमा वृद्धाभत्ता पु¥याउने प्रतिवद्धता जनाईन । सो अवसरमा प्रदेश कमिटी सदस्य हिमालय बख्रेल लगायतले आ आफ्नो धारणा राखेका थिए भने राम बजार माछापुच्छ«े महिला समुहका अध्यक्ष माया गुरुङ भुजेल, राम मन्दिर सञ्चालक समितिका अध्यक्ष जीवन श्रेष्ठ, दौतरी गु्रपका संयोजक मनोज गुरुङ लगायतले उमेदवारहरुलाई जितको लागि शुभकामना दिएका थिए । घरदैलो अभियान तिव्र यसैबिच नेकपा एमाले पोखरा १० ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । वडा नम्बर १० लाई एमालेको लालकिल्ला बनाउने उद्देश्य सहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको पोखरा १० वडा कमिटीका संयोजक तथा निर्वाचन परिचालन कमिटीका संयोजक सूर्य बहादुर बाँनियाले जानकारी दिए । उनका अनुसार आइतबार नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रम अन्तर्गत शान्तिपथ, शान्तिपथ लेन १, २, ३, प्यारामाउण्ट स्कुल एरिया, मेट्रोपोलिटन स्कुल एरिया, हस्पिटल मार्ग हुदै हस्पिटल चोक पश्चिम, मेडिकल लाइन क्षेत्रमा मतदाता कार्यक्रम सम्पन्न गरेको थियो ।
पोखरा: मादी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेको छ । समुन्नत मादीको आधार: पर्यटन, कृषि र पूर्वाधार, सफल अर्थतन्त्रको आधार भन्ने नारा सहित गठबन्धनले घरदैलो अभियान थालेको हो । गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर मादी ४ तारकाङ, ध्रुवचोक, डाँडाथोक, मजुवा, मादी ५, चित्रे, मगरगाउँ पुगे । साथै, मादी ३ याङ्जाकोट घर भई पोखरा बस्नु भएका चेलिबेटीहरुसँग साक्षात्कार सहित प्रतिबद्धता व्यक्त गरेको छ । आजबाट गठबन्धनका साझा उम्मेद्वारहरु भोट माग्दै जनताको घरदैलोमा पुगेको नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सचिव सरोज केसीले जानकारी दिए । उनका अनुसार मादी गाउँपालिका प्रमुखका लागि नेपाली कांग्रेसबाट देवीजंग गुरुङ र उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट लालबहादुर गुरुङ उम्मेद्वार छन् । घरदैलोको अवसरमा मतदातासँग बोल्दै अध्यक्ष पदका उम्मेद्वार देवीजंग गुरुङले मादीका विकासका लागि आफूले उम्मेद्वारी दिएको बताए । मादीको समुन्नत विकासको लागि गठबन्धनका साझा उम्मेद्वाहरुलाई जिताउन पनि उनले सबैलाई आग्रह गरेका थिए । यसैगरी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले कालो धन र गुण्डागर्दीको आधारमा मादी कब्जा गर्ने सपना नदेख्न विपक्षीलाई चेतावनी दिदै सुशासन, भ्रष्टाचाररहित सभ्य मादी बनाउन गठबन्धनलाई जिताउन आग्रह गरे । मादीलाई विकासमा फड्को मार्न आफूहरुले चुनाव जित्नु पर्ने बताए । मादीको विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन समेत उनले आग्रह गरे ।

