प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

पोखरा:   खोई ६० लाख ? बालुवाले खायो । खोई बालुवा ? दुवो पो उम्रियो ।  यो दृश्य पोखरा महानगरपालिका ६ लेकसाइडस्थित बाराहीघाटमा निर्माण गरिएको बिच भलिबल कोर्टको हो । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा ‘२०७६’ सालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ सम्पन्न भएको थियो । सोही प्रतियोगिता अन्तरगत पोखराको फेवा किनारामा बिच भलिबल कोर्ट निर्माण गर्दा राष्ट्रिय खेलकुद परिषद्ले करिब ६० लाखको बालुवा खरिद गरेको थियो ।   ४ वटा कोर्टमध्ये दुइवटा अभ्यासका लागि र अन्य दुइवटा प्रतियोगिताका लागि प्रयोग गरिएको थियो । मैदानसँगै ड्रेस चेन्जिङ रुम र शौचालयसमेत निर्माण गरिएको थियो । ति भौतिक संरचनामध्ये अहिले ६० लाख लगानी गरिएको कोर्टको अवस्था नाजुक छ । अहिले उक्त भलिबल कोर्टमा खेलाडी होइन, दुवो मौलाएको छ ।  नेपाल ट्रष्टको नाममा रहेको सो जग्गामा निर्मित बिच भलिबल कोर्टको संरक्षण नहुँदा लगानीमात्रै डुबेन । मैदान गौचरणमा परिवर्तन भएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको उक्त बाराही घाटको जग्गामा निर्मित भलिबल कोटको संरक्षण गर्ने जिम्मा कसको भन्ने प्रश्नमा न राखेपसँग जवाफ छ न त नेपाल ट्रस्टसँग नै । दुवै संस्था अवाक छ ।  नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गा भएकाले भलिबल कोर्टको संरक्षण गर्ने जिम्मा ट्रस्टको नै भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङको तर्क छ ।  मैदानको संरक्षण गर्न हारगुहार  नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गामा राखपले बिच भलिबल कोर्ट निर्माण गरेपछि संरक्षण कस्ले गर्ने भन्ने विषय अन्यौलमा छ ।  मैदानको संरक्षण गर्दै खेलाडीहरु मौलाउनुपर्नेमा यतिबेला दुवो मौलाएको छ । र भलिबल कोर्ट गौचरणमा परिवर्तन भएको छ । तर सरोकारवाला व्यक्तिहरुले संरक्षण गर्न आावज नउठाएका भने होइन ।  नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम बहादुर गुरुङले प्रदेश खेलकुद परिषद्लाई त्यस कोर्टको संरक्षणको जिम्मेवारी लिन आग्रह गर्दै आएको बताए ।  ‘पोखरा आफैमा पर्यटकीय क्षेत्रको रुपमा अगाडि छ । पोखराको मुटु मानिने फेवातालको छेउमा नै उक्त बिच भलिबल कोर्ट निर्माण भएको छ, उपाध्यक्ष गुरुङले भने, ‘नेपाल ट्रष्टको नाममा भएपनि यसको संरक्षण गर्ने दायित्व प्रदेश खेलकुद परिषद्लाई दिन आग्रह गर्दै आएको छु ।’ उपाध्यक्ष गुरुङले राज्यले गरेको लाखौं लगानी चौरमा परिणत हुन थालेको भन्दै यसको संरक्षण गर्ने दायित्व संघमा राख्दा आफैले उत्तर नपाएको गुनासोसमेत गरे ।  यस्तै नेपाल ट्रष्टको स्वामित्वमा रहेको उक्त बाराही घाटको जग्गामा राष्ट्रिय खेलकुद परिषदले लगानी गरेको भलिबल कोर्ट चौरमा परिणत भएको भन्दै यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको नेपाल भलिबल संघ गण्डकी प्रदेशका महासचिव टहलसिंह थापामगरले बताए ।  ‘नेपाल ट्रस्टको सामित्वमा रहेको उक्त जग्गामा सरकारले भलिबल कोर्ट निर्माणमा लगानी गरेको छ, महासचिव थापामगरले सुनगाभा न्यूजसँग भने, ‘बिच भलिबल कोर्ट संरक्षण नहुँदा नियमित प्रतियोगितासँगै विभिन्न देशबाट घुम्ने आउने खेलाडीलाईसमेत जोड्न सकेका छैनौं ।’ करिब ६० लाखको लागतमा निर्माण भएको कोर्टमा साग गेम्सपछि संरक्षण नहुदा सन्नाटा छायो । त्यसपछि कुनै पनि प्रतियोगिता हुन सकेन । यसले भलिबल क्षेत्रमा काम गर्ने संस्था र अगुवाई गर्ने व्यक्तिहरुलाई समेत गिज्याइरहेको छ ।  केही महिना अगाडि स्पेनबाट ट्रेकिङमा आएका त्यहाँका राष्ट्रिय खेलाडीले पोखरामा बिच भलिबल खेल्ने प्रस्ताव राख्दा बिच भलिबल कोर्ट चौरमा परिणत हुँदा खेलाउन नसक्दा लज्जाबोध भएको स्रोतले बतायो ।  ‘स्पेनबाट नेपाल घुम्न आएका त्यहाँका राष्ट्रिय खेलाडीले यहाँका खेलाडीसँग बिच भलिबल खेल्ने प्रस्ताव राखे, स्रोतले भन्यो, ‘प्रस्ताव स्वीकार गर्दै मैदान निरिक्षण गर्दा खेल्न नमिल्ने भएपछि खेलाएनौं ।’ २०७६ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत पोखरामा भएको बिच भलिबल खेलमा नेपालको प्रतिनिधित्व गरेका राष्ट्रिय खेलाडी राजु विक अहिले रोजीरोटीका लागि विदेश भासिएका छन् ।   

