पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

पोखरा:  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट विदेशी नागरिक लागूऔषधसहित प्रकाउ परेका छन् ।  विमानस्थलको प्रस्थान कक्षमा अवैध लागूऔषध बोकेर विदेशी नागरिक हिडेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा नर्वेका ५३ वर्षीय रुने फ्लठालाई प्रकाउ गरेको हो ।  प्रहरीले प्रकाउ गरेको विदेशी नागरिक रुनेको साथबाट पोल्यान जस्तो देखिने १० ग्राम र लागूऔषध गाँजाको धुलो जस्तो ३५ ग्राम लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेका रुनेलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदानरसहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताउनुभएको छ । साथसाथै फाउन्डेसनको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री प्रचण्डले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबापत अन्तर्राष्ट्रिय रूपमा प्राप्त हुने अनुदानरसहयोगलाई जोखिममा परेका समुदायमा वितरण गर्न प्राथमिकता दिइने धारणा व्यक्त गर्नुभएका हो ।   प्रधानमन्त्री प्रचण्डलेभन्नुभयो, “महिला, आदिवासी, जनजाति, अल्पसङ्ख्यकलगायत समुदायलाई सशक्तीकरण गर्ने ‘एजेन्डा’ मैले पहिलेदेखि नै भन्दै आएको हो । यसको परिणामस्वरुप मुलुकमा महिला सशक्तीकरण भएको छ र नेतृत्वमा समेत महिला स्थापित भएका छन् ।” भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का सन्दर्भमा सुझावपत्र बुझाउँदै साथसाथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको क्षतिपूर्तिका अवसरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यकलगायत उच्च जोखिममा परेका समुदायलाई ५० प्रतिशत सुनिश्चितता गर्नुपर्ने माग गर्नुभयो । उहाँले कोप–२८ सम्मेलनका क्रममा नेपालको ‘पेभेलियन’मा साथसाथैले दुईवटा ‘साइड इभेन्ट’ गर्न लागेको बताउँदै आगामी डिसेम्बर ४ को इभेन्टमा कतारका राजकुमारी शेख आश्मा अल थानी प्रमुख अतिथिका रूपमा आउने सुनिश्चित भएको जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले कतारका राजकुमारी अल थानी अतिथिका रूपमा आउने विषयका सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही अवसरमा परराष्ट्रमन्त्री एनपी साउदले नेपालको पेभेलियनमा हुने कार्यक्रममा कतारकी राजकुमारी अतिथिका रूपमा आउने विषय नेपालका लागि खुसीको कुरा भएको उल्लेख गर्दै यसमा कतारको दोहा र युएईको आबुधाबीस्थित नेपाली दूतावासहरूले आवश्यक समन्वय गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको सुझावपत्रमा जलवायु परिवर्तनका कारण हिमालका हिउँ पग्लिने क्रम बढेको र हिमताल फुटेर प्राकृतिक विपद्का घटनामा बढोत्तरी हुने जोखिम बढेको उल्लेख छ । यसैगरी सुझावपत्रमार्फत जलवायुजन्य विपद्का कारण स्थानीय समुदायको जीवनयापन, स्वास्थ्य, शिक्षा र रोजगारी लगायतमा गम्भीर असर पुगिरहेकाले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने ध्यानाकर्षण गराइएको छ । भेटमा परराष्ट्रमन्त्री साउदका साथै प्रधानमन्त्रीका जलवायु सल्लाहकार डा पपुलर जेन्टल भुसाल र साथसाथैका तफर्बाट अध्यक्ष कार्कीको नेतृत्वमा खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टासील्हामु शेर्पा, महिला तथा जलवायुविज्ञ सरु जोशी श्रेष्ठ, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देल, साथसाथैका सल्लाहकार सरिताश्री ज्ञवाली, कोषाध्यक्ष प्रदा कार्की जोशीलगायत हुनुहुन्थ्यो ।

पोखरा:    पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिशन’ सुरु भएको छ । । पोखरा महानगरपालिकाको कार्यालय, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित प्रतियोगिता लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएको हो । गण्डकीका प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन सङले क्रस कन्ट्रीको उद्घाटन गरे । सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी र विद्यार्थी दौड गरेर ४ विधामा प्रतिस्पर्धा हुनेछ ।   सामूहिक प्रतिस्पर्धामा दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुनेछ । यो विधाको विजेताले ३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले २ लाख ८८ हजार रुपैयाँ , तेस्रोले २ लाख १६ हजार रुपैयाँ, सान्त्वना हुने समूहले १ लाख ४४ हजार रुपैयाँ र पाँचौले ९ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ । व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यो विधाको विजेता महिला पुरुषले जनही १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख ८ हजार रुपैयाँ पाउनेछन् । तेस्रोले ५४ हजार रुपैयाँ, चोथौं देखि सातौंसम्मले १८ हजार रुपैयाँ र दसौंसम्मका धावकले ९ हजार रुपैयाँ पाउनेछन् । यि दुवै विधामा लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुंगो लाग्नेछ । ५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्र छात्रालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोंले १० हजार र पाँचौले हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङ सहरबाट खेलाडी र अफिसियल ९५ जना चार्टर विमानमार्फत पोखरा विमानस्थल ओर्लिएका थिए ।      

