काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

पोखरा:   नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युतको बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको लाईन काटिरहेको छ ।    पोखरा वितरण केन्द्रले कात्तिक १९ गतेसम्म १ हजार २ सय ६२ जना ग्राहकहरुको लाईन काटिएको छ ।   कास्की कारागार र गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पनि उक्त लाईन काटिनेको सूचीकृत पर्याे ।   तर संवेदनशीलताका आधारमा र भुक्तानको प्रक्रिया अघि बढाएको प्रतिवद्धता जनाएपछि लाइन जोडिदिएको मालेपाटन शाखाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी प्रदिप कुमार भुवाजीले बताए ।    ‘यस वितरण केन्द्रबाट सरकारी र व्यक्ति (ग्राहक) सबैले महसुल नतिरे लाइन काट्न सक्छौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘बक्यौता रकम नतिरेपछि हिजो कास्की कारागार र भौतिक मन्त्रालयको लाईन काटेका हौं, तर प्रमुख जिल्ला अधिकारीसँगै कारागार प्रतिनिधि आएर सुरक्षा संयन्त्रसँगको कुरा भएपछि संवेदनशीलतालाई मध्यनजर गरेर लाइन जोडिदिएका हौं ।’   उनले कास्की कारागारको २० लाख रुपैयाँ बक्यौता रकम रहेको जानकारी दिए ।   प्राधिकरणले हालसम्म लाइन काटेर बक्यौता रहेको रु १ करोड ३४ लाख ४३ हजार ८ सय असुल गरेको छ । कारागारको विषयमा टुंगो लागेपनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको भने लाइन जोडिएको छैन ।  अधिकारी भुवाजुले भौतिक पूर्वाधारको तर्फबाट प्राधिकरणसँग कुनै समन्वय र केही पनि छलफल नभएको बताए ।     उनका अनुसार भौतिक मन्त्रालयले २७ हजार ६४ रुपैयाँ महसुल तिर्न बाँकी छ । 

लागूऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर प्रहरीले फरक(फरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा काठमाडौँ-४ की ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गाको खिजीदेम्बा-३ का ३८ वर्षीय गङ्गालाल बि.क., काठमाडौँ गोकर्णेश्वर-४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, त्यही बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिराहा धनगढीमाई-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुरज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दीप ईटानी रहेका छन् ।    उनीहरूलाई पक्राउ गरेको जानकारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका सूचना अधिकारी तथा प्रवक्ता ९प्रहरी उपरीक्षक०चक्रराज जोशीले दिनुभयो । जोशीका अनुसार उनीहरूले लामो समयदेखि नेपाल(भारत सिमानाबाट लागूऔषध नेपालमा ल्याएर काठमाडौँको विभिन्न स्थानमा कारोबार गर्ने गरेको खुलेकाले थप अनुसन्धान भइरहेको छ ।    

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताए । गएको शुक्रवार राति जाजरकोटमा गएको भूकम्पका कारण भएको क्षतिले गर्दा देश नै शोकमा र सङ्कट परेको अवस्थामा राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय गरेको चालिसेले बताए ।  पौडेलले यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो । राष्ट्रपतिको भ्रमण सरकारले स्वीकृत गरिसकेको थियो ।

पोखरा:   पोखरा महानगरपालिका भित्र जडान भएका २३ वटा हाइमास्ट र २ हजार ७ वटा स्मार्ट लाइट उद्घाटन भएर बलेको मितिले दुई महिना नाघेको छ ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौ १७ गते औपचारिक उद्घाटन गरेका थिए ।    कानूनी व्यवस्थानुसार समयसिमा नाघेको ६० दिनपछि जुनसुकैबेला पनि लाइन काट्न पाउने प्राधिकरणलाई अधिकार छ ।    नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा पोखराको मुख्य चोकमा २३ वटा हाइमास्ट र न्यूरोड र छोरेपाटन–विरौटा सडकखण्डमा गरेर २ हजार ७ वटा सडक बत्ती (स्मार्ट लाइट) जडान गरिएको थियो ।   पोखराका मुख्य चोक र न्यूरोड र छोरेपाटन–विरौटा सडकखण्डमा जडान भएको हाइमास्ट र स्मार्ट लाइट (सडकबत्ती)को महसुल तिर्न नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाले ८ दिन अगाडी नै पोखरा महानगरपालिकालाई पत्र काटेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी प्रदिप कुमार भुवाजीले बताए ।    सो पत्रमा भनिएको छ, ‘राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाबाट मास्ट लाईट तथा सडक बत्ती प्रयोजन लागि यस कार्यालयका पोखरा महानगरपालिकाको नाममा रहेको ग्राहकहरुमा जाडन इनर्जि मिटरमा पोखरा महानगरपालिका क्षेत्र भित्र सडक बत्ती प्रयोग गरे बापत आर्थिक वर्ष ०७९/०८० देखि ०८० असोज मसान्तसम्म ८ लाख ७७ हजार ८ सय ९८ रुपैयाँ भुक्तानीको व्यवस्थाको लागि अनुरोध छ ।’   सूचना अधिकारी भुवाजीका अनुसार मिटर रिडिङ भएको ६० औँ दिनसम्म महसुल नतिरे लाइन काट्न पाइने प्रावधान छ ।     ‘नेपाल विद्युत प्राधिकरणको प्रावधानमा मिटर बिलिङ्ग भएको ६० औँ दिनसम्म महसुल नतिरे ६१ औँ दिनबाट जुन दिनपनि लाइन काट्न सक्ने व्यवस्था छ, सूचना अधिकारी भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘महसुल नतिर्ने ग्राहकको लाइन काट्न यो त्यो भन्ने हुँदैन ६० दिनभित्र महसुल नतिरे जसको पनि जतिबेला लाइन काटिन्छ ।’   नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले पोखरा महानगरपालिकालाई पत्र काटेको ७ दिनभित्र बक्यौता भुक्तानी गर्न समय दिएको छ तर ८ दिन बितिसक्दा पनि महानगरले बक्यौता भुक्तानी गरेको छैन ।    पोखरा वितरण केन्द्र मालेपाटनका सूचना अधिकारी भुवाजीले बक्यौता भुक्तानीको विषयमा पोखरा महानगगरसँग छलफलको चरणमा रहेको बताए ।    ‘पोखरा महानगरको ग्राहकमा नाममा हाइमास्ट र स्मार्ट बत्तीको नाममा ८ लाख ७७ हजार बक्यौता देखिएको छ’, उनले भने, ‘बक्यौता भुक्तानी गर्ने विषयमा महानगरमा पत्र पठाएका छौं, महानगर प्रमुखसँग छलफल भएपछि मेयर साब पोजेटिभ हुनुहन्छ ।’   यस्तै पोखरा वितरण केन्द्रले यसअघि पनि पोखरा महानगरपालिकालाई भदौ ७ गतेपनि सडक बत्तीको बक्यौता भुक्तानी गर्न पत्र काटेको थियो ।   महानगरलाई पठाएको पहिलो पत्र   नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रको तथ्याङ्क अनुसार आफ्नो कार्यक्षेत्रभित्रका सबै सडकबत्तीको बक्यौता कुल रकम ११ करोड ७० लाख रहेको छ भने सो मध्ये पोखरा महानगरको नाममा २३ वटा हाइमास्ट र २ हजार ७ वटा स्मार्ट लाइटको महसुल ८ लाख ७७ हजार ८ सय ९८ रुपैयाँ रहेको छ ।    यो पनि पढ्नुहोस   पोखरामा उधारो बल्छ ‘हाइमास्ट र स्मार्ट लाइट’

गुल्मीमा एक पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।   गुल्मी दरबार गाउँपालिका-७ फेदीमा गएराति टोपबहादुर बस्नेतको किराना पसल राखेको घरमा आगलागी हुँदा दुई वटा मोटरसाइकलसहित पसलका सामान जलेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।   आगलागी हुँदा नगद दुई लाख रुपैयाँसहित सुन, चामल र लत्ताकपडालगायत गरी ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको हो। गएराति १२ बजेतिर लागेको आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा चार घण्टापछि निभाइएको थियो । 

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ रतवारा गाउँमा गए राति डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्।   जयकिशोर चौधरीको घरमा गए राति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।   डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका थिए। मल्लका अनुसार कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्।   घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्नेबित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन्।   डाकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए।​डाकाहरुले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका छन्।   अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठ वटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए।​ 

पोखराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय निकायविरुद्ध भ्रष्टाचारको उजुरी ह्वात्तै बढेको छ ।    आयोगले हालै प्रकाशित गरेको प्रतिवेदनलाई आधार मान्ने हो भने उजुरीमध्ये आधा हिस्सा स्थानीय निकायमा हुने गरेको भ्रष्टाचारसँग सम्बन्धित छ । प्रतिवेदनमा परेका उजुरीमध्ये ५२ प्रतिशत हिस्सा स्थानीय तहसम्बद्ध निकायविरुद्ध परेको देखिन्छ ।    आयोगका प्रवक्ता भोला दाहाल भन्छन् ‘खरिद निर्माणका काम गर्दा सार्वजनिक खरिद ऐन, नियमको पालना गरिएको देखिएन, सबै निकायलाई भन्न मिल्दैन तर अधिकांशले ऐन पालना नगरेको पाइएको छ ।’   स्थानीय तहले ऐन पालना गर्ने परिपाटी नभएको मात्र हैन निर्धारित समयमा काम नसक्दा पनि कागजीरुपमा कार्य सम्पन्न प्रतिवेदन बनाई भुक्तानी दिइएको पाइएको प्रवक्ता दाहालले बताएका छन् ।  ‘पालिकातर्फबाट सिफारिश दिन, अनुदान दिन, करारमा कर्मचारी भर्ना गर्न घुस मागिएको विषयमा उजुरीमा उल्लेख छ’ दाहालले भने ‘स्थानीय पदाधिकारीको कन्फ्ल्क्टि अफ इन्ट्रेस्टले काम गरेको पाइएको छ ।’   स्थानीय तहले उपभोक्ता समिति गठन गर्ने र अनुदान दिँदा आफ्नो लाइनको मान्छे हेर्दा त्यसको नतीजा सकारात्मक नभएको दाहालले उल्लेख गरेका छन् । ‘संघले जस्तै स्थानीय तहले विभिन्न सल्लाहकार नियुक्त गर्ने, नीति एवं योजना आयोग निर्माण गरी उपाध्यक्ष लगायतका पदाधिकारी राख्ने परिपाटीले भ्रष्टाचार बढेको आयोगको ठहर छ’ उनले भने ।   विकास निर्माणमा जटिल प्रकृतिका काम पनि उपभोक्ता समितिमार्फत गराउँदा रकमको दुरुपयोग हुने गरेको पाइएको भन्दै उनले त्यस्ता उपभोक्ता समितिको क्षमता मूल्यांकन गर्न नसक्दा विकासकै गतिमा असर पारेको उनले प्रष्ट्याए ।    ‘स्थानीय पदाधिकारीहरुको आफ्नै सवारी साधन र डोजर लगायतका सामग्री प्रयोग गर्दा बजार दरभन्दा बढी भुक्तानी हुने गरेको आयोगको ठहर छ । दाहाल भन्छन् ‘अनुदान वितरणमा आसेपासे र आफ्ना कार्यकर्ता च्याप्ने शैली वर्षेनी बढेको पाइएको छ ।’ आयोगले राष्ट्रपतिलाई बुझाएको तेत्तिसौं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार २० हजार ९०५ उजुरी दर्ता भएका छन् । जसमध्ये ७ हजार १६२ अघिल्लो आर्थिक वर्षबाट सरिआएका हुन् । आयोगका अनुसार ६६ प्रतिशत उजुरी फछर्याैट भएका छन् ।    कूल उजुरीमध्ये करिब पचास प्रतिशत आयोगको मुख्य कार्यालयमा दर्ता भएका छन् । सबैभन्दा कम उजुरी (३ प्रतिशत) नेपालगञ्जमा परेको छ भने पोखरा कार्यालयमा ५ प्रतिशत रहेको छ । 

पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ ।   शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो । ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् ।   अस्पतालका मेडिसिन विभागका प्रमुख डा। युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।डा.शर्माका अनुसार राईमा निमोनिया भएको थियो । अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो । डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो ।   डा.शर्माका अनुसार राई र नगरकोटीलाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधि ९हेपारिन० र चलाइएको थियो । डा. शर्माले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताए । ‘उहाँहरुलाई त्यही निमोनियाको सेफ्ट्रियाक्सोन एन्टिबायोटिक सात दिन चलाएर ठीक भइरहेको थियो,’ डा. शर्माले भने, ‘यो औषधि सुरक्षित नै हो । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेको सँगसँगै बित्तिनुभयो । तर, त्यो संयोग हुनसक्छ ।’   राईको उमेर पनि धेरै भइसकेका हुनाले अन्य कुनै पनि कारणले मृत्यु भएको हुनसक्ने चिकित्सक बताउँछन् । कहिलेकाहीँ रगतको ढिक्का उछिट्टएिर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने डा। शर्माले बताए ।   अस्पतालका निर्देशक डा। रवि शाक्यका अनुसार कहिलेकाहीँ जेष्ठ नागरिकको अचानक मृत्यु हुनु स्वाभाविक मानिन्छ । ‘नर्सले औषधि दिइसकेपछि तुरुन्तै ५ मिनेट भित्र नै दुवैको मृत्यु भएको थियो । त्यसकारण पनि बिरामीको आफन्तलाई शंका उत्पन्न भएको हो,’ शाक्यले भने, ‘औषधिकै कारणले मृत्यु नभएकोमा हामी विश्वस्त छौं । यद्यपि हामी पनि के कारण भयो भन्ने कुरा जान इच्छुक छौं ।’   आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ ।   इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको छ । ‘हामीले नियमित हजारौं बिरामीलाई चलाइरहेको औषधि हो । जुन हरेक अस्पतालमा एक नम्बरमा प्रयोग हुने औषधि हो,’ डा। शर्माले भने, ‘औषधिको गुणस्तरीयता हेछौं । अन्य बिरामीलाई उक्त औषधि प्रयोग नगर्ने निर्देशन पनि दिइसकेका छौं ।’   त्यसैगरी, मृत्युको कारण पत्ता लगाउनका लागि मृत्तकको पोस्टमार्टम गरिने भएको छ । ‘गतल औषधिको कारणले मृत्यु भएको रहेछ भने सजाय हुन्छ । कानुन अनुसार कारबाही हुन्छ,’ डा। शर्माले भने, ‘मृत्यु के कारण हो भन्ने कुरा थप पोस्टमार्टमपछि पनि थाहा हुन्छ ।’ओखलढुंगाकी ९० वर्षीया जनमाया राइका आफन्त कन्भिन्स भएर लास घर लगेका छन् । यस्तै, ६८ वर्षीय कृष्णबहादुर नगरकोटी भने पोस्टमार्टका लागि लास अस्पतालमा रहेको छ ।

जाजरकोट:    जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ ।   स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो ।    जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो ।   त्यस्तै टेकबहादुर पुनको व्यक्ति एकै र नाम दुई हुँदा संख्या दोहोरिएको थियो ।   जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यस मध्ये २८ महिला १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ ।   त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको प्रजिअ सुनारले बताए । मृत्यु हुनेमा ९७ सय महिला र ५६ पुरुष छन् ।