प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं : थप १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट २५६६ नमूना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९०३ र एन्टीजेनबाट १६६३ नमुना परीक्षण गर्दा पीसीआरबाट ७७ र एन्टिजेनबाट ४७ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा २९ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

काठमाडौं: सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको उजुरीका आधारमा प्रहरीले झापा गाउँपालिका–६ स्थायी घर भएका २० वर्षीय कादिर मोमिन पक्राउ गरेको हो ।   पक्राउ परेका मोमिनले पीडित महिलाको फेसबुक पेजको वाल–टाइमलाईमा अन्य महिलाको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्रहत्या हुने खालको अश्लील शब्द लेखि उक्त तस्बिर र भिडियोहरू पोष्ट गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ ।   प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी पशुपति कुमार रायले यसका साथै मोमिनले पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्स राखी पोष्ट गरी दुःख दिई चरित्रहत्या हुने कार्य गरेको जानकारी दिनुभयो ।   उहाँका अनुसार पीडित महिलाले चरित्रहत्या हुने कार्य गरेर दुःख दिइरहेकाले आवश्यक कारबाही गरी पाउ भनी ब्यूरोमा निवेदन दिएकी थिइन् ।   प्रवक्ता रायका अनुसार सोही निवेदनका आधारमा अनुसन्धान गर्दा झापा, झापा गाउँपालिका–६ स्थायी घर भएका मोमिनलाई ब्यूरोबाट खटिई गएको टोली र जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा चैत २४ गते सोही स्थानबाट पक्राउ गरिएको हो ।   पक्राउ परेका मोमिनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चैत २६ गतेको आदेशअनुसार चार दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको उहाँको भनाइ छ ।

सियोल : विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ।    दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो भने यो वर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतको वृद्धिबाट तल झरेको हो।    यस वर्ष घरेलु आर्थिक मन्दीको बारेमा बढ्दो चिन्ताको कारण यो सङ्ख्या मा सुधार भएको छ, जुन निरन्तर निर्यात गिरावट र कमजोर आवास बजारको कारण प्रेरित छ। रोजगारीको लाभका लागि आवेदकहरूको सङ्ख्या मुख्यतया विनिर्माण, निर्माण र शिक्षा सेवा क्षेत्रमा वृद्धि भएको छ।    मार्चमा रोजगारी प्राप्त गर्नेहरूको सङ्ख्या कूल छ लाख ७५ हजार रहेको थियो। यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले बढी हो। रोजगारीको खोजीमा रहेका लाभहरूको कूल भुक्तानी गत महिना तीन प्रतिशतले बढेर १.०३ ट्रिलियन वोन (७८०.३ मिलियन अमेरिकी डलर) पुगेको छ। यहाँको प्रतिव्यक्ति भुक्तानी १.९ प्रतिशतले बढेर १५ लाख ३० हजार वोन (१,१६० डलर) पुगेको छ।  

काठमाडौं:  राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।   यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।   प्रस्तावमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले राष्ट्रियसभाबाट पारित भएर पठाएको प्रस्तावलाई प्रतिनिधिसभामा पनि गहन छलफल गरी समृद्ध तुल्याइने बताउनुभयो । यसअघि प्रस्तावमाथिको छलफलमा सदस्य जीतेन्द्रनारायण देव, डा विमला राई, सुरेश आलेमगर र रामचन्द्र राईले भाग लिनुभएको थियो ।   बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक २०७८/७९ प्रतिवेदन  प्रस्तुत गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ३० गते बिहीबार दिनको १ बजेर एक मिनेटमा बस्नेछ । 

नवलपरासी:  पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी ४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।   विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।   नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।   नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको छ ।  

 काठमाडौं:  काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ ।   सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो ।   उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिकबत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताए । उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ ।   ‘ट्राफिक बत्तीको सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने हुँदा उहाँहरुसँग समन्यमा मर्मत भइरहेको छ’, उनले भने ।   काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य रहेको इञ्जिनियर न्यौपानेले जानकारी दिए ।   शाखाले चालु आवमा सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, धोबीघाट, बल्खु र कलङ्कीमा ट्राफिक बत्ती जडान गरिसकेको छ । चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको यो खण्डमा बत्ती जडान गरिएको हो ।   सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएका छन् । उपत्यकाका नगरपालिका र वडा कार्यालयले पनि आवश्यकताका आधारमा बत्ती जडान गरिरहेका छन् । विभागले हालसम्म उपत्यका बाहिर भने थोरै ठाउँमा मात्रै बत्ती जडान गरेको छ ।

काठमाडौं: सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ ।   बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो ।   नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।   जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ८४ लाखको कारोबार हुँदा सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६६ लाख र एनआईसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।   सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १३२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ७७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । जसमध्ये नेप्सेमा सूचीकृत भई सोमबारदेखि कारोबार सुरु भएको सानिमा मिडिल तमोर हाइड्रोपावर सेयरमूल्य १० प्रतिशत र कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.८८ प्रतिशतले वृद्धि भएको छ ।   ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ६.५४ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२५ प्रतिशत र इस्टन हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौं :  छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ।    प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद सजाय सुनाएको हो।    यस्तै १५ हजार जरिवाना र चार सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न भनेको छ।   त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।    अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडिओ देखाएको अभियोग पुष्टि भएको थियो। यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार छन्।    बालयौन दुर्व्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो।   २०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए। जिल्ला प्रहरी कार्यालय धुलिखेलले फरार शिक्षक विष्टको खोजी भइरहेको जनाएको छ।

पाेखरा:   बौद्ध​ धर्मगुरू दलाई लामाले हालै भएको एक घटनामा माफी मागेका छन्। भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।   उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर  सोध्छन्।   दलाई लामाको उक्त व्यवहारको तीव्र आलोचना भएपछि उनले सोमबार माफी मागेका हुन्।   दलाई लामाको सामाजिक सञ्जालमा राखिएको वक्तव्यमा उनले आफूले भेटेका मानिसहरूसँग  निर्दोष तरिकाले जिस्किने गरेको उल्लेख गरेका छन्। ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु,’  दलाई लामाको वक्तव्यमा भनिएको छ।