प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका प्राध्यापक डा. उर्मिला प्याकुरेलको ४२ वर्षको उमेरमा निधन भएको छ । सात वर्षदेखि क्यान्सरको उपचारत उनको बुधबार राति नर्भिक अस्पतालमा निधन भएको उनका भाई राजेन्द्र प्याकुरेलले जानकारी दिए ।  दिवंगत प्याकुरेलको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व.प्याकुरेल त्रिभुवन विश्वविद्यालयकै गणित विषयकी कान्छी प्राध्यापक हुन् । उनले क्यान्सर लागेकै बेला त्रिभुवन विश्वविद्यालयबाट ३५ वर्षको उमेरमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको थियो भने ४१ वर्षको उमेरमै प्राध्यापक पदमा बढुवा भएकी थिइन् ।  व्यावहारिक गणितमा अनुसन्धानमा रुचि राख्ने उहाँ अनुसन्धानकै क्रममा जर्मनीको अलेक्जेन्डर वोन हम्बोल्ट फाउन्डेसनमा फेलोसिपमा थिईन । उनको अनुसन्धान नेपालको ट्राफिक जामको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो । जर्मनी र नेपालमा रहँदाको उपचार खर्च करिब साढे चार करोड रुपियाँ आफैँले खर्च गरेसकेकी उनले पछिल्लो समय क्यान्सरको नवीन र महँगो उपचार गर्नु परेकाले सहयोगका लागि सार्वजनिक आह्वान गरेकी थिइन् ।  उनले गर्नुपरेको नयाँ उपचार इम्युनोथेरापीको एक उपचार चक्रको मात्र करिब चार लाख रुपियाँ पर्ने र हरेक २१ दिनमा करिब एक वर्ष उपचार गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन २४ गते सहयोगको अपिल गरेकी थिईन । तर दुई उपचार चक्र पूरा नहुँदै उहाँको निधन भएको हो । उनले आह्वानका कारण नेपाल र विदेशबाट पनि सङ्कलित रकम र खर्चको विवरण दैनिक सामाजिक सञ्जालबाट आफैँले सार्वजनिक गरेकी थिइन् ।  उनको  अप्रत्यासित निधन भएका कारण अबदेखि त्यस्तो सहयोग रोक्न उहाँको परिवारले अपिल गरेको छ । उनका भाई प्याकुरेलले भने, “उहाँको उपचार सहयोग सङ्कलनका लागि थालिएको अभियान अन्त्य भएको व्यहोरा परिवारका तर्फबाट सबैमा जानकारी गराउँछौँ । यहाँहरुले गर्नुभएको माया, सद्भाव र सहयोगप्रति आभारी छौँ । यहाँहरुले गर्नुभएको सहयोग तर उपचारमा प्रयोग हुन नपाएको सङ्लित स्रोतलाई उहाँकै स्मृतिमा यहाहरुसँगको परामर्शमा उपयोग गरिने व्यहोरा अवगत गराउँछौँ ।”  

दमौली:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र नभएर देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहने बताएका छन् ।  तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीमा आज आयोजित कोणसभामा सभापति लामिछानेले तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र नभएर देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहने बताए ।    तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरे । ‘ यहाँका जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना राखेका छन्, उनले भने, ‘तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ ।’   उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ छ । ‘मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्दान्तिक मतभेद होला, तर मुलुकका साझा एजेण्डामा दलबीच फरक मतभेद हुनुहुँदैन ।’उनले भने ।   ‘अहिले वादविवाद गर्ने, झै–झगडा गर्ने बेला नभइ देशको विकासका लागि जुट्ने बेला हो, उनले भने, ‘रास्वपा कुनै दलको दुश्मन नभइ आम जनताको असलमित्र बन्न चाहेको छ, नागरिकका आम समस्या समाधानमा लागेका छौं, देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक छ ।’ उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पारे । ‘सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौँ, उनले भने, ‘राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिने भएकाले गलत कुराको सधै विरोध गछौं ।’  

