काठमाडौं: राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । सङ्घीय संसदको निर्वाचन कार्यतालिका अनुसार दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन्। दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा (एकीकृत समाजवादी)का बेदुराम भुसाल छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका किरणबाबु श्रेष्ठ छन् । भोलि (मङ्गलबार) बस्ने राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ ।
गाेरखा: नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशन अन्तर्गत आइतबार राति सकिएको मतगणना अनुसार उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले हराएर विजयी भएका हुन् । थापाले २८० मत पाउँदा नेपालीले २०५ मत ल्याए । नयाँ कमिटीको उपाध्यक्षमा कमल दानी र कृष्ण काप्रीलाई हराएर मेनबहादुर अधिकारी विजयी भए । अधिकारीले २७० मत प्राप्त गर्दा दानीले १२१ र काप्रीले ७१ मत ल्याए । सचिवमा सर्वाधिक ३५३ मत ल्याएर काजीराम रोका विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए । उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् । जोशीले २६५ मत सहित विजयी हुँदा प्रतिस्पर्धीहरू विष्णुप्रसाद पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत पाए । अर्को उपसचिवमा चापागाईंले ३२० मत पाउँदा नानीमाया थापाले १५० मत ल्याइन् ।
पोखरा: नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल फेदिखोला गाँउपालिकाकाे प्रथम अधिवेशनबाट टकबहादुर गुरुङ(आचम) अध्यक्षमा चयन भएका छन् । टकबहादुरको नेतृत्वमा १५ सदस्ययि कमिटि गठन गरेको छ । सो समितिको उपाध्यक्षमा सुमन गुरुङ, सचिवमा रामकाजी गुरुङ, उपसचिवमा गौतम गुरुङ र राजकुमार जिटी, कोषाध्यक्षमा मिना गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा अर्जुन गुरुङ, सुवास गुरुङ, बुद्धिमाया गुरुङ, तारा भुजेल, कृष्णमान श्रेष्ठ, उत्तम गुरुङ, बमबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ र सन्तोषी गुरुङ चयन भए । नवनिर्वाचित कमिटिलाई अध्यक्ष मण्डलका अध्यक्ष लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका उपाध्यक्ष चिनमाया गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । अध्यक्ष मण्डलमा महासंघको प्रदेश सचिवालय सदस्य अविलास गुरुङ र स्याङजा जिल्ला सचिव लक्ष्मी थापामगर रहेकी थिइन् । नवनिर्वाचित अध्यक्ष टकबहादुर गुरुङले फेदिखोला गाँउपालिकामा बसोवास गर्ने आदिवासी जनजाति समुदायलाई महासंघको झण्डा मुनि गोलबन्द गर्न सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय सचिव एवम गण्डकी प्रदेश इञ्चार्ज, नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुमबहादुर गुरुङले आदिवासी जनजातिहरुले राजनीति र राजनीतिक शक्ति नबुझाले पछाडि पारिएको धारणा राख्दै राजनीतिक चेत, जागरण, अधिकारप्रति सजग हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य देवी थापा, जिल्ला सचिवालय सदस्य एवम फेदिखोला इञ्चार्ज पुष्पराज बराल, महासंघ गण्डकी प्रदेश उपाध्यक्ष चिनमाया थापा, महासंघ प्रदेश सचिवालय सदस्य तथा फेदिखोला वडा नं.२ का वडाध्यक्ष अविलास गुरुङ, महासंघ स्याङजा जिल्ला अध्यक्ष तथा फेदिखोला गाँउपालिका उपाध्यक्ष देउकुमारी गुरुङ, महासंघ जिल्ला सचिव लक्ष्मी थापामगर लगायतले शुभकामना व्यक्त गरेका थिए । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ स्याङजा खेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा टकबहादुर गुरुङले स्वागत र भिमकुमारी गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ । आइतबार राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो । यसअघि नै सो निर्वाचनको समय तय भएकोले निर्धारित मिति अर्थात फागुन २९ गते नै अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ । कांग्रेसले आफ्नो दलसँग सल्लाह नगरी चुनावको मिति राखिएको बताउँदै केही पछि सार्न माग गरेको थियो । अध्यक्षका लागि भोलि उम्मेदवारी दिनुपर्ने कार्यतालिका रहेपनि राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो भने लगाइसकेका छैनन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । सबै कमिटीले सम्बन्धित नेताले सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्यक्षेत्रका सदस्यलाई बैठक गरी यसको जानकारी गराउनुपर्ने प्रावधान तोकिएको छ । गत माघ २५ देखि आगामी चैत २५ गते ९दुई महिना०सम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको छ । यस अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गरिनेछ । अभियान सफल बनाउन पार्टीले सबै कमिटीलाई पत्राचार गरेको जनाइएको छ । पार्टीले पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिइएको पार्टीले महाधिवेशनमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ । पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजका लागि मातहातका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ । कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा महाधिवेशन आह्वान गरेको छ ।
काठमाडौं: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ । बैठकले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति तोक्ने बताइएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले भन्नुभयो, “प्रश्न गर्न सजिलो छ । जब समाधान गर्ने बेला आउँछ, त्यतिबेला राजनीतिक पार्टी भाग्नुहुँदैन ।” आफ्नो पार्टी विगतमा अन्य पार्टीले गरेको जस्तो गल्ती गर्न नआएको भन्दै सांसद परियारले मुलुकको मुहार परिवर्तन गर्ने विश्वासका साथ सरकारमा सहभागी भएको बताउनुभयो । “जुन दिन पार्टीले चाहेको काम गर्न सकिँदैन, त्यो दिन सत्ताबाट हट्नेछौँ”, उहाँले भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले आम नागरिकको सपनालाई जगाएको उल्लेख गर्दै सांसद परियारले सरकारमा रहेर जनताको हित गर्ने पार्टीको एकमात्र उद्देश्य रहेको बताउनुभयो । उहाँले संसद्लाई सुसंस्कृत अभ्यास गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने जिकिर गरे। ‘यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन । हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन’, सांसद पौडेलले भने, ‘मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौँ ।’ वर्तमान गठबन्धनमा लामो राजनीतिक अनुभव प्राप्त गरेका तथा आलोचक भएर सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउँदै आएका दल सहभागी रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले तीव्र गतिका साथ काम गर्ने विश्वास व्यक्त गरे। ‘वर्तमान सरकार कानुन निर्माण तथा मुलुकले भोग्दै आएको समस्या समाधान गर्न सक्षम हुनेछ’, सांसद पौडेलले भने, ‘राष्ट्र निर्माण गर्ने जिम्मेवारी दलहरूको काँधमा छ, मुलुकको समृद्धि तथा साझा मुद्दामा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ ।’
काठमाडौं: नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको यहीँ चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिने बताएका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले २०७९ पुस २ देखि अहिलेसम्म तीन पटक गठबन्धन फेरिएको भन्दै पाँच वर्षमा १३ पटक फेरिने बताए । उनले भने, ‘२०७९ पुस २ मा एउटा २ महिनापछि अर्को आज फेरी अर्को । यो ठिक बेठीकको आधार कुन हो रु पार्टीको नाम उहीँ पात्र पनि उहीँ हिजो कसरी बेठिक आज कसरी ठिक ?’