काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाडौं:    हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङ्कङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटिकाको दिन ताञ्जेनियासँग खेल्नेछ । त्यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङ्कङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन् । त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ । उक्त शृङ्खलाका सबै खेल हङ्कङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।  नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन् । 

गोरखा:    गोरखामा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ ।  धार्चे गाउँपालिका वडा नम्बर १ केरौंजास्थित हुल्चुकमा आगलागीमा परेर आमा छोराको मृत्यु भएको हो। ७८ वर्षीया कान्छी गुरूङ र उनका छोरा ५३ वर्षीय चनारसिंङ गुरूङको आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष राम सिंङ गुरूङले सेतोपाटीलाई बताए। शनिबार बेलुकी करिब १० बजेतिर कान्छीको घर आगलागी भएको थियो। ‘अगेनामा आगो बालेर सुतेका कारण घर जलेको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘दुवैको शव घरभित्रै फेला परेको छ।’ घटनास्थलमा प्रहरीहरू पुगिसकेको उनले बताए। आगलागीले घर पूर्ण रूपमा क्षति भएको छ।

नवलपुर:    नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । मृतकमध्ये तीन महिला तीन पुरुष छन् । जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । 

काठमाडौँ:  नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको १७ औं बैठकले पार्टीको प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ ।    उपमहासचिव समेत रहेका स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गर्नुका साथै १४ वटा विषयगत डेस्क निर्माण समेत गरेको विभागका सदस्य विष्णु रिजालले जानकारी दिए ।   एमालेले पार्टीमा तीन तहको पाठ्यक्रम निर्माण गरेर नेता कार्यकर्ताहरुलाई पढाउने तयारी गरेको छ ।    प्राथमिक तहको पाठ्यक्रम परिमार्जन गर्नुका साथै पाठ्पुस्तकको कन्टेन्ट समेत तयार पारेको नेता रिजालको भनाइ छ ।   एमालेले केन्द्रीय तहबाट ८८५ जना प्रशिक्षक तयार पारेको छ । जसमा प्रदेशस्तरमा ४०८ र जनसंगठन तथा केन्द्रीय तहमा चलाएको कार्यक्रममा ४७७ जना प्रशिकहरु तयार भएको एमालेले जनाएको छ ।   ति प्रशिक्षकहरुले  जिल्ला, प्रदेश तथा संगठन मातहतमा पार्टी प्रशिक्षण दिने छन् ।

पोखरा:  पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई एक रात बिताउन सुखद् गन्तव्य मध्ये अष्ट्रेलियन क्याम्प (ठूलाखर्क) पनि पर्छ ।   कास्कीको काँडेबाट करिब साढे १ घण्टामा पैदल पुग्न सकिन्छ । क्याम्प जान अर्काे रुट पनि छ ।   जुन घट्टेखोलाबाट धम्पुस हुदैं माथि उक्लिनु पर्छ । यो रुट तुलनात्मक रुपमा उकालो र बढी समय लाग्छ । त्यसैले प्राय पर्यटक काँडे हुँदै जान्छन् र फर्कदा पोथाना धम्पुसको बाटो रोज्छन्  ।   कास्कीको अन्नपूर्ण गाउँपालिकामा अष्ट्रेलियन क्याम्पमा अहिले आधा दर्जन बढी होटल सञ्चालनमा छन् ।    होटल व्यवस्थापन समितिले आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ र बाह्य पर्यटकका लागि २ हजार २ सय रुपैयाँमा (खान र बस्न) प्याकेज निर्धारण गरेको छ ।    तस्बिरहरु:                        

पोखरा:   एलजी  एशोसिएशन प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को च्याम्पियन भएको छ ।  एलसी ब्रदर्स युनाइटेडको आयोजनामा लामाचौर फुटबल मैदान, गोस्तेघाटमा शनिबार भएको फाइनल खेलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा ५–४ गोलअन्तरले हराउँदै एलजी एशोसिएशन च्याम्पियन भएको हो ।  च्याम्पियन बनेको एलजीले नगद २ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता एन टुले १ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।  विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, क्लबका अध्यक्ष शंकर केसी, खेल संयोजक विशाल नेपाली लगायतले पुरस्कार वितरण गरे ।  निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि विजेताको टुंगो सडेनडेथबाट लागेको हो । खेलको पहिलो हाफमा एलजिले सुमन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । भने, दोस्रो हाफको सुरुवाती समयमै एन टुका साइमन गुरुङले बराबरी गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । फाइनल खेलमा एलजिका गोलरक्षक आकाश रानाभाट म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा एलजीका अनुज भण्डारी चुनिए । उनले नगद ३ हजार रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक एलजिका आकाश रानाभाट, उत्कृष्ट प्रशिक्षक एलजीकै ओम गुरुङ घोषित भए । एन टुका कन्यासुब्बा गुरुङ उत्कृष्ट डिफेन्डर र नकुल तामाङ उत्कृष्ट मिडफिल्डर बने । प्रतियोगितामा सर्वाधिक गोलकर्ता शितलज्योेति युवा क्लबका सन्दिप गुरुङ भए । उनीहरु नगद २५ सय रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आदर्श युवा क्लब भण्डारढिक फेयर प्ले अवार्डमाबाट पुरस्कृत बन्यो । फाइनल अघि एलसी ब्रदर्स युनाइटेड लामाचौर भेट्रान र नेपाल खेलकुद पत्रकार मञ्च बिच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टोली विजयी बनेको छ । एलसी ब्रदर्शलाई पत्रकारको टोलीले ५–१ गोलअन्तर पराजित गरेको थियो । पत्रकारको टिमबाट प्रविन मगर र निरज कार्कीले २र२ तथा योगेन्द्र श्रेष्ठले १ गोल गरेका थिए । भने एलसीको तर्फबाटले गोल गरेका थिए । गत १९ कात्तिकदेखि सुरु प्रतियोगितामा १४ टोलीले भाग लिएका छन् । ४ वर्षदेखि हुँदै आएको यो प्रतियोगिता विगतमा सेभेन ए साइडमा खेलाइने गरिएको अहिले फुटबल प्रतियोगिता सुरु गरिएको आयोजक एलसी ब्रदर्स युनाइटेडका अध्यक्ष शंकर केसीले बताए ।

काठमाडौं:    यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।  लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।  लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।      आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।      आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।   लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

पोखरा:   सामाजिक सञ्जालमा सबैभन्दा बढी रुचाइएको टिकटकलाई अहिले व्यापारीले मार्केटिङको माध्यम बनाएका छन् ।   तिनै मध्येका एक पोखरेली व्यापारीले पनि तिहार पर्वको अवसर पारेर पटका खरिद गरेर टिकटक लाइभमा आएर मार्केटिक गरेका थिए ।      टिकटक लाइभमै उनले पटका खरिद विक्रीको मोलमोलाई गरेको एक प्रहरीका आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   त्यसपछि कास्की प्रहरीले त्यसतर्फ अनुसन्धान गर्दै ति युवकलाई  पटकासहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले बताए ।    ‘एकजना युवक टिकटक लाइभमा आएर पटका खरिद गरेर बिक्रीका लागि मार्केटिक गरिरहेको सूचना कास्की प्रहरीलाई आयो’, डीएसपी विकले भने, ‘कास्कीमा तिहारमा भित्रिएका १८ थरीका पटका बरामद गरेर नष्ट गरेका छौं, चाडपर्व सुरक्षा योजना अनुसार पटका लगायत जुवतास, खोरखोरे सञ्चालन गर्नेलाई नियन्त्रण निमयन गर्न लागि रहेका छौं ।’   उनले हालसम्म तिहारको संघारमा १८ थरीका करिब २ लाख बढीको पटका बरामद गरेर नष्ट गरिएको बताए ।    उनका अनुसार जफत हुनेहरुमा प्याङ्गुइन कोब्रा खुर्सानी बम ७२ वटा, रकेट बम २० वटा, खुर्सानी बम ४७ वटा, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोलीबम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे पटका ८० प्याकेट, एटम बम १४ पिस, डबल बम १० पिस, गमला बम १७ पिस, चक्र बम २५ पिस, खुर्सानी बम ९८ सेट, सानो पटका ६, ठुलो पटका १२ र चकरी ५० थान, अवर १० थान र लसुन बम १५ थान रहेको छ ।    कास्की प्रहरीले कास्कीको विभिन्न स्थानबाट पटका बरामद गरेपनि कति जनालाई नियन्त्रणमा लिएको छ त्यो भने खुलाएको छैन ।    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखराको विभिन्न स्थानबाट १८ थरीका पटका बरामद गरेको पुष्टी गरे ।   ‘यो पटका एकै स्थानबाट बरामद गरेको होइन, विभिन्न स्थानबाट बरामद भएको पटका हो, प्रहरी उपरीक्षक थापाले भने, ‘थोरै थोरै संख्यामा पटका बरामद गरेका छौं, पटकासँग विभिन्न व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएका छौं, मुद्धा चलाउने नि नचलाउने छलफलकै चरणमा छौं ।’ यस्तै कास्की प्रहरीले विभिन्न स्थानबाट ५६ सेट खोरखोरेका ३ सय ५ वटा गोटी बरामद गरेर नष्ट गरेको छ ।   

पोखरा:    पोखरा–मुग्लिन राजमार्ग सुधार चरण–१ योजना अन्तरगत पोखरा महानगरपालिका वडा नं.९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास गरिएको छ । पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री  प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको हो ।  पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी लगायत सरोकारवालाहरूलाई निर्देशन दिनुभयो ।    निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पुरै सहयोग रहने उहाँले विश्वास पनि दिलाउनुभयो । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताउनुभयो । सेती नदी माथि मितेरी पुल समेत निर्माण गर्ने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो ।  पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उहाँले यसलाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको बताउनुभयो । पोखरा सबै हिसाबले पर्यटन राजधानी घोषणाका लागि योग्य रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सवै खाले स्थानीय अवरोधहरूको समाधान गरिदिने बताउनुभयो । स्थानीय अवरोधका कारण पुल निर्माण कार्यलाई ढिलाइ हुन नदिने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । सेती नदीमाथि बन्ने सिग्नेचर ब्रिजले पोखराको थप सौन्दर्ययता बढाउने प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । पोखराको पर्यटन लगायत यस क्षेत्रको समग्र विकासमा लाइफलाइनको रूपमा यसको निकै महत्त्व रहने उहाँले बताउनुभयो ।  पुल निर्माणको कार्य २०८२ भाद्र २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रा।ली काठमाण्डौले ठेक्का पाएको छ । यस अवधिमा सेतीमा मौजुदा पुलको दायाँबायाँ १९०/१९० मिटरका २ वटा पुलहरू निर्माण हुनेछन् । पुलको कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याट सहित) रहेको छ ।