पोखरा:  पोखरा महानगरपालिकाले कर्मचारी राखेर सेती नदीबाट बालुवा उत्खनन् गरी विक्री वितरण गरेको विषय विवादित बनेपछि छानबिन समिति गठन गरेको छ ।   पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।    ‘महानगरको कर्मचारीले रामघाटमा रसिद नलिइ सवारी साधनलाई छाडेर आर्थिक अनियमितता गरेको विषय आएको छ, महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले सुनगाभा न्यूजसँग भने, ‘त्यो विषयमा मनोहर कडरियाको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले आवश्यक छानबिन गरीरहेको छ । दोषी ठहरिए महानगरपालिकाले कारवाही गर्छ ।’   पोखरा महनगरपालिका १० को रामघाटबाट नदीजन्य पदार्थको उत्खनन् र विक्रि वितरण गर्नका लागि महागरले टेण्डर आह्वान गरेको थियो ।   टेण्डर नपरेपछि महानगर आफैले कर्मचारी राखेर विक्री वितरण गर्न कार्यपालिका बैठकबाट निर्णय गर्दै राजस्व असुल गरेको थियो । तर फिल्डमा खटिएका कर्मचारीहरुले माथिल्लो निकायका कर्मचारी तथा वडाध्यक्षहरुको मिलेमतोमा (माल लगेका सवारीको सँख्या अनुसार राजस्व संकलन नगरेको) कम राजस्व संकलन भएको विवरण महानगरमा बुझाएका थिए ।   त्यहीबाट आर्थिक अनियमितता भएको स्पष्ट भएपछि महानगर उक्त विषयमा विदादित बनेको थियो । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठ पार्टीको साधारण सदस्यबाट समेत निष्काशनमा परेका छन् ।    यस विषयमा पार्टीले पत्रकार सम्मेलन गर्दै सांसद श्रेष्ठले आफुलाई नजोगाए पैसा माग्ने कोर टिमको खुलासा गर्ने बताएको सभापति रवि लामिछानेले जनाएका छन् । पत्रकारसमक्ष सभापति लामिछानेले भने ‘ढाकाजीले कोर टिमबारे सार्वजनिक गरिदिन्छु भनेका छन्, तर कोर टिम भनेको के हो ? को हो ? मैले बुझेको छैन ।’   कोर टिम भनेको पार्टी स्थापनाको टिम हो वा सचिवालयको टिम हो आफुल बुझ्न नसकेको लामिछानेले जनाए । अनुशासन कमिटीसमक्ष श्रेष्ठले आफ्नो स्वर नरहेको बताउँदै आफुलाई पार्टीले बचाउनु पर्ने धारणा राखेका थिए ।    ‘उहाँ (ढाकाकुमार) बार्गेनिङ गर्ने लेभलमा आउनु भएको छ’ लामिछानेले भनेका छन् ‘म सकिए भने छाड्दिन, कोर टिमको नाम भन्ने छु भनेर कुरा गर्नुभयो ।’     निष्काशनपछि पत्रकारसँग श्रेष्ठले कोर टिमको तथ्यसहित सार्वजनिक गर्ने बताएका थिए । 

काठमाडौं:   नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिस्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिनुभएको छ । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गर्नुभएको छ । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासङ्घको बुधबार भएको निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज बिहान सकिएको हो । मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत प्राप्त गर्नुभयो साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गर्नुभयो । साथै ८ मत बदर भयो ।   जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गर्नुभयो । साथै ३ मत बदर भयो । वस्तुगततर्फ खसेको १२३ मतमध्ये उमेशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भयो ।   महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ । निर्वाचन आजै वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ । 

पोखरा:     आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई टाईगर ग्रुप अफ पोखरा नेपालले सघाउने भएको छ । टाईगर ग्रुपले अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार प्रायोजन गर्ने सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । सम्झौता पत्रमा बुधबार टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले हस्ताक्षर गरें । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार राशी पैतीस हजार रुपैयाँ रहेको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका सासंद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्षद्धय केशव पाठक र एकराज गिरी, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल लगायतको उपस्थिती रहेको थियो । टाईगर ग्रुप अफ पोखरा नेपालले नेपालको राष्ट्रिय खेल भलिवललाई प्रवद्र्धन गर्ने उद्धेश्यले टाईगर कप भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । टाईगर ग्रुपले यसअगाडि समेत स्पोर्ट्स अवार्डमा सहयोग गरेको थियो । सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा मञ्चले तयारीलाई तिव्रता दिएको छ । सबैको साथ सहयोग प्राप्त हुने क्रम भइरहेकोले यसपालीको अवार्ड कार्यक्रम भव्य बन्ने मञ्चले विश्वास गरेको छ ।

काठमाडौं:     हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै गण्डकी, कोशी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा उक्त अडिओ सार्वजनिक हुनु पार्टीविरूद्धको षडयन्त्र भएको बताएका छन्।   बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन्।   ‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’    उनले यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट ल्याएर आउने दाबी गरे।   उक्त अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनको दाबी छ।   पत्रकारले सोधेका प्रश्नको भने श्रेष्ठले जवाफ दिएनन्।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।    रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्ने जानकारी दिए।   पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन मंगलबार नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो । बैठकपछि आज नै पत्रकारसम्मेलन गरी सांसद श्रेष्ठबारे पार्टीको निर्णय सुनाउने प्रमुख सचेतक परियारले जानकारी दिए।   रास्वपा  सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्नका लागि  व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।