पाल्पा:   पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका चालक पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडाका ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेको प्रहरीले जनाएको छ । शुक्रबार साढे तीन बजेतिर पूर्वखोला–५, को कर्नेडाँडा पोखरीछाँपदेखि भित्री सडकतर्फ जाँदै गरेको लु४त ६५५३ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा  परी गम्भीर घाइते उनलाई उपचारका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पोखरा:  भारतले अनुदानमा दिएको १५ मुर्रा राँगा ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पोखरा आइपुगेका हुन् । पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा राँगा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा ल्याएको हो ।  सबै राँगा करिब १ महिना क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै वीर्य सङ्कलनमा लगिने कार्यालय प्रमुख डा.जगदीश पाण्डेले बताए ।  उन्नत जातका मुर्रा राँगोबाट एकै पटकमा ३ सय डोज हाराहारी वीर्य सङ्कलन हुन्छ । १ वर्षमा १५ देखि २० हजार डोज सङ्कलन हुने पाण्डेको भनाई छ । ‘यो निकै नै उन्नत जातको राँगो हो । नेपालमा अहिले भइरहेका भन्दा निकै उन्नत,’ उनले भने, ‘नेपालमा भएका मुर्राबाट क्रस गराउँदा जन्मिने भैँसीले एक बेतमा एभरेज १५ सय केजी दूध उत्पादन हुन्छ । यो राँगाबाट क्रस गराउँदा ३ हजार केजी भन्दा बढी दूध उत्पादन दिन्छ ।’  नश्ल सुधारमा कार्यालयले उल्लेख्य काम गरेको छ । हाल बर्सेनि ७ लाख पशु वस्तुमा कृत्रिम गर्भाधान यही फार्मबाट सङ्कलन गरिएको वीर्यबाट हुन्छ । कृत्रिम गर्भाधान गराइएका पशु वस्तुको गर्भ रहने सम्भावना ६० प्रतिशत भन्दा बढी हुन्छ । यहाँ सङ्कलन गरिएका वीर्य देशैभर सप्लाई हुन्छ । पशु प्रजनन कार्यालयमा हाल १ सय ७८ वटा भैँसी, ५२ वटा गाई, २ सय ५ वटा बोयर बोका, २ सय ६७ वटा बंगुर र ७ हजार भन्दा बढी कुखुरा तथा ८४ वटा भेडा छन् । राँगा र साँढे ६० वटा छन् । उनीहरूबाट वीर्य सङ्कलन गरेर किसानको गोठमा पठाइन्छ । प्राप्त भएका १५ राँगा मध्ये ७ वटा पोखरा आएको छ भने ५ वटा लहान र ३ वटा नेपालगन्जमा राखिएको छ ।

पोखरा:   पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ४ विकेटले पराजित गरेको छ ।   जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा मुस्कान थापाले २३ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए । दिनेश बुढामगरले ३३ बलमा २ चौका र १ छ क्कासहित २५, गौरव विक र अभिषेक थापाले ११/११ रन बनाए । विजयी छक्का हानेका अमृता गुरुङ , रनमा नट आउट रहे । एपीएफका अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । इर्शद अहमद, अमर रौटेला र अरुण ऎरिले १/१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ १८.४ ओभरमा १ सय १ रनमा अल आउट भएको थियो । एपीएफका कप्तान प्रदीप ऎरि २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाएका थिए । आसिफ शेख १२, सन्दिप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४/१४ रनमा आउट भए । अरुण ऎरि र अमर रौटेलाले ५/५ रन वनाए । गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले २÷२ विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले १/१ विकेट लिए । समूह बि मा रहेको गन्डकीले आइतबार लुम्बिनीसग खेल्नेछ । उक्त खेलमा विजयी भएमा गण्डकी सेमिफाइनल खेल्नेछ । अन्यथा नेटरनरेटमा भर पर्नेछ । समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेकोछ । समूह सि मा नेपाल पुलिस क्लब, मदेश र सुदुरपश्चिम प्रदेश छन् । समूह डि मा आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् । बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बि र सि का विजेता खेल्नेछन् ।

सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।   शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो । साथै बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनिल नेपालको लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ। प्रस्तावित राजदूत र सर्वोच्चका न्यायाधीश पदमा सिफारिस गरिएकाहरुका लागि उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव समितिबाट पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिनुभयो।   सभापति जबराले भन्नुभयो, ‘‘प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस व्यक्तिहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्र्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिन भित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यामहरुमार्फत सूचना प्रकाशित गर्ने प्रश्ताव प्रश्तुत गर्दछु । सुनुवाइका लागि समितिमा प्राप्त राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीश प्रस्तावित व्यक्तिका नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन तथा प्रकाशित गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’’   न्यायपरिषद्को यही मङ्सिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरु मुसलमान, पौडेल र ढुंगाना तथा कानुन व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरी मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि आवासीय राजदुतको रुपमा नियुक्ति गर्ने सिफारिस गरेको थियो ।

रुपन्देहीमा जीप  र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ ।   बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । प्रवक्ता भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् । पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ समूहले भक्तपुरको सानोथिमि क्षेत्रमा प्रदर्शन गरेको छ ।   काठमाण्डौको तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरूले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रसाईं समूहको प्रदर्शनका कारण पुरानो थिमि हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ ।   यसैबीच व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । हिजो बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका प्रसाईं समूहले आज शुक्रवारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालयले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन ।   अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । तीनकुने क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ ।