प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

पोखरा:  नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल फेदिखोला गाँउपालिकाकाे प्रथम अधिवेशनबाट टकबहादुर गुरुङ(आचम) अध्यक्षमा चयन भएका छन् ।   टकबहादुरको नेतृत्वमा १५ सदस्ययि कमिटि गठन गरेको छ ।   सो समितिको उपाध्यक्षमा सुमन गुरुङ, सचिवमा रामकाजी गुरुङ, उपसचिवमा गौतम गुरुङ र राजकुमार जिटी, कोषाध्यक्षमा मिना गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा अर्जुन गुरुङ, सुवास गुरुङ, बुद्धिमाया गुरुङ, तारा भुजेल, कृष्णमान श्रेष्ठ, उत्तम गुरुङ, बमबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ र सन्तोषी गुरुङ चयन भए ।   नवनिर्वाचित कमिटिलाई अध्यक्ष मण्डलका अध्यक्ष लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका उपाध्यक्ष चिनमाया गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।  अध्यक्ष मण्डलमा महासंघको प्रदेश सचिवालय सदस्य अविलास गुरुङ र स्याङजा जिल्ला सचिव लक्ष्मी थापामगर रहेकी थिइन् ।   नवनिर्वाचित अध्यक्ष टकबहादुर गुरुङले फेदिखोला गाँउपालिकामा बसोवास गर्ने आदिवासी जनजाति समुदायलाई महासंघको झण्डा मुनि गोलबन्द गर्न सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।    यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय सचिव एवम गण्डकी प्रदेश इञ्चार्ज, नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुमबहादुर गुरुङले आदिवासी ​जनजातिहरुले राजनीति र राजनीतिक शक्ति नबुझाले पछाडि पारिएको धारणा राख्दै राजनीतिक चेत, जागरण, अधिकारप्रति सजग हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य देवी थापा, जिल्ला सचिवालय सदस्य एवम फेदिखोला इञ्चार्ज पुष्पराज बराल, महासंघ गण्डकी प्रदेश उपाध्यक्ष चिनमाया थापा, महासंघ प्रदेश सचिवालय सदस्य तथा फेदिखोला वडा नं.२ का वडाध्यक्ष अविलास गुरुङ, महासंघ स्याङजा जिल्ला अध्यक्ष तथा फेदिखोला गाँउपालिका उपाध्यक्ष देउकुमारी गुरुङ, महासंघ जिल्ला सचिव लक्ष्मी थापामगर लगायतले शुभकामना व्यक्त गरेका थिए । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ स्याङजा खेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा टकबहादुर गुरुङले स्वागत र भिमकुमारी गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गरेका छन् ।   नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो ।   ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।    नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा  बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।    ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

काठमाडौँ:   राष्ट्रिय भसा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ ।   उम्मेदवारी दर्ता आज बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।    सङ्घीय संसद् सचिवालयकाअनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।   राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली काँग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

पोखरा:     पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत सङ्कलन भएको छ ।  पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए ।  यस अघि कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले रगतको अभावमा कुनै पनि नागरिकको ज्यान नगुमोस् र कुनै पनि स्वास्थ्य सम्बन्धी समस्याको कारण रगतको अभाव नबन्न पर्याप्त रगतको व्यवस्थापनमा यस प्रकार कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।    महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले रक्तदान कार्यक्रम मानवीय सेवाका दृष्टिकोणले अति आवश्यक र महत्त्वपूर्ण भएको बताए ।  स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू सहित जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो । 

पोखरा:     पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा खुइते खोला (घट्टे खोला) पुलको शिलान्यास गरिएको छ ।  पोखरा महानगरपालिका वडा नं. १९ को लामाचौर माछापुच्छ्रे सडक खण्डमा पर्ने खुइते खोला (घट्टे खोला) मोटरेवल पुलको नगर प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन् ।    रु २ करोड ८२ लाख ९७ हजार १३१ को लागतमा निर्माण सम्पन्न हुने पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवै तर्फ १।२ मिटरको फुटट्रयाक पनि हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ । पुलको उचाइ जमिन बाट ११ मिटर अग्लो हुनेछ ।  खुइतेखोलामा निमार्ण हुने पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दिर्घकालिनमा रूपमा जोड्ने विश्वास गरिएको छ । त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूमा यसको यसको योगदान उल्लेखनीय हुनेछ ।

चितवन:     उपचारका लागि अस्पतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

काठमाडौं:     नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ । आइतबार राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो ।  यसअघि नै सो निर्वाचनको समय तय भएकोले निर्धारित मिति अर्थात फागुन २९ गते नै अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।  कांग्रेसले आफ्नो दलसँग सल्लाह नगरी चुनावको मिति राखिएको बताउँदै केही पछि सार्न माग गरेको थियो ।  अध्यक्षका लागि भोलि उम्मेदवारी दिनुपर्ने कार्यतालिका रहेपनि राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो भने लगाइसकेका छैनन् ।

काठमाडौं:     प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।  यसैगरी जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।  यसअघि प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए । अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ।

काठमाडौं:      नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । सबै कमिटीले सम्बन्धित नेताले सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्यक्षेत्रका सदस्यलाई बैठक गरी यसको जानकारी गराउनुपर्ने प्रावधान तोकिएको छ । गत माघ २५ देखि आगामी चैत २५ गते ९दुई महिना०सम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको छ । यस अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गरिनेछ । अभियान सफल बनाउन  पार्टीले सबै कमिटीलाई पत्राचार गरेको जनाइएको छ । पार्टीले पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिइएको पार्टीले महाधिवेशनमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ । पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजका लागि मातहातका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ । कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा महाधिवेशन आह्वान गरेको छ ।