पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

काठमाडौं:  नेपाली राष्ट्रिय फुटबल टोलीकी रक्षक गीता रानाले सेथु एफसीबाट आईलिग खेल्ने भएकी छन् ।   सेथुले गीतालाई २०२३–२४ सिजनका लागि अनुबन्ध गरेको छ । सेथुले सामाजिक सञ्जालमार्फत गीतालाई अनुबन्ध गरेको जानकारी गराएको छ।   गीता जारी सिजन सेथुमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । गत महिना मात्र सेथुले नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पे सुब्बासँग सम्झौता नविकरण गरेको थियो ।   गतसिजन एन्जिलाले सेथुको कप्तानी सम्हालेकी थिइन् ।   त्यतिबेला क्लबले गीतालाई पनि अनुबन्ध गरेको थियो । तर, भुवनेश्वरमा भारतसँग भएको मैत्रीपूर्ण खेलका दौरान गीताले घुँडाको चोट बोक्न पुगेकी थिइन् । जसका कारण गीता लिग खेल्न बन्चित भएकी थिइन् ।   अघिल्लो सिजन सेथु सेमिफाइनलमा नेपाली टोलीकी मिडफिल्डर सरु लिम्बुसम्मिलित किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित रहेको थियो ।   आईलिगको पहिलो खेलमा सेथुले डिसेम्बर ८ मा साविक विजेता गोकुलम केरेलासँग खेल्नेछ । दोस्रो खेल भने इष्ट बंगानसँग रहेको छ । गतसिजन सावित्रा भण्डारीसम्मिलित गोकुलम च्याम्पियन भएको थियो ।   यसपटक सात टोलीमात्रै लिगमा हुनेछन् । गोकुलम र सेथुसँगै किक स्टार्स, उडिसा एफसी, इष्ट बंगाल, होप्स एफसी र स्पोर्टस् उडिसाले सहभागिता जनाउनेछन् । लिग मार्चसम्म चल्नेछ ।

काठमाडौं:   यसवर्षको मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिएको छ ।   मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् ।   दीपिका अन्तिम २० मा छनोट भएपनि अन्तिम १० मा पुग्न सकिनन् ।   सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् । तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएको देखिएन ।   सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए ।     हुन पनि उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन् । उनको आत्मविश्वासको पनि चर्चा भैरहेको छ ।   खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको प्रशंसा खुबै भयो । परिचय, नेसनल कस्ट्युमदेखि स्वीमसुट राउण्डमा उनको उपलब्धि हेर्दा उनी फाइनलिस्ट बन्ने अपेक्षा गरिएको थियो ।   ल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौँ:  आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।   तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।   आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।    बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठको दोस्रो दिन हिजो खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।   छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।    विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको हाे । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ ।  

काठमाडौं:   हङकङमा जारी महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल तेस्रो भएको छ ।    जापानलाई ४५ रनले हराउँदै नेपाल प्रतियोगितामा तेस्रो बनेको हो ।    नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले ६ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो ।   जापानकी अकारी निशिमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चन्देलले ११ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।   नेपालकी संगिता राई, इन्दु वर्मा, सिता राना मगर, खुसी डंगोल, सोनी पाख्रिनले समान एक एक विकेट लिए ।    सुरुआती ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतीमा १ सय १५ रन बनाएको थियो ।    पुजा महतोले ४३ रन बनाएको इनिङ्समा रोमाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाईन् । कप्तान इन्दुरी वर्माले १२, सिता राना मगरले ५ रनको योगदान दिईन् । काजल श्रेष्ठ ३ तथा अश्मिना कर्मचार्य २ रनमा अविजित रहिन् ।    जापानकी अहिल्या चन्देल, एरिका टोगुनी क्विन र अयुमी फुजिकावाले समान एक एक विकेट लिईन् ।    चारदेश सम्मिलित सिरिजमा नेपालले तान्जानिया र हङकङसँग पराजित भएको थियो ।  

पोखरा:   पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ ।   माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।   तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।   प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागि जनाउने छन् । ‘८८ जनाले शुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन् । अर्को ठाउँमा प्रतियोगिताको मिति जुधेको कारण केही खेलाडीले शुरुवाती दर्ता गरेपनि सहभागि हुन नसकेका हुन् ।’ –उनले भने ।   प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दावी छ ।   खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैँया लगानी भैसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ । ‘प्रत्येक वर्ष वर्षमा प्रतियोगितालाई निरन्तरता दिने योजना भएपनि ६–६ महिनामा गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं ।’ उनले भने ।   तीन दिन हुने प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछभने ९ गते प्रतियोगिता हुनेछ ।   प्रतियोगिता समुन्द्री सतहबाट १३६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । उक्त एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरुमा विश्वभर ठुलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरु आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।   उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको छ ।