पोखरा:  सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पर्क कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।  त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु  निर्वाचन हुन नसकेपछि बैशाख ३ गते क्याम्पसले घोषणा गरेको निर्वाचन मितिमा असहमति जनाउँदै चार विद्यार्थी संगठनले स्ववियु निर्वाचन सम्पर्क कार्यालयमा पुनः तालाबन्दी गरेका हुन् ।  तालाबन्दी गर्दै अखिल क्रान्तिकारी विप्लवका पिएन क्याम्पस अध्यक्ष सचिन सीले लोकतन्त्रमा निष्पक्ष निर्वाचन हुन नसकेको सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्दै तालाबन्दी गरेको बताए ।  ‘लोकतन्त्रमा पनि स्ववियु निर्वाचन निष्पक्ष रुपमा क्याम्पस प्रशासनले गराउन सकेन, क्याम्पसबाट सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही हुनपर्छ भन्ने हाम्रो माग हो, सीले भने, ‘कुनै राजनीतिक दलको दवावमा क्याम्पस प्रशासनले सहमति विपरित निर्वाचनको तालिका निकाल्नु हाम्रो माग विपरित हो त्यसैले सम्पर्क कार्यालयमा तालाबन्दी गरेका हौं ।’ अनेरास्ववियू, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी सयुक्त र अखिल छैठौले सयुक्त रुपमा विज्ञप्ती निकाल्दै तालाबन्दी गरेका हुन् ।  सयुक्त रुपमा चार विद्यार्थी संगठनले विज्ञप्ती जारी गर्दै प्रथम वर्षको परीक्षालाई असर पर्ने गरी निर्वाचन तालिका निकालिएको , क्याम्पस प्रशासन, स्ववियु निर्वाचन समितिले एकलौटी र मनोमानी रुपमा स्ववियु निर्वाचनको मिति घोषणा गरेको आरोप लगाइएको  छ ।  सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग समेत चार विद्यार्थी संगठनले राखेका छन् ।  उनीहरुले स्ववियु निर्वाचन समिति प्रमुख विकास केसी र सदस्य सचिव बोधराज ढकालको भूमिका शंकास्पद र गैरजिम्मेवारी रहेको भन्दै निर्वाचन तालिका खारेज गरी निर्वाचन प्रक्रिया नरोक्किनेजेल सम्म क्याम्पस प्रशासन र निर्वाचन सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हुन् ।   क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यालयमा तालाबन्दी नखुलेपछि बिबिए भवनमा सम्पर्क कार्यालय स्थापना गरेको थियो । चार विद्यार्थी संगठनले सोही सम्पर्क कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।   

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ।   बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचि शंकरदास बैरागी र रक्षासचिव किरणराज शर्मा सहभागी छन्। बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, सम्भावित बाह्यका सुरक्षाका चुनौतीलगायत विषय बैठकको एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

काठमाडौं : ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन्।   सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको त्रिअबि प्रहरीले जनाएको छ।   पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए। अर्का एक जन भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए।   उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ।     मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। 

काठमाडौं:  कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिको आज (मङ्गलबार) मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् ।   मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।   नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।

सिन्धुपाल्चोक:  एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ ।   प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चिनियाँ सुरक्षा अधिकारीको भनाइ उद्धत गर्नुहुँदै चिनियाँ क्षेत्रमा भौतिक पूर्वाधारका काम गरिरहेकाले चीनले तातोपानी नाका ठप्प गराएको जानकारी दिनुभयो । ‘‘तातोपानी नाका सात दिन बन्द हुने खबर आएको छ,’’ प्रजिअ न्यौपानेले बताउनुभयो ।   चीनको स्वाशासित क्षेत्र खासा, न्यालम लगायतका क्षेत्रमा भौतिक पूर्वाधारका अत्याधुनिक भवन, सडक र अन्य संरचना पुनः निर्माण भइरहेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आगामी वैशाख १८ गतेदेखि उक्त नाका खुल्ने तयारीका कारण चिनियाँ पक्षले पुनः निमार्ण गरिरहेको हुन सक्ने अनुमान छ ।

काठमाडौं : मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ४ जनाविरूद्ध भ्रष्टाचार कसूरमा आरोपपत्र दायर गरेको छ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्काली कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल,गमबहादुर विश्वकर्मा,नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध ९३ लाख ६६ हजार २०९ रुपैयाँ भ्रष्टाचार कसूरमा मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।   आर्थिक वर्ष २०७२/०७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखितबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम सजाय माग गर्दै आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।   उनका अनुसार जग्गा किनबेचका क्रममा रकम हिनामिना गरेको उजुरी निवदेनका आधारमा अनुसन्धान गर्दा उनीहरू भ्रष्टाचारजन्य कसूरमा संलग्न रहेको पाइएको हो।   उनीहरूबिरुद्ध  हिनामिना रकमको दोब्बर रकम बीगोसहित सजाय माग गरिएको छ।

काठमाडौं:  मङ्गलबार पुँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो ।   आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय ३९ दशमलव ९१ र जीवन बीमा समूहको उपसूचक ८६ दशमलव १० अङ्कले बढेको छ । बैंकिङ समूह १६ दशमलव ७७, विकास बैंक समूह ७९ दशमलव १८, वित्त समूह ३७ दशमलव ४८, होटल तथा पर्यटन समूह ५३ दशमलव २२ र जलविद्युत् समूह ३७ दशमलव ९४ अङ्कले बढेको छ ।   त्यस्तै, लगानी समूह शून्य दशमलव ७६, लघुवित्त समूह ४९ दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव १६, निजीवन बीमा समूह ६२ दशमलव ९२, अन्य समूह १७ दशमलव ४६ र व्यापार समूह २१ दशमलव ९८ अङ्कले बढेको छ ।   पछिल्ला दिनहरुमा लगातार सकारात्मक सर्किट लाग्दै आएको कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ६९ प्रतिशतले बढेको छ । असानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।   आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड १० लाख ९३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ८७ हजार पाँच सय ९४ कित्ता शेयर किनबेच भएको छ । 

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।   पक्राउ पर्नेमा मोफिजुल इस्लाम र देवसिस कुमार साह रहेका छन्। उनीहरू विमान बंगलादेश ३७२ उडानबाट बंगलादेशको राजधानी ढाका जान लागेका थिए। उनीहरूलाई त्रिअबि प्रहरीले अन्तिम सुरक्षा जाँचका क्रममा मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ।   विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालमणि आचार्यले अमेरिकी डलरसहित बंगलादेशी नागरिक पक्राउ परेको पुष्टि गरे।   प्रारम्भिक बयानका क्रममा उनीहरूले उक्त रकमको स्रोतको बारेमा केही बताउन नसकेको प्रहरीको भनाइ छ। उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ।