फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

पोखराः   नेपाली कांग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । नेपाली काँग्रेसको आइतबार बसेको बैठकले देशको पछिल्लो अवस्थाका वारेमा गम्भिर समिक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।   त्यसैगरी बैठकले यथाशिघ्र क्रियाशिल सदस्यता नविकरण गरी यहि मंसिर भित्र नै विशेष महाधिवेशन गर्ने त्यसो नभएमा १४ औं महाधिवेशनका प्रतिनिधिहरुबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णण गरिएको प्रवक्ता सिग्देलले जानकारी दिए ।   बैठकले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणा माथिको आक्रमण तोडफोड र आगजानीको घटना प्रति घोर निन्दा तथा भत्सर्ना गरेको छ ।   नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति रामवावु भण्डारीको अध्यक्षतामा आइतबार वसेको बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पतीमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै त्यसको भत्सर्ना गरेको हो ।   त्यसैगरी जिल्ला पार्टी कार्यालय, चिप्लेढु·ामा रहेको विपि कोइरालाको शालिक, हरिचोकमा रहेको शहिद हरिप्रसाद गुरुङको शालिकसँगै अन्य शहिदहरुको शालिक तोडफोड तथा आगजनिको निन्दा गरेको छ ।   बैठकले पार्टी कार्यलार्य पुननिर्माण तथा विपि कोइराला र शहिद हरिप्रसाद गुरुङको शालिक पुनस्थापना गर्नका लागि पार्टीका साथीहरुसँग सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ।   पार्टी कार्यालयको क्षती मूल्याड्ढन र पुननिर्माणको लागत पेश गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य ई. सागर मोहन भट्टराईलाई जिम्मा दिइएको छ । साथै कास्की जिल्ला माताहातमा रहेका क्षेत्र, प्रदेश सभा, पालिका र सम्पूर्ण वडा कार्यसमितिको तत्काल बैठक वसी पार्टीका साथीहरुलाई क्रियाशिल बनाउन बैकठले आह्वान गरेको छ ।   बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्र, प्रदेश सभा र पालिकाका सभापतिहरुको सहभागिता रहेको थियो ।

पोखरा:   पामे बचत तथा ऋण सहकारीले १५ औ साधारण सभाको अवसरपारे सहकारीले विभिन्न कार्यक्रम गरेको छ । शनिबार पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको छ भने आइतबार बटुकहरुलाई खाना ख्वाउनुका साथै सिद्धबराह तपोबन आश्रमलाई सहयोग गरेको छ । सोमबार १५ औ साधारण सभा पोखरा २४ पामेमा गर्दैछ । सरसफाइ अभियानमा पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल, बाटो अवपर रहेका  झाडी लगाएतका फोहोरहरु सरसफाइ गरेको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा अभियानलाई सहकारीले प्रत्येक वर्ष गर्दै आएको बताए । सहकारीले आवश्यकता अनुसार त्यस क्षेत्रमा विभिन्न सामाजीक उत्तरदायित्वका काम गर्दै आएको उनले बताए । आइतबार पोखरा २३ माझथुममा रहेको सिद्धबराह तपोवन आश्रम आश्रमलाई आर्थिक सहयोग, खाद्यन्न सहयोग र बटुकहरुलाई खाना र दक्षिणा प्रदान गरेको पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले जनकारी दिए ।  उनले सहकारीले सामाजीक उत्तरदाइत्व अन्तरगत विभिन्न सामाजीक कार्यक्रम गर्दै आएको बताए । उनले पामे सहकारी सहकारीको सिद्धान्त पालना गरेर सञ्चालन गरेका कारणले नै सहकारीमा कुनै समस्या नरहेको बताए । 

पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ ठूलोढुङ्गास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ ।      विश्व शान्तिका साथै हाम्रो देश नेपाल शान्ति र विकासको मार्गमा उन्मुख बनोस् भन्ने कामनाका साथ नवदुर्गा विशेष पूजा गर्न लागिएको बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका सचिव राजकुमार लामिछानेले जानकारी दिनुभयो ।      उहाँका अनुसार भोलि घटस्थापनादेखि मन्दिरका पूजारी वसन्तप्रसाद आचार्य सहितका तीन जना पण्डितहरूबाट मन्दिरमा नियमित दुर्गा शप्तशती पाठ हुनेछ । त्यस्तै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजा गरिने छ ।       मन्दिरका फूल प्रसादलाई विजयादशमीका दिनमा आसपासका क्षेत्रका स्थानीयका घरघरमा वितरण समेत गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।      मन्दिरमा दैवी शक्ति रहेको र श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पोखराको भरतपोखरी र आसपासका दर्शनार्थीहरू मन्दिरमा आउने गरेका छन् ।      मन्दिरमा बलि पूजा भने नहुने जानकारी दिदै उहाँले ठूलोढुङ्गा र आसपासका क्षेत्रबाट विभिन्न भाकल सहित पूजाआजाका लागि दर्शनार्थी आउने गरेको बताउनुभयो ।      सचिव लामिछानेका अनुुसार मन्दिरको सुरुमा पोखरा महानगरपालिका वडा नं ३३ निवासी स्व.लेखबहादुर गुुरुङबाट टिनको जस्ता प्रयोग गर्न र मन्दिरको गारो लगाउने क्रममा अतुलनीय सहयोग भएको थियो । उक्त मन्दिर निर्माण भइसकेपछि पोखरा ३३ निवासी दिननाथ आचार्यबाट पूजाआजा हुँदै आएकोमा पछि बसन्त आचार्यले हालसम्म नियमित पूजाआजा गर्दै आउनुुभएको उहाँले जानकारी दिनुभयो ।      दुई सय वर्ष अघिदेखि पूजाआजा हुँदै आएको विश्वास लिइने यस मन्दिरको स्थापनाको भने अनौठो किंवदन्ती छ । किंवदन्तीअनुसार आजभन्दा करिब दुई सय वर्ष अघि लेकतिरबाट एक जना महिला माइत जान भनी यसै बाटो बाटो हँुदै आएकी र रात परेकाले हालको बालादेवी मन्दिरको नजिकै रहेको ओढारमा वास बसिछन् ।      निज महिला गर्भवती भएको र वास बस्ने क्रममा बाघले आक्रमण गरेकाले पेट चिरिएर गर्भबाट बालिका निस्किएको किंवदन्ती छ । निज महिलालाई बाघले खाएको र बालिकालाई नागले बेरेर संरक्षण दिएको भन्ने कथन छ । केही समय पश्चात बालिका अलप भएको तर निज बालिकाको दिव्यस्वरुप त्यही नै घुमिरहेको र सो स्थानमा प्रायः बालिका रोएको तथा कराएको आवाज आउन थालेछ ।      बालिका रोएको र कराएको आवाज निरन्तर सुनिन थाले पछि के रहेछ भनि लामा धामीलाई ल्याई हेराइएछ । खोजी गर्दा उक्त बालिकाको आत्मा धामीमार्फत सबै घटनाबारे सम्पूर्ण वृतान्त बताउनुको साथै म देवी हुँ र यसै स्थानमा मेरो मन्दिर बनाउनु भन्ने निर्देशन भएछ । पछि तिनै बालिकाको नाममा बालादेवी मन्दिर स्थापना भएको र त्यसयता निरन्तर पूजाआजा हुँदै आएको मान्यता छ ।      यसअघि विसं २०२२ मा एक पाखे सानो मन्दिर निर्माण भएकोमा विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासबाट नयाँ मन्दिर निर्माण गरिएको हो ।       प्रत्येक वर्षको ज्येष्ठी पूर्णिमामा स्थानीयले विशेष पूजाआजा गर्ने गरेका छन् । पहिला पहिला ज्येठी पूर्णिमाका दिन पूजा गर्दा पाठीको बली दिने गरिए पनि स्थानीयवासीको समुहिक निर्णय अनुसार विगत तीन वर्ष यता बलिदिने प्रचलन हटिसकेको सचिव लामिछानेले जानकारी दिनुभयो ।      विभिन्न महत्वपूर्ण तिथिमितिमा पनि ठाउँ ठाउँबाट दर्शनार्थीहरू मनले चिताएको पुग्ने विश्वासका साथ पूजाआजाका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।      मन्दिरको संरक्षण र विकासको लागि बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समिति क्रियाशिल बनिरहेको छ । मन्दिर निर्माणका लागि स्थानीय समाजसेवी मोतिप्रसाद आचार्यले जग्गा उपलब्ध गराउनुभएको सचिव लामिछानेले जानकारी दिनुभयो । मन्दिरमा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि पनि थप जग्गा दिने प्रतिवद्धता आचार्यले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।      पोखराको बिरौटा हुँदै बागमारा जाने सडकखण्डको ठूलोढुङ्गा चोकबाट नजिक पर्ने उक्त मन्दिर सडककको सहज पहुँचमा रहेको छ । पूर्णरुपमा कालोपत्रे सडक भएका कारण पछिल्ला वर्षमा यहाँको महिमा र गरिमा अझै बढ्दै गएको छ ।   

पोखरा: पोखरा पर्यटन परिषद्ले पर्यटन पुनउत्थानका लागि पहल गरिदिन गर्भनर डा.विश्वनाथ पौडेलसँग आग्रह गरेको छ ।      परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको सात सदस्यीय टोलीले आज काठमाडौंमा गभर्नर पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन पुनउत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो ।       टोलीमा अध्यक्ष पहारी सहित परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, रेवान पोखराका पूर्व अध्यक्ष नरेशबहादुर भट्टराई, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल सहभागी हुनुहुन्थ्यो ।      देशका युवाहरू विदेशिने क्रम बढिरहेको अवस्थामा स्वदेशमै केही गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ देशमा नयाँ पुस्ताले गरेको आन्दोलन, ल्याएको परिवर्तन र अठोटको उच्च सम्मान गर्दै ध्यानाकर्षणपत्रमा आन्दोलनका क्रममा अवान्छित व्यक्ति तथा स्वार्थ प्रेरित समुहको कारण भएको सरकारी तथा निजी सम्पती माथिको तोडफोड, आगजनी तथा लुटपाटका घटना प्रति दुःख व्यक्त गरिएको छ ।      “पर्यटन व्यवसायको मुख्य सिजनको शुरूवात हुनै लाग्दा भएको यस घटनावाट सबैभन्दा वढी असर यहाँका पर्यटन व्यवसायी तथा उद्योगीहरू माथी परेको छ”, ध्यानाकर्षणपत्रमा भनिएको छ, “राज्यको आर्थिक विकासको प्रमुख आधारको रूपमा रहेको पर्यटन उद्योगमा हालै भएको घटनाबाट हरेक दिन पर्यटकहरूले आफ्ना भ्रमण प्याकेजकहरू तथा बुकिङहरू क्यान्सिल गरिरहेको अवस्था छ ।”      करिब सात खर्व भन्दा बढि लगानी भईसकेको नेपालको पर्यटकीय राजधानी शहर पोखराको पर्यटन उद्योग देशको वर्तमान परिस्थितीको कारण यतिवेला सुनसान जस्तै भएको परिषद्ले जानकारी गराएको छ ।      विगतका भुकम्प, कोभिड–१९ जस्ता महामारीको अवस्थामा पनि पर्यटन उद्योगको पुनउत्थानको लागी सबै तहका सरकारबाट विभिन्न प्याकेजहरू घोषणा गरिएको उल्लेख गर्दै परिषद्ले हालको बदलिदो परिस्थितीमा पनि पर्यटन उद्योगलाई पुनउत्थान गर्न आग्रह गरेको छ ।      आन्दोलनको क्रममा व्यवसायिक प्रतिष्ठानहरू माथी गरिएको तोडफोड, आगजनी तथा लुटपाटका क्रममा पर्यटन व्यवसायीहरूमा परेको क्षतिको समुचित क्षतिपूर्तिको व्यवस्था गरिदिन परिषद्ले अनुरोध गरेको छ ।      पर्यटन सिजनको शुरूवातमै भएको बुकिङ रद्दले शुन्यमै झरेको पर्यटन उद्योग हालको परिस्थिती एवम् आगामी पर्यटकीय याम फागुनमा घोषणा गरिएको निर्वाचनका कारण तथा विधमान राजनैतिक अस्थिरताले लामो समयसम्म पर्यटक आउने सम्भावना न्यून हुने निश्चित जस्तै भएको भन्दै परिषद्ले व्यावसायीहरूले लिएको बैंक कर्जा एवम् कर्जाको व्याज तथा किस्ता भुक्तानी गर्न आश्विन मसान्त, पौष मसान्त र चैत मसान्तसम्म पनि असम्भव नै भएकोले सो किस्ता व्याज तिर्ने म्याद कुनै शुल्क वा जरिवाना विना थप गरिनुपर्ने माग गरेको छ ।      आगामी ६ महिनासम्म पर्यटन आगमन हुने नदेखिएकोले व्यावसाय संचालनमा लागत अपरेटिङ कस्ट(Operating Cost) आवश्यक हुने हुदा छोटो समयको लागी भएपनि थप व्यवसाय सञ्चालन कर्जा उपलव्ध गराईदिनुपर्ने, पर्यटन उद्योेगलाई दिईने कर्जाको किस्ता तिर्ने अवधी कम्तीमा २५ बर्षको हुने गरि कर्जाको पुनसंरचना र पुनर्तालीकीकरण गरिनुपर्ने परिषदले माग गरेको छ ।      पर्यटन उद्योगको लागी लिएको कर्जामा रि फाइनान्सिङ(Re–financing) सुविधा उपलब्ध गराईदिनु पर्ने, साना तथा मझौला पर्यटन व्यवसायलाई पुनउत्थान गर्नका लागी बिगतमा व्यवस्था भए जस्तो पन्ध्रलाख रुपैयाँसम्म कम्तिमा पाँच बर्ष सम्मको लागी शुन्य व्याजदरमा व्यवसाय जीवनरक्षा कर्जा प्रदान गर्नुपर्ने आग्रह गरिएको छ ।      पर्यटन उद्योगमा प्रदान गरिएको कर्जाको व्याजदरलाई अझ न्यून सहुलियत दरमा प्रदान गरिनुपर्ने, पर्यटन उद्योग पनि अन्य उद्योग सरह मान्यता दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन सम्बन्धमा चालु आर्थिक बर्षको बजेटमा घोषणा गरिएको तर पर्यटन व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्ने काम हालसम्म पनि कार्यान्वयनमा नआएको भन्दै यथाशीघ्र सोको कार्यान्वयन गरिनुपर्ने माग गरिएको छ ।       नेपालले उचित वातावरण वनाएमा विश्वमै प्रतिस्पर्धा गर्न सक्ने एकमात्र पर्यटन उद्योग भएको र यसले रोजगारी सिर्जना र बिदेशी मुद्रा आर्जन गरी समग्र आर्थिक विकास तथा सम्वृद्धि हासिल गर्न सवैभन्दा बढि योगदान पुु¥याएको उल्लेख गर्दै परिषद्ले यसको  पुनउत्थान एवम् पुर्र्नजागरणका अपरिहार्य भएको जनाएको छ ।       टोलीले आजै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग पनि भेट गरी पर्यटन क्षेत्रको पुनउत्थान लगायतका विषयमा छलफल गरेको परिषद्का अध्यक्ष पहारीले जानकारी दिनुुभयो ।  

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।  

काठमाडौं:  नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए । नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो । नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।  

