पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

काठमाडौं:    त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने भएको छ ।  त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।  त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।’ यसअघि त्रिविमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने पर्ने माग हुँदै आएको थियो ।  

पोखरा:   पोखरा महानगरपालिका–२८ लेखनाथको आरुपाटामा बस दुर्घटना हुँदा चालक घाइते भएका छन् ।  बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन् ।  लेखनाथको आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस आज (शनिबार) दुर्घटना भएको हो ।    बस दुर्घटना हुँदा घाइते भएका चालक र सहचालकलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

चितवन:    पृथ्वी राजमार्गको  ईच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।  शनिवार बिहानै काठमाडौंबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको थियो ।    यो पनि पढ्नुहोस     त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका ७ की ४१ वर्षीया  हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् ।  गोरखा नगरपालिका ७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    काठमाडौंको कीर्तिपुरमा जारी टी–२० शृङ्खला अन्तर्गत आज नेपालले आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।  यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँगे २१ रनले पराजित भएको थियो ।  लोकश बमको सतकीय पारिका बाबजुद नेपाल पराजित भएको हो । बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकीय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन ।  शुक्रबार जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो।  सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्यान्डलाई हराउनै पर्ने दबाबमा छ । 

गलकोट:    पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको दुई करोड  अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो । बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ । भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरुका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताए । उनले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । ‘अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ,’ उनले भने । नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ ६.६ मिटर छ । पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइदैछ ।

चितवन:     चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो ।  ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो ।  मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् । मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीको भनाइ छ । 

पोखरा:    नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण गर्दै ५९ औं स्थापना दिवस मनाएको छ । महासंघ कास्कीले पत्रकार गंगाधर पराजुलीलाई २०७९ र राजु भण्डारी एवं भण्डारी परिवारलाई २०८० सालको पोखरा पत्रकारिता सम्मान अर्पण गरेको हो । शुक्रबार पत्रकार महासंघको सभाहलमा भएको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।   पत्रकार गंगाधर पराजुलीलाई नगद ५० हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । भने, भण्डारी परिवारलाई पत्रकार महासंघको संस्थागत विकासमा टेवा पु¥याएकाले दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको हो ।   स्थापना दिवसकै अवसरमा पत्रकार महासंघ कास्कीले ‘पत्रकारितामा देखिएको संकट र समाधानका उपायहरु’ विषयमा संवाद पनि गरेको थियो । संवाद कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पत्रकारितालाई नियन्त्रणभन्दा पनि नियमनको जरुरी रहेको बताउनुभएको थियो । ‘स्वतन्त्रता र छाडातन्त्र भनेको के हो भनेर मुलधारमा काम गर्ने पत्रकारहरुले अन्यलाई बुझाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल र पत्रकारिता फरक कुरा हुन् भन्ने आम जनतालाई बुझाउन सकिएको छैन् । यो पत्रकार र सरकारका लागि चूनौति हो ।’ यो भ्रम चिर्नका लागि साझा प्रयासको जरुरी रहेको उहाँले बताउनुभयो । सोही अवसर गण्डकी प्रदेश सरकाले सञ्चारको क्षेत्रमा धेरै काम गरिहेको सुनाउनुभयो । ‘हामीले आमसञ्चार विधेयक पारित गरिसकेका छौं । त्यसमा प्रेस रजिष्टारको कार्यालय पनि छ,’ उहाँले भन्नुभयो, ‘यो कार्यान्वयनमा गएपछि सरकारको खासै आवश्यकता पर्दैन् । पत्रकारिताका लागि जे गर्नुपर्छ विधेयकमा परिकल्पना गरिएको काम प्रेस रजिष्टार कार्यालयले नै गर्छ ।’ यो बाहेक पनि सरकारले गर्नुपर्ने काम गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम बनाउने क्रममा पनि पत्रकार महासंघ कास्कीसँग सहकार्य गरिरहेको उहाँले सुनाउनुभयो । ‘छलफलपछि लोक कल्याणकारी विज्ञापनमा पहिला भएकोमा ५० प्रतिशत वृद्धि गरेको छु । पत्रकारको स्वास्थ्य विमा हुनुपर्छ भनेर त्यो कार्यक्रम पनि ल्याएको हो,’ उहाँले भन्नुभयो, पत्रकारहरुका लागि फेलोसिप दिने भनेर २० लाख पनि छुट्याएको छु । आगामी दिन आर्थिक अवस्था हेरेर नीति कार्यक्रम बनाउँला ।’ कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष बद्रीविनोद प्रतिकले पत्रकारितामा देखिएको समस्या र चूनौति समाधानका लागि पत्रकारहरु नै जागरुक हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पत्रकार सरकारको स्थायी प्रतिपक्ष रहेकोले सोही अनुसार कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारिता बौद्धिक पेश भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले आफूहरु पत्रकारहरुको हकहितका पक्षमा काम गरिरहेको बताउनुभयो । काम गर्ने समयमा केही कमजोरी भए आगामी दिनमा सच्याउँदै अघि बढ्ने उहाँले सुनाउनुभयो । कार्यक्रममा सम्मानित गंगाधर पराजुलीले पुरस्कारले पत्रकारिता क्षेत्रमा कमल चलाउन हौसल बढेको बताउनुभयो । ‘म केही समय अघिसम्म सक्रिय रुपमा पत्रकारितामा थिए । पछिल्लो समय केही निस्क्रिय जस्तै थिरु,’ उहाँले भन्नुभयो, ‘यो पुरस्कारले यही क्षेत्रमा रहिरहनुपर्छ भनेर हौसला मिलेको छ ।’ सम्मानित व्याक्ति राजु भण्डारीले संस्थागत रुपमा गरिएको सम्मानले पत्रकारिता क्षेत्रसँग परिवारको निकटता झनै बढेको बताउनुभयो । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले स्थापना दिवसको अवसरमा शुभकामना दिदैं पत्रकार महासंघका सदस्यहरुलाई परेको समस्यामा सधैं साथमा रहेको बताउनुभयो । महासंघ कास्कीमा आएका लिखित तथा मौखिक उजुरीका साथै जानकारी भएसम्ममा समस्या समाधानका लागि पत्रकार महासंघ कास्कीले कुनैपनि कसर बाँकी नराखी काम गरेको सुनाउनुभयो । समस्या र चूनौतिका बिचमा पनि धेरै काम गरिरहेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपालका इन्चार्ज सन्देश श्रेष्ठ, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, संसदीय पत्रकार महासंघ गण्डकीका अध्यक्ष भरत कोइराला, नेकपा एमाले कास्कीका सचिव दर्शन लामालगायतले पत्रकारिता क्षेत्रको चूनौति समाधानका लागि पत्रकार नै सक्रिय र जिम्मेवार हुनेपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक कोमलनाथ बरालले सम्मानति व्याक्तिहरुको बारेमा परिचय दिनुभएको थियो । महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव माधव बरालले गर्नुभएको थियो ।

काठमाडौं:   नेपाल ‘ए’ ले टि-२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ ।   आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो ।   यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको छ ।   दोस्रो खेल शनिबार हुनेछ ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।   बिहीबार केन्द्रीय कार्यालयमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।   वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।   लिम्बू लामाेसमयदेखि पत्रकारितामा सक्रिय रहदै आएका छन् ।