प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुरमा एकजना भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ बस्ने ५६ वर्षीय कुल बहादुर शाही रहेका छन् ।   उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले शाही उनको घरबाट बन्दुकसहित गत शुक्रबार दिउँसो पक्राउ गरेको हो ।   सो विषयमा तनहुँ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:     प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो उक्त प्रशिक्षण सुरु भएको हो । पोखरा रंगशालामा शनिबार सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका छन् । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक अभियान रहेको बताउँदै  टेनिस खेलाडी उत्पादन गर्न यो प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने बताए । उनले भने–“‘खेल्छ गण्डकी’ कार्यक्रम खेलकुदको क्षेत्रमा अविरल बगिरहने पवित्र अभियान रहेको नदी जस्तै हो । टेनिसले खेलकुदबाट टाढा रहेकाहरुलाई मैदानमा ल्याएर उल्लेखनिय कार्य गरेको छ । यो चुनौतीपूर्ण कार्य गर्ने टेनिस परिवार धन्यबादको पात्र भएको छ ।” मोवाइलमा रमाउने बालबालिका लाई खेल मैदान सम्म ल्याउनु निकै चुनौतीपूर्ण विषय रहेको जनाउँदै अभिभावकहरुलाई समेत उनीहरु कुशल खेलाडीको रुपमा स्थापित हुन्छन् भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको सदस्य सचिव शर्माले जनाए । यो कार्यक्रमले खेल संस्कृती र खेलकुद विकासको अभियानमा समेत महत्वपूर्ण रहेको जनाउँदै उनले खेलकुद क्षेत्र बहुआयामिक विषय समेत रहेकोले सबै उमेर समुह र सवै वगएलाई खेलकुदको अभियानमा समेत ल्याउन उत्तिकै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषदले अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माले बताउँदै सबै खेल संघहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको औंल्याए । उनले भने–“सबै खेल संघहरुको सस्थागत सुधार र क्षमता अभिवृद्धि गर्दै खेलकुद क्षेत्रको फलामे अनुशासनलाई कायम गर्दै खुट्टा तान्ने प्रवृतीको अन्त्य हुन आवश्यक छ ।” खेलकुद क्षेत्रमा राज्यको लगानी बढाउन राजनितिक दलहरुलाई दवाव दिने गरी सबैले अभियानको रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो । कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिका बाटै सुरु भएकोले यस कार्यक्रम मार्फत पहिलो पटक सोही बर्गका बालबालिका लाई समेटिएको बताए । उनले भने–“खेल्छ गण्डकी कार्यक्रम एक महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रममार्फत समाजमा पछि परेका बालबालिका लाई टेनिस मैदान सम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं ।” कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका सचिब नविन चालिसे, प्रशिक्षक निरज थापाले समेत आफ्ना भनाई राखेका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ६ वर्ष देखि १६ वर्ष सम्मका बालबालिकाहरुलाई दुई महिना प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 

काठमाडौं:     सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।   उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो ।  अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो । सहिद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ ।

काठमाडौं:     सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ । बैठकले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति तोक्ने बताइएको छ ।

पोखरा:    पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वतको बनौं बास्केटबल टिम च्याम्पियन बनेको छ ।   रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौंले उपाधि रक्षा गरेको हो । उपाधि जितेको बनौंले १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्राप्त ग¥यो ।  उपविजेता बनेको मर्दीखोलाले द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पायो । महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ । शनिबार नै भएको फाइनलमा अमिचि क्याफेलाई ९–७ स्कोरले पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो ।  च्याम्पियन बनेको अन्नपूर्णले २० हजार र उपविजेता अमिचिले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।  भेट्रान्सतर्फ लामाचौरले एक्स एबिसीलाई ५४–४० स्कोरले जित्दै प्रथम भयो । उपाधि जितेको लामाचौरले ३५ हजार र द्वितिय भएको एबिसीले ले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो ।  प्रतियागितामा पुरुषतर्फ बनौंका पुस्कल छन्त्याल, महिलातर्फ अन्नपूर्णकी कुसुम गुरुङ र भेट्रान्सतर्फ लामाचौर गमप्रसाद पुर्जा सर्वोत्कृष्ट चुनिए । उनीहरुलनई ट्रफि र मेडल प्रदान गरिएको थियो ।  विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङ, कास्की जिल्ला बास्केटल बल संघका अध्यक्ष कृष्ण गुरुङ, प्रतियोगिता संयोजक तथा कर्पाकेली परिवारका अध्यक्ष क्याप्टेन रनसिंह गर्बुजा, क्लबका अध्यक्ष अध्यक्ष सुदिप पुर्जा लगायतले पुरस्कार वितरण गरेका थिए ।  फाइनल अघि समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले प्रतियोगिताले आगामी वर्ष हुने दशौं राष्ट्रिय खेलकुदमा खेलाडी उत्पादनमा सघाउन पुग्ने बताए । यसको अलवा युवाहरुको क्षमता विकासम यसले टेवा पुग्ने उनले सुनाए । आगामी दिनमा यसलाई निरन्तरता दिदैं गए आफ्नो तर्फबाट धेरथोर सहयोग गर्ने उनले प्रतिद्धता पनि जनाए ।  कास्की जिल्ला बास्केटल बल संघका अध्यक्ष कृष्ण गुरुङले प्रतियोगिताले बास्केटबल खेलको विकासमा ठूलो टेवा पुग्ने बताए । खेल संयोजक क्याप्टेन रनसिंह गर्बुजाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।  फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन गरिएको अध्यक्ष सुदीप पुर्जाले जानकारी दिए । जसअन्तर्गत पुरुषतर्फ १९, महिलातर्फ ७ र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको उनले बताए । 

धनकुटा:     खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन् । गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए । “नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु”, मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो । 

काठमाडौं:     नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। उक्त खेल बिहान ११ः१५ बजे सुरू हुनेछ। नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ। त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ। त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।   त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसाग खेल्ने छ। यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।  नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन्।

पोखरा:    कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

पोखरा:    गण्डकी ढुवानी प्रालिले पोखरा महानगरपालिका–१० बुद्धचोकमा नयाँ कार्यालय स्थापना गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले आज (शुक्रबार) गण्डकी ढुवानी प्रालिको नयाँ कार्यालयको उद्घाटन गरे । कार्यालयको उद्घाटनपछि बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायीहरु एकताबद्ध अगाडि बढ्न आवश्यक रहेको बताए ।  ‘यातायात व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको छ’, पौडेलले भने, ‘व्यवसायीहरुको विभिन्न समस्या मागहरु सरकारले सम्बोधन नगरेकाले व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’ उनले यातायात क्षेत्रमा रहेका समस्याहरु समाधान गरेर व्यवसायीहरुलाई तनाव मुक्त गर्न आवश्यक रहेको सुनाए ।  गण्डकी ढुवानी प्रालिका निवर्तमान अध्यक्ष रामबहादुर तामाङले व्यवसायीहरुको माग सरकारले नसुनेको गुनासो गरे ।  ‘हामीले विभिन्न मागहरु राखेर पोखराका ३३ वटै वडामा पत्र पठायौं तर सुनावाई भएन’, तामाङले भने, ‘स्थानीय सरकारले ढुवानी क्षेत्रका लागि सशुल्क जग्गाको माग राख्दा पनि दिन सकेन ।’ उनले सरकारबाट मागको सुनावाई भन्दा बढि आश्वासन मात्र पाएको दुखेसो गरे ।  माछापूच्छ«े ढुवानी प्रालिका उपाध्यक्ष कृष्ण गौतमले सरकारको नीति व्यवसायी मुखी नहुँदा प्रशासनबाट हैरानी व्यहोर्न परेको बताए ।  गण्डकी ढुवानी प्रालिका अध्यक्ष मनोज रसाइलीले सबै व्यवसायीहरुलाई एकजुट बनाउन लागेको बताए ।  कार्यालय स्थापना कार्यक्रममा बोल्ने वक्ताहरुले ढुवानी व्यवसायीहरुले ढुवानीको मूल्य तोक्न आवश्यक रहेको बताए ।