पोखरा:   नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवा खलः कास्कीलाई पुरस्कृत र सम्मान गरिने भएको छ ।    नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशक भन्दा लामो समय देखि काम गर्दै आएको झि पुच: (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज पोखरामा नेवा खल कास्कीका कार्यसमिति र सल्लाहाकार तथा सदस्यहरु माझ जानकारी दिएको हो ।   यो पुरस्कार आगामी फागुन पहिलो साता कोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आथित्यमा भव्य समारोह आयोजना गरि प्रदान गरिने पुचः का अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए  । सो दिन नेवा खलः कास्कि लाई पुरस्कारसहित सुशोभन, सम्मान र सांस्कृतिक स्मारिका समेत विमोचन गरिने झी पुच:ले जनाएको छ ।   नेवा खल: कास्कीका अध्यक्ष अशोाक पालिखेले यो सम्मानले नेवा समुदायमा अझ धेरै भाईचारा बढ्ने बताए । उनले संस्कृति संरक्षण र प्रवर्दनमा यसले ठुलो सहयोग पुग्ने बताए ।   सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना वि.सं. २०७६ (नेपाल संवत् ११४०)मा झी पुच का संरक्षक एवं समाजसेवी विराटनगर १० का सुर्दशन बहादुर श्रेष्ठ तथा उनका परिवारले स्थापना गरेका थिए । यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन एवं जर्गेना गर्ने संस्था वा व्यक्तिलाई झी पुचः मार्फत प्रत्येक २/२ वर्षमा कदर स्वरुप प्रदान गरिन्छ ।   उतिवेला श्रेष्ठ तथा उनका परिवारले सुर्दशन कपिला सिरपा द्वारा सम्मान र २ लाख नगद पुरस्कार दिनका लागी २० लाखको अक्षय कोष खडा गर्ने उद्घोष गरेअनुसार झी पुच: विराटनगरले सुर्दशन कपिला ट्रष्टको विनियमावली बनाई झी पुच:ले विशेष समिति मार्फत काम गर्दै आएको छ ।    बिनियमावली अनुसार प्रत्येक १० वर्ष पछि सिरपा थ्रली रकममा ५० हजारका दरले थप गरी एकमुष्ठ बृद्धी रकम सहित सुर्दशन कपिला सिरपाबाट सम्मान एवम पुरस्कृत गर्ने कार्ययोजना रहेको झी पुच:ले जनाएको छ ।    यो पुरस्कारबाट पहिलोपटक वि.सं. २०७६ फागुन २ गते संस्कृतिविद सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । त्यसपछि वि.सं. २०७८ मा सिक्कीम नेवा गुठीलाई सुर्दशन कपिला सिरपाबाट सम्मान गरिएको थियो ।    झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघ  विराटनगरको स्थापना ४४ वर्ष अगाडी वि.सं. २०३८  (नेपाल सम्बत ११०१) सालमा भएको थियो ।    आफनै सामुदायिक भवन, सचिवालय, संग्राहलय, राष्ट्रिय विभूति संखधर साख्वा स्मारक रहेको झि पुच:ले प्रत्येक वर्ष नेपाल सम्बतको नयाँ वर्ष, बेल विवहा (इंहि), व्रतबन्ध (कयता पुजा), गाई जात्रा (सपारु) जस्ता संस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजन गर्दै आएको छ ।

पोखरा:   पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय  टि–२०  क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।   यहि मंसिर ७ गते सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो ।   एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् ।   प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ ।   त्यसैगरी यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिएका छन् ।   एकेडेमीले हालै देश भरिका २ सय भन्दा बढि यूवा खेलाडीहरुबाट छनौट गरि दुई टिम बनाएको हो ।     खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।   मंसिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरु सञ्चालन हुने संयोजक गौचनले बताए ।   उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका विच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने संयोजक गौचनले बताए ।   प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने जनाएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ५ लाख र उपविजेता टिमले नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् ।   यसैगरी हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत नगद सहित सम्मान गरिने छ ।   मदन भण्डारी स्पोर्टस एकेडेकी कास्कीको व्यवस्थापनमा आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।  

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो।   डुमे दमका दीर्घरोगी पनि थिए। त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।   मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए। त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।   बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घरोगीको ज्यान गएको थियो। एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।

सर्लाही:  हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।    कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।