बैतडी: बैतडीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ।    शिवनाथ गाउँपालिका-५ बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिंगालको टोकाइबाट मृत्यु भएको हो।  गएको भदौ २२ गते अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका दयाललाई उपचारका लागि भदौ २३ गते सेती प्रादेशिक अस्पताल लगिएको थियो।  अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई परिवारका सदस्यले घर लगेका थिए। उनको शनिबार मृत्यु भएको हो। 

काठमाडौं:  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ ।  आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको छ ।  दसैँतिहारअघि ग्रामीण क्षेत्रका ढुङ्घेघरलाई लिपपोत गरेर रङ्ग्याउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा रातोमाटोको खानी छ । म्याग्दी, पर्वत र बागलुङका ग्रामीण क्षेत्रमा घर रङ्ग्याउन आवश्यक रातोमाटो सालघारीको खानीबाट लैजाने गर्छन् । यसपालि हालसम्म २१ ट्रयाक्टर रातोमाटो बिक्री भइसकेको रत्नेचौरका स्थानीयवासीसमेत रहेका व्यवसायी एकिन्द्र महतले बताए । ‘खानी भएको जग्गाका धनीले प्रतिबोरा एक सयका दरले माटो बेच्छन्’, उनले भने, ‘ट्रयाक्टरमा राखेर गाउँगाउँमा पुर्‍याएर न्यूनतम प्रतिबोरा पाँच सयका दरले बिक्री हुन्छ ।’ एक दशकअघिसम्म दसैँतिहारको सिजनमा रातोमाटो लिनका लागि सालघारीमा आउने सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । हाल व्यापारीले गाडी र ट्रयाक्टरमा ढुवानी गरेर रातोमाटो घरघरमा पुर्याउने गरेका छन् । वार्षिक ३० ट्रयाक्टरभन्दा बढी रातोमाटो बिक्री हुने व्यवसायी व्यवसायी महतले बताए । खानीबाट बोरामा भरेको माटो ट्रयाक्टरमा राखेर गाउँगाउँमा लगेर बेच्ने गरेको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट माटो किन्नका लागि सालघारी पुगेका सागर सुनारले बताए । सफा र चम्किलो हुने भएकाले रत्नेचौरको रातोमाटोको माग उच्च रहेको उनको भनाइ छ ।  स्थानीयवासीले माटो बिक्रीका साथै माटो खन्ने काम गरेर पनि आम्दानी तथा रोजगारी पाएका छन् । बेनी, बागलुङ, कुश्मा नगरपालिका, जलजला, काठेखोला, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा रत्नेचौरको रातोमाटो खपत हुन्छ । सालघारीकी जुना किसानले यसपालि मल्लाजका व्यापारीलाई २० हजारमा बारीको रातोमाटो ठेक्कामा बेचेको बताए । माटो निकालेपछि सम्मिने पाखोमा बारी बनाएर खेतीबाली लगाउने गरेको उनले बताए । घडेरी सम्याउनका लागि निस्किएको माटो प्रतिट्रयाक्टर आठ हजारमा बिक्री गरेको स्थानीय भगवती विश्वकर्माले बताए । सालघारीबाट वार्षिक तीन लाखको हाराहारीमा रातोमाटो बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ । पक्की घर बनाउने, रङ र गेरु लगाउने चलन बढेपछि ग्रामीण क्षेत्रका ढुङ्गे घरमा रातोमाटो र कमेरो लगाएर रङ्ग्याउने चलन छ । दसैँअघि घरको सरसफाइ गर्ने, रातोमाटो र कमेरोले लिपपोत गर्ने चलन अझै छ । रातोमाटोले लिपपोत गरेका ढुङ्गेघर चिटिक्क र आकर्षक देखिन्छन् । रातोमाटो पाइने भएकाले यो ठाउँको नाम रत्नेचौर नामकरण भएको बताइएको छ । रातोमाटो निकाल्दा खाल्डोमा पुरिने, पहिरो खस्ने जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्छ । विपद् र दुर्घटनाको जोखिम न्यूनीकरण गरी रातोमाटोलाई प्रशोधन र प्याकेजिङ गरेर बजारीकरण गर्न सकिने सम्भावना छ ।