भक्तपुर: भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । फागुन २४ गते बेलुकी सवा ६ बजे झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको हो । पवित्राको उपचारको क्रममा भक्तपुर अस्पतालमा फागुन २४ गते बुलुका सवा सात बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेका थिए । पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको छ । प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता पाठकले जानकारी दिए ।
काठमाडौं: जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आईटीबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा यही फागुन २२ देखि २४ गतेसम्म आयोजित आईटीबी बर्लिनमा सहभागिता जनाएको हो । पर्यटन उद्योगसम्बन्धी आयोजना भएको उक्त प्रवर्धनात्मक मेला विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ‘ट्राभल ट्रेड शो’का रुपमा स्थापित कार्यक्रम हो । यस वर्ष सम्पन्न आइटिबी बर्लिनमा एक सय ७० देशबाट पाँच हजार पाँच सयभन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरिएको थियो । आईटीबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा प्रस्तुतिसहित ओमानलाई एक आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई भ्रमणका लागि आह्वान गरेको थियो । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियनको उद्घाटन गर्दै देशको पर्यटन प्रवर्द्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेको जनाए । मेसे बर्लिनमा अवस्थित प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हल ५.२ स्ट्यान्ड १२७ मा केन्द्रमा स्तुपासहित पर्यटकीय आकर्षणले सुसज्जित नेपाल प्याभिलियनअन्तर्गत साहसिक टुर अपरेटरहरू, एयरलाइन्स, होटेल व्यवसायी, टुर अपरेटर, पर्वतारोहण, पदयात्रा, र एक्सपिडिसन अपरेटरहरूका साथै वेलनेश तथा स्वास्थ्य पर्यटन उद्यमले नेपालमा ट्रान्स्फोर्मटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभव प्रदान गर्ने विभिन्न पर्यटकीयउपज र सेवाको प्रवर्द्धन गरेका छन् ।
काठमाडौं: आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकोछ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ । आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।
काठमाडौं: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती पनि हुनेछ । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिएका छन् । सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल छ । सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहन्छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले सेना सबैको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७३ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६८ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ६ सय ६२ महिलासहित पाँच हजार आठ सय ९० नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पहिलो स्थानमा छ । विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्त सहभागीले यसलाई पुष्टि गरेको छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको नेपाली सेनाका प्रवक्ता भण्डारी बताउँछन् ।
