पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसेको विज्ञ परिषद्को बैठकले सुनचाँदी हस्तकला क्षेत्रमा विदेशी हस्तक्षेप रोक्न आभूषण महासंघको भूमिका नै निर्णायक हुने भन्दै बाह्य हस्तक्षेप विरुद्ध प्रभावकारी कदम चाल्न महासंघलाई सुझाव दिएको हो ।  विदेशी हस्तकलाको बढ्दो प्रभावले नेपाली मौलिक कालिगढी लोप हुने अवस्थामा पुगेको विज्ञहरुको बुझाइ छ । यसले नेपाली मौलिक हस्तकलाको पहिचान नै धरापमा परेकोले यसलाई जोगाउनु पर्नेमा विज्ञहरुको जोड थियो ।  यता, महासंघका अध्यक्ष किसान सुनुवारले मुलुकमा सुनचाँदी क्षेत्रका व्यवसायीका लागि सुहाउँदो ऐन कानुनको अभावले व्यवसाय गर्न कठिन भएको गुनासो गनुभएको छ । ऐन कानुन नभएकाले बैध र अबैध व्यपार गर्ने दुवैलाई सरकारले एउटै नजरले हेर्ने गरेको गुनासो गर्दै अबैध व्यपारलाई राज्यले निरुत्साहित गर्नुपर्ने अध्यक्ष सुनारले बताउनुभयो । मुलुकभर २३ हजार भन्दा बढी परिवार सुनचाँदी व्यवसायमा निर्भर भएको जिकिर गर्दै उहाँले राज्यले यसलाई विलाशिताको क्षेत्रमा राखेकोमा आपत्ति समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले सुनलाई विलाशिताको क्षेत्रमा राखेको छ, यो त हाम्रो संस्कार हो यसलाई सबैको पहुँचमा ल्याउन आवश्यक छ ।’   त्यस्तै, नेपालमा १० हजार भन्दा बढी दक्ष कालिगढ रहेको भन्दै उनीहरुलाई आफ्नो क्षमता दर्शाउने प्रमाणपत्र लगायतका कागजात दिलाउनु अहिलेको आवश्यकता भएको बैठकमा उपस्थित विज्ञहरुले औल्याएका छन् ।   

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराए ।  अध्यक्ष विजुक्छेले विद्यमान चुनौतीलाई पार लगाई क्याम्पसको वृहत्तर विकास र शैक्षिक गुणस्तर सुधारका लागि काम गर्न सुझाउँदै क्याम्पसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न शुभकामना दिए ।   नवनियुक्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पदभार ग्रहण गर्दै क्याम्पसको आन्तरिक नीतिनियमलाई चुस्तदुरुस्त व्यवस्थित बनाई समस्या समाधान गर्ने, विश्वविद्यालय अनुदान आयोगको कामलाई गतिशील बनाउने, शिक्षक कर्मचारीको वृत्ति विकासका लागि ठोस काम गर्ने, त्रिभुवन विश्वविद्यालयबाट नयाँ शैक्षिक कार्यक्रम ल्याउने, क्याम्पसलाई केन्द्रमा राखी जनप्रियको शाख र गरिमा बढाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न लागी पर्ने बताए ।  खड्काले आफ्नो सक्रियता र सकारात्मक भूमिकालाई प्रभावकारी बनाउँदै बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता गरे । विगत १५ वर्षदेखि अध्ययापनरत उपप्राध्यापक खड्का अर्थशास्त्रका एमफिल हुन् । यसअघि उनी सहयाक क्याम्पस प्रमुख थिए ।  २०७९ भाद्र २ गते मतदानबाट क्याम्पस प्रमुखमा छनौट भएका लोकराज भण्डारीले स्वाध्ययनका लागि राजिनामा दिएका थिए । क्याम्पस सञ्चालक समितिको जेठ ३ गतेको बैठकको निर्णय र क्याम्पस सञ्चालन सम्बन्धी नियमावली २०५४ को सातौँ संशोधन २०७६ को नियमानुसार खड्कालाई निमत्त क्याम्पस प्रमुखमा नियुक्त गरिएको प्रशासक एकनारायण अर्यालले जानकारी दिए ।  

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय पत्रको पहू्ँचमा नपुग्दा सरकारी लाभबाट वञ्चित हुनूजस्ता कारणले पनि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अझै कमजोर रहेको एक प्रतिवेदनले औंल्याएको छ । बालहितकारी परियोजना नेपालले पोखरा वडा नं. १५ भरका अपांगता भएका व्यक्तिहरु पहिचान गरी विभिन्न प्रश्नको जवाफ लिएर प्रतिवेदन तयार गरेको हो । वडाभर २११ जना अपांगता व्यक्ति रहेको परियोजनाले जनाएको छ । पोखरा वडा नं. १५ को आयोजना, पोखरा महानगर स्तीय अपाङ्गता सञ्जाल कास्कीको सहकार्यमा परियोजनाले एक कार्यक्रम आयोजना गरी सर्वेक्षण प्रतिवेदन हस्तान्तरण गरेको छ । परियोजनाका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माले पोखरा महानगरपालिकाकी उपप्रमख मञ्जुदेवी गुरुङ र वडा नंं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँलाई प्रतिवेदन हस्तान्तरण गरे । उपप्रमुख गुरुङले आफूले अघिल्लो कार्यकालमै उपप्रमुखसँग महिला कार्यक्रमलाई अपाङ्गता भएकाहरुसमेत जोडेर उनीहरुको हितमा अघि बढेको बताउँदै अब पनि अपाङ्ता भएका व्यक्तिहरुका लागि सक्दो गर्ने बताइन् । हालसम्म पोखरा महानगरमा आधिकारिक तथ्यांक अनुसार १ हजार ७ सय ७ जना रहेपनि पोखरा १५ को यो प्रतिवेदनको हिसाबले ३३ वटा वडामा धेरै जना थपिन सक्ने बताइन् । ‘महानगरको तथ्यांकमा यति देखिएको परिचयपत्र लिन आउनेको गणना गर्दा हो । परिचयपत्र नै लिन नआएका, थाहा नभएका पनि यस प्रतिवेदनबाट देखियो । अझै बढी संख्यामा अपाङ्गता भएको व्यक्तिहरु हुनुहुन्छ भन्ने देखियो ।’ – उपप्रमुख गुरुङले भनिन्– ‘अपाङ्गता भएका व्यक्तिलाई वर्ग अनुसारको परिचय पत्र प्रदान गरी आवश्यक सीप तालिम, सहयोगका लागि म तयार छु।’ उनले पोखरा १५ ले निकै गहिराईमा पुगेर सर्वेक्षण गरी ३३ वडामा पहिलो वडा बनेकोमा बधाई दिँदै अन्य वडालाई पनि प्रेरणा प्रदान गरेको बताइन् । पोखरा १५ का अध्यक्ष तोरण बानियाँले भौतिक पूर्वाधारको विकासले मात्र वडा समृद्ध नबन्ने भन्दै हरेक वडाबासीको मानवीय विकास प्रमुख कुरा रहेको बताए । उनले वडामा रहेका अपांगता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको आत्मसम्मानपूर्ण व्यवस्थापनका लागि लागिपर्ने बताए । ‘पहिले नै जग्गा खोज्ने काम गरेका हौँ । अपायक स्थानका कारण मूर्त रुप पाएन ।’ बानियाँले भने– ‘उहाँहरुलाई पायक पर्ने ठाउँमा जग्गा खोजी गरेर भौतिक पूर्वाधार निर्माणसँगै आवश्यक तालिम र सीप प्रदान गरी साना उद्योगबाट स्वआर्जन हुने गरी वातावरण तयार गर्न लागिपरेको छौँ ।’ बालहितकारी परियोजनाका रामचन्द्र शर्माले पोखरा १५ को अनुरोधलाई स्वीकार गरी घरघर पुगेर वास्तविक तथ्यांक संकलन गरेको बताए । कार्यक्रममा पोखरा महानगर स्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष गंगाबहादुर खड्का, बालहितकारी परियोजनाका झलक भुजेललगायतले बोलेका थिए ।

काठमाडौं:    गृह मन्त्रालयले नेपाल प्रहरीका चार  एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।  शुक्रवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुने एसएसपीहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी रहेका छन् । बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् ।  

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घाचोकलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  पोखरा महानगरपालिका–३ नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा खेलमा जनकल्याणले पहिलो सेट २५–१९ ले जितेपनि दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पूनरागमन गर्दै जनकल्याणले २५–१३ र २५–२१ ले जितेको हो । जनकल्याणका भुपेन गुरुङ म्यान अफ द म्याच घोषित भए ।  यस्तै दोस्रो सेमिफाइनल खेल जिभिपि युके लण्डन र माछापुच्छ«े गाउँपालिका भलिबल संघबीचको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको भलिबल संयोजक लामा अमृत गुरुङले जानकारी दिए ।    दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुने संयोजक गुरुङले बताए । फाइनल खेल शनिबार नै हुनेछ ।  लिगकम नकआउटको आधारमा ९ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’बाट जनकल्याण पोखरा–११ समूह विजेता र माछापुच्छ«े गाउँपालिका भलिबल संघ समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए ।  यस्तै समूह ‘बी’बाट जिभिपि युके लण्डन समूह विजेता र माछापुच्छ«े गुराँसे भूमि घाचोक समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।  ९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकप नकआउटको आधारमा सञ्चालन भएको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।  नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको  क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।   

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित तीन दिने मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको समापन गर्दै उहाँले महानगरको न्यायिक समितिको सक्रियताले विवाद समाधानमा सहजता भएको र अदालतमा मुुद्धाको चाप घटेको बताउनुभयो । विवादको समाधानका लागि महानगर न्यायिक समितिले गरिहेको काम राम्रो रहेको बताउदै देशभरमै उत्कृष्ट बनेकाले यसलाई निरन्तरता दिन न्यायाधीस दाहालले सुुझाव दिनुभयो । उहाँले विवाद समाधानमा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण रहने भएकाले पुनर्ताजगी तालिमले सहजता प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले विवाद समाधानको उपयुुक्त माध्यम मेलमिलाप रहेको बताउदै मेलमिलाप मार्फत दुवै पक्षले जित्ने र समाजमा आपसी सद्भाव कायम हुने बताउनुुभयो । उहाँले मेलमिलापकर्ता अदालतकै सहयोगीका रुपमा रहेको समेत बताउनुभयो । कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले टुुटन लागेको सम्बन्धलाई मेलमिलापको धागोले सिलाउने काम मेलमिलापकर्ताले गर्नुभएको बताउदै तालिमले विवाद समाधानमा थप उत्कृष्टता प्रदान गर्ने विश्वास गरेको बताउनुभयो ।   मेलमिलापकर्ताद्धय सविता भण्डारी, सुदिप प्रधानाङ्गले तालिमले मेलमिलापमा सहजता प्रदान गरेको र सिकेको विषयलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पोखरा महानगरका १ देखि १८ नम्वर वडाका मेलमिलापकर्ताको सहभागीता रहेको थियो ।तालिममा सहभागीहरुलाई प्रमुख अतिथि न्यायाधीस नवराज दाहाल, पोखरा महानगरपालिका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङ, न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र रजनी परियारले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताउनुभएको छ ।  नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रबार आयोजना गरिएको ‘साकोस जोखिम विश्लेषण कार्यशाला’लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने उहाँको भनाई छ । आर्थिक नियमको उल्लघन गर्ने सञ्चालकले नै सहकारी क्षेत्रमा समस्या ल्याइदिएको उहाँको दावी छ । ‘कहिले व्यवस्थापकले सञ्चालकको काम गरिदिएको हुन्छ, कहिले सञ्चालकले व्यवस्थापकको काम गरिदिएको हुन्छ, कहिलेकाही लेखा सुपरिवेक्षण नै नाम मात्रको हुन्छ’ उहाँले भन्नुभयो । सहकारी अभियान समाप्त भयो भने संविधान नै अपूरो हुने भन्दै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै ठीक अवस्थामा राख्नको लागि सबैले ध्यान पु¥याउनुपर्नेे बताउनुभयो । ‘सहकारी अभियान समाप्त भयो भने संविधान नै अपुरो हुन्छ, त्यसतर्फ सेयरसदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र हामीसम्म सबैले ध्यान पु¥याउनै पर्ने विषय छ’ मुख्यमन्त्री अधिकारीले थप्नुभयो । सहकारी क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा भएको कारण लगानी सही ठाउँमा हुन नसकेको र दोहोरोपना देखिएको खुलाउनुभयो । ‘सेयर सदस्यलाई थाहा छैन, आउनुहोस् ऋण दिइहाल्छु भन्यो, अस्वस्थ प्रतिष्पर्धा देख्छु म’ उहाँले भन्नुभयो । सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्नेमा उहाँको जोड छ । नयाँ प्रवर्तनका कामहरु रोजगारी सिर्जनाका कामहरु संस्थाले गरेको छ छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्नेमा उहाँको जोड थियो । ‘बोनस बाँड्ने काम हुन्छ, पोहोर घट्यो अहिले बढ्यो भन्ने बाहेक सेयर सदस्यलाई धेरैँ चासो हुँदैन, कहिलेकाही व्यानर टाँसेर घुमाइन्छ, के–के भइरहेको छ भन्ने चासो पनि छैन’ उहाँले भन्नुभयो । सञ्चालकहरूको लापरवाहीको शिकार पोखराको सहकारी अभियान भइरहेको भन्दै सहकारीबाट अर्बौँको रकम अपचलन भएको कारण राजनीतिक वृत्तमा पनि ठुलो चुनौती खडा गरेको सुनाउनुभयोे । राजनीतिक तहमा सहकारीको बारेमा नबुझ्नेहरु हुँदा समेत समस्या भएको नेकपा (एमाले) को स्थायी कमिटी सदस्य समेत रहनुभएका उहाँले बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका जोखिम पत्ता लगाउन नेफ्स्कुनले तयार पारेको इन्डीकेटरले कतिको काम गर्छ आफूले हेरिरहेको उहाँले खुलाउनुभयो । यथार्थ विवरण सहित सहकारीमा देखिएका समस्याको समाधान गर्न कार्यशालाले सघाउने विश्वास उहाँको छ । सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालमा नियमित अनुगमन नभएका ३२ वटा संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । २०४५ सालमा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ । यसका ४ हजार ६ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन् ।  

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।  प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बुधवार बसेको प्रतिनिधिसभा बैठकका सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच धकेलाधकेलको स्थिति भएपछि आज बिहानैदेखि दुवै पक्ष आ–आफ्ना रणनीति बनाइरहेका छन् ।  कांग्रेसले संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसले बोलाएको विपक्षी दलको बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । यता सत्ता पक्षको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले संसद् खुलाउने विषयमा छलफल गरेका थिए । 

काठमाडौं:    ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बलबहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेकामध्ये ज्यानसम्बन्धी कसूर मुद्दामा बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो । यसैगरी, विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि साइबर ब्यूरोबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो । बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।