काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ । रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू ...

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।  सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो ।  शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो ।  सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो  ४ बजे बस्नेछ । साथै आइतबार दिउसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ । 

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहको छ । बागमती प्रदेशका थोरै स्थान तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । सातै प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ ।

काठमाडौं: लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ। शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन्। सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ। दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ।

पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् ।   प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजासँग मिल्ने आरोप लगाएको भए मेन्टल हस्पिटल जचाउन आग्रह गरे ।   ‘राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै केही भन्दिनँ । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु’, उनले भने ।

काठमाडौं:    नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले  नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेको छ ।   महासंघका अध्यक्ष किसान सुनारसहितकाे पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा पुगेर डा. पौडेललाई बधाई एवं शुभकामना ज्ञापन गरेको हो ।   साेही अवसरमा सुनचाँदी  तथा आभूषण व्यवसायसँग सम्बन्धित आवश्यक कानुनी तथा नीतिगत आधार समेटिएको “आभूषण व्यवसायमा कानुनी व्यवस्था” शीर्षक पुस्तक अध्यक्ष सुनारले गभर्नरलाई हस्तान्तरण गरे ।   मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन तथा सुनचाँदी व्यवसायीको समस्यालाई आफ्नो क्षेत्रबाट समाधान दिन पहल गर्नेमा नवनियुक्त गभर्नर डा. पौडेलको भूमिका महत्वपुर्ण हुने अध्यक्ष सुनारले विश्वास व्यक्त गरेका थिए ।    

पाेखरा:    ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित सञ्चालनमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय विविध कार्यक्रम सम्पन्न भएको छ ।   स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कलर सेलिब्रेशन तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो ।        कलर सेलिब्रेशन कार्यक्रममा पूर्व प्राथमिक तहमा कक्षा नर्सरीदेखि कक्षा एकसम्मका विद्यार्थीहरु रङ चिनाउने उद्देश्यले रातो रङको प्रर्दशन गरिएको थियो ।    उक्त कक्षाका विद्यार्थीहरु तथा शिक्षकहरु रातो पोशाक लगाउनको साथै  विभिन्न रातो रङको शैक्षिक सामाग्री प्रर्दशन गरिएको थियो ।     यसैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा रातो (कोशी) सदन प्रथम र पहेँलो (वागमती) सदन द्वितीय भए ।    विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त कार्यक्रमको विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण भएको थियो । भने, सो कार्यक्रमको सञ्चालन प्रावि तहकी नेपाली शिक्षिका शर्मिला शर्माले गरेकी थिइन् ।  

पोखरा:  पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आजको तेस्रो खेलमा गण्डकी प्रदेशले दोस्रो जित निकालेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा गण्डकी प्रदेशले आर्मीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । गण्डकीले आर्मीलाई २५–१७, २५–१८ र २५–२२ को जित निकाल्यो ।   यस्तै आज नै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  पहिलो सेट २५–१२ ले सहजै जितेको पुलिसले दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्दा २५–१९ को जित निकाल्यो । यस्तै तेस्रो सेट पुलिसले २५– १५ को जित निकाल्यो ।  यस्तै आजको पहिलो खेलमा हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।  टिपटपले सुदूरपश्चिम प्रदेशलाई २५–१९, २५–१७  र २५–१८ को जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।   चौथो खेल नेपाल एपिएफ क्लब र बुटवलको मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  यस्तै महिलातर्फ टिपटप न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।  

पोखरा:   पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  पहिलो सेट २५–१२ ले सहजै जितेको पुलिसले दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्दा २५–१९ को जित निकाल्यो । यस्तै तेस्रो सेट पुलिसले २५– १५ को जित निकाल्यो ।  यस्तै आजको पहिलो खेलमा हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।  टिपटपले सुदूरपश्चिम प्रदेशलाई २५–१९, २५–१७  र २५–१८ को जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।   तेस्रो खेल गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चौथो खेल नेपाल एपिएफ क्लब र बुटवलको मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  यस्तै महिलातर्फ टिपटप न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

पोखरा:   पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र बागलुङका उद्योगी व्यवसायीहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ ।  उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले बागलुङका उद्योगी, व्यवसायीहरुसँग व्यापार प्रवद्र्धनबारे अन्तरक्रियात्मक छलफल गरेका हुन् ।   छलफलमा सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले काठमाडौंकै मूल्यमा पोखरामै होलसेलमा सामान बिक्री भइरहेको जानकारी दिएका थिए । कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले चीन, हङकङ, थाईल्याण्ड, भारत, बंगलादेश लगायतका देशहरु तथा उद्योगहरुबाटपनि सिधै सामान ल्याईने भएकाले पोखरामै सस्तोमा सामान पाईने बताए ।  बागलुङलगायतका क्षेत्रका व्यवसायीहरुले अब सामान लिनकै लागि काठमाडौं धाईरहनुपर्ने बाध्यता छैन,उनले भने,‘पोखरामै सस्तो र गुणस्तरीय सामान पाईन्छ । यसले समयपनि बचत हुन्छ र झञ्झट बेहोर्नुपनि पर्दैन ।’ उनले बागलुङका व्यवसायीहरुलाई सर्वेश्वर मार्ग पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउन आग्रह गरे ।   कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले पोखरामा पाईने सामान सस्तो र गुणस्तरिय हुनुपर्ने बताए । पोखरा हाम्रो लागि नजिक ठाउँ भएकाले सामान खरिदका लागि गन्तव्य बन्न सक्छ,उनले भने,‘तर पोखरामा उत्पादन हुने वा आयात गरिएका सामान सस्तो र गुणस्तरिय हुनुपर्छ । त्यस्तै होलसेल व्यवसायीले सेवा सरल र छिटो बनाउनपनि जरुरी छ ।’ कपडा तथा फेन्सी व्यवसायी संघ बागलुङका अध्यक्ष डिबी कार्कीले पोखरा सामान खरिदका लागि नजिकपनि पर्ने र मूल्यपनि केहि सस्तो भएपनि ढुवानीमा समस्या रहेको बताए । पोखरामा सामान खरिद गर्दा ढुवानीमा समस्या छ,उनले भने,‘ढुवानी सहज होस्, अनलाईन सपिङ वैध बनोस् अनि सस्तो र गुणस्तरिय सामान खरिद गर्ने गन्तव्य पोखरा बनोस् । हामी सामान खरिद गर्न तयार छौं ।’ अन्तरक्रिया कार्यक्रममा बागलुङ तथा छिमेकी जिल्लाहरुबाट सहभागी व्यवसायीहरुले राखेका जिज्ञासाका बारेमा सर्वेश्वर व्यवसायी समितिका तर्फबाट अध्यक्ष तुलबहादुर थापा (राजन), सल्लाहकारहरु नरहरी अधिकारी, प्रेमप्रसाद सुवेदीलगायतले प्रस्ट्याएका थिए ।   छिमेकी जिल्लाहरुमा व्यवसायीक भेटघाट, अन्तरक्रिया तथा क्यालेन्डर वितरणका लागि सर्वेश्वर मार्ग–पराजुली मार्गका २९ जना व्यवसायीहरुको टोली उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा गएका हुन् ।  टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर र नयापुल, बागलुङको बागलुङ बजार, म्याग्दीको बेनी, दरबाङ र तातोपानीमा पुगेर त्यहाँका व्यवसायीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको महासचिव विशाल अधिकारीले जानकारी दिए ।  उनका अनुसार मुस्ताङको जोमसोम पुगेर व्यवसायीहरुसँग पनि भेटघाटसँगै अन्तरक्रिया गरिनेछ त्यसपछि उत्तरी नाका कोरला पुगेर व्यापारिक सम्भावनाबारे अवलोकन गरेर फर्किने उनको भनाई छ । ‘उद्योग व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरण गर्न जिल्ला भ्रमणमा निस्केका छौं’–उनले भने ।   सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले बताए ।   होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।