पोखरा: फेवातालको चार किल्ला भित्रको क्षेत्रमा अवैध गतिविधि नगर्न पटक पटक आग्रह गर्दा समेत अटेर गरी माटो उत्खनन तथा फिलिङ कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाको ट्रक पोखरा महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको छ । पोखरा १८ सेदिमा प्रेमराज पहारीको जग्गा पुर्ने कार्यमा प्रयोग गरिएको खतिवडाको ग१ख ८६८७ नं।को ट्रक महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको हो । खतिवडाले उक्त ट्रकलाई फेवातालको सिमसार क्षेत्र पुर्ने अवैध कार्यमा समेत पटक पटक प्रयोग गर्दै आएका छन् । उनको यो ट्रक महानगर प्रहरीले कयौँ पटक नियन्त्रणमा लिएको छ । अव उपरान्त अवैध कार्य नगर्ने सर्तनामा गरी उनले महानगरको आर्थिक ऐन अनुसार जरिवाना तिरेर फिर्ता लैजाने गरेका थिए । फेवातालको ६५ मिटर भित्रको क्षेत्रमा कुनै पनि संरचनाहरू निर्माण नगर्नरनगराउन सर्वोच्च अदालतले दिएको आदेश बमोजिम प्रदेश सरकारसँगको समन्वयमा महानगरपालिकाले प्राविधिक नापजाँचको काम गरिरहेको छ । यसअघि फेवाताल कै चार किल्ला भित्रको क्षेत्रमा माटो पुर्ने अर्का एक जनालाई महानगरपालिकाले रु १० हजार जरिवाना गरेको छ ।
पोखरा: पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वत र बनौ बास्केटबल टिम सेमिफाइनल प्रवेश गरेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भएको पहिलो क्वार्टरफाइनल खेलमा पर्वतले क्याङ बास्केटबल टिमलाई ४७–३७ स्कोरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले ताङतिङलाई ६७–३८ स्कोरले पराजित गरेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । बिहीबार नै भएको क्वार्टरफाइनल खेलमा पर्वत, ताङतिङ, बनौ र नदीपुर विजयी भएका थिए । तेस्रो दिनको पहिलो खेलमा पर्वत बास्केटबल टिमले बौद्धलाई ६६–५६ ले हरायो । ताङतिङले काठमाडौंको बलर्स एकेडेमीलाई ४९–४२ स्कोरले पराजित ग¥यो । अर्को खेलमा मर्दीखोला ओरेन्जलाई बनौले ६५–३४ ले जित्यो । अन्तिम क्वार्टरफाइनल खेलमा नदीपुरले गलेश्वरलाई ६७–३३ ले पाखा लगायो । मर्दीखोल मरुन र नागीबिचको खेल वर्षाका कारण हुन नसकेको उनले जानकारी दिए । फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन भइरहेको संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । जसअन्तर्गत भेट्रान्सतर्फ ६, पुरुषतर्फ १९ र महिलातर्फ ७ टिमको सहभागिता रहेको उनले बताए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
पोखरा: ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न ब्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ । महिला दिवसको अवसर पारेर पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो । पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लगेर ब्यवसाय गरेका मध्यबाट दश जना र महानगरभित्रका अन्य दश जना सफल उद्यमी महिला गरी २० जनालाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो । महिला दिवस फागुन २५ गते शुक्र्रबार भएपनि शिबरात्री पर्वका कारण विदा परेकाले बिहिबार उद्यमी महिलालाई सम्मान गरेर मनाइएको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो । उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत सम्मानित हुनेहरुमा पोखरा ७ को अस्मी खाजा घर सञ्चालक शान्तिमाया गुरुङ, पोखरा ३२ मा रहेको बसन्ती पशुपन्छी तथा कृषि फर्मका बसन्ती कामी विक, पोखरा २४ मा रहेको पुप्पा पशुपालन तथा कृषि कर्फका पृष्पा कार्की, पोखरा १६ रहेको श्रीसम्पूर्ण राइस मिलका दमयन्ती आचार्य, पोखरा ५ मा रहेको हाम्रो रचात्मक गार्मेन्ट, पोखरा १५ को चन्द्र हस्तकला उद्योगकी चन्द्रकुमारी गुरुङ, पोखरा ३२ बडहरे पण्डित कृषि तथा पशुपन्क्षी फर्मका पुष्पलता पण्डित, पोखरा ३३ मा रहेको रातमाटे बाख्रा तथा पशुपंक्षी फर्मका पवित्रा मल्ल ठकुरी, पोखरा १५ को शितल पंक्षी फर्मका पञ्जा परियार, पोखरा १६ मा रहेको अतिथि झोला उद्योगका पार्वती थापा बस्नेतलाई सम्मान गरियो । त्यस्तै पोखराभित्रसंचालन भएका उद्योगहरु मध्यबाट ग्लोरी फेसन होमका शान्ति श्रीस थापा, स्वस्तिक हस्तकला उद्योगका सीता गुरुङ, दिप डेरी उद्योगका पम्फा देवकोटा, पोखरा मोर्डन बेकरीका सुनिता श्रेष्ठ, सफा सावुन उद्योगका सीता सुवेदी सिग्देल, राजिव रोशनी पशु तथा कृषि फर्म सीतादेवी भुर्तेल, हरियो एंग्रो इन्डस्ट्रीज प्रालिका रोशनी शर्मा आचार्य, ऋतु सौगातका सुन्ती पुर्जा, तमु भाग्रा हस्तकला उद्योगका पवित्रतादेवी गुरुङ र विधाता हस्तकला प्रशिक्षण केन्द्रका सविता श्रेष्ठलाई सम्मान गरिएको हो । सम्मानित सबैलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रबत्ता मोतीलाल तिम्सीना, पोखरा वडा नम्वर २ का वडा अध्यक्ष दिवसमान प्रधानांग, पोखरा १७ का वडा अध्यक्ष राधिका शाहि योगी, पोखरा १५ का वडा अध्यक्ष तोरण बानियाँ, कार्यपालिका सदस्य भिमकुमारी पुन, कार्यपालिका सदस्य मन्दिरा गौतम, निर्मला पौडेल, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा लगायतले नगद ५ हजार, सम्मापनपत्र र खाँदाले सम्मान गर्नुभयो । यसअधि कार्यक्रमको उद्घाटन पोखरा महानगरका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । उहाँले नेपालका राजनीतिक परिर्वतनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै महिला र पुरुषवीचको असमानता अन्त्यका लागि हातेमालो गरेर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पोखरा महानगरका प्रवत्ता मोतिलाल तिम्सीना, वडा नम्वर १७ का वडा अध्यक्ष राधिका शाही योगी, वडा नम्वर २ का अध्यक्ष दिवसमान प्रधानांग, पोखरा प्रज्ञाप्रतिष्ठानका निर्वतमान कुलपति पदमराज ढकाल लगायतले नेपाली राजनीतिक परिर्वतनमा महिलाको भुमिका महत्वपूर्ण रहेको बताउदै समानताका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
पोखरा: हरियोखर्क अस्पतालमा ३ दिने आधारभूत कुष्ठरोग तालिम प्रदान गरिएको छ । सामुदायिक आउट रिच परियोजना हरियोखर्क अस्पताल आइ एनएफ नेपाल र स्वास्थ्य कार्यलय कास्कीको आयोजनामा कार्यक्रम भएको परियोजनाका आउट रिच म्यानेजर ताराहाङ तावाले जानकारी दिए। समुदायका कुष्ठरोग पत्ता लागाउने,उपचार गर्ने,अपाङ्गता हुनबाट बचाउने र समयै उपचार गराउन स्वस्थ्यकर्मिहरुलाई सहजता होस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको तावाले बताए । फागुन २२ बाट २४ गते सम्म आयोजना भएको तालिमा क्षयकुष्ट फोकल पर्सनहरु कास्की जिल्लाका २० ,कपिलवस्तुका ५ र हरियोखर्क अस्पतालका ७ जनाको सहभागिता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यलय कास्कीका प्रमुख रामबहादुर नेपालीले तालिमले स्वास्थ्कर्मीहरुलाई समुदायमा क्षय,कुष्ठरोग पत्ता लगाउन सहयोग पुग्ने बताए ।तालिमबाट प्राप्त ज्ञानलाई उपयोग गर्न उनको आग्रह थियो । तालिम सहजकर्ताहरु कास्की जिल्लाका क्षयकुष्ठ अधिकृत लक्ष्मण बस्यौला,आइ एनफए हरियोखर्कका डा.सुमन तामाङ्ग,स्वास्थ्य तालिम केन्द्र गण्डकीका निमित्त महानिर्देशक रमेश प्रसाद अधिकारी,छाला रोग बिशेषज्ञ डा.नम्रता बस्नेत,प्रकाश कार्की,रमेश शर्मा,सुरज महर्जन,शारदा रानाभाट,फिजियो थेरापिष्ट सुरविर सुर्यवस्ती,प्रेम बस्याल,काउनसिलर रुथ परियार,अकुपेशन थेरापिष्ट दोरोथी दास लगाएत रहेका थिए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले भन्नुभयो, “प्रश्न गर्न सजिलो छ । जब समाधान गर्ने बेला आउँछ, त्यतिबेला राजनीतिक पार्टी भाग्नुहुँदैन ।” आफ्नो पार्टी विगतमा अन्य पार्टीले गरेको जस्तो गल्ती गर्न नआएको भन्दै सांसद परियारले मुलुकको मुहार परिवर्तन गर्ने विश्वासका साथ सरकारमा सहभागी भएको बताउनुभयो । “जुन दिन पार्टीले चाहेको काम गर्न सकिँदैन, त्यो दिन सत्ताबाट हट्नेछौँ”, उहाँले भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले आम नागरिकको सपनालाई जगाएको उल्लेख गर्दै सांसद परियारले सरकारमा रहेर जनताको हित गर्ने पार्टीको एकमात्र उद्देश्य रहेको बताउनुभयो । उहाँले संसद्लाई सुसंस्कृत अभ्यास गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

